खादा मिठो हुने खानेकुरा भित्र पर्छ सखर । सखर वा चाकूको प्रयोग परम्पराका साथमा स्वास्थ्यसँग पनि जोडिएको छ । उखुको रस पकाएर जमाएपछि सखर बन्छ । गुलियो सखर खाँदा तत्कालका लागि शक्ति प्राप्त हुन्छ । तर, यसलाई औषधिका रूपमा पनि प्रयोग गरिने कुरा कमैलाई थाहा हुन सक्छ ।

१. कम्मर दुख्ने रोगमा

एक पाउ ज्वानो धूलो एक पाउ सखर दुबै बराबर राम्ररी मिसाएर विहान\वेलुका तातोपानी सँग १\१ चम्चा सेवन गर्नाले दुई हप्तामै ठिक हुँदै जान्छ ।

२. कफ र खोकी लागेको रोगमा

१ दाना फुराएको मरिच मसिनो गरी पिनेर १ चम्चा सखरमा मुछेर सानो–सानो गोली बनाउनुहोस् र दिनको तीन–चार वटा गोली चुस्ने गर्नुहोस्, यस्तो प्रक्रियाले कफ निकालेर खोकी ठीक गराउँछ ।

३. हात्ती पाइले रोगमा

गौत(गाईको पिसाब) आधा गिलास, १ चम्चा बेसार, १ चम्चा सखर हालेर नित्य बिहान\बेलुका खाने गरेमा हात्तीपाइले रोग ठीक हुँदै जान्छ ।

४. ज्वरो आएमा

जीरापानी पकाएर सखर हालेर चिया झै दिनमा ३\४ पटक खाएमा ज्वरो चट्टै जान्छ ।

५. खोकी र दममा

सिमालीको पातको १ लिटर रस निकालेर राम्ररी उमाल्ने र बाक्लो भएपछि झिक्ने र जति लेदो छ त्यति नै सखर हालेर राम्ररी मिसाउने । १\१ चम्चा बिहान\बेलुका खाने गरेमा सबै रोग ठीक हुन्छ । औषधि सेवन गरुन्जेल दूध भातमात्र खाँनु राम्रो हुन्छ ।

६. पेट दुखेमा

भुटेको आधा चम्चा रायोको धूलो सखर हालेर एक चम्चा बनाएर, एक ग्लास मनतातो पानीसँग खाएमा पेट दुखेको ठीक हुन्छ ।

७. घाँटी बसेमा

एक गिलास पानीमा ज्वानो र सखर १ चम्चा राम्ररी उमालेर पिउनाले पनि घाँटी बसेको जान्छ ।

८. शरीर दुख्ने रोगमा

भुटेको ज्वानो र सखर मिसाएर ज्वानोको लड्डु बनाउने र बिहान/बेलुका मिश्री पानीसँग नियमित रुपमा खाने गरेमा दुई हप्तामा ठीक हुन्छ ।

९. मलेरिया ज्वरो आएमा

भाँङको चूर्ण एक भाग, सखर दुई भाग मिलाएर ४ गोली बनाउने र १/१ गोली २/२ घण्टामा खाने गरेमा ठीक हुन्छ ।

१०. काला ज्वरो आएमा

दतिउनको पात, मरिच र लसुन तीनवटै बराबर राखी पानी हालेर सिलौटामा पिन्ने र सखर हालेर केराउ जत्रो गोली बनाएर दुई/दुई गोली बिहान/दिउँसो/बेलुका तातोपानीसँग खान दिएमा एक हप्तामै ठीक भएर आउँछ ।

११. औलोको ज्वरो आएमा

दतिउनको पात र मरिच बराबर पिनेर सखर हालेर केराउ जत्रो गोली बनाएर ज्वरो आउनु भन्दा अगाडी मनतातो पानीसँग खाने गरेमा औलोको ज्वरो ठीक हुन्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

सखरखण्ड खादा हुने फाइदाहरु

सखरखण्ड एक प्रकारको कन्दमूल अथवा तरुल हो । यसलाई नेपालको पूर्वी तराई भेगमा सुठुनी पनि भन्ने गरिन्छ । सख्खरखण्ड खाँदा जति गुलियोे हुन्छ यो त्यतिनै स्वस्थकर पनि छ । यो प्राक्रितिक रुपले गुलियो हुनुका साथै यसमा अध्यधिक चिनीको मात्रा थोरै हुन्छ ।सख्खरखण्ड खानाले अन्धोपनाबाट बच्नुका साथै शरीरको तौल समेत नियन्त्रण हुन्छ ।

सखरखण्डबाट पाइने फाइदाहरू

१. सखरखण्डको सेवनले अन्धो हुनबाट यसले बचाउछ । यसमा भिटामीन ए लुकेको हुन्छ जुन अन्धो हुनबाट जोगिनका लागि अति आवश्यक छ ।

२. सखरखण्डले तौल घटाउँछ

३. सखरखण्डले मधुमेह रोगलाई नियमित बनाउँछ किनकि यो गुलियो भएता पनि यसमा उच्च स्तरमा चिनीको मात्रा भने हुँदैन ।

४. सख्खरखण्ड बेटाक्यारोटीन तथा अन्य स्वस्थकर पोषणले भरपुर्ण हुन्छ । आफ्नो खोराकमा सख्खरखण्डलाई सामेल गर्नुहोस् । यसले अन्धोपनालाई परै राख्छ, शरीरको तौल घटाउँछ, छाला सुकोमल बनाउँछ, आँखा, हड्डी लाई बलियो बनाउँछ ।

५. कांचो सख्खरखण्ड र गाजरलाई ग्राइन्डरमा पिन्नुहोस् । अनि यो सुप बिहानको खानाको रुपमा पनि सेवन गरर्नाले शरिरलाई आराम मिल्दछ ।

६. सख्खरखण्ड सेवन गर्नाले छाला सफा हुने, आँखा जन्य समस्याबाट छुटकारा मिल्ने, इम्यून सिस्टम बलियो हुने, हड्डी बलियो हुने गर्दछ ।

७. सख्खरखण्डले ब्लड सुगरलाई नियमित बनाउँछ किनकि यो गुलियो भएता पनि यसमा उच्च स्तरमा चिनीको मात्रा भने हुँदैन । यसमा कार्बोहाइडे्रटको मात्रा पनि लुकेको हुन्छ । यसमा एक प्रकारको हरमन लुकेको हुन्छ जसले ब्लड सुगरलाई नियन्त्रण गर्ने कार्य गर्छ ।

८. पोलेको भन्दा उसिनेको सख्खरखण्डमा पोषण तथा भिटामीन पाइन्छ जुन अन्य फलफुल तथा हरियो सागसब्जिमा जत्तिकै लाभदायक हुन्छ ।

९. सखरखण्डमा पाचन प्रक्रियालाई बलियो बनाउन सक्ने शक्ति हुनुका साथै यसले लामो समय सम्म भोक मेटाउने काम समेत गर्छ ।

१०. एउटा ठीक्कको सखरखण्डमा चार ग्राम फाइबर उपलब्ध हुन्छ जुन लामो समय सम्म भोक मेटाउन सहयोगी हुन्छ ।

र याे पनि,

कति खाने कार्बाेहाइड्रेट स्वस्थ्य रहन ?

कुनै पनि व्यक्ति स्वस्थ हुनका लागि आफ्नो उचाईअनुसार तौल, पेटको गोलाई, शरीरमा बोसोको अनुपात मिलाउनुपर्ने पोषणविद् शाक्यको सुझाव छ । आधारभूत शारीरिक सूचकांक अनुसार पुरुषको पेटको गोलाई ९० सेन्टिमिटर (सेमि) र महिलाको ८० सेमिभन्दा कम हुनु पर्छ । तौल उचाइको अनुपातमा २० प्रतिशतभन्दा बढी भएमा बढी तौल भएको मानिन्छ ।तौल बढी छ भने दैनिक तीन किलोमिटर छिटो–छिटो हिँड्ने, पौडी खेल्नेजस्ता व्यायाम गरेमा पनि तौल सन्तुलन राख्न सकिने पोषणविद् नानीशोभा शाक्यको सुझाव छ ।

नेपालमा कार्बाेहाइड्रेटको बढी सेवनकै कारण मानिसको स्वास्थ्यमा असर देखिएको भन्दै त्रिवि शिक्षण अस्पतालले खानाको प्रदर्शनी गर्दै आएको छ । गत महिना अस्पतालमै गरेको प्रदर्शनीमा सहभागीको स्वास्थ्य परीक्षण गर्दा ९० प्रतिशत सहभागीमा उचाइअनुसार बढी तौल भएको पाइएको थियो । प्रदर्शनीमा ६ सय जना सहभागी भएका थिए ।

आफ्नो नियमित खानामा तपाईंले कार्बाेहाइड्रेटयुक्त खाना कतिको समावेश गर्ने गर्नुभएको छ ? अर्थात् खानामा चामल, मैदा, पीठो, आलु, फापर, कोदो, मकैजस्ता खानेकुरा आवश्यकभन्दा बढी खाइरहनु भएको त छैन ? यदि खाइरहनु भएको छ भने स्वास्थ्यमा असर पुर्याउला, होस् गर्नुहोस् !

नेपालमा खानामा भात, रोटी, आलु सखरखण्डजस्ता कार्बाेहाइड्रेटयुक्त खाना खाने चलनकै कारण गम्भिर रोगहरू बढ्दै गएको चिकित्सक बताउँछन् । यही कारण पेटको गोलाई बढ्ने, मधुमेह हुने, शरीरमा तौल बढ्नेजस्ता रोगहरू बढिरहेको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालकी इन्डोक्राइनोलोजिस्ट डा. ज्योति भट्टराई बताउँछिन् ।

पहिलाका मानिसले यस्ता खाना खाने गरेका भए पनि शारीरीक श्रम गर्ने गरेका कारण उनीहरूमा कुनै स्वास्थ्य समस्या आउँथेन । तर अहिलेका मानिसमा शारीरिक परिश्रम गर्ने बानी कम भएकाले विभिन्न रोग लाग्ने गरेको भट्टराईको भनाइ छ ।

‘पहिला खाएको शक्तिभन्दा बढी हिँडेरै खर्च हुन्थ्यो, अहिले शारीरीक कामै कम छ,’ डा.भट्टराईले भनिन् । एक तथ्यांकअनुसार नेपालमा कुल जनसंख्याको आठ प्रतिशतलाई मधुमेह रोग लाग्छ ।

विश्व स्वास्थ्य संगठनले समेत मोटोपनालाई रोगका रूपमा समावेश गरेको छ । सन् २०१६ मा इन्डोक्राइनोली एसोसिएसन अमेरिकाले नियमित खानामा कार्बोहाइडेटको मात्रा बढी भएको भन्दै ४० देखि ५० प्रतिशत मात्र समावेश गर्नुपर्ने सुझाव दिएको थियो ।

त्यस क्रममा सहभागीको मोटोपना, तौल, पेटको गोलाइको जाँच पनि गरिएको थियो । ‘नेपालीको खानामा कार्बोहाइडेट बढी खाने बानी भएकैले प्रदर्शनीमार्फत जनचेतना जगाउन खोजेका हौं,’ पोषणविद् नानीशोभा शाक्यले भनिन् ‘धेरैमा तौल बढी पाइयो, कतिपयको पेटको गोलाइ बढी पाइयो, यसो हुनु भनेको विभिन्न रोग लाग्ने जोखिम अवस्था हो ।’अस्पताल आउने मधुमेहका बिरामीले समेत भातको मात्रा कम गर्ने सुझाव अस्वीकार गर्ने गरेको उनको अनुभव छ । ‘रोटी, भात, आलु कम खानु भन्यो भने अस्वीकार गर्छन्,’ उनले भनिन् ।

पोषणविद्का अनुसार चामल, कोदो, गहुँ, फापर, आलु, पिंडालु, सखरखण्ड लगायतबाट बनेका खानेकुरामा कार्बोहाइडेट बढी हुन्छ । बजारमा पाइने चाउचाउजस्ता तयारी खानेकुराहरूमा पनि कार्बाेहाइड्रेटकै मात्रा बढी हुन्छ ।यस्ता खानेकुरा दैनिक खानामा बढी समावेश गर्ने गरेकाले नै नेपाली गम्भीर रोगको जोखिममा छन् ।

चिकित्सकका अनुसार शरीरमा कार्बोहाइडेटको मात्रा बढी भयो भने रगतमा ग्लुकोजको मात्रा बढी जम्मा हुन्छ र त्यो खर्च नभएपछि बोसो बन्छ । यही बोसो पेटमा जम्मा भएपछि पेटको गोलाइ बढ्छ । त्यहाँ पनि बढी भएपछि शरीरका अन्य अंगमा पुगेर असर गर्छ । मधुमेह भएका बिरामीमा ग्लुकोजको मात्रा बढी हुन्छ र पछि गएर आँखा, मिर्गौला र खुट्टामा समेत असर पुर्याउँछ,’ डा.भट्टराईले भनिन् ।कोर्बोहाइडेट बढी भएपछि मोटोपनासँगै उच्चरक्तचाप, मुटुरोग, दोस्रो प्रकारको मधुमेह, क्यान्सर, हड्डी, श्वासप्रश्वाससम्बन्धी रोग लाग्छन् । पछि गएर डिपे्रसनजस्ता गम्भीर मानसिक रोगसमेत लाग्छन् ।

बढी तौल या मोटोपनाबाट बच्न सन्तुलित भोजनमा जोड दिनुपर्ने पोषणविद् बताउँछन् । त्यसका लागि आफ्नो उचाई, तौल र दैनिक गर्ने शारीरिक श्रमअनुसार खानाका तत्वहरू समावेश गर्नुपर्छ । दैनिक खानामा २० देखि ३० प्रतिशतसम्म प्रोटिन, ३५ देखि ५० प्रतिशतसम्म कार्बोहाइडे«ट, २० देखि ३० प्रतिशतसम्म चिल्लो पदार्थ र बाँकी भिटामिन समावेश गर्नु पर्छ ।

यसअघि नेपाल तथा भारतमा दैनिक खानामा ७० प्रतिशत कार्बोहाइडेट समावेश गर्नुपर्ने पोषण सूत्र रहे पनि पछिल्लो समय परिवर्तन हुनुपर्ने चिकित्सक बताउँछन् । ‘कुनै आधिकारिक निर्देशन आएपछि कार्बोहाइडेटको मात्रा ४० भन्दा कम गर्नु पर्छ,’ डा.भट्टराईले भनिन् ।

पोषणविद शाक्यका अनुसार दैनिक चारैपटक खाइने खानामा यी तत्वका मात्रा मिलाएर खानु पर्छ । माछा, अन्डा, मासु, दूध, दही, गेडागुडी, पनिर लगायतका खाने कुरामा प्रोटिन बढी हुन्छ । चामल, पीठो, भात, रोटी, ढिंडो, पिंडालु, तरुल, आलु चाउचाउ, मःमः, कोक, चिनी, बियर, रक्सीजस्ता कुरामा कार्बोहाइडेट बढी हुन्छ ।

बदाम, काजु, तोरी, भटमास र सूर्यमुखी फूलको तेल, वनस्पती घिउमा चिल्लो पदार्थ बढी हुन्छ । यसैगरी फलफूल र तरकारीमा भिटामिनको मात्रा बढी पाइन्छ ।कतिपयलाई आफ्नो उचाई र तौलअनुसार कति खानु पर्छ भन्ने जानकारी नहुन सक्छ । यसैकारण उनीहरूले आफ्नो स्वास्थ्य परीक्षण गराइ पोषणविद्को सल्लाहअनुसार खानाको मात्रा मिलाउनु उचित हुन्छ । शरीरमा कार्बोहाइडेटको मात्रा घटाउन खानामा माछा, मासु तथा फलफूल,तरकारीको मात्रा बढाउन सकिन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।