१. खाना पकाउनुअगि, खाना खानुअगाडि र केटाकेटीलाई खाना खुवाउनुअगि साबुनपानीले राम्ररी हात धुनुहोस्। हात राम्ररी धुनाले रोग फैलन

२. काँचै खाने फलफूल र तरकारीको बोक्रा ताछेर वा राम्ररी धोएर मात्र रोकिन्छ / हात पुछ्न एउटा सफा खानुहोस्। टालो राख्ने गर्नुहोस्|

३. खानेकुरामा थुकका छिटा पर्न नदिन खाना राखिएको ठाउँमा खोक्ने, थुक्ने, नियमित धोएर घाममा सूकाउने बुइगम र पानजस्ता चिजहरू चपाउने गर्नुहुँदैन ।

४. काँचै खाइने खानेकुरासँग काँचो मासु, माछा आदि राख्नुहुँदैन।

५. मासु काटिसकेपछि हात, हतियार र अचानो राम्ररी पखाल्नुहोस् ।

६.खानेभाँडाहरू जनावरहरूलाई चाट्न नदिनुहोस्। भरसक जनावरहरूलाई भान्छाकोठामा पस्न नदिनुहोस्।
बिग्रिएको खाने कुरा तुरुन्तै फाल्नुहोस ।

खाना बिग्रनुका केही लक्षणहरू तल दिइएका छन्

१. नमीठो गन्ध ।

२. खानाको रङ्ग परिवर्तन हुनु । (उदाहरणका लागि काँचो मासुको रङ्ग रातोबाट खैरोमा बदलिन्छ ।)

३. नराम्रो गन्धसहित माथिल्लो तहमा धेरै फोका उठ्नु, जस्तै झोल भएका पुराना (बासी) तरकारीहरूमा देखिन्छ ।

४. मासु तथा पकाएको खानेकुराको माथिल्लो तहमा काइ लेउ) जम्नु ।

खान कसरि खाने ? केहि टिप्स

१. खानामा के खाने, के नखाने मात्र होइन कसरी खाने भन्ने कुरा पनि जान्नुपर्छ । हामीले खानेकुरा खादाँ केही शिष्टाचार पालना गर्नुपर्छ ।

२. खाना खानुअघि प्लेट बजाउने, चम्चालाई हातमा खेलाउने जस्ता कार्य सभ्य मानिँदैन ।

३. खाना खाँदा ठूलो आवाज निकाल्नु हुँदैन ।

४. मुखभरि खाना दलेर तथा थालमा छरेर खाना खानु असभ्यता हो ।

५. एकै चोटी ठूलो–ठूलो गाँस हाल्नु पनि सभ्य शैली मानिँदैन ।

६. हतार–हतार खाने बानी राम्रो होइन ।

७. मुख खुला गरेर आवाज निकाल्दै चपाउनु हुँदैन ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

खाना खाँदा पानी पिउनु फाइदा कि बेफाइदा ? जानकारी लिनुहाेस्

मानिसहरू भन्छन् खाना खाँदा पानी पिउनु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । खानासँग पानी पिउनाले शरीरमा टक्सिन जम्मा हुन्छ । जसकारण मानिस बिरामी पनि पर्न सकिन्छ ।

खाना खाँदाखेरी पानी पिउने कि नपिउने भन्ने विषयमा दुईमत पाइन्छ । खाना खाँदा पेटबाट एसिड निस्कन्छ र यसैले खाना पचाउँछ । पानी पिउँदा त्यो एसिड पातलिएर त्यसले राम्रो काम गर्न पाउँदैन । धेरैजसो मानिसको मान्यता यस्तो छ ।

तर यो सही होइन । धेरैथरी मेडिकल स्टडीहरूका अनुसार, खाना खाँदाखेरी पानी पिउँदा पेटको पीएच स्तरमा विशेष फरक पर्दैन । त्यसो त खाना खाँदा पानी पिएमा खाना मज्जाले पच्छ भन्ने धारणा पनि छ ।

तर यो पूर्ण सत्य होइन । पाचन एक जटिल प्रक्रिया हो र यसमा धेरै तत्त्वले एकैचोटि काम गर्नुपर्ने हुन्छ । पानीको मात्र त्यसमा भूमिका हुने होइन । खाना खाँदाखेरी पानी पिउँदा तपाईंलाई कब्जियतको समस्या हुँदैन किनकि पानीले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्छ र पाचन प्रणालीलाई चिल्लो बनाउँछ ।

पानीमा भएको पोषक तत्त्व पनि खानासँग जोडिन पुग्छ । तर त्यसो भन्दैमा खाना खाँदै गर्दा एकदमै धेरै पानी पिउन भने हुँदैन ।

के खानासँगै पानी पिउनु स्वास्थ्यका लागि हानिकारक होला त ?

स्वास्थ्य विज्ञका अनुसार खानासँगै पानी पिउनाले स्वास्थ्यमा कुनै नकारात्मक असर पर्दैन । वास्तवमा सबै खानेकुरा खाँदा पानी पिउनुपर्छ । यसो गर्नाले पाचन प्रक्रियामा सहयोग मिल्छ । विज्ञ भन्छन्– शरीरका लागि पानी निकै महत्त्वपूर्ण छ । शरीरलाई हाइड्रेटेड राख्न सकेसम्म पानी पिउनुपर्छ ।

डाक्टरका अनुसार कुनै पनि खानेकुरा खाँदा पानी पिउनु स्वास्थ्यका दृष्टिकोणले बिल्कुल सुरक्षित छ । तर, सबै खानेकुरा खाइसकेपछि तुरुन्तै पानी पिउनबाट बच्नुपर्छ । शरीरमा भएको इन्जाइम ग्यास्टिक जुस, प्यांक्रियाज र अन्य केमिकलले खाना पचाउन सहयोग गर्छ ।

तर, खानापछि तुरुन्तै पानी पिउँदा यो सबै इन्जाइम पानीसँग मिलेर पाचन प्रक्रियामा बाधा पुर्याउँछ । साथै, शरीरमा भएको पोषण तत्वलाई पनि सही ढंगले काम गर्न दिँदैन ।

आयुर्वेद विज्ञका अनुसार खाना खाँदा सँगै पानी पिउनु स्वास्थ्यका लागि असरदार हुँदैन । तर, सबै खानेकुरा खानुअघि वा खाइसकेपछि तुरुन्तै पानी पिउनुहुँदैन । किनकि यसले शरीरको पाचन प्रक्रियामा असर गर्छ ।

खानासँगै पानी पिउनाले पेटमा भएको एसिड पनि पानीसँगै मिसिन्छ । र, यसबाट कब्जियतको समस्या दूर हुन्छ । यसबाहेक पेट पनि छिटै भरिन्छ । र, आराम पनि मिल्छ । जुन कुरा स्वाथ्यका लागि राम्रो हो ।

तर, खानासँगै पानी पिउनुको मतलब एकैपटक धेरै पानी पिउनुपर्छ भन्ने चाहिँ होइन । पटक–पटक गरेर एक गिलास पानी बिस्तारै पिउनुपर्छ । खाना खाएको करिब आधा घन्टापछि मात्रै पानी पिउनु राम्रो हुन्छ ।

किनकि हामीले खाएको खाना पचाउन शरीरलाई दुई घन्टा लाग्छ । जब खाना पाचन प्रक्रियामा रहेको हुन्छ, तब शरीरमा तरल र ठोस पदार्थको एक निश्चित अनुपात बनिरहनु आवश्यक हुन्छ । यदि हामीले खाना खाएपछि पानी पियौँ भने यो अनुपात बिग्रिन्छ ।

धेरैजसो डाक्टरहरू खाना खाएको आधा घन्टापछि मात्र पानी पिउन सल्लाह दिन्छन् । ३० मिनेटको अन्तरालमा शरीरमा अलग–अलग पाचन प्रक्रिया सुरु भइसकेको हुन्छ । त्यसपछि पानीले पाचन प्रक्रियामा कुनै प्रभाव पार्दैन । यससम्बन्धमा अझ बढी जानकारी लिनका लागि पोषणविद्सँग सम्पर्क गर्नुहोला ।

खाना स्वादका लागि होइन, शरीरका लागि

हामी किन खान्छौ ? यो प्रश्नको सटिक जवाफ खोज्ने हो भने तपाईंलाई सोधिरहनुपर्दैन कि, हामीले के खानुपर्छ ?

खानासँग हाम्रो सम्बन्ध के छ ? खाना किन खाने ? यावत् प्रश्नले हाम्रो जीवनसँग खास अर्थ राख्छ । तर, हामी बाँचुञ्जेल यस्ता प्रश्नमा घोत्लिदैनौ । किनभने खाना खानु भनेको स्वाद मेट्न मात्र होइन, पेट भर्न मात्र होइन । स्वाद मेट्ने र पेट भर्ने त अर्कै कुरा हुन् । मूलत शरीरलाई चलमान राख्न, सक्रिय राख्न, तगडा राख्न, निरोगी राख्न खाना खानुपर्छ ।

यसको अर्थ खानाको सोझो सम्बन्ध मन र जिब्रोसँग होइन, पाचन यन्त्रसँग छ । समग्र शरीरसँग छ । त्यसैले शरीरले मागेको खानुपर्छ । भइरहेको चाहि उल्टो छ । हामी मनले मागेको खान्छौ । जिब्रोले खोजेको खान्छौ ।

जबकी हामी किन खान्छौ भन्ने प्रश्नको उत्तरमा लुकेको छ हामीले के खानुपर्छ भन्ने कुरा । हामी किन खान्छौ ? स्पष्ट जवाफ हो, बाँच्नका लागि । तर, कस्तो जीवन बाँच्ने ? स्वास्थ्य, निरोगी एवं तन्दुरुस्त । त्यसो हो भने, खाना नै त्यस्तो औषधी हो जसले हामीलाई निरोगी र तन्दुरुस्त जीवन दिन्छ ।

खाना के हो ?

खाना भोजन हो, जसले पेटको भोक शान्त गर्छ । खाना पोषण हो, जसले शरीरलाई चलयामान राख्छ । खाना औषधी हो, जसले शरीरलाई निरोगी राख्छ । खाना अमृत हो, जसले जीवनको आयु लम्बाइदिन्छ ।

तर, यससँगै बुझ्नुपर्ने अर्को पाटो पनि छ ।

खाना रोग हो, जब यसको तालमेल मिलाइदैन । खाना बोझ हो, जब आवश्यक्ताभन्दा बढी खाइन्छ । खाना विष हो, जब जथाभावी खाइन्छ ।

त्यही खाना हो, जो अमृत बन्छ । विष पनि । त्यही खाना हो, जसले शरीरमा पोषण दिन्छ । रोग पनि । त्यही खाना हो, जसले आयु लम्बाउँछ । घटाउँछ पनि ।

कस्तो अवस्थामा खाना अमृत बन्छ, कस्तो अवस्थामा विष ? यसमा दोष अन्नपानीको छैन । दोष त हाम्रो पाकवन विधी र खानपान शैलीमा छ । खानालाई उचित ढंगले पकाएर, सही मात्रामा, सही तरिकाले सेवन गर्दा त्यसले शरीरलाई निरोगी बनाउँछ । तन्दुरुस्त बनाउँछ । शरीरका संभावित कतिपय रोग निर्मूल बनाउँछ ।

तर, जथाभावी र मनलाग्दो खाने गरेमा त्यो रोग बन्छ । शरीर जीर्ण बनाउँछ ।

भोजनको रासायनिक रचना

शरीरलाई शक्ति प्रदान गर्न, शरीरलाई चलायमान बनाउन, शरीरलाई निरोगी तुल्याउन हामीले बाहिरी स्रोतबाट खानापान ग्रहण गर्नुपर्छ । हामी हिँड्छौ, बस्छौ, उप|mन्छौ, खेल्छौ, काम गर्छौ । यस अवस्थामा शरीरलाई चाहिने आवश्यक उर्जा खानपानबाटै प्राप्त हुन्छ । हाम्रो शारीरिक अवयव पनि कमजोर हुन्छ, त्यसमा क्षति पुग्छ । अतः त्यसको क्षतिपूर्तिका लागि पनि भोजन आवश्यक छ । संक्षेपमा भोजनले निम्न काम गर्छ ।

भोजन वर्गिकरण

भोजनबाट प्राप्त पोषक तत्वको कार्यको आधारमा तीन भागमा बाढ्न सकिन्छ ।

एक, शारीरिक विकास, बृद्धि एवं जैविक कार्यका लागि उर्जा प्रदान गर्ने पदार्थ

दुई, शरीर निर्माण गर्ने पोषक तत्व

तीन, स्वास्थ्य रक्षा गर्ने पदार्थ

सन्तुलित आहारको विभिन्नता

विभिन्न व्यक्तिको अनेक कार्य अनुसार भोजनमा विभिन्न पौष्टिक तत्व भिन्न भिन्न मात्रामा आवश्यक हुन्छ ।

उमेर- बाल्यवस्थामा जब शरीर विकसिकत हुन्छ तब बालकलाई वोसो र प्रोटिन अधिक मात्रामा चाहिन्छ । वृद्धावस्थामा पाचनशक्ति दुर्बल हुन्छ, तब यी तत्वको आवश्यक्ता कम हुँदै जान्छ ।

जलवायु- शीतप्रधान देशमा ग्रीष्मा प्रधान देशको अपेक्षा तापको अधिक उपयोग हुन्छ । अतः शीत प्रदान देशमा अपे्क्षाकृति अधिक भोजनको आवश्यक्ता हुन्छ ।

लिंग- पुरुषको अपेक्षा महिलाको लागि भोजनको मात्रा अलि कम आवश्यक हुन्छ ।

परिश्रम- शारीरिक परिश्रम गर्ने व्यक्तिको शरीरमा अधिक उर्जा वा उष्णता ह्रास हुन्छ । त्यसको पूर्तिका लागि अधिक भोजन चाहिन्छ ।

यी भए खानपानबारे आधारभूत कुरा । खाना किन खाने, कति खाने, कसरी खाने भन्ने कुरा हाम्रो शारीरिक अवस्थाले पनि निर्धारण गर्छ । यद्यपी हामीले त्यती नै खाना खानुपर्छ, जति शरीरलाई आवश्यक छ । हामीले त्यसरी नै खाना खानुपर्छ, जसलाई सहज रुपमा पचाउन सकिन्छ ।

खानपान सूत्र

१. ताजा, पोषिलो, सन्तुलित र सुपाच्य खानेकुरा सेवन गरौ ।

२. संभव भएसम्म आफैले पकाएको खानेकुरा सेवन गरौं । कम्तीमा आफ्नै घरमा पकाएको सेवन गरौ ।

३. दिनभरमा कम्तीमा चार/पाँच पटक खानेकुरा सेवन गरौं । धेरै पटक तर थोरै थोरै मात्रामा खानेकुरा सेवन गर्दा पाचन यन्त्रलाई सहज हुन्छ ।

४. दिनभरको खानामा विविधता पस्कने प्रयास गरौ । सन्तुलित भोजना ग्रहण गरौ ।

५. विहान नास्ता अनिवार्य गरौं । साँझ सूर्योअस्तपछि

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।