घुँडा मानव शरीरको अत्यन्त महत्वपूर्ण जोर्नी हो । हिँडडुल गर्दा, दौड्दा, फुटबल-भलिबल लगायतका खेल खेल्दा, पलेटी मारेर भुइँमा बस्दा, दिसापिसाब गर्न बस्दा घुँडा नै बढी चल्दछ । त्यसैले यदि घुँडामा कुनै समस्या आयो वा दुख्यो भने हाम्रो दैनिकी नै प्रभावित हुन्छ ।

किन खिइन्छ घुँडा ?

घुँडा खिइनु एउटा प्राकृतिक प्रक्रिया हो । जुन विभिन्न कारणले गर्दा तिब्र हुन्छ । घुँडा खिइनुमा उमेर प्रमुख कारण भए पनि युवावस्थाका मानिसहरु पनि यो समस्याबाट पीडित भएको पाइन्छ ।

घुँडा खिइनु कसैकसैमा वशांणुगत समस्या हुन्छ । यसैगरी चोटपटक लाग्यो भने, धेरै शारिरीक परिश्रम गर्‍यो भने र शरीरको तौल अत्यधिक बढ्यो भने पनि घुँडा खिइने गर्दछ ।

प्रायः यो रोग ४५ वर्ष उमेर कटेपछि देखिन्छ । पुरुषहरुको तुलनामा महिलाहरुमा यो रोग बढी देखिने गर्छ ।

बुढेसकालमा धेरैलाई घुँडा दुख्ने र खिइने समस्या हुने गर्छ । त्यसका विभिन्न कारण छन् ।

१.गलत आसन

बस्ने तरिका सही नहुँदा पनि घुँडामा विभिन्न समस्या उत्पन्न हुने गर्छन् । खासगरी, लामो समयसम्म एउटै पोजिसनमा र टुक्रुक्क बस्नाले पनि घुँडाको मांसपेशीमा असर पर्छ । त्यसबाट घुँडा दुख्ने र सुन्निने गर्छ । लामो समयसम्म यस्तो समस्या रहिरहे यसले घुँडालाई हानी पुर्‍याउन सक्छ ।

२.धेरै वजन उठाउने

क्षमताभन्दा बढी वजन उठाउनाले पनि घुँडा कमजोर हुन्छ । विशेषगरी, आफ्नो क्षमताभन्दा बढी वजन उठाउँदा त्यसको समग्र भार घुँडामाथि पर्छ । र, घुँडा सुन्निने, दुख्ने र खिइने समस्या उत्पन्न हुन्छ ।

बूढापाकाहरुले पटुकीको प्रयोग गर्नुको उद्देश्य हो, वजनका कारण हड्डीमा असर पर्न नदिनु । प्राविधिक रुपमा निकै सहयोगी हुन्छ, पटुकी ।

३.आवश्यकताभन्दा बढी व्यायाम

शारीरीक कसरत आवश्यकताभन्दा कम या बढी गर्दा पनि घुँडामा असर पुग्छ । यस्तै, धेरै पटक सिँढीमा ओहोरदोहोर गरे या कम कसरत र हिँडडुलका कारण पनि घुँडामा समस्या देखिने गर्छ ।

खासगरी, कम कसरतका कारण घुँडाको मांसपेशी निस्त्रिmय हुने गर्छ । र, खिइने तथा दुख्ने समस्या आउँछ । घुँडालाई जति चलायो, त्यति नै एक किसिमको रसायन उत्पादन हुन्छ । उक्त रसायनले घुँडाका मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छ ।

४.मोटोपना

एकाएक मोटोपना बढेमा समयमै नियन्त्रण गर्नु आवश्यक छ । नत्र, सम्पूर्ण शरीरको भार घुँडामा पर्ने गर्छ । र, घुँडा कमजोर भएर दुख्ने समस्या उत्पन्न हुने गर्छ ।

५.हाई हिलको प्रयोग

हाई हिल महिलाहरुमाझ लोकपि्रय छ । लामो समयसम्म हाई हिल जुत्ताको प्रयोगले शरीरको ढंग बिग्रने गर्छ । त्यसका कारण पैताला र घुँडामा नकारात्मक असर पार्छ । र, घुँडा दुख्ने समस्या उत्पन्न गराउँछ ।

लक्षणहरु

अव्यवस्थित खानपान, पोषणयुक्त खानाको कमी, चोटपटक लाग्नु वा हड्डी भाँचिनु र हड्डी सम्बन्धी रोगले पनि घुँडा खिइन्छ ।

घुँडा खिइँदा असाध्यै दुख्छ । घुँडाको दुखाई नै यसको प्रमुख लक्षण हो ।

साथै घुँडा बांगो देखिनु

खुट्टा सुन्निनु

जोर्नी कडा हुनु

घुँडा चलाउँदा दुख्नु

बसेपछि उठ्न नसक्नु

भर्‍याङ उक्लिँदा-ओर्लिंदा समस्या हुनु

घुँडा दुख्ने समस्या हटाउने तरीकाहरु यस प्रकार छन्

१) दूध र लसुन

घुँडामा पीडा हुँदा दिनदिनै एक गिलास दूधमा तीनचारवटा लसुनका पोटी राखेर उमाल्नुस् । त्यसलाई पिउँदा पीडाबाट राहत पाइन्छ ।

२) ओखर

ओखर धेरै गुणकारी हुन्छ र यसले शरीरका सबै किसिमका पीडाबाट छुटकारा दिलाउँछ । दिनदिनै खाली पेट ओखर खाँदा घुँडाको समस्या हराउँछ ।

३) काँचो नरिवल

नरिवल स्वादिलो हुनुका साथसाथै स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ । हरेक बिहान काँचो नरिवल खाँदा पीडा हराउँछ । बुढेसकालमा पनि समस्याले सताउँदैन ।

४) व्यायाम

खानपानमा विशेष ध्यान दिनुका अलावा दैनिक व्यायाम पनि जरूरी हुन्छ । दिनदिनै १० मिनेट भद्र आसन अवश्य गर्नुहोस् । घुँडा दुखेको समयमा यसलाई कसैले पनि हेल चेक्रराई गर्नु हुदैन ।

हामीले घरमै बसेर केही सामान्य अभ्यास गरेमा पनि यसलाई कसरी गर्ने त घरमै अभ्यास ?

१) नियमित व्यायाम गर्ने बानी बसालौं जस्तैः– जोर्नीहरु चलाउने, सामान्य हिडाई, आदि ।

२) टुक्रुक्क अथवा पलेटी मारेर नबस्ने ।

३) मनतातो तोरीको तेलमा ३–४ थोपा (pain oil) दुखाई कम गर्ने तेल मिसाएर बिहान र बेलुकी हलुका मसाज गर्ने ।

४) तौल घटाउने वा नियन्त्रण गर्ने ।

५) तातो पानीको (Hot water bag) ले सेक्ने तर सुनिएको छ भने चाहि बरफ (Ice) ले २–३ मिनेट सम्म हलुका मसाज गर्ने ।

६) भर्याङ्ग वा सिंढी धेरै पल्ट तल माथि नगर्ने ।

७) घुँडालाई टेवा दिन (Knee support) को प्रयोग गर्ने ।

यसको साथसाथै शारीरिक अभ्यास पनि गर्न सकिन्छ ।

१) भित्तामा अडेस लगाएर खुट्टा लामो गरेर बस्ने, तिघ्राको मासु कस्न – एक देखि १० सम्म १० पटक गर्ने ।

२)घुँडा मुनि रुमाल राखेर थिच्ने, कुर्कुचालाई उठाउने – एक देखि १० सम्म १० पटक गर्ने ।

३) ढाड सिधा गरी कर्सीमा अढेस लगाएर बस्ने, पालै पालो खुट्टा सिधा माथि उठाउने – एक देखि १० सम्म १० पटक गर्ने ।

४) दुवै घुँडाको बीच रुमाल राखेर च्याप्ने – एक देखि १० सम्म १० पटक गर्ने ।

५) खुट्टा सिधा तन्काएर बस्ने, दुवै हातले खुट्टाको औंला छुने कोसिस गर्ने – एक देखि १० सम्म १० पटक गर्ने ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

प्राकृतिक चिकित्सा के हो ? यस्ता छन् उपयोगी प्राकृतिक चिकित्सा विधी

‘रोगमुक्त रहनु नै उपचार गर्नुभन्दा बढी उत्तम हो ।’कुनै औषधीको प्रयोग नगरी, शल्यक्रिया नगरी, सुई नखोपी गरिने उपचार विधी हो, प्राकृतिक चिकित्सा । यो नै प्रभावकारी र हानिरहित विधी पनि हो । रोग लागिसकेपछि मात्र होइन, रोगमुक्त जीवन बाँच्नका लागि समेत प्राकृतिक चिकित्सा उपयोगी हुन्छ । प्राकृतिक रुपमै बलियो, निरोगी, तन्दुरस्त हुनु पहिलो सर्त हो । रोग लागिसकेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिन नै सर्वोत्तम हो । अतः यसको एउटै सूत्र भनेको प्राकृतिक चिकित्सा नै हो ।

प्राकृतिक चिकित्सा आफैमा एक अनौठो प्रणाली हो जसले शारीरिक, मानसिक, नैतिक र आध्यात्मिक रुपमै मान्छेलाई सही मार्गमा हिँडाउँछ । यसमा स्वास्थ्यलाई प्रोत्साहन, रोग निवारण र उपचारका साथ(साथै फेरी तन्दुरुस्ती प्रदान गर्ने अपार सम्भावना हुन्छ ।

प्राकृतिक चिकित्सा के हो त ?

वास्तवमा जे जति रोग छन् ति सबैको कारण र उपचार करिव एउटै हो । शरीरमा जब विकार पदार्थ सञ्चय हुन थाल्छ, त्यही स्थितिलाई हामी रोग भन्छौं । अतः ती विकार निर्मुल गर्नु नै उपचार पद्धती हो । उपचारको विद्यमान विधी अनेक छन् । त्यसमध्ये सबैभन्दा प्राचिन, विश्वसनीय र प्रभावकारी उपचार पद्धती हो, प्राकृतिक चिकित्सा ।

प्राकृतिक चिकित्साले कुनै एक विषेश रोगको मात्र उपचार खोज्दैन, सम्पूर्ण शरीरलाई तन्दुरुस्त राख्छ । रोग प्रतिरोधात्मक क्षमता विकास गर्छ । शरीरमा कुनैपनि रोगको संभावनालाई न्युनिकरण गर्छ । प्रकृतिको उपचारमा दबिएर बसेका रोगहरूलाई माथि ल्याइन्छ र स्थायी रूपले हटाइन्छ । यसले दीर्घरोगबाट पनि मुक्त दिलाउँछ । यसको खास विशेषता भनेको के भने, कुनै शारीरिक समस्या वा रोग मात्र होइन, मानसिक र सामाजिक उपचार पनि गर्छ ।

प्राकृतिक चिकित्साको एउटा सूत्र छ, केवल भोजन नै चिकित्सा हो । हामीले खाने भोजनले नै शरीरलाई निरोगी वा रोगमुक्त बनाउने हो । हामीले खाने भोजनले नै शरीरको प्रतिरोधात्मक क्षमता बढाउने हो । शरीरलाई बलियो, तन्दुरुस्त बनाउने हो । दीर्घायु बनाउने हो । जबकी आज त्यही खानपानको कारण मान्छे रोगी हुँदैछन् । जिर्ण हुँदैछन् ।

मृत्युको मुखमा पुगिरहेका छन् । खानालाई खान जानियो भने औषधी हुन्छ । खाना खान जानिएन भने विष हुन्छ । शरीर पञ्चतत्वले निर्माण भएको छ । प्रकृति पनि पञ्चतत्वले निर्माण भएको छ । प्रकृति र शरीर आपसमा एकाकार छन् । त्यसैले शरीरलाई रोगमुक्त राख्ने बुटी पनि प्रकृतिमै छ । पञ्चतत्व भनेको अग्नी, आकास, जल, वायु र पृथ्वी ।

प्राकृतिक उपचार विधी

जल चिकित्सा

जल चिकित्सा पानीको उपयोगबाट गरिने एक विधि हो । पानी को आफ्नै गुणहरु हुन्छन् जसले रोग निर्मुल बनाउने भूमिका खेल्छ । पानीबाट गरिने उपचार पद्धतीमा, हिप वाथ, सौना बथ, स्टिम वाथ, स्पिनल बथ आथि पर्छ ।

उपवास

उपवास भनेको कुनैपनि खानेकुरा सेवन नगरी वस्नुको अवस्था हो । यसले पाचन यन्त्रलाई विश्राम दिन्छ । उपवास भनेको शरीरलाई भित्रैदेखि शुद्धिकरण गर्ने विधी पनि हो ।

आहार

खाना नै ओखती हो । भनिन्छ नि, तपाईं जस्तो खानुहुन्छ, त्यस्तै हुनुहुन्छ । खानालाई हामीले तीन भागमा विभाजन गरेका छौ, सात्विक, तामासिक र राजशी । स्वास्थ्य जीवनको लागि सात्विक खाना उपयोगी हुन्छ । तामासिक वा राजशी खानाले जिब्रोलाई लोभ्याउँछ । तर, शरीरमा विकार पनि पैदा गर्छ ।

माटो चिकित्सा

माटोमा खेल्दा, माटोको सम्पर्कमा रहँदा हाम्रो शरीरको रोगसँग लड्ने क्षमता बृद्धि हुन्छ । केही समयअघि मात्र हामीले असार पन्ध्र मनायौं । यो पर्वले पनि माटोसँग एकाकार हुन प्रेरित गर्छ । संसारमा माटोद्वारा गरिने उपचारका पनि विभिन्न विधी छन् ।

मालिस

हामीकहाँ मालिस गर्ने परम्परा नै छ । जब बच्चा जन्मन्छ, तोरीको तेलले मालिस गरिन्छ । मालिस एक प्राकृतिक विधी हो, जसले शरीरलाई बलियो बनाउँछ । रक्तप्रवाहमा सहयोग गर्छ । मालिसका अरु थुप्रै विधी एवं तौरतरिका छन् ।

वायु उपचार

ताजा हावा राम्रो स्वास्थ्यका लागि सबैभन्दा जरूरी हुन्छ । हाम्रो शरीरभित्र जति धेरै शुद्ध वायु रहन्छ, हामी उत्तिनै निरोगी रहन्छौं । अतः शरीरमा शुद्ध वायुको मात्रा बढाउने केही तौरतरिका छन् । प्राणायाम जस्ता विधी यसैका एक रुप हुन् ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।