न्युमोनिया बिभिन्न प्रकार का जीवाणुहरूको संक्रमणबाट फोक्सोमा आउने एक प्रकारको खराबी हो । अङ्ग्रेजीमा Pneumonia भनिने यो रोगलाई उच्चारण भेदले गर्दा निमोनाया पनि भनिन्छ । यसमा फोक्सोका कोषहरू सुन्निन्छन् अनि श्वासप्रश्वासमा बाधा पुग्दछ। केही भाइरसका प्रजातिहरूले कडा खालको न्युमोनिया गराउँदछन् ।

न्युमोनियाका जीवाणु विश्वको कुनै क्षेत्र विशेषमा मात्र पाइन्छ भन्ने छैन। एचआईभी/एड्सबाट सङ्क्रमित व्यक्तिहरूमा व्याक्टेरियाले गर्दा लाग्ने न्युमोनिया चाँडै र धेरै लाग्दछ। त्यसैले केही अफ्रिकन महादेशका देशहरू जहाँ AIDS व्याप्त छ, न्युमोनियाका बिरामीहरूको सङ्ख्या पनि अत्यधिक रहेको छ। न्युमोनिया भएका बिरामीहरू एक दुई दिनमै सिकिस्त हुन्छन्, गल्छन्, खोकी लागिरहने हुनाले थकित पनि हुन्छन्।

व्याक्टेरिया र भाइरसका बाहेक अरू कारणले पनि न्युमोनिया हुन सक्दछ। कुनै अरू अर्को रोगको कारण अस्पताल भर्ना भएका बिरामीहरूमा पनि न्युमोनिया देखिन सक्छ। अस्पताल क्षेत्रमा भएका जीवाणुका कारणले गर्दा हुने भएकोले यसलाई रोक्न त्यत्ति सजिलो छैन ।

रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरू जस्तै, मधुमेहका बिरामी, सङ्क्रमितहरू अङ्ग, प्रत्यारोपण गरिएका व्यक्तिहरू क्यान्सरका बिरामी र स्टेरोइड औषधि सेवन गरिरहेका बिरामी आदिमा न्युमोनिया चाँडै लाग्दछ। त्यस्तै धुम्रमान र मदिरा अत्यधिक सेवनले पनि न्युमोनिया हुन सक्दछ।

निमोनियाको लक्षणहरु

१. छाती दुख्नु । ज्वरो आउनु ।

२. सास फेर्न गाह्रो हुनु ।

३. खोकी लाग्नु ।

४. चाडो चाडो सास फेर्नु ।

५. घाँटी, छातीका मांसपेशीहरु बढी चल्नु ।

६. टाउको दुख्नु ।

७. रुघा लाग्नु वा श्वासप्रश्वास सम्बन्धि अरु लक्षणहरु देखिनु ।

निमोनिया का कारकतत्वहरु

जो मानिसमा तलका अवस्थाहरु मेल खान्छन् उनीहरु मा निमोनिया हुने सम्भावना बढ्ता हुन्छ

१. धुम्रपान 

धुम्रपान ले फोक्सो को प्रतिरोध शक्ति लाई क्षीण गराउँछ ।

२. वृद्धता 

उमेर को वृद्धि सँगै फोक्सो कमजोर हुँदै जान्छ ।

३. फोक्सो सँग सम्बन्धित रोगहरु जस्तो कि क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज , ब्रोन्कियाक्टासिस ले पनि निमोनिया हुने स्थिति लाई बढाउँछन् ।

४. मादक पदार्थ 

यदि मादक पदार्थ सर्को परेर फोक्सो तिर गयो भने पनि फोक्सो मा संक्रमण हुने सम्भावना बढ्ता हुन्छ ।

५. इन्फ्लुएन्जा जस्ता भाइरल संक्रमण

६. कमजोर प्रतिरोध शक्ति 

एचआईभी, कुपोषण (विशेष गरेर बच्चाहरु मा), औषधिहरु जसले प्रतिरोध शक्ति मा ह्रास ल्याउछन् (जस्तै स्टेर्वाइड-steroid, क्यान्सरमा लिइने औषधि)

७. चराचुरुंगी का विष्टाहरु को संसर्ग (क्लामिडिया निमोनी, Chlamydia pneumoniae) तथा बर्ड फ्लु लागेका कुखुरा अथवा क्यू फीभर भएका पालुवा जनावरहरु को संसर्ग ले पनि केही प्रकार का निमोनिया लाग्ने सम्भावना बढाउँछन् ।

८. नवजात शिशुहरु र बच्चाहरु पनि निमोनिया का शिकार हुने सम्भावना बढी हुन्छ ।

डाक्टर लाई कहिले देखाउने ?

ज्वरो आयो र श्वासप्रश्वास छिटो भयो भने उपचार का लागि अविलम्ब जानु बुद्धिमानी हो । यसले स–साना बालबच्चा लाई जोगाउन सजीलो हुन्छ । तल का संकेतहरु ले निमोनिया को खतरनाक अवस्था देखाउँछन् ।

१. ओठ, औंलाहरु नीला देखिनु ले अक्सिजन को कमी हुन थाले को संकेत गर्दछन् ।

२. शिशुहरु मा सास तान्न गाह्रो हुने हुँदा खानेकुरा पिउन नसक्नु ।

३. सास फेर्न गाह्रो हुने अवस्था : सास फेर्दा घ्याघ्र्यार आवाज आउनु

४. सास पुर्याउन नसक्ना ले पूरा वाक्य बोल्न नसक्नु

५. बच्चाहरुमा छाती भित्र दब्नु

६. रोग बढ्दै जाँदा थकान, कमजोरी तथा बेहोशी का अवस्थाहरु आउन थाल्छन् । सास फेर्न निकै अपठेरो अवस्था देखिनु ।

निदान

विरामी को वृत्तान्त सुनेर र भौतिक परीक्षण गरेर धेरैजसाे निमोनिया भएकाे डाक्टर लाई थाहा हुन्छ तर कहिलेकाहीं छाती को एक्स–रे, रक्त जाँच र खकार जाँच गरेर रोग को निदान गरिन्छ। विरामी को अवस्था हेरेर अरु पनि थप जाँचहरु गर्न सकिन्छ ।

उपचार का विकल्पहरु

निमोनिया को उपचार मा एन्टिबायोटिक को प्रयोग सँगै र उपयुक्त सहायक तरीकाहरु पनि अपनाइन्छ । सामान्य अवस्थाहरु घरमै बसी बसी उपचार गर्न सकिन्छ ।

ब्याक्टेरिया बाट हुने निमोनिया लाई एमोक्जिसिलिन (amoxycillin), एजिथ्रोमाइसिन (azithromycin) अथवा सेफालोस्पोरिन (cephalosporin) जस्ता एन्टीबायोटिक को प्रयोग गरिन्छ । ज्वरो लाई नियन्त्रण गर्न प्यारासिटामोल दिन सकिन्छ । नून पानी काे वाफ लगाउनाले पनि श्वासप्रश्वास मा सजीलो तुल्याउन सक्छ ।

यदि निमोनिया लाई समय मै उपचार गरिएन भने यो अरु जटिल हुन गई फोक्सो तथा फोक्सो वरिपरि पानी भरिने र पीप जम्मा हुने, ब्याक्टेरियाहरु रक्तप्रवाह सँगै हाड र जोर्नी को संक्रमण, मेनिन्जाइटिस, हुने, वा शरीर का अरु तन्तुहरु मा आघात पुग्ने सम्भावना हुन्छ । श्वासप्रश्वास नै बन्द हुनु निमोनिया को सबैभन्दा जटिल अवस्था हो ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

आफ्नै शरीरभित्र पनि छ डाक्टर ! ख्याल गर्नु भा छ ?

ज्यानलाई कुनै गडबडी हुनसाथ हामी कहाँ जान्छौ ? डाक्टरकहाँ । हामीलाई विश्वास छ, डाक्टरले नै हाम्रो रोग पत्ता लगाइदिन्छ । उपचार गरिदिन्छ । निको बनाइदिन्छ । सही हो, डाक्टरलाई शरीर विज्ञानको ज्ञान छ । संकेत एवं लक्षणको आधारमा कुन रोग भनी अनुमान गर्न सक्छन् ।

आवश्यक परीक्षणबाट रोगको अवस्था फेला पार्न सक्छन् । कतिपय जटिल रोगको उपचारपछि जब हामी रोगमुक्त हुन्छौ, डाक्टर हामीलाई भगवान लाग्छ । हाम्रा जीवनदाता लाग्छ ।

डाक्टरप्रति कृतज्ञ हुनु अन्याथा भएन । तर, तपाईंले ख्याल गर्नुभएको छ तपाईंको शरीरभित्र पनि डाक्टर छन् । शरीरभित्रको डाक्टरसँग तपाईं परिचित हुनुहुन्छ ? कृतज्ञ हुनुहुन्छ ? आभारी हुनुहुन्छ ?

के गर्छ शरीर भित्रको डाक्टरले ?

तपाईंले आफ्नो शरीरमाथि थोरै खेलबाड गर्नुभयो भने पनि शरीरभित्रको डाक्टरले सर्तक गराउँछ । तपाईंले सानोतिनो गल्ती गर्नुभयो भने पनि शरीर भित्रको डाक्टरले सचेत गराउँछ । शरीर भित्रको डाक्टरले तपाईंलाई स्वास्थ्य जीवन बाँच्नका लागि सहयोग र समर्थन गर्छ ।

तपाईंले जानेर वा नजानेर केही यस्ता काम गर्नुहुन्छ, जसले तपाईंको शरीरलाई दुःख दिन्छ । त्यस्ता काम नगर्न भनेर शरीर भित्रका डाक्टरले नै चेतावनी दिन्छ । त्यती मात्र होइन, कतिपय रोगहरु भित्र भित्रै तपाईंले थाहा नपाई निको बनाइदिन्छ ।

शरीर भित्रको डाक्टरलाई चिन्नुभयो, उनको भाषा बुझ्नुभयो भने तपाईं रोगमुक्त जीवन बाँच्न सक्नुहुनेछ । बाहिरका डाक्टर खोज्दै हिँड्नुपर्दैन । अस्पताल धाउनुपर्दैन । औषधी खानुपर्दैन ।

कसरी थाहा पाउने ?

आफ्नो शरीरभित्र डाक्टर छ भन्ने कुरा कसरी थाहा पाउने ? कुनै जटिल छैन । तपाईंले शरीरभित्रका डाक्टर छ भन्ने कुरा महसुष गरे पुग्छ । अनुभूत गरे पुग्छ ।

तपाईं अलि धुलो-धूँवामा हिँड्नुभयो । त्यसका हानिकारक कणहरु तपाईंको शरीरमा प्रवेश गर्‍यो । अब शरीर भित्रका डाक्टरले त्यसलाई बाहिर निकाल्ने प्रयास गर्छ । त्यही प्रयास हो, हाँच्छ्यु आउनु ।

तपाईंले शरीरलाई प्रतिकुल हुने खानेकुरा खानुभयो । विषाक्त र पोषणरहित खानेकुरा तपाईंको शरीरभित्र प्रवेश गर्‍यो । अब भित्रको डाक्टरले त्यसलाई शरीरबाट बाहिर निकाल्ने प्रयास गर्छ । त्यो प्रयास हो, पखला वा वान्ता ।

तपाईं अति जाडो ठाउँमा पुग्नुभयो । वा जाडो मौसम छ । शरीरलाई बाहिरी वातावरणको तापमानसँग सन्तुलित राख्न सक्नुभएन । यतिबेला पनि शरीर भित्रका डाक्टरले काम गर्छ । तपाईंको शरीरमा कम्पन पैदा हुन्छ । यसले शरीरलाई चलायमान बनाउँछ । शरीरको तापमान बढाउँछ ।

तपाईंलाई असाध्यै गर्मी भयो । घामको राप र तातो हावाले तपाईंलाई खपिनसक्नु भयो । यतिबेला शरीरभित्रका डाक्टरले सितलता खोज्छ । त्यही कारण शरीरमा पसिना आउँछ । पसिनाले शरीरलाई सितल बनाउँछ ।

यसरी शरीर भित्रको डाक्टरले तपाईंलाई साथ दिन्छ । साथै शरीरमा कुनै गडबडी भएको जनाउ पनि दिन्छ । तपाईंलाई सूचित पनि गर्छ ।

तपाईंको शरीरमा धुलो-धूँवाको कण प्रवेश गर्‍यो वा धेरै चिसो लाग्यो । रुँघा लाग्छ । तपाईंको शरीरको कुनै अंगमा समस्या भयो, ज्वरो आउँछ । ज्वरो आउनु आफैमा रोग होइन । तर, यसले शरीरभित्र केही गडबडी छ भन्ने संकेत गर्छ ।

तपाईंले ख्याल गर्नुभएको छ, धेरैजसो शारीरिक समस्या औषधी नखाई, शल्यक्रिया नगरी आफै ठिक हुन्छ । किन ? किनभने शरीरभित्रको डाक्टरले आफै उपचार गरिदिन्छ । तपाईंको शरीरमा चोट लाग्यो । औषधी लगाउनुभएन वा लगाउन पाउनुभएन । त्यो चोट त्यतीकै रहन्छ ? रहँदैन । विस्तारै जाती हुन्छ । कसरी ? शरीर भित्रका डाक्टरले त्यसको उपचार गर्छ ।

को छ शरीरभित्र ?

हाम्रो शरीरभित्र वास्तवमै डाक्टर छ । त्यो डाक्टर नै हो शरीरको कार्यप्रणाली संचालन गरिदिने । त्यही डाक्टर हो, जसले शरीरलाई बाह्य रोगबाट सकेसम्म बचाएर राख्छ । त्यही डाक्टर हो, जसले शरीरका कतिपय समस्याबारे जनाउ दिन्छ ।

यो एक प्रणाली हो । हाम्रो शरीरभित्र यस्तो प्रणाली हुन्छ, जसले शरीरलाई निरोगी र तन्दुरुस्त राख्नका लागि हर-संभव प्रयास गर्छ । उक्त प्रणालीले शरीरलाई हानी हुने, दुःख दिने, समस्यामा पार्ने कुनैपनि कुरा सहदैन । नराम्रो कुरालाई शरीरबाट बाहिर निकाल्न खोज्छ । शरीरका अंगहरुलाई सुरक्षित राख्न खोज्छ ।

शरीरलाई निरोगी बनाउने, रोगसँग लड्ने, अंगहरुको कार्यसंचालनमा सघाउ पुर्‍याउने सबै काम उक्त प्रणालीबाट भइरहेको हुन्छ । चुपचाप, चुपचाप । कुनै हल्ला नगरी शरीरभित्रको प्रणालीले हामीलाई निरोगी एवं तन्दुरुस्त राखिरहेको हुन्छ ।

तर, हामी उक्त प्रणालीलाई महसुष गर्दैनौ । शरीरको भाषा बुझ्दैनौ । शरीरभित्रका डाक्टरसँग अन्र्तक्रिया गर्दैनौ । त्यही कारण शरीर भित्रका डाक्टर कमजोर हुँदै जान्छ । पराजित हुँदै जान्छ । तब शरीरभित्र रोगले प्रवेश पाउँछ । हामी रोगी र जिर्ण हुँदै जान्छौ ।

यदि शरीरभित्रको डाक्टरसँग अन्र्तसंवाद गर्ने, उनको भाषा बुझ्ने, उनको आग्रह पालना गर्ने हो भने हामी निरोगी, तन्दुरुस्त, खुसी जीवन बाँच्न सक्छौ ।

आफ्नाे शरीरको भाषा बुझ्नुहोस् ! रोग लाग्दैन

स्वास्थ्य एक अनिवार्य विषय हो र भ्रम जीवनको सत्य । हामी भ्रममा जीवन विताइरहेका हुन्छौं । चिकित्सालाई लिएर पनि हामीमा अनगिन्ती भ्रम हुन्छ । त्यसको निदान खोज्नमा पनि हामी उत्सुक हुँदैनौ । हामी यस्ता कति व्यक्ति भेट्छौ, जो केही न केही भ्रमबाट जेलिएका हुन्छन् । त, स्वास्थ्यका सम्बन्धमा के कस्ता भ्रम हुन्छ त ?

रोग हाम्रो सत्रु हो ?

चिकित्सा क्षेत्रको सबैभन्दा ठूलो भ्रम हो, रोग हाम्रो सत्रु भन्ने । यो भन्दा ठूलो भ्रम केही छै्रन । रोग त हाम्रो मित्र हो । ज्यान लिने रोग क्यान्सर, एड्स, हृदयघात जस्ता रोगको कुरा होइन यो । सामान्य रोग, जस्तो वान्ता, ज्वरो, झाडापखला, रुँघा आदि समस्या शरीरका लागि हानिकारक छैन । यस्ता समस्याले शरीरको विषाक्त तत्व बाहिर निकाल्छ ।

जस्तो हामी जब कुनै दुषित भोजन गर्छौं, तब शरीरले के गर्छ ?

वान्ता हुनसक्छ, झाडापखला लाग्न सक्छ । यो भनेको शरीरभित्र रहेको विषाक्त पदार्थ बाहिर निस्किएको हो । त्यसो भए वान्ता हुनु, झाडापखला लाग्नु शरीरले गल्ती गरेको हो ? यदि हामी खराब खानेकुरा खान्छौं, त्यसमा रहेको विषाक्त तत्व शरीरमा जम्मा हुन्छ । त्यसले भित्री अंगहरुको कार्य संचालनमा अवरोध पुर्‍याउँछ । त्यसैले यस्ता खानेकुरा खाएपछि शरीरले जुन किसिमको प्रतिक्रिया जनाउँछ, त्यो राम्रो हो ।

हामीलाई ज्वरो आउँछ । ज्वरो आउनसाथ हामी दबाई खाएर त्यसलाई दबाउने प्रयत्न गर्छौं । तर, शरीरमा कतिपय असन्तुलन भए, ज्वरो आउँछ । शरीरको तापमान बढ्छ । यसरी तापमान बढ्दा शरीरमा ब्याक्टेरिया वा भाइरसको बृद्धिदर कम हुन्छ । संक्रमणको संभावनालाई कम गर्ने प्राकृतिक उपाय हो । अब सोच्नुहोस् त, ज्वरो हाम्रो सत्रु हो ?

खोकी लाग्नु पनि राम्रै हो । यदि त्यसो नहुँदो हो त हामी हजारौं रुपैयाँ खर्च गरेर पनि फोक्सोको कफ निकाल्न सक्दैनौं । खोकी लाग्नु भनेको फोक्सोको रक्षा गर्नु हो ।

दर्द निर्दयी हुन्छ

अक्सर जब शरीरमा कुनै पीडा हुन्छ वा दुखाई अनुभव हुन्छ, त्यसलाई दबाउनका लागि घातक पेनकिलर सेवन गर्छन् । तर, शरीरका यस्ता दुखाई आफैमा समस्या होइन । बरु संकेत हो ।

यो संकेतले के भन्छ भने, तिम्रो शरीरमा केही गडबड छ । तुरुन्तै उपचार गर्नुपर्छ । हाम्रो शरीरमा रहेको हीलिङ पावरले कतिपय रोगको स्वत् उपचार गरिरहेकै हुन्छ । कतिपय समस्या ठिक गरिरहेकै हुन्छ ।

जब उक्त हिलिङ पावरलाई तपाईंको सक्रियता चाहिन्छ, तब त्यसले संकेत पठाउँछ । ताकि, तपाईं उक्त समस्यालाई ठिक गर्नका लागि सहयोग गर्नुहोस् ।

तर, हामी यस्ता संकेतलाई बुझ्दैनौ र दबाउने प्रयास गर्छौं । कुनैपनि रोग लाग्नुअघि त्यसले संकेत गर्छ । शरीरका अंगमा केही न केही पीडा अनुभूत हुन्छ । यस्ता पीडाले संकेत गर्छ कि हाम्रो शरीरमा केही खराबी हुँदैछ ।

रोगको लक्षण

धेरै चिकित्सक अक्सर रोगको लक्षणको उपचार गर्छन् । अहिलेको चिकित्सा पद्धती त रोगको लक्षणमाथि नै उपचार गर्नमा केन्दि्रत छ । अर्थात शरीरमा कुनै लक्षण देखापर्छ, हाम्रा चिकित्सक त्यसैको उपचार गर्छन् । जबकी लक्षण आफैमा रोग होइन, बरु त्यसले अरु नै रोगको संकेत गरिरहेको हुन्छ ।

हामी लक्षणलाई दबाउँछ । नतिजा, भयानक रोगको शिकार बन्छौं ।

सामान्य कुरालाई रोग ठान्ने

हरेक दिन चिकित्सककहाँ यस्ता रोगी आइरहेका हुन्छन्, जो सामान्य कुरालाई रोग सम्झेर उपचारका लागि भड्किइरहेका हुन्छन् ।

जस्तो कतिलाई दिसा गर्नमा समस्या भइरहेको हुन्छ । हामी भन्छौं, हरेक दिन मल त्याग गर्नुपर्छ, नभए कब्जियत हुन्छ । यो भ्रम हो । जबकी दुई तीन दिनमा एक पटक मल त्याग गर्नु पनि त्यती असामान्य होइन । यो तथ्यलाई नबुझेर मान्छेहरु कब्जियत हटाउने चूर्ण सेवन गरिरहेका हुन्छन् । र, आफ्नो आन्द्रालाई खराब गरिरहेका हुन्छन् ।

कहिले काही सास बढ्न सक्छ, कहिले मांसपेशी दुख्न सक्छ, कहिले आँखा बिझाउन सक्छ । यी सामान्य कुरा हुन् । तर, हामी यसैलाई रोग पो होला कि भनेर डराउँछौं ।

दबाईको कुरा

चिकित्सा क्षेत्रमा एउटा ठूलो भ्रम के छ भने, रोग केवल दबाई अर्थात औषधीले मात्र ठिक हुन्छ । तर, दबाईले भन्दा बढी अन्य कुराले रोग ठिक हुन्छ । जस्तो सकारात्मक सोंच, यात्रा, धार्मिक कार्य, आरम, निद्रा, योगा, कसरत आदि रोगबाट मुक्ति पाउने सर्वोत्तम विकल्प हुन् । चिकित्सकले कुनैपनि रोगको लक्षण हेरर त्यसको औषधी दिन्छन् । उपचारको लागि सिफारिस गर्छन् । तर, शरीरको भाषा फरक हुन्छ । शरीरसँग यस्तो क्षमता हुन्छ, जसले प्राकृतिक रुपमै कतिपय रोग निर्मुल गर्न सक्छ । विभिन्न स्रोतबाट

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।