समयमा टन्न टन्न खानेकुरा खाने गर्दा पनि केही कोहि मानिसलाई छिन छिनमा भोक लागि रहने हुन्छ । छिन छिनमा लागेको भोकलाई शान्त पार्नका लागि हामीले हलुका खाने कुरा खाने गर्दा, खाएको आधी घन्टा नबित्दै हामीलाई फेरि भोक लाग्न थाल्छ । भोक लगेर समयमा खानु हाम्रो स्वास्थ्यको लागि राम्रो मानिन्छ । तर, आवश्यकता भन्दा बढी भोक लाग्नुलाई राम्रो मानिदैन साथै शरीरमा कुनै रोग भएको कारण पनि हुन सक्छ ।

मान्छेलाई अल्छि लागेको समयमा पनि बेला बेला भोक लाग्ने गर्छ । केहि गर्ने काम नभएमा, दिमागले अन्य कुराहरु सोच्न थाल्छ र हामीलाई अनावश्यक रुपमा भोक लाग्ने गर्छ । साथै, हाम्रो पाचन प्रक्रियामा गडबडी, अस्वस्थ्य खानपान तथा अव्यवस्थित जीवनशैलीका कारण पनि हामीलाई बेसमयमा भोक लाग्ने गर्छ । मधुमेहको समस्याका कारण, शरीरमा पानी कम भएको कारण, कम पानी पिउने कारण, तनावका कारण, पेटमा कीरा परेका कारण तथा महिलाहरूलाई गर्भावस्थामा बारम्बार भोक लाग्ने गर्छ ।

हामीले यस्ता कारणहरूलाई चिन्नुको सट्टा हामी नचाहिने कुरा खाने गर्दा झन् हाम्रो पाचनतन्त्र कमजोर हुन जान्छ । अधुरो निन्द्राका कारणले पनि हामीलाई भोक लाग्ने गर्छ । प्रत्येक व्यक्तिले कम्तीमा पनि सात देखि आठ घन्टा सम्म निन्द्रा पुग्ने गरि सुत्नुपर्छ । निन्द्रा पुग्दा शरीरमा उर्जा आउनुका साथै पेट पनि ठीक रहन्छ र हामीलाई बारम्बार भोक लाग्ने हुदैन ।

बिहान नाश्ता गर्ने बानी छैन भने पनि हामीलाई छिट्टै भोक लाग्ने गर्छ । बिहान समयमा खान नाखादा शरीरमा विभिन्न किसिमका समस्या देखा पर्नुका साथै जतिखेर पनि भोक लागे जस्तो हुन थाल्छ । हामीले नाश्तामा हेवी प्रोटीन, फाइवर तथा क्यालोरी युक्त खानेकुरा संलग्न गरेर ठिक्क मात्रामा खादा हामीलाई बारम्बार भोक लाग्ने समस्याले सताउने गर्दैन ।

शरीरलाई काम गर्नका लागि सम्पूर्ण आहार जरूरी हुन्छ । त्यसैले, भोजनमा प्रोटीन, फाइबर र क्यालोरीको मात्रामा ठिक्क हुनुपर्छ । खानामा यसको कमी भएमा हाम्रो पेटभर्दैन र जतिखेर पनि हामीलाई भोक लागे जस्तो महसुस हुन्छ । प्रोटीन र फाइबरयुक्त खानेकुरा खाँदा पेट टन्न भरेको जस्तो हुन्छ । कम क्यालोरी युक्त भोजनले छिट्टो भोक लगाउने गर्छ र जतिखेर पनि खाना नखाएको जस्तो अनुभव हुन थाल्छ ।

कोहि कोहि मानिस हतारमा नचपाइकन छिटो छिटो खाना खाने गर्छन । यसरी खाँदा खानेकुरा पच्दैन र हामीलाई पेटसम्बन्धी समस्याहरु निम्तिन सक्छ । त्यसैले हामीले खानेकुरा बिस्तारै चपाएर खाने गर्नु पर्छ । हामीले खाएको खाना जति राम्ररी पच्छ, हामीलाई त्यति कम भोक लाग्ने गर्छ । साथै, हामीले धेरै बाहिरको खानेकुरा तथा जंक फुडहरुको सेवन गर्नु हुदैन ।

किन लाग्छ असाध्यै भोक ?

भोक लाग्नु शरीरको स्वभाविक प्रक्रिया हो । निश्चित समयावधीमा हामीलाई भोक अनुभव हुन्छ । तर, कहिले काहिँ खाना खाए लगत्तै भोक लागेको महसुष हुन्छ ।

यदि त्यसो हो भने, यसले शरीरमा केहि न केहि गडबडी छ भन्ने संकेत गर्छ ।

अनुसन्धानबाट यो तथ्य बाहिर आएको छ कि केही खास कारणले हामीलाई बारम्बार भोक लागिरहन्छ । हामी ती कारणहरु पत्ता लगाउनुको साटो बारम्बार खाइरहन्छौं । यसले गर्दा समस्या समाधान हुनुको साटो झन् बढ्छ । आखिर के–के हुन् त भोक लागिरहनुका कारण ?

पानी कम पिउनु

भोक शान्त गर्ने एउटा उपाय टन्न पानी पिउनु पनि हो । पर्याप्त पानी नपिउँदा शरीर डिहाइड्रेट हुन्छ र हामी थाहा पाउन सक्दैनौं के भइरहेको छ भनेर । हामीलाई लाग्छ कि केही खाएमा ठिक हुन्छ र खाइरहन्छौं । जाडोमा पानीको कमीले अक्सर यो समस्या हुन्छ । यसले गर्दा तौल पनि कम हुन्छ र कमजोरी बढ्छ ।

प्रोटीन र फाइबरको कमी

हामीले गर्ने भोजनमा सही परिमाणमा प्रोटीन र फाइबर भएन भने पनि हरेक समय भोक लागेको महसुस भइरहन्छ । जब प्रोटिन र फाइबरयुक्त भोजन गर्छौं, त्यतिबेउला पेटबाट यस्तो हार्मोन्स निस्किन्छ, जसले भोकलाई शान्त गरिदिन्छ ।

पर्याप्त क्यालोरी नलिनु

शरीरलाई सम्पूर्ण आहाराको आवश्यकता हुन्छ । यस्तोमा ‘फिगर कन्सस’ भएर महिलाहरु क्यालोरी कम भएको खाना खाने गर्छन् । यस्तो खानेकुरा शरीरका लागि हानिकारक हुन्छ । शरीरमा पर्याप्त मात्रामा क्यालोरीको त्यति नै आवश्यकता हुन्छ जति अन्य पौष्टिक तत्वको । क्यालोरीरहित खानेकुरा खाइयो भने शरीरमा यसको कमि यथावत रहन्छ र सदैव भोक लागिरहन्छ ।

कम समय निदाउनु

भनिन्छ कि निद्रा हरेक रोगको औषधि हो । सातदेखि आठ घन्टाको पर्याप्त निद्राले तपाईंलाई स्वस्थ मात्र होइन, सुन्दर र उर्जावान पनि बनाइराख्छ । पर्याप्त निदाइएन भने शरीर थाकिरहेको हुन्छ र त्यस थकानलाई मेटाउनका लागि पर्याप्त उर्जाको आवश्यकता हुन्छ जुन भोजनबाट प्राप्त हुन सक्छ । उर्जा नहुँदा बारम्बार भोक लागिरहन्छ । एकपटक उर्जा प्राप्त भयोउ भने लगातार भोकको समस्या रहँदैन ।

बिहान नास्ता नखानु

६ देखि ८ घन्टासम्म सुतिसकेपछि शरीरलाई फेरि उर्जा प्राप्त गर्न खाद्यपदार्थको आवश्यकता पर्छ । बिहानको नास्ताले ब्लड सुगरलाई स्थिर राख्छ जसले गर्दा दिनभर भोक लागिरहँदैन । यदि आफ्नो नास्तामा प्रोटिनयुक्त वस्तुहरु समावेश गरियो भने बारम्बार भोक लाग्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

हतारमा खानु

हतार गरेर खाने बानी छ भने यो बानी छाड्नुपर्छ । बिस्तारै बिस्तारै चबाएर खाने गरौं । यसले गर्दा खाएको खाना पेटमा राम्ररी पच्छ र यसमा रहेका सबै पोषक तत्वले शरीरलाई उर्जा दिन्छ । त्यसो भएमा बारम्बार भोक लाग्ने समस्या रहँदैन ।

अन्य समस्याहरु

यदि माथिका कुराहरु पालना गर्दा पनि बारम्बार भोक लाग्ने समस्या हटेन भने एक पटक डाक्टरलाई भेट्नु राम्रो हुन्छ । हुन सक्छ कुनै रोगले गर्दा यस्तो भइरहेको होस । कतिपय अवस्थामा मधुमेह जस्ता रोगहरुको सुरुवाति चरणमा पनि भोक लागिरहने समस्या हुन्छ ।

अन्य थप जानकारी :

भोक नलाग्नुको कारण यस्ता छन् :

शरीरमा उर्जाको कमी भयो भने मानिसलाई भोक लाग्ने गर्छ । हाम्रो खानामा पाइने विभिन्न पौष्टिक तत्वहरुले हाम्रो शरीरलाई उर्जा दिने काम गर्छ । त्यसैले हामीले हाम्रो खानामा सबै खालको पौष्टिक तत्वहरु सामेल गराउनु पर्छ । केही मानिसहरुमा भोक नलाग्ने गर्छ । यस्तो अवस्थामा उनीहरु भोक लागेको छैन भनेर खाना पनि खाने गर्दैनन् । तर यो गलत हो । यसले हाम्रो स्वास्थ्यलाई असर गर्छ । हामीलाई विभिन्न समस्याले गर्दा भोक नलागेको हुनसक्छ । जुन कुराको जानकारी हामीलाई थाहा हुदैन । त्यसैले भोक लागेन भन्दैमा खाना नखानुको सट्टा भोक किन लागेन भन्ने कुरा बुज्न र जान्न तिर लाग्नुपर्छ ।

हामीलाई भोक नलाग्नुको केही कारणहरु यस्ता छन् :

–मिर्गौलाले शरीरका विकारलाई फाल्ने र रक्तचाप ठीक राख्ने काम गर्छ । मिर्गौलाले राम्रोसँग काम गरेन भने भोक लाग्दैन ।

–तनावले दिमाग र शरीरलाई असर गर्छ । बढी तनाव भएमा भोक लाग्दैन ।

–डायबिटिजका कारण शरीरमा बढी थकान, ज्यादा प्यास र पिसाब बढी लाग्छ । यी सबै कार्यले भोकमा असर गर्छ ।

–अल्सरले पेटदेखि छातीसम्म असर गर्छ । यसको अन्तिम असर भोकमा पनि पर्छ ।

–केही एन्टिबायोटिक औषधिको नियमति सेबन गर्दा साईडइफेक्टस्वरुप भोकमा पनि असर गर्छथाइराईडका रोगीलाई पनि भोक लाग्दैन ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।