‘रोगमुक्त रहनु नै उपचार गर्नुभन्दा बढी उत्तम हो ।’ कुनै औषधीको प्रयोग नगरी, शल्यक्रिया नगरी, सुई नखोपी गरिने उपचार विधी हो, प्राकृतिक चिकित्सा । यो नै प्रभावकारी र हानिरहित विधी पनि हो । रोग लागिसकेपछि मात्र होइन, रोगमुक्त जीवन बाँच्नका लागि समेत प्राकृतिक चिकित्सा उपयोगी हुन्छ । प्राकृतिक रुपमै बलियो, निरोगी, तन्दुरस्त हुनु पहिलो सर्त हो । रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिन नै सर्वोत्तम हो । अतः यसको एउटै सूत्र भनेको प्राकृतिक चिकित्सा नै हो ।

प्राकृतिक चिकित्सा आफैमा एक अनौठो प्रणाली हो जसले शारीरिक, मानसिक, नैतिक र आध्यात्मिक रुपमै मान्छेलाई सही मार्गमा हिँडाउँछ । यसमा स्वास्थ्यलाई प्रोत्साहन, रोग निवारण र उपचारका साथ(साथै फेरी तन्दुरुस्ती प्रदान गर्ने अपार सम्भावना हुन्छ ।

प्राकृतिक चिकित्सा के हो त ?

वास्तवमा जे जति रोग छन् ति सबैको कारण र उपचार करिव एउटै हो । शरीरमा जब विकार पदार्थ सञ्चय हुन थाल्छ, त्यही स्थितिलाई हामी रोग भन्छौं । अतः ती विकार निर्मुल गर्नु नै उपचार पद्धती हो । उपचारको विद्यमान विधी अनेक छन् । त्यसमध्ये सबैभन्दा प्राचिन, विश्वसनीय र प्रभावकारी उपचार पद्धती हो, प्राकृतिक चिकित्सा ।

प्राकृतिक चिकित्साले कुनै एक विषेश रोगको मात्र उपचार खोज्दैन, सम्पूर्ण शरीरलाई तन्दुरुस्त राख्छ । रोग प्रतिरोधात्मक क्षमता विकास गर्छ । शरीरमा कुनैपनि रोगको संभावनालाई न्युनिकरण गर्छ । प्रकृतिको उपचारमा दबिएर बसेका रोगहरूलाई माथि ल्याइन्छ र स्थायी रूपले हटाइन्छ । यसले दीर्घरोगबाट पनि मुक्त दिलाउँछ । यसको खास विशेषता भनेको के भने, कुनै शारीरिक समस्या वा रोग मात्र होइन, मानसिक र सामाजिक उपचार पनि गर्छ ।

प्राकृतिक चिकित्साको एउटा सूत्र छ, केवल भोजन नै चिकित्सा हो । हामीले खाने भोजनले नै शरीरलाई निरोगी वा रोगमुक्त बनाउने हो । हामीले खाने भोजनले नै शरीरको प्रतिरोधात्मक क्षमता बढाउने हो । शरीरलाई बलियो, तन्दुरुस्त बनाउने हो । दीर्घायु बनाउने हो । जबकी आज त्यही खानपानको कारण मान्छे रोगी हुँदैछन् । जिर्ण हुँदैछन् ।

मृत्युको मुखमा पुगिरहेका छन् । खानालाई खान जानियो भने औषधी हुन्छ । खाना खान जानिएन भने विष हुन्छ । शरीर पञ्चतत्वले निर्माण भएको छ । प्रकृति पनि पञ्चतत्वले निर्माण भएको छ । प्रकृति र शरीर आपसमा एकाकार छन् । त्यसैले शरीरलाई रोगमुक्त राख्ने बुटी पनि प्रकृतिमै छ । पञ्चतत्व भनेको अग्नी, आकास, जल, वायु र पृथ्वी ।

प्राकृतिक उपचार विधी

जल चिकित्साः जल चिकित्सा पानीको उपयोगबाट गरिने एक विधि हो । पानी को आफ्नै गुणहरु हुन्छन् जसले रोग निर्मुल बनाउने भूमिका खेल्छ । पानीबाट गरिने उपचार पद्धतीमा, हिप वाथ, सौना बथ, स्टिम वाथ, स्पिनल बथ आथि पर्छ ।
उपवासः उपवास भनेको कुनैपनि खानेकुरा सेवन नगरी वस्नुको अवस्था हो । यसले पाचन यन्त्रलाई विश्राम दिन्छ । उपवास भनेको शरीरलाई भित्रैदेखि शुद्धिकरण गर्ने विधी पनि हो ।

आहारः खाना नै ओखती हो । भनिन्छ नि, तपाईं जस्तो खानुहुन्छ, त्यस्तै हुनुहुन्छ । खानालाई हामीले तीन भागमा विभाजन गरेका छौ, सात्विक, तामासिक र राजशी । स्वास्थ्य जीवनको लागि सात्विक खाना उपयोगी हुन्छ । तामासिक वा राजशी खानाले जिब्रोलाई लोभ्याउँछ । तर, शरीरमा विकार पनि पैदा गर्छ ।

माटो चिकित्साः माटोमा खेल्दा, माटोको सम्पर्कमा रहँदा हाम्रो शरीरको रोगसँग लड्ने क्षमता बृद्धि हुन्छ । केही समयअघि मात्र हामीले असार पन्ध्र मनायौं । यो पर्वले पनि माटोसँग एकाकार हुन प्रेरित गर्छ । संसारमा माटोद्वारा गरिने उपचारका पनि विभिन्न विधी छन् ।

मालिसः हामीकहाँ मालिस गर्ने परम्परा नै छ । जब बच्चा जन्मन्छ, तोरीको तेलले मालिस गरिन्छ । मालिस एक प्राकृतिक विधी हो, जसले शरीरलाई बलियो बनाउँछ । रक्तप्रवाहमा सहयोग गर्छ । मालिसका अरु थुप्रै विधी एवं तौरतरिका छन् ।

वायु उपचारः ताजा हावा राम्रो स्वास्थ्यका लागि सबैभन्दा जरूरी हुन्छ । हाम्रो शरीरभित्र जति धेरै शुद्ध वायु रहन्छ, हामी उत्तिनै निरोगी रहन्छौं । अतः शरीरमा शुद्ध वायुको मात्रा बढाउने केही तौरतरिका छन् । प्राणायाम जस्ता विधी यसैका एक रुप हुन् ।

यो पनि जान्नुहोस् :

न औषधी, न अप्रेशन, यसरी गर्न सकिन्छ रोगको निदान :

प्रकृतिले शरीरको रचना यसरी गरेको छ कि, अधिकांश रोगको उपचार हामी आफैभित्र छ । अकुप्रेसर पद्धती त्यही अनुरुप विकास भएको हो, जसले शरीरको विशेष विन्दुहरुमा दबाव पैदा गरेर रोग निर्मुल पार्छ । यसको कुनै साइड इफेक्ट छैन । स्वस्थ्य अवस्थामा पनि अकुप्रेसर विधी अपनाउन सकिन्छ, जसले शरीरलाई स्थिर र शान्त राख्छ । साथै कुनै उपचार गराइरहेको छ भने पनि त्यससँगै अकुप्रेसर गर्न सकिन्छ । अकुप्रेसर एकदमै प्राकृतिक उपचार विधी हो ।

अक्युप्रेसर के हो त ?

चिकित्साको थुप्रै पद्धतीमध्ये अकुप्रेसर एक उत्कृष्ट तरिका हो । चिनियाँ भाषाको ‘एक्यु’बाट यसको विकास भएको छ, जसको अर्थ हो पोइन्ट अर्थात विन्दु । शरीरको खास विन्दुमा सूईले दबाव दिएर रोगको उपचार गरिने पद्धती । साथै हात वा अन्य कुनै वस्तुले दबाएर पनि यो विधी अपनाउन सकिन्छ ।

हाम्रो शरीरको केहि बिन्दुले केहि रोगको निदान गर्ने सामथ्र्य राख्छ । यदि त्यस विन्दुमा विशेष किसिमले दबाव दिइयो भने, शरीरका सम्बन्धित रोगबाट छुटकारा मिल्छ । शरीरका यी विन्दुमा बायोइलेक्टि्रकल आवेग पैदा हुन्छ र उर्जा प्रवाह गर्छ । यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ साथै मांसपेशीमा आरम पनि । चिन्ता र तनाव समेत हटाउँछ ।

– अकुप्रेसरमा के मानिन्छ भने, हाम्रो शरीरमा बाह्र च्यानल हुन्छ, जो शरीरको प्रत्येक हिस्सासँग सम्बन्धित छ । यो च्यानल अन्ततः तान्त्रिक तन्त्रसँग जोडिन्छ ।

– जब शरीरको कुनैपनि भागमा रोकावट हुन्छ तब, अकुप्रेसरको माध्यामाबट त्यसमा दबाव दिइन्छ । त्यही दबावले उक्त रोकावट हट्छ । फलतः रक्त प्रवाह हुन्छ । अक्सिजन र सकारात्मक उर्जाको समुचित प्रवाह हुन्छ ।

– अकुप्रेसरले रोग निवारण मात्र गर्दैन, यसले राम्रो र स्थिर जीवन पनि सुनिश्चित गर्छ ।

– अकुप्रेसरलाई अन्य चिकित्सा विधीसँगै अपनाउन सकिन्छ ।

अकुप्रेसरको प्रभाव

– स्नायु संस्थानमा व्याप्त विकृति हटाउन ।

– मांसपेशीमा आवश्यक लचकता ल्याउन ।

– छालामा स्फूर्ति पैदा गर्न ।

– शरीरको आवश्यक तत्वमा रक्त प्रवाह राम्ररी गराउन ।

१० प्रमुख अकुप्रेसर प्वाइन्ट

ज्वइनिङ द भ्याली – यो विन्दु बुढी औंला र चोर औंलाको बीचमा हुन्छ । यहाँ दबाउँदा टाउको दुखेको, दाँत दुखेको, गर्दन दुखेको, काँध दुखेको, कब्जियत भएको ह्याङओभर भएको अवस्थामा राहत मिल्छ ।

पेरिकार्डियम– यो प्वाइन्ट हात्केलाभन्दा लगभग दुई औंला तल नाडीमा हुन्छ । यहाँ दबाउँदा बेचैनी, ज्वरो, वान्ता, पेटको गडबडी, छाती दुखेको ठिक हुन्छ ।

थर्ड आई प्वाइन्ट– यो विन्दु दुबै आँखी भौंको मध्य र नाकको ठीक माथि हुन्छ । मानसिक शान्ति, स्मृति क्षमता बढाउन तथा तनाव, थकान, टाउको दुखाईको समस्याबाट पार पाउनका लागि त्यही विन्दुमा दवाउनु पर्छ ।

सी अफ ट्र्यांकुलिटी- यो विन्दु छातीको ठीक विचमा हुन्छ । यहाँ दबाउँदा एग्जाइटी, नर्वसनेस, डिप्रेसन, हिस्टीरिया र इमोसनल समस्यामा फाइदा मिल्छ ।

लेग थि्र माइल्स- यो विन्दु घुँडाको तल लगभग चार औंलाको दुरीमा हुन्छ । त्यहाँ दबाउँदा अपच, पखला, कब्जियत, पेट फुलिएको, ग्याष्ट्रिक, पेटको दुखाई जस्तो समस्या हट्छ ।

कमान्डिङ मिडिल- यो विन्दु घुँडाको ठीक पछाडिको भागमा हुन्छ । त्यहाँ दबाउँदा कम्मरको दुखाई, घुँडाको दुखाई आदि ठीक हुन्छ ।

इयर प्वाइन्ट- यो प्वाइन्ट कानको माथिल्लो भागमा हुन्छ । त्यहा दवाब दिएपछि चुरोटको लत, तनाव, डिप्रेसन र अनिन्द्रा आदिको समस्या हट्छ ।

ह्याभेनली पिलर प्वाइन्ट– यो प्वाइन्ट गर्दन र टाउकोको ठीक मध्य भागमा हुन्छ । तनाव, थकान र गर्दन दुखाई हटाउनका लागि त्यहाँ दबाउनु पर्छ ।

स्याकरल प्वाइन्ट– यो विन्दु मेरुदन्डको सबैभन्दा अन्तिम भागमा हुन्छ । यहाँ दवाउँदा मासिक श्राव सम्वन्धि अनियमिततामा राहत मिल्छ ।

बिगर रशिङ्ग – यो विन्दु खुट्टाको बुढी औंला र अन्य औंलाको बिचमा हुन्छ । आँखाको थकान र ह्याङओभर हटाउन त्यहाँ दबाउनु पर्छ । साथै यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।