हामीले नेपाली चलचित्रहरुमा एउटा भनाइ सुन्ने गर्छौ । त्यो हो – म हिङ नभए पनि हिङ बाँधेको टालो हुँ । बाँधेर राखेको टालोको पनि शान हुने त्यस्तो वस्तु हिङ के हो त ? के यो स्वास्थ्यका लागि त्यति नै फाइदाजनक पनि छ त ? हामी यो लेखमा त्यसबारे तपाईलाई जानकारी दिन गइरहेका छौँ । यो लेखबाट तपाईले हिङका बारेमा जानकारी थाहा पाउँनु हुनेछ ।

हिङ एउटा फेरुला वर्गका बहुवर्षीय पोथ्राहरूको जराबाट निकालिने औषधीय गुण भएको खोटो हो । यो प्रजातिको वनस्पति अफगानिस्तानको हिमाली क्षेत्रको रैथाने वनस्पति हो । यसको खेती यस आसपासका भारतीय तथा इरानी भूभागहरूमा गरिन्छ |

हिङका फाइदाहरु

१. पेट मडारिने घोच्ने, दुख्ने, दिसा लाग्ने भएमा

हिङ, जाइफल, केशर र मरिच १५\१५ ग्राम सबै बराबर पिनेर धुलो पार्ने र तातो पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने र सुकाएर राख्ने । आवश्यकता अनुसार १\२ गोली मनतातो पानीसँग खाएमा पेट मडारिने घोच्ने, दुख्ने, दिसा लाग्ने निको हुन्छ ।

२. कब्जियत र अधिक वायु भएमा

आँपको कोया आगोमा पोल्ने र त्यस भित्रको गुदी निकाल्ने र त्यसमा १\४ भाग हिङ र सिदेनुन मिसाएर औषधीलाई सिसीमा राख्ने र आवश्यकता अनुसार १\२ ग्राम औषधी मनतातो पानीसँग खाने गरेमा १\२ दिनमै ठीक हुन्छ ।

३. कान दुख्ने, पिप आउने, खटिरा आदि भएमा

ठूलो चम्चाको ४ चम्चा शुद्ध तोरी वा नरिवलको तेलमा ६ गेडा लसुन, सानो चम्चा आधा चम्चा हिङ र सानो चम्चा १ चम्चा सिदेनुन धुलो तेलमा कालो पार्ने र छानेर सिसीमा राख्ने र आवश्यकता अनुसार कान सफा गरी बिहान\बेलुका ४\४ थोपा हाल्नाले कानको रोग निको हुन्छ ।

४. दम रोगमा

एक भाग फुराएको हिङमा एक भाग कपुर मिसिएर केराउको दाना जत्रो गोली बनाउने र दुई\दुई गोली तातो पानीसँग बिहान\बेलुका सेवन गर्ने तथा तारपिनको तेल टातीमा लगाउनाले दम रोग केही महिनामा नै ठिक हुन्छ ।

५. कम्मर दुख्ने रोगमा

आधा पाउ भुटेको कालो तिल, १० ग्राम घोडताप्रे, १० ग्राम धूलो मरिच, १० ग्राम सूठो धूलो, १० ग्राम धूलो पिप्ला, ५ ग्राम फुराएको हिङको धूलो सबै मिसाएर सिसीमा राख्ने र दुख्न सुरु भएपछि ३ पटक धूलोलाई मिश्री पानीमा पकाएर खाने ।

६. शूल भएमा, धेरै दीसा लागेमा

जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १\१ चम्चा मह अथवा घ्यूमा मिसाएर दिनको ३\४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

धनियाँका अपत्यारिला फाइदा, यस्ता राेगहरूकाे पनि अचुक औषधि जानिराखाैँ

धनियाँ हाम्रो भान्सामा हुने एक चीज हो, जसले खानाको स्वाद र बासना बढाउने काम गर्छ । यसलाई हामी तरकारी, अचार र चटपटेलगायत चीजहरूमा प्रयोग गर्दछौँ ।

यो स्वादका लागि नभएर स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ । यसको दानादेखि पत्तासम्म विभिन्न रोगको उपचारका लागि प्रयोग गर्न सकिन्छ । अर्थात् यसमा औषधीय गुण हुन्छ ।

टाउको दुख्ने समस्या छ भने धनियाँको पेस्ट टाउकोमा राख्नुहोस् यसले फाइदा गराउँछ । यसैगरी उसले पाचनसम्बन्धि समस्या भएकाहरूका लागि पनि फाइदा गर्दछ । पाचनप्रणालीसम्बन्धि तपाईँलाई कुनै समस्या छ भने धनियाँको पाउण्डर सेवन गर्नुहोस् ।

यसका अन्य फाइदाहरू यस्ता छन्

१. आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।

२. पेटमा रहेका कीटाणुलाई पनि हरियो धनियाले मार्ने गर्छ । धनियाँ खाँदा शरीरमा सञ्चय भएका अक्सिडेन्टलगायत विकार शरीर बाहिर निस्किन्छ । धनियाले रगतलाई शुद्धीकरण गर्छ ।

३. यदि तपाई रुघाखोकीबाट ग्रसित हुनुहुन्छ भने धनियाँको रसमा मिश्री, बेसार र चूर्ण मिसाएर पिउनुहोस् । धनियाँको दाना चबाउँदा पनि चिसो लागेको र रुघाखोकीका लागि राम्रो हुन्छ । चियामा धनियाँको प्रयोग स्वास्थका लागि निकै फाइदाजनक मानिन्छ ।

४. यदि तपाईको पेटमा जुका, चुर्ना जस्ता केही संक्रमण छन् भने सख्खरमा धनियाँको पाउडर मिसाएर सेवन गर्नुहोस् निजात पाउनुहुनेछ ।

५. यदि तपाईको नाकबाट रगत बग्ने समस्या छ भने धनियाँको रस नाकमा राख्नुहोस् तपाईलाई चाँडै आराम मिल्छ ।

६. जीराको धूलो, धनियाँ गेडाको धूलो र काल्चि मिस्री बराबर मिसाएर १्१ चम्चा बिहान्बेलुका पानीसँग खानाले अमलपित्त समन हुन्छ ।

७. धनियाँ र सुप बराबर कुटेर मिश्री मिसाएर १र१ चम्चा बिहानरबेलुका खाने गरेमा गर्मिले पेट पोल्ने रोग एक हप्तामा नै निको हुन्छ ।

८. सुप र गेडा धनियाँ बराबर मात्रामा कुटेर चूर्ण बनाउनुहोस् र आवश्यक मिश्री हाल्नुहोस् र खानापछि एकरएक चम्चा चूर्ण पानीसंग सेवन गर्नुहोस् ।

नियमित पिउनुस् धनियाँको पानी, फाइदै फाइदा

धनियाँलाई स्वादका लागि प्रयोग गरिन्छ । तर, धनियाँले जिब्रोलाई स्वाद दिने मात्र नभई विभिन्न रोगबाट पनि बचाउने काम गर्छ । त्यसका लागि नियमित धनियाँको दाना भिजाएको पानी पिउने गर्नुपर्छ ।

१. धनियाँमा भएको पोटासियम, भिटामिन सी, क्याल्सियम र म्याग्नेसियमले शरीरमा सकारात्मक प्रभाव पार्छ । यसले पेटको समस्याबाट पनि बचाउने काम गर्छ ।

२. नियमित धनियाँको पानी प्रयोग गर्दा कलेजोको समस्याबाट समेत बच्न सकिन्छ । यसमा भएको फाइबर र इसेन्सियल आयलले कलेजोसँग सम्बन्धित रोगबाट बचाउने काम गर्छ ।

३. धनियाँमा डोडेनल भन्ने विशेष तत्व हुन्छ, जसले टाइफाइडको ब्याक्टेरियाबाट बचाउन मद्दत गर्छ ।

४. धनियाँको पानीले शरीरमा गुड कोलेस्ट्रोलको मात्रा बढाउँछ । दैनिक सेवन गर्दा मुटुसम्बन्धी रोगबाट समेत बच्न सकिन्छ ।

५. धनियाँको पानीमा भएको एस्कर्विक एसिड शरीरमा गएपछि एन्टिअक्सिडेन्ट हुन्छ । जसले शरीरको रोगप्रतिरोधी क्षमता बढाउने काम गर्छ ।

हामीले धनियाँ अचार बनाएर पिसेर खान सक्छौ भने मसलाको रुपमा पनि यसलाई प्रयोग गर्न सकिन्छ ।

धनियाँमा डोडेनल भन्ने विशेष तत्व हुन्छ, जसले टाइफाइडको ब्याक्टेरियाबाट बचाउन मद्दत गर्छ ।

धनियाँलाई स्वादका लागि प्रयोग गरिन्छ । तर, धनियाँले जिब्रोलाई स्वाद दिने मात्र नभई विभिन्न रोगबाट पनि बचाउन मद्दत गर्छ । त्यसका लागि नियमित धनियाँको दाना भिजाएको पानी पिउनुपर्छ ।

नियमित धनियाँको पानी प्रयोग गर्दा कलेजोको समस्याबाट समेत बच्न सकिन्छ । यसमा भएको फाइबर र इसेन्सियल आयलले कलेजोसँग सम्बन्धित रोगबाट बचाउँछ ।

धनियाँको पानीले शरीरमा गुड कोलेस्ट्रोलको मात्रा बढाउँछ । दैनिक सेवन गर्दा मुटुसम्बन्धी रोगबाट समेत बच्न सकिन्छ ।

धनियाँमा भएको पोटासियम, भिटामिन सी, क्याल्सियम र म्याग्नेसियमले शरीरमा सकारात्मक प्रभाव पार्छ । यसले पेटको समस्याबाट पनि बचाउने काम गर्छ ।

धनियाँको पानीमा भएको एस्कर्विक एसिड शरीरमा गएपछि एन्टिअक्सिडेन्ट हुन्छ । जसले शरीरको रोगप्रतिरोधी क्षमता बढाउने काम गर्छ ।

हरियाे धनियाँ खादा ध्यान नपुगे लिन सक्छ ज्यान

हरियाे धनियाँ प्रायः सबै परिकारमा उत्तिकै चल्ने गर्छ । दाल, तरकारी, अचार, माछा, मासु हाेस् कि अन्य जुनसुकै परिकारमा हरियाे धनियाँ काटेर राख्ने चलन छ । यसाे गर्दा खाना स्वादिस्ट हुनुका साथै कैयाैँ फाइदा पनि छन्, स्वास्थ्यका लागि ।

तर घरबाहिर बजारमा गएर विभिन्न परिकार, जस्तै चिकेनचिल्ली, चाट अादिसँग समेत हरियाे धनियाँ राखिएकाे हुन्छ । अझ कतिपयले त खाँदा धनियाको पात नै मागेर खाने बानी छ ।

यसरी बाहिर जथाभावी हरियाे धनियाँ खाँदा ध्यान पुगेन भने ज्यानै लिनसक्ने हुन्छ । सही तरिकाले नपखालिएकाे तथा पातमा देखिने/नदेखिने कीरा भएकाे हरियाे धनिया काँचै खाँदा स्वास्थ्यमा गम्भीर असर पर्न जान्छ ।

खाेज-अनुसन्धानबाट धनियाँको पातमा खतरनाक कीरा (टेपवर्म)काे फुल वा लार्भा हुने र त्याे खानासँगै पेटमा पुग्ने पत्ता लागेकाे छ । पेट हुँदै दिमागसम्म समेत उक्त टेपवर्म पुग्ने विज्ञहरु बताउँछन् । टेपवर्म मस्तिस्कमा पुगेमा मानिसको मृत्यु समेत हुन सक्छ ।

भारतको ब्याङ्लोरस्थित नेशनल इन्स्टिच्युट अफ मेन्टल हेल्थ एण्ड न्यूराे साइन्सेस (निमहान्स) का चिकित्सकले गरेको एक शोधमा यस्तो कुरा पत्ता लागेको हो । यस इन्स्टिच्युटमा रहेको एक मात्र ब्रेन म्यूजियममा मस्तिष्कसम्बन्धी शोध भइरहेको बताइएकाे छ ।

यसै क्रममा धनियाँको पातमा किरा/जीवाणुकाे संख्या बढी हुने र त्यस्ता पात राम्रोसँग नपखाली वा नपकाएर खाएमा स्वास्थ्यका लागि निक्कै खतरनाक हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।

याे जानकारी पनि अत्यन्तै महत्त्वपुर्ण छ ।

हाम्राे खानालाई स्वादिष्ट बनाउने मसलाको प्रयोग स्वास्थ्य र सुन्दरताका लागि कति फाइदाजनक ?

इन्साइक्लोपिडिया अमेरिकाले मसाला तथा जडीबुटीलाई ‘वनस्पतिजन्य उत्पादन, भोजनलाई स्वादिष्ट बनाउने, जसले खानामा सुगन्ध तथा स्वादिलो बनाउन मद्दत गर्छ’भनी परिभाषित गरेको छ ।

हाम्रो भू–बनोट, हावापानी, जलवायु र बृहत् ज्ञानले विभिन्न परिकार बनाउँदा मसलाको प्रयोगबारे हामी निकै जानकार छौँ । अझ औषधिजन्य प्रयोग, अत्तर बनाउन, सौन्दर्य प्रसाधन बनाउन र प्रयोग गर्न पश्चिमी सभ्यताभन्दा निकै जाकार छौँ ।

नेपाल मसला तथा जडीबुटीको भण्डारका रूपमा विश्व प्रसिद्ध छ । जसले चालीस थरीभन्दा बढी मसला उत्पादन गरेको पाइन्छ । तिनीहरूमध्ये मरिच, अलैँची, अदुवा, बेसार, खोर्सानी, ल्वाङ लसुन, केशरी तथा दानाजन्य मसला जस्तै, मेथी, धनिया इत्यादी ।

सुगन्ध अनि स्वाद

सुगन्धित बाफ भएर उड्ने तेलहरू वा अत्यावश्यक तेलहरू धुलो मसालालाई बाफद्वारा तरल पदार्थ निकालिएका एउटा महत्वपूर्ण मसलाजन्य उत्पादन मानिन्छ ।

बाफ भएर उड्ने तेलहरू मसलाको सुगन्ध तथा वासनका लागि तथा स्वादका लागि विख्यात मानिन्छन् । ओलियो रेसिन मसलाहरू अत्यावाश्यक बाफ भएर उड्ने र वाफ भएर नउड्ने मौलिक मसलाका माग जसलाई गल्ने गाल्ने प्रविधिबाट मूल्य तत्व निकालिन्छ । तिनले मौलिक मसलासँग मेलखाने तीतो पीरो स्वाद र सुगन्ध प्रमाणित गर्छन् ।

पोषणजन्य महत्व

यद्यपि मसलाहरू विशेषगरी हाम्रा भान्सामा पाक्ने परिकारहरूको सुगन्ध अनि स्वादिष्टता बढाउनका लागि प्रयोग गरिन्छ । यिनले भोजनमा विशिष्ट स्वाद प्रदान गर्छ । यी मसलामा सबै तीन खाले पोषणको अंशहरू कार्बोहाइड्रेट प्रोटिन बोसो पनि हुने हुँदा यिनमा पोषणजन्य महत्व पनि हुने गर्दछ ।

यसले शरीरका शक्ति तथा खनिज लवण आपूर्तिमा थप टेवा पुर्याउँछ । यिनीहरू आफैमा शक्ति क्षमता हुन्छ । यसलाई प्राविधिक शब्दमा क्यालोरी क्षमता भनिन्छ ।

उदाहरणका लागि प्रायजसो प्रयोग गरिने मसलाहरू प्रतिसय खानयोग्य मात्रमा सयपत्रीको मसालामा चार सय सैंतीस, जाइफलमा चार सय बहत्तर, ज्वानोमा तीन सय चैंत्तीस, जीराको गेडामा तीन सय छपन्न, बेसारमा तीन सय उनन्चास, मेथीको गेडामा तीन सय तेत्ततीस मिलिग्राम हुने गर्दछन् । जे भए पनि यिनको पोषणजन्य क्षमता सीमाबद्ध मात्र हुन्छ ।

अझ हाम्रा भोजन परिकारमा मसलाको प्रयोग थोरै भए पनि प्रत्यक्ष योगदान पुर्याउँने खालका छन् । तथापि यिनीहरूको अप्रत्यक्ष क्रियाकलाप महत्वहीन पनि छन् । किनकी यिनले भोक जगाउन तथा भोजन रुचाउने मात्रा बढाउँछ ।

शरीरविज्ञानजन्य क्रियाकलाप

मसलाहरूले र्यालका साथै अमाइलेज न्युरामिनिक अम्ल हेकसोसामाइन उत्सर्जन तथा प्रवाहलाई तीव्र पार्ने काम गर्छन् । यसले मुखमा खानेकुरा तथा जीवाणु टासिनबाट बचाउन मद्दत गर्दछ । मसलाहरूले र्याललको उत्र्सजनको मात्रा बढाउँछ, जसमा अमाइलेज वा पिटाइलिनको मात्रा बढी हुने हुँदा यिनले पेटमा खाना पचाउनमा सहजीकरण गराउन तथा खानेकुरालाई परिमार्जन गरी कार्बोहाइड्रेट लाइप्रचुर सारयुक्त बनाई बढी सजिलै पच्ने बनाउँछ ।

यसले मुख पाचन प्रणलीमा हल्का एत्तेजित क्रियाकलाप देखाउँछ । अतः मसलाहरूले खाने अभिरुचि बढाउने प्रेरणा दिनुका साथै र्यालजन्य तथा पेटको रसको प्रवाहलाई तीव्र पार्न महत्वपूर्ण भूमिका खेल्दछ ।

औषधिजन्य गुणहरू

मसलामा धेरैखाले औषधिजन्य गुण भएको दाबी गरिन्छ । विभिन्न खाले औषधि बनाउन प्रयोग गरिन्छ । खासगरी प्राकृतिक उपचार प्रणालीमा प्रयोग हुने, जस्तै आर्युवेदिक तथा युनानी प्रायः जसो पाचन प्रणालीमा जन्मा भएको वायु उत्र्सजक किसिमका हुन्छन् । केही चाहिँ वायुग्रस्त सरक्षण गर्ने र उत्तेजित पार्ने किसिमका हुन्छन् ।

अर्कोतिर केही मसलाहरू अपज अजीर्ण नपच्ने रोग निवारक, सड्न, गल्न, पाक्न नदिने तथा मांसपेसी बटारिन नदिने खालका हुन्छन् । केही मसलाले भने अरू औषधिको निमीठो, तीतो, टर्रो स्वादलाई ढाकछाप गर्ने गर्छन् ।

धेरैखाले मसालामध्ये लसुन सँझना गर्न नसकिने बेलादेखि नै पैतीसभन्दा बढी औषधिजन्य गुणयुक्त प्रभावशाली मसला मानिन्छ । हालैको समयमा आधुनिक औषधि प्रयोग गरी उपचारमा अभ्यासरत स्वास्थ्यकर्मी पनि उच्च रक्तचापग्रस्त बिरामीका लागि निश्चित भरपर्दाे एवम् प्रभावकारी औषधिका रूपमा स्वीकार्न थालेका छन् ।

के तथ्य फेला पारिएको छ भने यसको प्रयोगले बिरामीमा यस्तो एलडीएस कोलेस्ट्रोल तथा ट्राइग्लाइसेराइड मात्रा तह घटाउँछ । साथै संरक्षित गर्ने एचडीएल कोलेस्ट्रोलको मात्रालाई सामान्यमा राख्न मद्दत गर्दछ ।

सौन्दर्य तथा शरीर रक्षामा मसलाको भूमिका

आजका महँगा अत्तरहरूमा जीरा दालभिनी, ल्वाङ, जाइफल, मेथी, अलैँची जस्ता मसला वा व्युत्तपादित तेलहरूको आवश्यक पर्दछ । सौन्दर्यता र शरीरको रेखदेख एवम् सुरक्षका लागि हामी कहाँ यिनको उपयोग परापूर्वकालदेखि नै प्रचलनमा छ । खाने विविध मसला काँचै प्रशोधन नगरी आज पनि शरीरको रङ सुधार्न अनि राम्रो देखिन प्रयोग गरिन्छ ।

बेसार असाध्यै लोकप्रिय मसलाको श्रेणीमा पर्दछ । यसलाई लेदो बनाएर अनुहार लेप आँत र शरीरमा लगाएमा छालाको रङ परिष्कृत गर्न सकिन्छ । यसका साथै नचाहिँदा रौँ हटाउन पनि प्रयोग गरिन्छ । यसलाई मूल आधार सूत्र लिएर केही व्यापारिक उत्पादकहरूले विभिन्न सौन्र्दय प्रसाधन तथा औषधि एवम् मञ्जन उत्पादन गरी बजारीकारण गरिराखेका छन् ।

त्यसमा मूल अवयव अंश बेसार नै आवश्यक पर्छ । केही अनुसन्धान संस्थानहरूले मसलाको भूमिका सौन्दर्य प्रसाधन तथा औषधि एवम् मञ्जन उत्पादन गरी व्यापार पनि गरेका छन् । यसमा मूल अंश बेसारकै प्रयोग भएको हुन्छ ।

केही अनुसन्धानात्मक संस्थानहरूले मसलाको भूमिका सौन्दर्य प्रसाधनसँग चासो राखी गरेको पाइन्छ । बेसार, मेथी, मरिच, दालचिनी, ल्वाङ, सुपका दाना जस्ता धेरैजसो मसला राम्रो अनुहार रूप रङ देखिन लेपमा मलम तथा लोसन बनाउन प्रयोग गर्न सकिन्छ ।

यिनीहरूलाई डण्डीफोरको फोका सडाउन, गलाउन, पाक्न नदिन प्रयोग गर्न सकिन्छ । हाम्रै भान्सामा यति महत्वपूर्ण सामग्री हुँदा पनि यिनबाट उत्पादन भएका सौन्दर्य प्रसाधन तथा शरीर रक्षाका सामग्री खरिद गर्न भौँतारिएर बजार चाहार्छौँ र चर्को मूल्य तिर्छौं ।

सधै भान्सामा प्रयोग हुने मसला जिराको १० ज्यादै उपयोगी फाइदाहरु

जीरा विभिन्न किसिमको भएता पनि यहाँ सबै तरकारी तथा साग सब्जीमा प्रयोग हुने जीराको औषधीय उपयोगको बारेमा उल्लेख गरिदैछ ।

१. पिसाब रोग र पत्थरी भएमा

जीराको धूलो र काल्चि मिस्रीको धूलो बराबर मिसाएर बिहान\बेलुका १\१ चम्चा पानीसँग खाने गर्नाले पत्थरी हुन लागेको वा पिसाब सम्बन्धी रोग ठिक हुन्छ ।

२. शूल भएमा , धेरै दीसा लागेमा

जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १\१ चम्चा मह अथवा घ्यूमा मिसाएर दिनको ३\४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ ।

३. आँखा पोलेमा, बिजाएमा वा रातो भएमा

जीरा पानी पकाएर मनतातो पारी कपडा भिजाएर सेक्ने गरेमा ठीक हुन्छ ।

४. कुनैपनि साधारण दुखाईमा

जिरालाई पानीमा पिनेर लेप लगाउने र तताएर दुखेको ठाउँमा लेप गर्नाले ठीक हुन्छ ।

५. अण्डकोष बढेमा

यस प्रकारको रोगमा जिरा र मरिच पानीमा पिनेर लेप बनाएर लगाउने गरेमा बिस्तारै ठिक हुँदै जान्छ ।

६. स्त्रीजातिको सेतोपानी आउने रोगमा

जिरा र मिस्री बराबर मिसाएर धूलो पार्ने र चौलानि पानीसँग १\१ चम्चा बिहान\बेलुका खाने गरेमा ठीक हुन्छ ।

७. साधारण चिलाउने रोगमा

१ डाडु तोरीको तेलमा १ चम्चा जीरा र आधा चम्चा सिंदुर हालेर डडाउने र सो तेल लगाउने गरेमा यस्तो रोग ठीक हुन्छ ।

८. अजीर्ण (खाएको नपच्ने) भएमा

छोकडा, मरिच, सिदेनूनको, मुनक्का दाख र जीरा बराबर पिनेर कागति हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने र बिहान/बेलुका खाना खानु अगाडि १\१ चम्चा चाटेर मात्र खाना खाने गरेमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा लाग्ने जस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना पनि रुच्दै जान्छ ।

९. मुखमा पोतो वा दाग आएमा

जीरा, बोके जीरा, कालो तिल, सरस्यूँ र रायो सबैको चूर्ण बराबर मिसाएर दूधमा फिटेर बेलुका सुत्ने बेलामा नित्य पोतो वा दागमा लगाउनाले ठीक हुँदै जान्छ ।

१०. रुघाखोकीको ज्वरोमा

एक टुक्रा दालचिनी एक चिम्टी सुठोको धूलो ५ वटा ल्वाङ, आधा चम्चा जीरा हालेर बेसरी उमालेर दिनमा तीन पटक काँडा बनाएर पिउने गरेमा ठिक हुन्छ ।

घरमा भएको मसलाको सुरक्षा यसरी गर्नुहोस् जसले स्वाद जोगाइराख्छ

मसला स्वादका लागि मात्रै होइन, सहि मात्रामा प्रयोग गर्दा स्वास्थ्यका लागि पनि फाइदाजनक कुरा हो । मसलाका रुपमा प्रयोग हुने हरेक कुराहरुको औषधिय गुण पनि निकै राम्रो हुने गर्छ ।

उदाहरणका लागि : मसलाका रुपमा प्रयोग गरिने ल्वाङ, धनियाँ, अदुवा, बेसार, लसुन लगायत सबै कुराहरु स्वास्थ्यका लागि फाइदाकारी छन् । तर यसका लागि मसलाको सहि तरिकाले प्रयोग भने गर्नु पर्ने हुन्छ ।

यहाँ हामी तपाईलाई मसलाको प्रयोग गर्ने तरिका होइन, मसलालाई जतन गरेर राख्न कसरी सकिन्छ भन्ने कुराहरु बताइरहेका छौँ । भान्सामा प्रयोग हुने मसलालाई लामो समय राख्दा बिग्रने, सड्ने वा किरा पर्ने डर हुन्छ । त्यसैले यसका निम्ति केही सावधानी अपनाउनुपर्छ ।

मसलालाई जहिले पनि सुख्खा स्थानमा राख्नुपर्छ ।

धेरै उज्यालो आउने स्थानमा मसला राख्नु हुदैन ।

मसला पारदर्शी बट्टामा राख्नुको साटो कालो र बाक्लो कभर भएको बट्टामा राख्नु उपयुक्त हुन्छ ।

पिसिएको मसलालाई फ्रिजमा राख्नु हुदैन । फ्रिजमा मसला राख्दा त्यसको फ्लेवर नष्ट हुन्छ ।

पिसेको मसला भन्दा नपिसिएको मसला धेरै समय सुरक्षित राख्न सकिन्छ जसलाई आवश्यक पर्दा आवश्यकता अनुसार पिसेर पनि प्रयोग गर्न सकिन्छ ।

यस बाहेक मसलाका गुणस्तर तथा मसलाको मात्राको पनि सँधै ख्याल राख्नु पर्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।