मानिसहरु शरीर स्वस्थ राख्न कति सम्म गर्दैनन् तर पनि उनीहरु बिरामी हुन्छन । मिर्गौलाको कार्यबोझ घटाउन हामीले पनि खानपिनमा होस पु¥याउनु जरुरी हुन्छ । शरीरबाट विषालु तत्व सहज रूपमा बाहिर निकाल्न मिर्गौलालाई सहयोग गर्ने केही खाद्य वस्तु निम्न छन् ः

लसुन – बढी मात्रामा सल्फर हुने लसुनलाई शरीरको सफाइ गर्ने प्रकृतिको एक उत्तम वस्तु मानिएको छ । कलेजोमा विषालु तत्व विघटन गर्ने विशेष खालको एन्जाइम उत्पादनमा सघाएर लसुनले शरीरबाट ती वस्तु बाहिर निकाल्न महìवपूर्ण भूमिका निर्वाह गर्छ ।

स्याउ – उच्च मात्रामा पेक्टिन हुने स्याउले शरीरबाट विषालु तत्व हटाउन मद्दत गर्दछ । घातक गह्रौँ घातुसँग टाँसिएर पेक्टिनले तिनीहरूलाई शरीरबाट बाहिर निकाल्न योगदान गर्छ । यति मात्रा होइन पेक्टिनले कलोजोमा पित्त उत्पादन बढाउने भएकाले विषालु तत्व विघटन प्रक्रिया सहज बन्छ ।

चुकन्दर – गान्टे मूल जस्तो गाढा रातो रङको चुकुन्दरमा एन्टिअक्सिडेन्ट ठूलो परिणाममा हुन्छ । एन्टिअक्सिडेन्टले घातक फ्रिरेडिकललाई निस्तेज पारेर शरीरको रक्षा गर्दछ । कलेजोलाई सजिलो पारेर रगतको सफाइमा समेत चुकुन्दरले मद्दत पु¥याउँछ ।

गाँजर – गाँजरमा भिटामिन ए, बी ६, सी र के तथा पोटासियम र ग्लुटाथियोन पनि हुन्छ । ग्लुटाथियोन प्रोटिनले कलेजोको सफाइमा ठूलो योगदान गर्छ । पकाउँदा ग्लुटाथियोन नष्ट हुने भएकाले गाँजर काँचै खानु राम्रो ।

कागती – शरीरको सफाइमा कागतीलाई चमत्कारी स्रोत मानिएको छ । बढी पित्त उत्पादन गर्न कागतीले कलेजोलाई उत्प्रेरित गर्छ । बिहान कागती हालेर एक गिलास पानी पिउने गरेमा तपाईंको शरीर सफाइमा ठूलो योगदान पुग्छ ।

आलस – मुटुलाई अत्यन्त आवश्यक ओमेगा–३ फ्याटी एसिडको साह्रै राम्रो स्रोत आलसले रगत स्वस्थ राख्न मद्दत पु¥याउँछ । फाइबर समेत धेरै हुने भएकाले विषालु तत्व शरीरबाट बाहिर निकाल्न आलस उपयोगी हुन्छ । यसअतिरिक्त हरियो सागपात, ब्रोकाउलीले पनि शरीरबाट विषालु पदार्थ बाहिर निकाल्न सहयोग गर्छन् ।

घरेलु उपाय :

लसुन स्वास्थ्यको लागि निकै लाभदायक हुन्छ । यसले प्राकृतिक रुपमा रगतलाई सफा गरी रगतमा भएका विकारलाई फाल्न मद्दत गर्छ । त्यसैगरी यसले पेटको समस्या, रुघाखोकी, घाँटीको समस्या, श्वासप्रश्वासको समस्याबाट आराम दिन्छ । यसले अनुहार तथा छालाका समस्याबाट पनि छुटकारा दिन्छ । यसमा साइटोकेमिकल्स हुन्छ जुन फोक्सो सफा गर्न पनि लाभदायक छ । त्यसगरी यसले रगतमा भएको बोसो पगाल्नुका साथै रक्तचापलाई सन्तुलनमा राख्न समेत मद्दत गर्छ । विहान खाली पेटमा करिब तीन पोटी लसुन मन तातो पानीसित खाने गर्नाले रगत सफा हुनुका साथै एसिडिटीबाट छुट्कारा पाउनु मद्दत मिल्छ ।

कागती :

कागतीमा सिट्रिक एसिड पाइनुका साथै अल्कालिनको तत्व पाइन्छ । यसले तपाईको शरीरमा भएको विकारलाई हटाउन मद्दत गर्छ । यो तपाईको पाचन शक्ति बढाउन पनि लाभदायक छ । तीन चम्चा कागतीलाई मनतातो पानीमा हाल्ने । त्यसमा केही मह मिसाएर खाली पेटमा सेवन गर्नाले शरीरमा भएका बिकार पदार्थ नष्ट गर्न मद्दत गर्छ ।

करेला :

कलेरालाई शरीरमा भएको रगत सफा गर्न उपयुक्त तरकारीको रुपमा लिइन्छ । यसले क्यान्सर, पायल्स जस्ता रोग सित लड्न सहयोग गर्छ । त्यसैगरी सुगर कम गर्न, रगतमा वोसोको मात्रा कम गर्न, छाला सफा गर्न पनि मद्दत गर्छ । यसले हाम्रो पाचन प्रणालीलाई पनि मजबुत बनाउछ ।

अमला :

अमलाले रगत सफा गर्नुका साथै हाम्रो पाचन प्रणालीलाई मजबुत बनाउछ । यसले फोक्सो तथा आन्द्रालाई सक्रिय बनाइराख्छ । अमलाको पातदेखि बोट तथा जरासम्म पनि औषधीका रुपमा प्रयोग गर्न सकिन्छ । ४/ ५ ओटा अमलालाई रातभरी पानीमा भिजाएर भोलीपल्ट विहान उक्त अमलालाई पानीमा घोलेर, छान्ने र दुई चम्चा महसित मिसाएर खाने गर्नाले शरीरमा भएका विभिन्न खाले विकार हटाउन मद्दत गर्छ ।

तुलसी :

हिन्दु धर्ममा तुलसीको प्रयोगलाई पवित्र मानिन्छ । पुजा आजा होस्, वा व्रत हरेक पर्वमा हामी यसको प्रयोगलाई निकै महत्वपूर्ण मानिन्छ । यसको प्रयोग स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । यसले रगत सफा गर्नुका साथै शरीरमा भएका विकार नष्ट गर्न सघाउ पुर्‍याउँछ । यो एन्टीबायोटिकका रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

 

यो पी जान्नुहोस् :

शरीरको खराब व्याक्टेरियालाई कसरी हटाउने ?

प्रतिरोधी क्षमता शरीरको महत्वपूर्ण भाग मध्यको एक हो । शरीरको प्रतिरोधी क्षमताले शरीरलाई किटाणु तथा विषाणुबाट जोगाएर शरीरलाई तदरुस्त राख्न मद्दत गर्छ । तर, जब यसमा गडबडी आउँछ, तब शरीरमा विभिन्न रोगको संक्रमण हुने गर्छ । यस्ता संक्रमणबाट जोगाउन तथा शरीरलाई फिट राख्नका लागि पनि शरीरको प्रतिरोधी क्षमता मजबुत हुन जरुरी छ । र, शरीरको प्रतिरोधी क्षमता मजबुत बनाउने यी उपायहरु अपनाउन सकिन्छ ।

तनावबाट टाढा रहने, राम्ररी सुत्ने

प्रत्येक व्यक्तिले दिनमा कम्तीमा सात देखि आठ घण्टा सुत्न जरुरी छ । तर व्यस्त जीवनशैली तथा तनावका कारण सबैका लागि लामो समय सुत्न सम्भव पनि छैन । कम निद्रा तथा धेरै तनाव लिएमा शरीरमा कार्टिसोलको स्तर ह्वात्तै बढ्ने गर्छ । जसले शरीरको प्रतिरोधी क्षमता कमजोर बनाउनुका साथै शरीरमा विभिन्न समस्या निम्त्याउने गर्छ ।

धुमपान नगर्ने

आजकल धुमपान गर्नु मानिसको लागि शानको कुरा भएको छ । पुरुषहरुमा मात्र हैन, महिलाहरुमा पनि आज धुमपान गर्ने गर्ने ट्रेण्ड बढ्दै गएको छ । जबकी धुमपान स्वास्थ्यको लागि हानीकारक छ । यसले स्वास प्रस्वास तथा फोक्सो सम्बन्धि समस्यामात्र निम्त्याउँदैन, बाझोपनाको समस्या समेत निम्त्याउने गर्छ । धुमपानकै कारण विभिन्न प्रकारको क्यान्सरको जोखिम समेत निम्तने हुदाँ धुमपानबाट जति टाढा बस्न सक्यो, स्वास्थ्यको लागि त्यति नै धेरै फाइदाजनक हुन्छ ।

मदिराका खराब हुनसक्छ कलेजो

धुमपान झैं मदिराको सेवन आजकल सामान्य हुँदै गएको छ । मदिराको सेवन आजकल सामान्य बदलिदो जीवनशैलीको एउटा अभिन्न अंगको रुपमा देखिएपनि यसको अत्याधिक सेवनले कलेजो खराब हुनसक्छ । त्यसैले, लामो आयु बाच्न तथा शरीरलाई स्वस्थ राख्न पनि मदिरा त्याग्न आवश्यक हुन्छ ।

पानी तथा हरिया साजसब्जी

पानीको सेवनले शरीरको विषाक्तता पिसाब तथा पसिनाको माध्यमद्धारा बाहिर निकाल्न सहायता प्रदान गर्छ । जबकी हरियो सागसब्जीमा पर्याप्त मात्रामा क्याल्सियम, फाइबर, भिटामिन तथा खनिज पदार्थ पाइन्छ । जसले शरीरमा ताकत बढाउने मात्र हैन, रोगसित लड्न पनि मद्दत गर्छ ।

प्रोबायोटिक्स छ फाइदाजनक

हाम्रो शरीरमा दुई किसिमका व्याक्टेरिया हुन्छ, असर व्याक्टेरिया र खराब व्याक्टेरिया । जब शरीरमा खराब व्याक्टेरियाको अनुपात धेरै हुन्छ, तब शरीरमा रोगको संक्रमण धेरै हुने गर्छ र मानिसहरु छिटो छिटो विरामी हुन थाल्छन् । दहीले शरीरको प्रतिरोधी क्षमता बढाएर रोगसित लड्न मद्दत गर्ने हुदाँ यसलाई दैनिक आहारमा सेवन गर्न जरुरी छ ।

घाममा बस्ने

शरीरलाई पर्याप्त मात्रामा भिटामिन ‘डी’को आवश्यकता पर्छ । र, भिटामिन ‘डी’ घामबाट पाइन्छ । भिटामिन ‘डी’ ले हड्डीलाई मजबुत बनाउनुका साथै प्रतिरोधी क्षमता मजबुत बनाउने गर्छ ।

नियमित एक्सरसाईज गर्ने

शरीरलाई स्वस्थ राख्न दिनमा कम्तीमा पनि १५ देखि २० मिनेटको एक्सरसाइज जरुरी छ । एक्सरसाइजले व्लड प्रेशरलाई नियन्त्रित राख्नुका साथै रोगसित लड्ने क्षमता पनि बढाउँछ ।

ड्राइ फ्रुट्स हुनसक्छ लाभदायक :

डाई फ्रुट्स मानिसहरु नमोटाओस् भन्नका लागि खादैनन्। जबकी डाई फ्रुट्सले तौल अवश्य नै बढाउँदैन । बरु ड्राई फ्रुट्समा भिटामिन्स, मनरल्स तथा फाइबर भरपूर मात्रामा पाइन्छ, जसले शरीरको प्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।