धेरैले आफ्नो छालामा चिलाउने ‘दाद’ आएको भन्छन् । त्यसलाई दाद भनिए पनि त्यो ‘फंगल इन्फेक्सन’ अर्थात् छालामा ढुसी पर्नु हो । गर्मी मौसममा फंगल इन्फेक्सन बढी हुन्छ ।

ढुसी कस्तो ठाउँमा पर्छ र कसरी पर्छ? धेरैलाई थाहा भएकै कुरा हो । बासी खानामा, ओसिलो ठाउँमा ढुसी पर्ने हो। प्रायः घर वा कोठाको कुनातिर ढुसी परेको देखिन्छ । मान्छेमा पनि यही नियम लागू हुने हो ।

यसलाई मेडिकल भाषामा ‘डम्र्याटोफाइसिस’ भनिन्छ । खासगरी, छालाको सतहमा रहेका मृत कोषमा ढुसी पलाउँछ । त्यसैले यसलाई ‘सुपरफिसियल फंगस’ पनि भनिन्छ ।

आफू सफासुग्घर रहँदारहँदै पनि कहिलेकाहीँ यस्ता समस्याबाट पीडित भएको गुनासो सुन्ने गरिन्छ । यो अरुबाट सरेर आएको हुन सक्छ । यस्तो चिलाउने ढुसी माटो जनावर र अरु व्यक्तिबाट सर्ने गरेको पाइन्छ।

गाउँघरमा धेरै मानिस जनावरबाट सरेको दादले पीडित हुन्छन् । त्यसैले कतिपयले यस्ता दादलाई ‘भैँसे दाद’ पनि भनेको सुनिएको छ । साथीहरुसँग लुगा साटेर लगाउँदा, एउटै तौलियाको प्रयोग गर्दा वा परिवारका अन्य सदस्यबाट पनि दाद सर्न सक्छ।

यसबाट जोगिन र दाद भइसके पछि के के गर्दा योबाट छुटकारा पाउँन सकिन्छ भन्ने कुराहरुको जानकारी हामीले संकलन गरेका छौँ । यो पोस्टमा तपाईले दादका बारेमा जानकारीका साथै त्यसबाट छुटकारा पाउँने र बच्ने उपायका बारेमा थाहा पाउँनु हुनेछ । हामीलाई आशा छ, यो लेख पुरा पढेर तपाईले सम्पुर्ण जानकारीहरु थाहा पाउँनु हुनेछ ।

कुन–कुन ठाउँमा हुन्छ दाद ?

दाद शरीरको जुनसुकै भागमा आउन सक्छ, टाउकोदेखि पैतालासम्मै । तर, टाउकोमा २ देखि १२ वर्षको उमेरसम्म मात्रै आउँछ । त्यसपछि किशोरावस्थामा मान्छेको शरीरमा उत्पन्न हुने ‘लिनेनिक एसिड’ले टाउकोमा यस्ता दाद आउन दिँदैन ।

कतिपयको घाँटीमा, कतिको जिउतिर, कतिको नङमा र कतिको शरीरका जुनसुकै भागमा दाद देखिन्छ। दादको आकार ‘रिङ’ जस्तो हुन्छ ।

पैसा जस्तो बीचमा खाली र किनारमा खस्रोफुस्रो हुन्छ । यस्तो समस्या महिलामा भन्दा पुरुषमा बढी देखापर्छ । किनभने महिलाहरु सरसफाइमा बढी ध्यान स्वभावका हुन्छन् । बाहिरतिर बढी निस्किरहने तर सरसफाइमा कम ध्यान दिने स्वभावका पुरुषलाई दादले सताउँछ ।

भ्रम र उपचार

दाद आएपछि यसको औषधि जथाभावी प्रयोग गरिन्छ । जसका कारण समस्या निर्मूल हुनेभन्दा पनि बल्झिने गरेको भेटिन्छ । धेरैले दाद त हो, ठीक भइहाल्छ भनेर वास्ता गर्दैनन् ।

कतिपयले चाहिँ चिकित्सकको सल्लाहबिना आफैँ औषधि किनेर प्रयोग गर्छन् । यी दुवै कुरा ठीक होइनन् । औषधि प्रयोग गर्ने धेरैलाई थाहा होला, मेडिकलवालाले ‘क्लोबिन जी’ नामक औषधि दिइरहेका हुन्छन् ।

यसमा चारवटा औषधि मिसिएको हुन्छ । एउटाले काम नगरे अर्कोले त गर्ला भनेर यस्तो गरिएको हो । जसलाई अँध्यारोमा ढुंगा हानेजस्तो मान्न सकिन्छ ।

यसमा चिलाउन रोक्ने तत्व हुने भएकाले चिलाउने समस्या कम हुन्छ तर पछि फेरि बल्झिन्छ । यसैगरी, दाद आएपछि धेरैले साबुन चलाउनु हुँदैन भन्ने सल्लाह दिएको पाइन्छ । यो सरासर गलत हो ।

सामान्य हिसाबले हेर्दा पनि साबुनले धोएर राखेको लुगामा ढुसी पर्ने सम्भावना कम हुन्छ । त्यसैगरी मान्छेको ज्यानमा पनि साबुनले सफा गर्दा ढुसी पर्ने सम्भावना कम हुने हो ।

जोगिने कसरी ?

दाद के कारण आएको हो भन्ने थाहा पाएपछि जोगिने उपाय लगभग थाहा भइसक्छ । दादलाई नियमित सरसफाइ गर्ने र सुख्खा राख्ने गर्नुपर्छ । नाइलन मिसिएका कपडाको प्रयोग कम गर्नुपर्छ ।

जसले पसिना धेरै निकाल्ने गर्छ र शरीर ओसिलो बनाइराख्छ । यसैगरी, धेरैजसोको बाथरुम वा कोठाभित्र भित्री लुगा सुकाउने बानी हुन्छ । यसले गर्दा पनि फंगल इन्फेक्सन हुने गर्छ । त्यसैले लुगा घाम लाग्ने वा प्रसस्त हावा चल्ने ठाउँमा सुकाउँदा राम्रो ।

चिकित्सकको सल्लाहमा मात्र औषधि प्रयोग गर्ने । जथाभावी औषधि प्रयोगले साधारण औषधिले ठीक हुने ढुसी पनि निको नहुने क्रम बढेको छ । बाह्य संक्रमण नजुधोस् भनेर सचेत रहने ।

आफूखुसी उपचार कहिल्यै पनि नगर्ने । दाद भएको ठाँउमा खराब औषधि परयो भने घाउ पाकेर पिप आउने हुन्छ, त्यसका साथै बढ्ने प्रक्रिया तीव्र हुन्छ, चहरयाउने र मान्छे हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्छ । कपालको दाद विद्यालय जाने बालबालिकामा बढी हुन्छ ।

दाद हुँदा औषधि नमिसाइएको सादा साबुनले नुहाउनु पर्छ । नुहाएपछि कटनको कपडाले राम्रोसँग पुछेर सुक्खा बनाउने । चिकित्सकलाई भेट्नुअगावै जथाभावी औषधि प्रयोग गर्दा सामान्य किसिमको फंगल्सको संक्रमणमा पनि लामो समय औषधि खानुपर्ने हुन्छ ।

घरेलु उपचार दादका लागि

दादका लागि तपाईले मेडिकलमा असाध्यै धेरै औषधीहरु पाउँन सक्नु हुनेछ तर तिनले उपचार त गर्छन् तर फेरि दाद दोहोरिएर आउँछ । यसका अतिरिक्त ति औषधीमा हुने स्टोरोइडहरुले शरिरलाई उल्टो हानी पनि हुन्छ ।

१. मेवाको चोप

दाद लगायत शरीरमा आउने फुस्रो दाग, चिलाउने दाद हरेकको लागि काँचो मेवा औषधि हो । दादको लागि मेवाको चोप अर्थात मेवाको दुध प्रयोग गर्नुपर्छ । यसको लागि काँचो मेवाको चोप लिएर दाद भएको ठाउँमा लगाउनुपर्छ । उक्त चोप लगाउँदा धेरै लगाउनु हुँदैन । थोरै मात्रामा लिएर त्यो दाद भएको ठाउँमा लगाएर मल्हम लगाए जसरि फिजाउनुपर्छ । यो चोप लगाएर यत्तिकै बसिरहनु भने हुँदैन । यो चोप लगाइसकेपछि आधा घण्टा जति राख्नुपर्छ । त्यसपछि आधा घण्टा पछि पानीले पखाल्नुपर्छ । यो विधि नियमित रुपमा अपनाएर हेर्नुहोस् एक हप्ता मै दाद चैट् हुने छ ।

२. मेवा र मुलाको बिउमा कागती

मेवाको दूध या मुलाको बिउलाई कागतीको रसमा पिसेर तातो बनाउने र बिहान–बेलुका दाद भएको ठाउँमा लगाउँदा पनि दाद बिसेक हुन्छ ।

३. निमको झोल

२ चम्चा निमको पातको झोल एक गिलास पानीमा राखेर बिहान र बेलुका सेवन गर्ने यसले पनि दाद बिसेक गराउँछ ।

४. नरिवलको तेल दाद भएको ठाउँमा लगाउने ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

दाद, जण्डिस देखि लिएर अन्य थुप्रै राेगहरु चट पार्ने हर्रोका औषधीय गुणहरु यस्ता छन्

आयुर्वेदिक औषधीय पद्दतिमा प्रयोग गरिने त्रिफला तयार गर्नमा प्रयोगमा आउने तीनवटा (हर्रो, वर्रो र अमला) मध्येको यो एउटा फल हो । फलको धुलो कब्जियत सफा गर्नमा एकदम उपयोगी मानिन्छ । फल पकाएको रस गीजाबाट रगत आउने र गीजाको अन्य रोगमा पनि उपयोग गरिन्छ । भुटेको वा पोलको फल खोकी वा कफ निको पार्न पनि खाने गरिन्छ ।

औषधोपचार

१. दाद आएमा

हर्रो कागतीको रसमा घोटेर लगाउने गरेमा दाद आएको ठिक हुन्छ ।

२. जण्डिस(कमलपित्तमा)

एक चम्चा करेलाको रसमा आधा चम्चा हर्रोको धूलो मिसाएर विहान/वेलुका खाने गरेमा दुई हप्तामै कमलपित्त रोग निको हुन्छ ।

यसकाे अन्य औषधोपचार

हर्रो को नामबाट हामी सबै परिचित छौ । यस्को बोट जत्रतत्र पाइने गर्दछ । यस्को रङ्ग कालो तथा पहेंलो हुन्छ। यस्को स्वाद खट्टा, नमीठो तथा मुखबाध्ने कसैला हुन्छ ।

दाद, जण्डिस देखि लिएर अन्य थुप्रै राेगहरु चट पार्ने हर्रोका औषधीय गुणहरु यस्ता छन्

आयुर्वेदिक मतानुसार हर्रोमा पाँचै रस- मधुर, तीखा, कडुवा, कसैला तथा अम्ल पाइन्छ। वैज्ञानिक मतानुसार हर्रोको रासायनिक संरचनाको विश्लेषण गरेर ज्ञात भएको छ की हर्रोको फलमा चेब्यूलिनिक एसिड ३०%, टैनिन एसिड ३०-४५%, गैलिक एसिड, ग्लाईकोसाइड्स, राल तथा रंजक पदार्थ पाइन्छ ।

ग्लाईकोसाइड्स कब्जियत निर्मुल गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। यो तत्वले शरीरको सबै अंगबाट अनावश्यक पदार्थहरु निकालेर शरीरलाई प्राकृतिक रुपमा संचालन हुन मदत गर्दछ। यस्का निम्न औषधीय गुणहरुपनि रहेका छन्

सानो हर्रो लाई पानीमा भिजाउने र रातमा खाना पश्चात विस्तारै चपाएर सेवन गर्नाले पेट सफा हुन्छ र पेटमा ग्यास पनि कम हुने गर्दछ।

काँचो हर्रोको फललाई पिधेर चट्नी बनाएर एक एक चम्मचको मात्रामा तीन पटक दिनमा सेवन गर्नाले पातलो दिसा ठिक हुन्छ।

हर्रोको चुर्ण एक चम्मचको मात्रामा दुई किशमिशको साथमा लिनाले अम्लपित्त (एसिडिटी ) को सिकायत रहन्न। निर्मुल हुन्छ।

हर्रोको चुर्ण विहान वेलुका कालो नुनको साथमा सेवन गर्नाले कफको सिकायत रहन्न ।

हर्रोलाई पिंधेर यसमा मह मिलाएर चाट्नाले उल्टी आउँन बन्द हुन्छ ।

हर्रोको टुक्रो चपाएर खानाले भोक बढ्दछ।

सानो हर्रोको टुक्रालाई पानिमा घोटेर मुख भित्र फोका भएको स्थानमा प्रतिदिन तीन पटक लगाउँनाले मुखको छाल (मुखमा आउँने खटिरा)नष्ट हुन्छ। अवस्था अनुसार यस्लाई जुनसुकै बखत खान सकिने भएपनि यस्लाई रातमा भोजन पश्चात चुस्नु राम्रो हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।