१. एक स्वस्थ मानिस प्रतिमिनेट औषत १७ पटक आँखा झिम्काउँछ । यो गणनाको आधारमा १ दिनमा करीब १६ हजार पटक आँखा झिम्किन्छ र बर्षमा ६० लाख पटक ।

२. आँखा करीब २० लाख भागहरु मिलेर बनेको हुन्छ ।

३. आँखाको कोर्निया शरीरको एक मात्र त्यस्तो तन्तु हो जसमा रगत प्रवाह हुँदैन ।

४. एउटा आँखाको तौल करीव २८ ग्राम हुन्छ ।

५. आँखा खुल्ला राखेर हाछिउ गर्न सम्भव हुँदैन् ।

६. जन्मदेखि मृत्युसम्म आँखाको आकार परिवर्तन हुँदैन् ।

७. भर्खर जन्मेको बच्चामा रुँदा पनि आँसु आउँदैन ।

८. हरेक पटक आँखा झिम्क्याउँदा आँखा करीव ०.३ सेकेन्डको लागि बन्द हुन्छ । यसको मतलब हाम्रो आँखा प्रतिदिन करीव ३० मिनेट झिम झिम गर्दा बन्द हुने गर्छ ।

९. आँखाको रिजोलुसन ५७६ मेघा पिक्सेल हुन्छ ।

१०. पृथ्वी समतल भएको भए आँखाले ५० कि.मी. पर रहेको बलिरहेको बत्ति देख्ने क्षमता हुन्छ ।

११. मानिसको आँखाले १ करोड फरक रङ्ग छुट्याउन सक्छ ।

अाँँखा सम्बन्धी थप जानकारीः

किन फरफराउछ आँखा ? के शुभ र अशुभस‌ंग यसको सम्बन्ध छ ?

किन हो ,आज मेरो देब्रेआँखा बिहान देखि फरफराऊदैछ । केहि अशुभ होला कि? रिसेप्सनिष्ट पदको लागि अन्तर्वार्ता दिन हिडे कि शान्तीले साथी रितालाई भनिन् । ए देब्रे आखाँ फरफराउनु त राम्रो होईन भन्छन्, दाहिनेआखाँ फरफराउनु शुभ मानिन्छ अरे । सगैं परिक्षा दिन हिंडेकि रिताले भनिन् ।

ए, जाऊ जे होला–होला भनेर दुबै जान परिक्षा हाल तिर लागे । आँखा फरफराऊदा हामी यसलाई शुभ तथा अशुभ हुन्छ भनेर संबन्ध जोड्छौ । तर, हाम्रो आखाँ फरफराउनुको शुभ या अशुभ संग कुनै सम्बन्ध छैन । यो एउटा समाजिक अन्धबिश्वास हो । जसको कुनै बैज्ञानिक आधार छैन । शारीरिकरुपमा हेर्दा यो एक सामान्य प्रकृया हो, जसले व्यक्तिको शरीरिक अवस्थालाई झल्काउछ ।

आखाँ फरफराउनु भनेको हाम्रोआखाँको मथिल्लो या तल्लो परेलामा अनियन्त्रित रुपमा कम्पन हुनु हो । बिशेषगरी आखाँ फरफराउदा माथिल्लो परेला फरफराउने गर्दछ । आखाँ फरफराउनुलाई मेडिकल भाषामा “ब्लेफारोस्पाज्म” भनिन्छ । यसले दुबै आखाँको मान्सपेशीमा प्रभाव पार्दछ । कसैको आखाँ केहि क्षणको लागि मात्र फरफराउने गर्दछ भने कसै कसैको लामो समयसम्म पनि फरफराउन सक्छ । पुरुषको तुलनामा महिलाका आखाँ फरफराउने समस्या बढिनै देखिन्छ ।

# कारण:

आखाँ फरफराउनुका कारण यहि नै हो भनेर ठोकुवा गर्न मिल्दैन । किनभने यसको कारण हालसम्म अज्ञात छ । चिकित्साबिद्हरुको भनाईअनुसार संभावित कारणहरुमा निम्न लिखित कारणहरु हुन सक्छन् :

१) आखाँको थकान, धेरै टिभी हेर्नु, दिनभरी कमप्युटर, ल्यापटोप चलाउनु, मोबाईलमा गेम खेल्नु, वा स्क्रिनमा लामोसमय हेर्दा, बिषेशगरी आखाँमा बढी दबाब पर्ने भएकोले आखाँ फरफराउने समस्या देखा पर्न सक्छ ।

२) मानसिक तनाव, हामी सबैलाई धेर-थोर केहि न केहि तनावले सताईरहेको हुन्छ । अत्यधिक तनाव हुँदा शरीरले बिभिन्न किसिमबाट प्रतिक्रिया दिने गर्दछ । आखाँ फरफराउनु पनि शरिरले दिने एक किसिमको प्रतिक्रिया नै हो भन्न सकिन्छ । बिषेशगरी दृष्टि सम्बन्धी समस्या जस्तै- आधा टाउँको दुख्नु ( माइग्रेन) कमजोर दृष्टी हुनेहरुको आखाँ बढी फरफराउने गर्दछ ।

३) आखाँमा दबाव, धेरैबेरसम्म कुनै बस्तुलाई लगातार टक लगाएर हेरिरहँदा पनि आँखामा बढि दवाब पर्न जान्छ र आँखाका मान्सपेशिहरुलाई फेरि एक्टिभ गर्नकोलागि पनि आखाँ फरफराउने गर्दछ ।

४) यदि तपाई लामोसमय देखि प्लस/ माईन्स भएको पावरवाला चश्मा लगाउनु हुन्छ र एक्कासी चश्मालागाउन छोड्नुभयो भनेपनि आखाँ फरफराउने हुन्छ ।

५) मधपान, अत्याधिक मदिरापान तथा लागुपदार्थको सेवनले पनि आँखा फरफराउने हुनसक्छ ।

६) आँखा सुख्खा हुनु, कन्टयाक्ट लेन्सको प्रयोग गर्ने तथा बृद्ध-बृद्धाहरुको आखाँ सुख्ख (ड्राई) भएर चिप्रा (कचेरा) आउने, बिहान उठ्दा आखाँ टालिने यस किसिमको अवस्थामा पनि आँखा फरफराउने समस्या देखा पदर्छ ।

७) खानपान, आफ्नो खानपानमा शरिरलाई चाहिने विषेश प्रकारका पौष्टिकतत्वहरु जस्तै मेग्नेशियम, जिकंको अभाव भएमा परेलामा कम्पन हुन्छ र आँखा फरफराउने हुन्छ ।

८) एलर्जी, कसै-कसैलाई धुलो, धुवाँ तथा चर्को घाम (प्रकाश) बाट पनि आँखाको एलर्जी हुने गर्दछ । आँखाको एलर्जी हुँदा चिलाउने, सुन्निने तथा आँखा रसाउने पनि हुन्छ । यही एलर्जीको कारणले गर्दा पनि शरिरले देखाउने प्रतिक्रियाको रुपमा आँखा फरफराउने गर्दछ ।

९) अनिन्द्रा, धेरै रातसम्म कुनै कारण बस निदाउन नपाउँदा अथवा निन्द्रा न लाग्ने समस्या छ भनेपनि बिहानको बेला आँखा फरफराउने गर्दछ ।

१०) वंशानुगत, परिवारमा कसैलाई आँखा फरफरफराउने समस्या छभने घरका अन्य सदस्यहरुलाई पनि यो समस्या हुने बढि संभावना रहन्छ ।

लक्षण:

अधिकांश ब्याक्तिहरुमा कुनै प्रकारको पुर्वसंकेत बिना नै आँखा फरफराउने समस्याको बिकास हुन्छ ।

आँखा पोल्नु र थकानको साथै फरफराउने क्रमिक रुपमा बढदै जान्छ ।

कसै-कसैलाई यो समस्याको साथै भावनात्मक तनाव या संवेदनशिलताको पनि अनुभव हुनसक्छ ।

कुनै काम या कुनै बिषयमा ध्यान केन्द्रित गरिरहेको छ अथवा सुतिरहेको अवस्थामा आँखा फरफराउन कम हुन्छ ।

अत्याधिकरुपले आँखा फरफराउन थालेमा अनुहारको मान्सपेशीहरुमा ऐठन पनि हुने संभावना रहन्छ ।

जटिलता:

यदि आँखाको फरफराउने समस्या लामो समयसम्म चलि नै रहयोभने आखाँको नानी (कोर्निया) क्षतिग्रस्त भई सदाका लागि आँखा बिग्रिन सक्छ ।

यसैगरि आँखा फरफराउनुको साथै अनुहारको मान्सपेशीहरुमा पनि फुरफुराउने, ऐठन हुने जस्ता समस्या देखा पर्दछ ।

यसले आखाँको मान्सपेशीको क्यान्सर हुने पनि संकेत गरिरहेको हुनसक्छ ।

रोकथाम:

आँखा फरफराउनुको कुनै ठोसकारण न भएको हुँदा यसलाइ रोक्ने निश्चित कुनै उपाय पनि छैन ।

तर कुनैपनि कुरा बिनाकारण हुँदैन भने जस्तै के कारणले गर्दा तपाईको आँखा फरफराउन थाल्छ ।

त्यसलाई बिचार गरेर यस समस्यालाई रोकथाम गर्न सकिने छ ।

आफ्नो दैनिक आहारमा हरियो सागसब्जिहरु, फलफुलमा केरा, सुन्ताला, मौसम, किसमिस समावेस आवश्यक रुपले गर्ने जुनमा प्रचुर मात्रामा पोटासियम, मेगनेशियम र जिकं पाईन्छ।

यसको सेवनले यो रोगलाइ निको पार्नमा मद्दत पुर्याउछ ।

अत्यधिक मधपान, धुम्रपान, कफीको सेवनको कारणले होभने यसको सेवन न गर्नु नै बेश हुन्छ, यदि छोड्न सकिंदैन भने बिस्तारै कम गर्दै लैजानु पर्दछ ।

कतिपय मानिसहरुले आखाँ फरफराउन रोक्नको लागि परेलामाथी सानो कागजको टुक्रालाई टाँसेर राख्ने गर्दछन् ।

यसबाट पनि आखाँको कम्पनलाइ अलि कति भएपनि कम गराउनमा मद्दत पुराउँछ ।

के गर्ने:

पूर्णरुपले आराम गर्ने ।

तनाव वा चिन्ता नलिने ।

हल्क किसिमले आँखाको लिडलाई सफा गर्ने ।

आँखाको तनाव लाई कम गर्न सनग्लास (चश्मा) लगाउने ।

मस्तसंग निदाउने ।

आखाँ सुख्खा( ड्राई) छभने चिप्लो पार्ने आईड्रप (आँखामा हाल्ने झोलऔषधि) चिकित्सकको सल्लाहमा हाल्ने ।

काँक्रो, आलुको पातलो मसिनो गोलोआकारमा चाना बनाइ प्रभावित आँखामाथि केहि बेर राख्ने ।

आखाँमा आईड्रप हाले जस्तै गुलाव जलको केहि थोपा हाल्ने ।

यसले आँखा सफा गर्नमा मद्दत पुराउछ । बिहान- बेलुकी मुखधुँदा आँखामा पानी छ्याप्ने (धुने) ।

के नगर्ने:

आँखालाई माड्नु हुँदैन ।

आखाँको सुरक्षाका उपायहरुलाई फलो गर्ने ।

आखाँको व्यायम गर्ने ।

योग, ध्यान आदि गर्नलेपनि यसमा फाईदा हुन्छ ।

उपचार:

हुन त आँखा फरफराउनु सामान्यतया केहि छिन मै छाड्दछ । कुनै प्रकारको औषधिको आवश्यकाता नै पर्दैन । तर यदि लामो समयसम्म आँखा फरफराएर समस्या नै हुने गर्दछ भने त्यसलाई बेवास्ता गरेर बस्नु राम्रो हुदैन । तुरन्त नजिकैको आखाँ अस्पताल, किल्निक वा आफ्नो फेमिली चिकित्सकसँग सल्लाह लिनु जरुरी हुन्छ ।

होमियोप्याथीमा रोगीको उपचार उसको समस्टिगत लक्षणहरुको आधारलाई मध्येनजर राखेर उपचार गरिने गरिन्छ । रोगीको मानसिक लक्षणहरुलाई उपचारको क्रममा बढि महत्व दिईने गरिन्छ, किनभने यो रोगको मुख्य केन्द्र बिन्दू हाम्रो मस्तिष्कको एक भाग हो । यसै ग्लान्डस (ग्रन्थी) द्वारा शरिरका मस्सलहरु नियन्त्रित हुने गर्दछन् । भनिन्छ एलोप्याथिकमा यस रोगको कुनै उपचार नै छैन ।

होमियोप्याथि चिकित्सामा यसरोगको लक्षणअनुसार प्रयोग गरिने केहि औषधिहरु निम्नलिखित छन् ।

१) बेलाडोना

(२) हिपर सल्फर

(३) केमोमिला

(४) कुप्रम मेटालिकम

(५) नेट्रम –म्युर

(६) सिना

( ७) जिकंम

(८) जेल्सिमियम

(९) युफ्रेशिया

(१०) नक्स भोम

(११) पल्साटिला

(१२) रसटक्स

(१३) पलम्बम

(१४) एगारिकस

(१५) मेगफाँस

(१६) मर्कशल

(१७) ईग्नेशिया र उपरोक्त औषधिहरुको प्रयोग कुनै स्थानिय होमियोप्याथिक चिकित्सकसँग सल्लाह लिई प्रयोग गर्नु लाभदायक हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाज्ञाजानकारी हरुले न पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।