मोटोपन कम गर्नका लागि मानिसहरू अनेक किसिमका तरिका अपनाउँछन् तैपनि तौल घटिरहेका हुँदैन । यसको उपचारमा मानिसहरू बेस्सरी पैसा खर्च पनि गर्छन् । तर एउटा अनुसन्धानले साँझपख रुँदा मानिसको तौल घट्ने देखाएको छ ।

एसियन वनमा प्रकाशित एक रिपोर्टअनुसार, रुँदा हाम्रो शरीरमा कोर्टिसोन नामक हर्मोन निस्कन्छ । यो हर्मोन बढ्दा तौल घट्छ । अनि तनावको स्तर बढ्दा हामी रुन्छौं र आँसुमार्फत विषाक्त पदार्थ शरीर बाहिर निस्कन्छ । उक्त विषाक्त पदार्थले नै मानिसको तौल बढाउने हो ।

रुँदाखेरी आँखाबाट सजिलै आँसु ननिकाल्ने व्यक्तिलाई तौल घटाउनु चुनौतीपूर्ण हुने अध्ययनले खुलाएको छ । रोएको नाटक गर्नेको चाहिँ तौल नघट्ने देखिएको छ ।

अनुसन्धानमा बताइएअनुसार, मानिसले तीन किसिमका आँसु निकाल्छन् ः बेसल, रिफ्लेक्स र साइकिक । बेसल आँसु खुशीका कारण निस्कन्छ । रिफ्लेक्स आँसु धुँवा वा प्रदूषणका कारण निस्कन्छ । साइकिक आँसु भावका कारण निस्कन्छ । यही साइकिक आँसु निस्कँदा तौल कम हुने हो ।

साँझ ७ बजेदेखि १० बजेसम्म रुँदा तौल छिटो घट्छ । यतिखेर मानिसको नकारात्मक भाव बढी हावी हुन्छ । रुँदाखेरी शरीरमा उपस्थित क्यालोरी छिटो डढ्ने कुरा पहिले नै पत्ता लागिसकेको हो ।

रुने मानिसहरु पनि हुन्छन् स्वस्थ :

मानिस रोएको हामी जोकोहीलाई पनि मन पर्दैन तर रुनुको नि कैयौ फाईदा छन् । यता हाँस्दा स्वास्थ्यको लागि धेरै फाइदा हुनेबारे हामीले धेरैको भनेको सुनेका छौं तर, रुँदा हुने फाइदाको बारेमा कसैलाई थाहा नै नभएको हुसक्छ । हामीले रुँदा आँखाको दृष्टि क्षमतामा सकारात्मक प्रभाव पर्छ । आँखामा आँसु आउँदा नानी चिसो हुन्छ र आँखा सुख्खा रहन पाउँदैंन र यसो गर्दा आँखाको दृष्टि क्षमता बढ्छ ।

जब मानिस दुःखका कारण रुन्छ, त्यतिबेला शरीरमा विषाक्त पदार्थ बन्न थाल्छ । यस्ता विषाक्त पदार्थ आँसुमार्फत् बाहिर निस्कन्छन् । तसर्थ हामीले रुँदा झनै हामीलाई फाईदा हुन्छ । शरीरमा म्याग्नीज बढी हुँदा थकाई, रिसजस्ता समस्या आउँछन् । रुनाले शरीरमा म्याग्नीजको स्तर कम हुन्छ, जसबाट मष्तिस्क राम्रो हुन्छ र मानिसले हल्का महसुस गर्छन् । बढी तनाव महसुस गरिरहेका बेला रुने हो भने तनाव कम भएको महसुस गर्न सकिन्छ । समस्या परेको समयमा दिमाग र मुटको लिंबिक प्रणाली सहज हुन्छ जसले आराम प्रदान गर्छ । रुँदा मन सफा तथा हल्का महसुस हुन्छ ।

रोएपछि लगभग ८५ प्रतिशत महिला तथा ७३ प्रतिशत पुरुषको रिस कम हुन्छ । महिला वर्षमा ४७ पटक रुन्छन् भने पुरुष ७ पटक रुन्छन् । मान्छे औषत ६ मिनेट रुन्छ । साँझ ७६ बजेदेखि १० बजेको समयमा मान्छे सबैभन्दा धेरै रुन्छ ।

मानिस दुई हिसाबले रुन्छन् । एउटा खुशीमा र अर्को दुःखमा । तर, सामान्यतः रुन कसैलाई पनि मन पर्दैन । तर, डाक्टरको भनाई मान्ने हो भने मानिसले बेलाबेलामा रुनु पनि पर्छ । रुनु स्वास्थ्यका लागि लाभदायी मानिन्छ, विशेषगरी आँखाका लागि । रुँदा आँखा चम्किलो हुन्छ । जसरी हाँस्नु मानिसका लागि स्वस्थकर मानिन्छ, त्यसैगरी, रुँदा मन हल्का हुनेमात्र नभई स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ ।

मेडिकल युनिभर्सिटी अफ ओहियोले गरेको अनुसन्धानलाई मान्ने हो भने रुँदा शरीर पनि हल्का हुन्छ । दुःखलाई लुकाएर राख्नुभन्दा त्यसलाई बाहिर निकाल्नु नै श्रेयस्कर हुन्छ । भावनात्मक, शारीरिक र सार्वभौमिक रुपमा व्यक्तिको आँखाबाट आँसु निस्कन्छ ।

रुँदा के–के फाइदा हुन्छ ?

आँखा चम्किलो हुन्छ : आँखामा आँसु आउँदा नानी चिसो हुन्छ र आँखा सुख्खा रहनु पाउँदैंन । यदि आँसु आएन भने र सुख्खा रह्यो भने दृष्टि समस्या हुन सक्छ ।

किटाणु समाप्त हुन्छ : आँसुमा लिसोजाइमक नामक तरल पदार्थ हुन्छ, जसले ५ देखि १० मिनेटमा ९५ प्रतिशतसम्म ब्याक्टेरिया अर्थात् किटाणु हटाइदिन्छ ।

विषाक्त पदार्थ बाहिर निकाल्छ : जब दुःखका कारण रुन्छ, त्यतिबेला शरीरमा विषाक्त पदार्थ बन्न थाल्छ । यस्ता विषाक्त पदार्थ आँसुमार्फत् बाहिर निस्कन्छन् ।

मूड राम्रो हुन्छ : शरीरमा म्याग्नीज बढी हुँदा घबराहट, उल्झन्, थकाई, रिसजस्ता समस्या आउँछन् । रुनाले शरीरमा म्याग्नीजको स्तर कम हुन्छ, जसबाट मूड राम्रो हुन्छ र मानिसले हल्का महसुस गर्छन् ।

तनाव कम हुन्छ : अत्यन्त तनाव महसुस गरिरहेका बेला रुने हो भने तनाव कम भएको महसुस गर्न सकिन्छ । रुँदा शरीरमा एन्डोर्फिन, ल्युकाइन–एन्काफालिन तथा प्रोल्याक्टिन नामक तत्वको स्तर कम हुन्छ, जसबाट तनाव पनि कम हुन्छ ।

थप जानकारी :

स्वास्थ्यको लागि जसरी दिनमा एक-दुई पटक मन खोलेर हाँस्दा फाइदा हुन्छ, त्यसरी नै कहिलेकाहीँ मन हल्कामात्रै होइन स्वास्थ्यलाई पनि फाइदा नै गर्छ । मनोचिकित्सकहरूको भनाइअनुसार कहिलेकाहीँ रुनाले कुनै प्रकारको हानि-नोक्सानी हुँदैन । रुनाले व्यक्ति तनावरहित एवं आफूलाई हल्का महसुस गर्दछ । आँखाबाट झर्ने आँसु व्यक्ति मर्म र भावनालाई अभिव्यक्त गर्ने एउटा सशक्त माध्यम हो ।

जब कसैले हामीलाई आघात पुर्‍याउँछ वा हामी अत्यधिक दुःखी हुन्छौं, त्यसबखत हामी रुन्छौं । आखाँबाट आँसु झर्न थाल्छ । आँखाबाट झरेको आँसुले तनावमुक्त बताउँछ । मनोवैज्ञानिकहरू भन्छन्, ‘विपत्ति, दुःख र अत्यधिक तनावका स्थितिमा पनि यदि कुनै व्यक्तिको आँखाबाट आँसु आउँदैन अथवा रुँदैन भने सम्झिनुपर्छ ऊ अस्वस्थ्य छ । यदि कुनै महिलालाई विपत्को घडीमा पनि आँसु आउँदैन भने सम्झिनुस्, त्यो महिला भित्रबाट नै सुकेको रूखजस्तै हो । उसमा आँसुको अभावका कारण आँखाको रोग, गठियाबात, घाँटीको रोग, श्वेतप्रदर आदि हुन सक्छ ।’

भक्कानो छोडेर वा सुँक्क-सुँक्क गरेर रुनु शरीरका लागि स्वस्थ्यकर मानिन्छ । यस अवस्थामा व्यक्ति आफूलाई बालकजस्तो शारीरिक एवं मानसिक तनावप्रति खुला र खुकुलो छोडदिन्छ अनि रुन थाल्छ । जब मानसिक या शारीरिक दुःख, पीडासँग उसको साक्षात्कार हुन्छ, तब प्रतिक्रियास्वरूप हाम्रो शरीरको मांसपेशी संकुचित हुन थाल्छ । जुन शरीरको रक्षातन्त्र प्रक्रिया हो ।

जुन बेला हामी दुर्घटनाबाट गुज्रिरहेका हुन्छौं, त्यसबेला अत्यधिक पीडाले हामी आफूलाई सन्तुलन गर्न सक्दैनौं । शरीरले आफ्नो क्षमताको कारण अत्यधिक कठिन परिस्थितिमा पनि आफ्नो सन्तुलनलाई गुमाउँदैन, जब कठिन परिस्थिति जान्छ तब मांसपेशीहरूमा जम्मा भएर रहेको तनाव आँसुको रूपमा आँखाबाट निस्किन थाल्छन् ।

एक स्वस्थ्य र सन्तुलित शरीर सहज तरिकाले दुःख, दर्द, पीडाबाट उत्पन्न शारीरिक तनावलाई आँसुद्वारा व्यक्त गर्ने बाटो बनाउँछ । सर्वेक्षणअनुसार महिला पुरुषको तुलनामा कम तनावग्रस्त हुन्छन् । उनीहरू भावनालाई सजिलैसित आँसुको माध्यमले व्यक्त गर्दछन् । यसै कारण होला पुरुषको अपेक्षा महिलामा हृदयरोग कमै हुन्छ । कुनै-कुनै परिवारमा वंशाणुगत रोग पाइन्छ ।

यसलाई फैमिलियल डिस्टोनिया भनिन्छ । यसमा जब बच्चा रुन्छ तर उसको आँखाबाट आँसु झर्दैन । आँखा सुक्खा रहन्छ । यस्ता बालबालिकाहरू क्रूर, झनक्क रिसाउने र आक्रामक प्रवृत्तिका हुन्छन् । यस्ता बालबालिकाको पूर्ण रूपले मानसिक विकास हुन पाउँदैन ।

आँसुले दुःख, चिन्ता, तनाव, क्लेश तथा मानसिक पीडालाई फेस गर्नमा मद्दत गर्दछ । चिकित्सकको भनाइअनुसार रुनाले मानसिक तनावबाट मुक्ति मिल्नुका साथै उच्च रक्तचाप, फिस्टुला आदि रोगबाट छुटकारा पाउन सकिन्छ । यसबाहेक तनावबाट उत्पन्न हुने रोगहरू हुने सम्भावना हुँदैन । रुने बेलामा आँखाबाट झरेको आँसुले आँखामा रहेको विजातीय द्रव्यलाई बाहिर निकाल्ने काम गर्छ ।

आँखालाई रसिलो पार्ने तथा संक्रमणबाट बचाउने गर्दछ । मेडिकल युनिभर्सिटी अफ औहियो (जापान) का शोधकर्ताले ‘आँसुबाट हुने फाइदा’ यस्ता फाइदा अध्ययनमा पाए । रिपोर्टमा भनेका छन्, ‘रोइ सकेपछि अधिकतर मानिसहरू आफूलाई हल्का र ताजा महसुस गर्दछन् । शोधमा ८८ दशमलव ८ प्रतिशत मानिसहरू रोएपछि हल्का महसुस गर्दछन् भने ८ दशमलव ४ प्रतिशत मानिसहरू मात्र रुँदा पनि दुःखी नै हुन्छन् ।

यदि तपाईं आफ्नो दुःखलाई भित्र गुम्स्याएर राख्नुहुन्छ भने कहिलेकाहीँ दिल खोलेर रुनबाट नचुक्नुस् । किन कि रुनाले मन हल्का त हुन्छ नै साथै स्वास्थ्यलाई यसले फाइदा नै पुर्‍याउँछ ।

बढ्छ आँखाको ज्योतिः आँखामा आँसु आउनाले आँखाको नानी र परेलीमा कचिलोपन बढ्छ । वैज्ञानिकहरूले यस कुरोलाई सिद्ध गरेका छन् कि रुनाले आँखाको सुन्दरता बढ्छ । यी वैज्ञनिकहरूको मतअनुसार आँखाको कोर्नियाको परत कन्जकटाइवालाई अ श्रुगन्थीद्वारा निस्किने आँसुले ओसिलो बानाइदिन्छ ।

फलस्वरूप आँसुमा रहेक शारीरिक तत्ववहरूद्वारा सुन्दरता निखारेर ल्याउँछ । आँखाबाट आँसु निस्किने बेला हारडेरियन ग्रन्थीबाट एक प्रकारको तैलीय पदार्थ निस्किन्छ, जसको सहायताले कोर्निया ओसिलो र रसिलो हुन्छ । महिलामा पुरुषको अपेक्षा बढी आँसुको उत्पादन हुन्छ । यही कारण हो कि महिलाको आँखा बढी सुन्दर हुन्छन् । अत्यधिक कुनै पनि चिज राम्रो होइन, त्यसैले अत्यधिक रुनाले भने आँखाको दृष्टि गुम्न सक्ने सम्भावना पनि हुन्छ ।

ब्याक्टेरिया समाप्तः

आँसुमा यस्तो किसिमको एन्टिबायोटिक्स हुन्छ कि जसले कीटाणुबाट आँखाको रक्षा गर्दछ । आँसुमा एक प्रकारको लिसोजाइम नामक तरल पदार्थ हुन्छ, त्यसले पाँचदेखि १० मिनेटमा नै ९०-९५ प्रतिशत ब्याक्टेरिया नास गरिदिन्छ ।

शरीरबाट टक्सिन निकाल्दछः

धेरैजसो अनुसन्धानमा के देखिए भने जब हामी बढी दुःखी वा अवसादमा हुन्छौं, यसबेला शरीर भित्र केही टक्सिन केमिकल्स बन्न थाल्छ । ती विषाक्त तत्ववहरू रुदाँ आँसुको बाटो भएर शरीरबाट बाहिर निस्किन्छ ।

मुड ठीकः

कहिलेकाहीँ शरीरमा मेग्जिननामक तत्वव बढी भएर हडबडाहट, हैरानी, थकान, अनाहकमा रिस उठ्नेजस्ता समस्या देखिन्छन् । यस अवस्थामा रुनाले शरीरमा म्यागजिनको स्तर कम हुन्छ । फलस्वरूप व्यक्ति आफूलाई हल्का र फ्रेस अनुभव गर्छ ।

तनाव घट्छः

अत्यधिक तनावको अवस्थामा रुनाले केही मात्रामा राहत मिल्छ । रुने प्रक्रियाको दौरान शरीरमा एन्डोफ्रिन ल्युकामाइन, एन्काफालिन तथा प्रोलेक्टिननामक तत्ववहरूको स्तर कम हुन्छ । जसले तनाव कम हुन्छ ।

तर अत्यधिक रुनाले उल्टो असर पनि हुन सक्छ । आँसुको रहस्यलाई अहिले पनि सुल्झाउन बाँकी छै छ । तर आँसु हाम्रो शारीरिक र मानसिक स्वास्थ्यका लागि लाभदायक छ भन्नेमा कुनै शंका छैन ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियो हेर्नुहोस् :