आजभोली आँखा कमजोर नभएको मानिसहरु हुदैनन् । बच्चाको आँखामा समेत चस्मा लगाएकै हुन्छन् । कम्प्युटरमा लगातार बसी रहदा आँखा कमजोर हुने समस्या हुन्छ । निरन्तर मोवाइलमा हेरी रहदा पनि आँखा कमजोर हुन्छ । आँखाको महत्व कति हुन्छ भन्ने कुरा देख्न नसक्नेलाई थाहा हुन्छ । तै पनि आँखा मानव जिवनको लागि निकै महत्वपुर्ण र नभई नहुने अंग हो ।

आँखाको ज्योती राम्रो बनाउन घरेलु खानेकुरामा ध्यान दिन आवश्यक छ । आँखा कमजोर हुने कारण खानेकुराले गर्दा पनि हो । त्यसकारण घरमै पाइने यी सामग्रीबाट प्राकृतिक रूपमै आँखाको ज्योति राम्रो बनाउनुहोस ।

पालुंगोको जुस

हरियो पात भएको साग र तरकारी आँखाका लागि लाभदायक हुन्छ । हरियो तरकारीको सुप पनि स्वास्थ्यका लागि राम्रो हुन्छ । दिनदिनै एक गिलास पालुंगोको जुस पिउँदा भरपूर मात्रामा भिटामिन ए प्राप्त हुन्छ ।

गाजरको जुस

आँखाले धमिलो देख्न थाल्यो भने दिनदिनै गाजरको जुस पिउनुस् । एक गिलास गाजरको जुसमा एउटा गोलभेंडाको रस मिसाएर पिउँदा धेरै लाभ प्राप्त हुन्छ । बिहानबिहानै यो मिक्स जुस पिउन थाल्नुस् ।

हरियो सागपात

आँखाका लागि क्यारोटिन लाभदायक हुन्छ र हरियो सागपातमा यो तत्त्व भरपूर भेटिन्छ । यसले आँखाको पुतलीमा सकारात्मक असर पार्छ । यसलाई आफ्नो आहारमा अवश्य समावेश गर्नुस् ।

ओखर

ओखरमा ओमेगा ३ फ्याट्टी एसिड भरपूर हुन्छ । आँखाको ज्योति बढाउन बच्चाहरूलाई नियमित रूपमा ओखर खुवाउनुस् ।

भिटामिन

शरीरमा भिटामिनको कमी हुँदा आँखा कमजोर हुन्छ । आफ्नो आहारमा भिटामिन ए, बी, सी र ई भएका आहार समावेश गर्नुस् ।

सुन्तला, मौसम, केरा, लौका, किवी, भेडेखुर्सानी, हरियो सागसब्जी र भुइँकटहर जस्ता खानेकुरा खानुस् । मुङ्फली बदाम, जुस र दूधबाछ बनेका आहारले पनि फाइदा गर्छन् ।

बदाम

बदाम आँखाका लागि लाभदायक हुन्छ । राती पानीमा बदाम भिजाएर बिहान खानुस् । यसले आँखा पनि बलियो बनाउँछ अनि स्मरणशक्ति पनि बढाउँछ । बदाममा सूप र मिश्री मिसाएर खाँदा पनि लाभ हुन्छ ।

तर आयुर्वेदका यस्ता केहि घरेलु उपचार छन्, जसको प्रयोगले आखाको तेज बढ्दै जान्छ ।

१. ग्रीन टि

दैनिक नियमित रुपमा २ ३ कप ग्रीन टि पिउनाले यसमा रहेको एन्टीअक्सिडेन्ट्सले आँखालाई स्वस्थ राख्दछ ।

२. अमला

सुकाएको अमलालाई रातभर पानीमा भिजाउनुस् । भोलीपल्ट विहान यसको पानीले आँखा सफा गर्नुस् । यसो गर्नाले आँखा स्वस्थ रहन्छ ।

३. घिउ

घिउले आँखी भौ तथा कन्चडतिर ५ १० मिनेट मसाज गर्नाले आँखाको तेज बढ्दै जान्छ ।

४. जीरा

जीरा र मिश्रीलाई बराबर मात्रामा मिसाएर पिस्नुस् । यसको धुलोलाई नियमित रुपमा घिउसंग मिसाएर खानाले आँखाको ज्योति बढाउछ ।

६. बिहान उठेर सफा पानी आँखामा छ्याप्ने

आँखालाई चिसो पानीले धुनुस् । त्यसपछि चिसो पानी तथा गुलाब जलले कटनको कपडा भिजाएर १० मिनेटसम्म आखाँमा पट्टि बनाएर लगाउनाले आँखा स्वस्थ रहन्छ ।

८. त्रिफला

अथवा त्रिफला चुर्ण रातभर पानीमा भिजाउनुस् । भिजाएको पानीले विहान आँखा सफा गर्नाले आखामा हुने इन्फेक्सन तथा मांसपेशीलाई स्वस्थ राख्दछ ।

८. सर्स्युं

सुत्ने बेलामा आखीभौ तथा निधारमा तोरि तथा सर्स्युंको तेलले मालिस गरेर सुत्नाले आँखाका मांसपेशीलाई बलीयो बनाउदछ ।

९. तोरीको तेल

राति सुत्नुअघि तोरीको तेलले टाउको दिनहँु मालिस गर्दा पनि आँखाको ज्योति ठीक हुन्छ ।

१०. अमला

अमला पकाएर तयार पारेको गुलियो अचार दिनमा दुई पटक खानाले आँखाको ज्योति बढ्छ ।

११. सुप

एक चम्चा सुप, दुईवटा हाडेबदाम र आधा चम्चा मिस्रीलाई राम्रोसँग पिसेर राति सुत्नुअघि एक ग्लास दूधसँग पिउने गर्नुपर्छ ।

१२. सुकुमेल

तीनचारवटा सुकुमेल र एक चम्चा सुपलाई राम्रोसँग पिस्ने र एक ग्लास दूधसँग दिनहुँ पिउने ।

१३. हाडेबादाम

रातफ छ सातवटा हाडेबदाम पानीमा भिजाउने र बिहान खाने गर्नाले आँखाको पावर ठीक हुँदै जान्छ ।

आँखामा के गर्ने ? के नगर्ने ?

१. आँखा क्रमश कमजोर हुँदै गएको महसुस भइरहेको छ भने कपालमा रङ, हेयर डाई र रसायनयुक्त स्याम्पू प्रयोग नगर्ने ।

२. एक चम्चा त्रिफला राति माटोको भाँडोमा भिजाउने र बिहान कपडाछान गरी आँखा धुने ।

३. बिहान सूर्योदयअघि उठेर घाँसमा खाली खुट्टा १५–२० मिनेट हिँड्ने । यसो गर्दा आँखाको ज्योति क्रमश बढ्दै जान्छ ।

४. तोरीको तेलले पैतला नियमित मालिस गर्ने । नुहाउनुभन्दा १० मिनेटअघि खुट्टाका औँलामा तोरीको तेल दल्नाले पनि लाभ मिल्छ ।

७. नियमित रूपमा अंगुर खानाले राति आँखा कम देख्ने समस्या हट्दै जान्छ ।

८. १० ग्राम सुकुमेल र २० ग्राम सुपका दाना राम्रोसँग पिस्ने । यसरी पिसेको चूर्ण एक चम्चा दूधसँग नियमित खाने ।

९. सुकेको अमला राम्रोसँग पखालेर राति पानीमा भिजाउने । भोलिपल्ट दिनमा तीनपटक अमला भिजाएको पानी कपासको मद्दतले आँखामा हाल्ने । र, भिजाएको अमला खाने । नियमित यसो गर्नाले तीन महिनामै ठूलो अन्तर महसुस हुन्छ ।

१०. बन्दाकोभीको पत्तामा सिधेनुन र कालो मरिच छरेर खानासँगै नियमित खाने ।

११. आँखा कमजोर छ भने सुत्नमा कञ्जुस्याइँ नगर्ने । कम सुत्नाले आँखा अझ कमजोर हुँदै जान्छ ।

१२. राती ओछ्यानमा पल्टिएर नपढ्ने ।

१३. आँखा कमजोर छ भने हरेक दिन भोजनमा प्याज र लसुनलाई समेट्ने गर्नुपर्छ । लसुन र प्याजमा सल्फर पाइन्छ, जुन आँखा तेजिलो बनाउन उपयोगी हुन्छ ।

१४. भटमास अथवा भटमासबाट बनेका परिकार खाने गर्ने । यसमा पाइने फ्याट, फ्याटी एसिड, भिटामिन–ईलगायत तत्व आँखाका लागि लाभदायक हुन्छन् ।

१५. पल्टिएर लामो समयसम्म लगातार टीभी नहेर्ने ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

आँखाबाट आशु झरीरहन्छ ? यस्ता छन् केहि घरेलु उपाय

बेकिङ सोडा

सफा पानीमा एक चम्चा बेकिङ सोडा हालेर तताउनुस् । पानी अलिकति बाँकी रहँदा आँखा धुनुस् । आराम पाउनुहुनेछ ।

चिसो दूध

कपासको डल्लोलाई दूधमा चोपेर आँखावरिपरि रगड्नुस् । दिनभरि चिसो दूधमा कपासको डल्लो भिजाएर राख्नुस् अनि बेलुका आँखावरिपरि दल्नुस् ।

घिउकुमारी

घिउकुमारीको जेलमा एक चम्चा मह र आधी कप एल्डरबेरी चिया मिसाउनुस् । दिनको दुईचोटि यस मिश्रणले आँखा धुनुस् । तपाईंको समस्या केही समयमै हट्नेछ ।

काँचो आलु

काँचो आलुको पातलो स्लाइस बनाएर केही समय फ्रिजमा राख्नुस् । त्यसपछि यो चिसो स्लाइसलाई २० मिनेट आँखामाथि राख्नुस् । दुईतीन दिनसम्म यसो गर्दा यो समस्याबाट मुक्ति पाउनुहुनेछ ।

हर्बल टी

केमोमाइल वा पेपरमिन्ट चियाका पातहरू केही बेर पानीमा भिजाउनुस् । त्यसपछि तिनलाई अलिअलि गरी आँखा सेकाउनुस् । पानी धेरै तातो चाहिँ हुनुहुँदैन ।

नून

आँखा पोल्दा वा चिलाउँदा पनि पानी बग्न थाल्छ । एक गिलास तातो पानीमा अलिकति नून हालेर आँखा सेक्नुस् । दिनमा चारचोटि यसको उपयोग गर्दा चिलाउने र पोल्ने समस्या हट्छ ।

नरिवलको तेल

नरिवलको तेलमा भएका गुणले आँखाको फोहोर सफा गर्छन् । दिनदिनै आँखामुनि र वरिपरि नरिवलको तेलले मालिश गर्नुस् । समस्याबाट छुटकारा पाउनुहुनेछ ।

गिलो कपडा

आँखालाई हातबाट संक्रमणको खतरा बढ्छ । आँखा पोल्दा, पीडा हुँदा वा चिलाउँदा सफा पानीमा कपडा भिजाएर आँखा पखाल्नुस् । यसले सबै किसिमका रोगको जोखिम घटाउँछ ।

के हो मोतिबिन्दु ?

आँखाको भित्र लेन्स हुन्छ, उमेर बढ्दै जाँदा हाम्रो कपालको रौं फुलेको जस्तै लेन्स पनि सेतो भएर फुल्छ । लेन्सबाट देख्नुुपर्ने हो तर सेतो भएपछि हेर्नलाई असर गर्छ । क्यामराको लेन्स बिग्रियो भने अर्को लेन्स हाल्नुपर्छ, त्यस्तै आँखाको पनि अर्को हाल्नुपर्ने हुन्छ ।

लक्षण

आँखा हेर्न गाह्रो हुने,

धमिलो हुने,

रातिको समयमा गाडीहरुको हेडलाइट हेर्न नसकिने,

घाममा वा कडा प्रकाश भएको ठाउँमा हेर्न नसकिने लक्षण हो ।

रोकथाम

उमेरको कारणले धेरै हुन्छ,

यसलाई हामीले रोक्न मिल्दैन ।

खासै यसको रोकथाम गर्न उपचारबाहेक अरु केही छैन ।

आँखा पाक्ने

अरुबाट सर्ने, आफ्नै फोहोर हातले आँखा छुने गर्दा आँखा पाक्ने हुन्छ । कति मान्छेको आँखाभरि चाया हुन्छ, धेरैले राम्ररी मुख धुँदैनन् । यसले गर्दा आँखा पाक्छ । सधैं सफा रहने गर्नाले यसबाट बच्न सकिन्छ ।

आँखा किन चिलाउँछ ?

एलर्जी भएर आँखा चिलाउँछ । बाहिरको वातावरणबाट आउने धुलो, धुवाँ र अन्य कारणले यस्तो हुन्छ । हावाको माध्यमबाट पनि धेरै रोग आउँछ, आँखा पनि चिलाउँछ । आँखाको डिलमा आँसुको ग्रन्थीहरु हुन्छ, त्यो बन्द हुँदा आँशु आउँदैन, चिप्रा निस्किने गर्छ र त्यसले गर्दा चिलाउँछ ।

चिप्रा किन आउँछ ?

धेरै कचेरा आउन आँखा पाक्नुपर्छ । आँखा बाहिरी अंग हो, त्यसैले सबै धुलोको कणहरु पसेको हुन्छ, त्यसले कचेरा आउँछ । कसैको आँखा सुख्खा हुन्छ, त्यसले आसु आउँदैन, त्यो समयमा अर्कै खालको चिप्रा आउँछ । कुनै चिप्रा लामो तन्किने पनि हुन्छ । कति मान्छेहरुको आइरहने हुन्छ, यसो हुँदा आँखा सुख्खा भयो कि भनेर चेकअप गर्न जरुरी छ ।

अन्धोपनको सम्भावना

अन्धोपन मोतिविन्दुको समयमा उपचार भएन भने हुन्छ । मोतिविन्दु धेरै दिनसम्म राखिरह्यो भने कहिलेकाहीँ त्यो फुट्छ र आँखामा गएर आँखा दुख्ने, पाक्ने हुन्छ । जलविन्दुले पनि अन्धोपन निम्त्याउन सक्छ । शरीरमा ब्लड प्रेसर भनेजस्तै आँखामा आँखाको प्रेसर हुन्छ, त्यो हामीलाई चाहिने भन्दा बढी भयो भने आँखाको नसालाई विस्तारै–विस्तारै सुकाउँदै जान्छ । त्यो नै जलविन्दु हो ।

अहिलेको परिप्रेक्ष्यमा भन्दा मधुमेहले गर्दा पर्दामा खराब गर्छ, पर्दामा सुनिने, रगत आउने गर्दा पर्दाको भित्रि अंग जहाँबाट हो हेर्नुपर्ने, त्यो ठाउँमा आक्रमण गर्छ । त्यसले पनि अन्धोपन हुन्छ । कुपोषणको कारण पनि अन्धोपन हुन्छ ।

९ महिना नपुग्दै जन्मेको बच्चामा आँखाको समस्या देखिन सक्छ । गर्भावस्थामा आमाले खाने औषधिको असरले पनि बच्चाको आँखामा समस्या आउन सक्छ ।

आँसु आइरहने समस्या

हाम्रो आँखाको साइडमा नली हुन्छ, त्यसको माथिल्लो भागबाट आँशु आउँछ । परेलाहरुको साइड साइडबाट बग्दै गएर नाकको डाँडीपट्टि सानो प्वाल हुन्छ, त्यो नली खुलेर नाकमा जान्छ अनि बन्द भयो भने ब्लक हुन्छ । त्यसपछि आँसु आइरहने समस्या हुन्छ । कसैलाई जन्मिँदै हुन्छ भने ठूलो व्यक्तिलाई पनि हुन्छ ।

कम्प्युटर भिजन सिन्ड्रोम

यस्तो समस्याले अहिलेका बच्चाहरु सबैमा चस्मा लगाउनुपर्ने भएको छ । मोबाइल धेरै हेर्ने, फेसबुक चलाउने गर्दा आँखा सुख्खा हुने, टाउको दुख्ने, मसल्सहरु थाकेर टाउको दुख्ने हुन्छ । यसको लागि कम्प्युटर कम चलाउने, टिभी र मोबाइल पनि कम हेर्ने गर्नुपर्छ । यदि हेरिरहनुपर्ने छ भने पनि बेलाबेलामा चिम्म–चिम्म गर्नुपर्छ र कम्प्युटर चलाउँदा आफ्नो आँखाको तल्लो भागमा राखेर चलाउनुपर्छ । एन्टिरिफ्लेक्सन चस्मा लगायो भने पनि कम गर्न सकिन्छ । सकेसम्म १ मिटरको दुरीमा राखेर काम गर्दा राम्रो हुन्छ ।

के कारणले आउँछ आँखामा समस्या ?

महिलाहरुमा हर्मोन परिवर्तन हुँदा आँखा सुख्खा हुन्छ भने बच्चाहरुमा बढी चोटपटकको कारण हुन्छ । ४० नाघेपछि जलविन्दु र ५०/६० वर्ष नाघेपछि मोतिविन्दु हुने बढी छन् । महिलाहरुमा थाइराइडको कारण पनि आँखामा समस्या आउँछ ।
आँखाको चोटपटक, मोतिविन्दु, जलविन्दु, सुगरले पनि आँखाको पर्दामा असर गर्छ । कारखानाहरुमा सेफ्टी गगल्स नहुँदा धेरै समस्या लिएर आउँछन् । काठको कारखानामा काम गर्नेहरुको किलाहरु नै छिरेको समस्या लिएर समेत आउँछन् । बच्चाहरु खेल्छन्, यसले धेरै चोटपटक लागेर आँखामा समस्या हुन्छ ।

आँखा प्रत्यारोपण

आँखाको डल्लो निकालेर डल्लो नै राख्ने हैन । आँखाको नानी, पर्दामा घाउ भयो वा चोटपटक लागेर आँखाको अगाडिको भाग फुट्यो भने त्यो भाग निकालेर दान गरेको आँखा राख्ने हो । यसको लागि पैसा लाग्दैन । प्रोसेसको लागि मात्रै हो ।

दृष्टिविहीनहरुको लागि नेपालमा लो भिजन क्लिनिक छ, जहाँ आँखाको विशेष उपचार गरेर विशेष किसिमको चश्मा दिइन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।