१. तौल घटाउन आफूले गरेको प्रयासप्रति विश्वास गर्नुपर्छ । सकारात्मक सोचले मात्र आफूलाई परिवर्तन गर्न सकिन्छ । तौल घटाउनका लागि कुनै मेसिन वा प्रविधिकै प्रयोग गर्नुपर्छ भन्ने पनि छैन । खराब जीवनशैलीलाई सुधार गर्दा मात्र पनि हुन्छ ।

२. जस्तो देखिने चाहना छ, त्यस्तै गरी कल्पना गर्नुपर्छ । र, त्यहीअनुरूपको नियमित व्यायाम गर्न आवश्यक हुन्छ ।

३. एकपटकमा ठूलो परिमाणमा खाना खानु हुँदैन । थोरै–थोरै तर पटक–पटक खाँदा राम्रो हुन्छ । दक्षिण अफ्रिकामा भएको एक अध्ययनले देखाएको छ कि बिहान, दिउँसो, बेलुकी खानुको सट्टा दिनमा थोरैथोरै मात्रामा ५–६ पटक खानु राम्रो हुन्छ । यसरी खाँदा शरीरले ३० प्रतिशत कम क्यालोरी लिन्छ । ग्याप राखेर कम खाँदा शरीरले कम इन्सुलिन निकाल्छ, जसले ब्लडसुगरलाई पनि सन्तुलित गर्ने काम गर्छ ।

४. दैनिक आधा घन्टा मात्र हिँड्दा पनि तौल घटाउन सहयोग मिल्छ । यसरी हिँड्दा थप तौल बढ्ने समस्याबाट पनि टाढा रहन सकिन्छ ।

५. खानाका लागि प्रयोग गर्ने प्लेट सानो हुँदा राम्रो हुन्छ । विभिन्न अध्ययनअनुसार बढी भोक लागे पनि आँखाले धेरै खाना देखेमा तुलनात्मक रूपमा कम खाइन्छ । त्यसैले कम खानाका लागि सानो प्लेटको प्रयोग पनि महत्वपूर्ण हुन्छ ।

६. खानामा पानीको मात्रा पनि बढी हुनुहुँदैन । पेल्सिभेनिया स्टेट युनिभर्सिटीमा भएको एक अध्ययनले गोलभेँडा, लौकाजस्ता खाद्यपदार्थमा क्यालोरीको मात्रा कम हुन्छ । यस्ता खानाको प्रयोगले शरीरमा पानीको आवश्यकतालाई परिपूर्ति गर्छ ।

७. उठ्नेबित्तिकै खाली पेटमा मनतातो पानीको प्रयोग गर्दा राम्रो हुन्छ । त्यस्तै, पानीमा कागती र महको मिश्रण गराएर खाँदा पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

तरिका पुर्याएर पानी पिउदा पनि तौल घट्छ जानिराखाैँ

एक स्वस्थ मानिसले दैनिक कति पानी पिउनु पर्दछ ? सामान्य त स्वस्थ व्यक्तिको शरीरमा प्रतिदिन २.५ लिटर पानी छिर्छ र त्यति नै पानी बाहिर निस्कने गर्दछ भन्ने मान्यता छ । खाएर होस या भित्र नै बनेर होस ।

त्यसको हिसाव यस्तो छ

मानिसले दैनिक १.२ लिटर पानी खान्छ । थप एक लिटर सोलिट फुडबाट शरीरमा जान्छ । त्यो भनेको हामीले खाने दाल, भात, तरकारी आदिबाट । पानी र सोलिड फुडबाट गरी शरीरमा २.२ लिटर भयो ।

अब बाँकी ३०० एमएल पानी अक्सिटेसन रिडक्सन (पानी बन्ने प्रक्रिया भन्दा अघिल्लो अवस्था) बाट निस्कन्छ छ ।

शरीरबाट कति पानी बाहिरिन्छ ?

पिसावबाट एक दिनमा १.५ लिटर पानी बाहिरिन्छ । इन्सेन्सीवल लस (पसिना, श्वासप्रश्वास प्रक्रिया)मा ८०० एमएल र दिसाबाट २०० एमएल गरी २.५ लिटर नै पानी निस्कन्छ ।

यो सामान्य अवस्थाको हिसाव हो । अब तपाईँ गर्मी ठाँउमा बस्नु भएको छ भने धेरै पसिना निस्कन्छ । त्यसबेला पानी चाहिन्छ । पानी पर्याप्त भएन भने तपाईँलाई डिहाइड्रेसन हुन्छ । पानी कम पिसाव कम्ती आउँछ ।

जाडोका बेला नशा खुम्चिन्छ । धेरै पानीको धेरै खर्च हुँदैन । भनेपछि जाडोमा पानी खाँदा धेरै पिसाव लाग्छ । किनभने त्यसबेला इन्सेन्सेवल लस कम भयो । एउटा साधारण स्वस्थ मानिसले पानी धेरै खाएर हानी हुँदेन । तर कम खाएर डिहाइड्रेसन हुने भयो ।

यस्ताे तरिका पुर्याएर पानी पिउदा पनि तौल घट्छ

दिनमा एकै पटक ऊँटले जस्तै एकै पटक धेरै पिउन भन्दा पनि दिनभरमा नौ–दश पटक थोरै–थोरै पानी पिउने । यसरी पिउदा शरिरमा पानीको मात्रा सन्तुलित हुन्छ र तौल समेत घट्छ ।

दिउसो सोडा पानी वा जुस पिउनुको सट्टा सादा पानी नै पिउनु स्वास्थ्यका लागि राम्रो हुन्छ । यसले शरिरमा सुगरको मात्रा घटाई तौल घटाउन सहयोग गर्छ ।

दिउसो हल्का भोक लागेको समयमा हल्का तातो पानीको चुस्की लिदाँ तौल घटाउन सहयोग मिल्छ ।

चिया वा कफी खानुभन्दा अगाडि आधा वा एक गिलास पानी पिउनै पर्छ । यसले शरिमा एसिडको असर र वजनलाई नियन्त्रण गर्छ ।

नास्ता गर्नु भन्दा करिब एक घण्टा अगाडि वा नास्ता गरेको एक घन्टा पछि १ गिलास पानी पिउने ।

बिहान वा बेलुका खाना खानुभन्दा भन्दा २० मिनेट पहिले १ गिलास पानी पिउने । यसले ओभर डाइटिङबाट बचाउँछ र तौल घटाउँछ ।

सुत्नु भन्दा केही घन्टा पहिला एक गिलास पानी पिउने । यसरी पानी पिउदा खाना पछि केही खान मन लाग्दैन र बिहान उठ्दा शरिरमा रहेका हानिकार तत्व पानीसँगै बगेर जान्छन् ।

अफिसमा गरिने यस्ता गल्ती, जसको कारण तपाईंको तौल बढ्छ

फिट रहनका लागि हामी दैनिक विभिन्न तरिका अपनाउने गर्छौं । तर यी सबै मेहनत त्यतिबेला बेकार हुन्छन् जब हामी अफिसमा केही गल्ती गर्छौं ।

यी गल्तीका कारण् तौल बढ्ने गर्दछ । आज हामी तपाईंलाई यिनै गल्तीबारे जानकारी दिँदैछौं ।

१. ब्रेकफास्ट नखानु

अफिस चाँडै जाने चक्करमा ब्रेकफास्ट नखाँदा दिनभरी भोक लागिरहन्छ । यस्तोमा हामी लञ्च गर्दा आवश्यक भन्दा बढि खान थाल्छौं जसले तौल बढ्न सक्छ ।

२. धेरै बेरसम्म बसिरहनु

अफिसमा लगातार थुप्रै घण्टासम्म बसिरहँदा क्यालोरी राम्रोसँग बर्न हुन पाउँदैन । यसले तौल बढाउन सहयोग पुर्याउँछ । प्रत्येक घण्टा थोरैबेर टहल्नुहोस् ।

३. कम पानी पिउनु

अफिसमा लगातार काम गर्ने चक्करमा थुप्रैले पानी पिउनसमेत बिर्सन्छन् । यसले टक्सिन बाहिर निस्कन पाउँदैछ जसका कारण पाचन क्रिया खराब हुनथाल्छ ।

४. स्न्याक्स खानु

अफिस समयमा भोक लाग्दा हाइ क्यालोरीयुक्त खाना खाँदा शरिरले अतिरिक्त क्यालोरी पाउन थाल्छ । यस्तोमा तौल बढ्न सक्छ ।

५. धेरै बेरसम्म भोको रहनु

अफिसमा हुँदा समयमा नै खाना नखाँदा र धेरै बेरसम्म भोको रहँदा मेटाबोलिजम स्लो हुने गर्दछ । लामो समयपछि तपाईंले जे खानुहुन्छ त्यो राम्रो तरिकाले पच्न सक्दैन ।

६. तनावमा रहँदा

अफिसमा काम गरिरहेका बेला तनावमा रहँदा भोक बढाउने हर्मोनको स्तरमा वृद्धि हुन्छ । यस्तोमा हामी अत्यधिक खाने गर्दछौं जसका कारण तौल बढ्छ ।

७. डेस्कमा नै खाँदा

यदि हामी डेस्कमा काम गर्दै खान्छौं भने हाम्रो ध्यान खानामा रहँदैन जसका कारण हामी धेरै खाने गर्दछौं । यस्तोमा शरिरमा बोसो जम्मा हुन्छ ।

८. अबेर राती फ्रि हुनु

अफिसमा अबेरसम्म बस्नुपर्ने वा ढिला खाना खाँदा राम्रोसँग पच्न पाउँदैन । यस्तोमा यो बोसोमा परिणत हुने गर्दछ ।

के निद्राले सताउँछ अफिसमा ?

आजभोलि जमाना नै इन्टरनेटको भनिन्छ । विश्व बुझ्न अन्त कहीँ जानु पर्दैन । निद्रा भगाउने नै हो भने इन्टरनेट खोल्नुहोस् र युट्युबमा रमाइला फन्नी भिडियोहरू खोज्नुहोस् । एकैछिन हेर्नुभयो भने तपाईंको निद्रा गायब भइसकेको हुन्छ ।

जाडोभन्दा गर्मी मौसममा अफिसमा काम गर्नेहरूलाई निद्राले सताउँछ । निद्राले सताएपछि काम गर्न मन लाग्दैन । बिहानको खाना खाएपछि अफिस पुगिसकेपछि निद्रा लाग्नु कुनै अनौठो कुरा होइन । तर, अफिसमा काम गरिरहेका वेलामा निद्रा कसरी भगाउन सकिन्छ त ?

काम लाग्न सक्छन् यी टिप्स

१. काम गरिरहेका वेला निद्रा लाग्न थाल्यो भने कुनै मन पर्ने गीत मोबाइलमा बजाउनुहोस् । अरूलाई डिस्टर्ब हुन्छ भने कानमा हेडफोन लगाएर गीत सुन्दै काम गर्न सक्नुहुन्छ । निद्रा भगाउने सजिलो उपाय यो पनि हुन सक्छ ।

२. निरन्तर काम गरिरहेका वेला निद्राले सतायो भने कम्तीमा १५ देखि २० मिनेट बाहिरको वातावरणमा जानुहोस् । अफिसभन्दा थोरै बाहिरको वातावरण अवलोकन गर्नुभयो भने केही हदसम्म निद्रा भाग्न सक्छ ।

३. निद्राले हदैसम्म सतायो भने एक गिलास चिसो पानी खानुस् । बजारमा अमिलो स्वादका चकलेट पाइन्छ । अफिस जानुपूर्व नै केही चकलेट किनेर लैजानुभयो भने निद्रा लागेको वेलामा प्रयोग गर्न सक्नुहुन्छ ।

४. तपाईंको मोबाइलमा पक्कै पनि गेमहरू छन् होला । यदि छैन भने तपाईंको अफिसमा इन्टरनेट अवश्य पनि छ । इन्टरनेटमा विभिन्न खालका गेमहरू हेरेर निद्राबाट बच्न सक्नुहुन्छ ।

५. अफिसमा निद्रा लाग्यो भने काममा आफैँ बाधा पुगिहाल्छ । तर, निद्राले च्याप्यो भने कम्तीमा पाँचदेखि १० मिनेट फुर्सद निकाल्नुहोस् । आफ्नो नजिकको मिल्ने र धेरै कुरा सेयर गर्ने साथीभाइलाई फोन लगाएर रमाइला गफ गर्नुहोस् । तपाईंको निद्रा गायब हुन सक्छ ।

६. आजभोलि सामाजिक सञ्जाल फेसबुक नचलाउने सायदै कम छन् । अफिसमा कामले मारामार भएका वेलामा निद्रा लाग्यो भने फेसबुक खोल्नुहोस् । साथीभाइसँग हेल्लो हाई गर्नुहोस् । अरूका वाल हेर्दै समय गुजार्नुभयो भने पनि निद्राले छोड्न सक्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।