यदि तपाइँको अनुहारमा वर्षौदेखि रहिरहेको दाग हटाउन चाहनुहुन्छ भने अण्डा र महको फेसप्याक बनाएर अनुहारमा लगाउनुभयो भने त्यसले पुरै अनुहारको दाग मेटाउँछ र अनुहारमा चमक पैदा गर्छ ।

महमा एन्टीबायोटिक तत्व हुन्छ जसका कारण छालामा रहेका किटाणुहरुलाई नष्ट पार्छ र त्वचालाई स्वस्थ र सुन्दर बनाउन मद्दत गर्छ ।

एकवटा अण्डाको सेतो भागमा एक ठूलो चम्चा मह मिलाई पेष्ट बनाउने र पुरै अनुहारमा १०-१५ मिनेटसम्म मालिस गर्ने र त्यसपछि २० मिनेट जति त्यतिकै छाडिदिने र सफा पानीले धुने गर्नुपर्छ । यो प्रक्रिया हप्तामा दुई पटक गर्नु जरुरी हुन्छ । यसले तपाइँको अनुहारमा रहिरहेको पुराना दागहरु मेटाउन मद्दत गर्छ ।

थप जानकारीः

अनुहार मात्र राम्रोब नाएर हुन्छ त ? यी कुरा थाहा पाउनुहोस्

हामी राम्रो वा नराम्रो भन्नसाथ, कसैको अनुहार सम्झन्छौं । मानौं, समग्र सौन्दर्यको पुञ्ज भनेकै अनुहार हुन् ।त्यही कारण धेरैजसो सौन्दर्य प्रसाधन पनि अनुहारकै लागि प्रयोग हुन्छन् । हामीलाई के लाग्छ भने, अनुहार राम्रो बनाउँनुपर्छ । अनुहार राम्रो बनाएपछि आफ्नो सौन्दर्य खुल्छ भन्ने भ्रम हामीलाई छ । यही भ्रमको कारण कतिले अनुहारलाई निकै मेहनतसाथ लिपपोत गर्छन्, यद्यपी उनीहरुको सौन्दर्यमा कहीँ कतै खोट देखिन्छ । आखिर किन होला ?

यसो गरे कसो होला ?

मानिसहरु अक्सर अनुहारलाई हेरेर व्यक्तिको सुन्दरताको वयान गर्छन् । जबकी कुनै पनि मानिसहरुको सुन्दरता उसको अनुहार मात्र हैन, शरीरको हरेक अंगसित जोडिएको हुन्छ । र, शरीरका सम्पूर्ण अंग सुन्दर भएमात्र मानिसको व्यक्तित्व खुल्छ । आकर्षक देखिन्छ । स्मार्ट देखिन्छ ।

यही सुन्दरतालाई कायम राख्न मानिसहरु अनेक प्रयास गर्दछन् । तर, अनुहारलाई सुन्दर बनाउने क्रममा मानिसहरु गर्दनमा ध्यान दिन भने अक्सर विर्सन्छन् । परिणामस्वरुप, कयौ पटक मानिसहरुको अनुहारमा भन्दा पहिले गर्दनमा चाउरीपना देखिन सुरु हुन्छ । र, यसलाई कम गर्नका लागि पनि गर्दनमा विशेष ध्यान दिन जरुरी छ ।

-गर्दन शरीरको यस्तो अंग मध्यमा पर्दछ, जुन हरसमय खुला रहन्छ । र, धुलो, धुवा तथा सुर्यको हानीकारक विकिरणले यसलाई प्रभाव पारिरहन्छ । त्यसैले, शरीरको सुरक्षाका लागि पनि यसको सुरक्षा गर्न तथा यसलाई हाइड्रेट गर्न आवश्यक छ ।

-प्रत्येक पटक बाहिर निस्कदा सनस्क्रिन तथा लोशनको प्रयोग गर्नु उचित हुन्छ । किनकी समय अगावै छाला चाउरी पर्नुको एउटा प्रमुख कारण भनेको सुर्यको हानीकारक विकिरण पनि हो । त्यसैले, छालालाई स्वस्थ राख्न यस्ता विकिरणबाट बचाउनु जरुरी छ ।

-गर्दनको छालालाई कसिलो बनाउन घरेलु मास्क तथा प्याकको पनि प्रयोग गर्न सकिन्छ । बजारमा पाइने विभिन्न किसिमको प्याकको तुलनामा घरमै तयार पारिएको प्याक सुरक्षित हुनुका साथै छालाको लागि राम्रो मानिन्छ ।

-गर्दंनको व्यायामले छालालाई कसिलो बनाउन मद्दत गर्छ । यसका लागि योगा पनि गर्न सकिन्छ । योगाले छोटो समयमै छालालाई कसिलो बनाउन मद्दत गर्छ ।

– घाँटीको मसाजका लागि एन्टीअक्सिडेन्टयुक्त तेलको प्रयोग गर्न सकिन्छ । एन्टी अक्सिडेन्टयुक्त तेलमा नरिवल, जैतुन तथा बदामको तेल समावेश हुन्छ । यसले छालाको रुखोपना कम गर्नुका साथै छाला कसिलो बनाई छालाको चाउरीपन कम गर्छ ।

केही दिनमै अनुहार गोरो र चम्किलो बनाउने घरेलु उपायः

हामी अनुहारलाई लिएर निकै चिन्तित हुने गर्दछौ । सुन्दर ,,गोरो र चम्किलो अनुहार बनाउन सधै प्रयासरत पनि हुन्छौ । क्रिम पाउडर आदि लगाएर पनि अनुहार टल्काउने गर्दछौ। तर घरेलु उपाय भने हामीलाई थाहा नहुन सक्छ । अनुहार चम्काउन र सफा बनाउन सक्ने घरेलु उपाय धेरै छन :

१.यदि चर्को घाममा तपाईंको छालाको रङ फिक्का या कालो भएको छ भने काँचो टमाटरलाई मिचेर मोही हालेर अनुहार र छालामा लगाउनुहोस्, छालालाई शीतलता प्रदान हुनेछ र कालोपना पनि हट्नेछ।

२.नुहाउने पानीमा एक गिलास लस्सी हालेर नुहाउनाले पनि बिस्तारै बिस्तारै सनटेन हट्नेछ ।

३.एक सानो चम्चा काँक्राको रस, आधा चम्चा ग्लिसरिन र एक चम्चा गुलाबजल मिलाएर घामले डढेको छालामा लगानाले छाला नरम र गोरो हुँदै जानेछ।

४.टमाटर र दही बराबर मात्रामा लिएर राम्ररी फिट्नुस् र यो मिश्रणलाई छालामा लगाएर १० मीनेटसम्म राख्नुस र चिसो पानीले धुनुहोस् । यो सनबर्नको लागि राम्रो तरीका  हो।

५.काँचो दूधमा गुलाबजल हालेर कपासले छालामा लगाउनुहोस् । यसो गर्दा छालाको पुरै मैला कपासमा आउनेछ ।

६.चन्दन पिसेर त्यसमा गुलाबजलका केही थोपाहरू हालेर बनाइएको लेप अनुहारमा लगाउनाले छालालाई शीतलता पुग्छ ।

७.कागती र मोही मिलाएर लगाउनाले घामका कारणले कालो भएको अनुहारमा निखार आउँछ ।

८.एक चम्चा मख्खन र एक चम्चा पानी मिलाएर पिट्नुस, घाममा डढेको छालामा लगाउनुस् । यसले धेरै नै फाइदा गर्छ ।

९.दुई चम्चा काँक्राको रसमा एक चम्चा काँचो दूध हाल्नुस् र यसलाई कपासले अनुहार र गर्धनमा लगाउनुहोस् । यसबाट छालाको छिद्र खुल्छन् र धुलो तथा अतिरिक्त चिल्लोपना हट्छ अर्थात यसले क्लिन्जिङको काम गर्छ ।

१०.एउटा स्याउलाई पिसेर अनुहारमा लेप गर्नुहोस् । आधा घण्टापछि मनतातो पानीले अनुहार सफा गरेपछि छालाको चिल्लोपना काम भएर छालालाई कान्तिमय र नयाँ स्फुर्ती प्रदान भएको अनुभव हुनेछ।

११.छाला अति नै चिल्लो छर मेकअप रहँदैन भने बरफको टुक्रा दूधमा भिजाएर अनुहारमा दल्नुस् । यसबाट ताजगी र स्फुर्ती आउनेछ साथै चिल्लोपना रहनेछैन।

१२.छालामा तुरुन्त स्फुर्ती ल्याउनका लागि कागतीको रस बराबर मात्रामा पानी हालेर त्यसलाई ट्रेमा जमाइदिनुस् । यो आइस क्युबलाई अनुहारमा दल्नुस्। चिल्लोपना नियन्त्रणमा आउँछ।

१३.चिल्लो छाला भएका व्यक्तिहरूले कागतीको रस र त्यसको बोक्रालाई अनुहारमा दल्नाले फाइदा हुन्छ।

१५.शीघ्र छालाको सफाइका लागि अंगुरको अर्धरस निकालेर बाँकी गुदी आफ्नो अनुहारमा रगड्नुस्। अंगुर अम्लीय हुन्छ, अतः रुखो र चिल्लो छालालाई समान रूपले पोषण र सफाइ गर्छ।

मेकअप नगरी यसरी चम्किलो बनाउन सकिन्छ अनुहारः

बिना मेकअप कसरी सुन्दर देखिने ? कसरी छालालाई मुलायम र चम्किलो बनाउने ? यसका काइदा छन् । यद्यपी केहि सर्त भने पालना गर्नुपर्छ ।

१. दिनमा दुई पटक अनुहार धुने

आफ्नो छालाको हेरचाह गरेर मेकअप बिना सुन्दर देखिन सकिन्छ । जति समय कस्मेटिक उत्पादन खरिद गर्न र लगाउन खर्च गरिन्छ, त्यस समय छालाको हेरचाहमा लगाउनुपर्छ । स्तरिय फेसवास प्रयोग गरेर दिनमा दुई पटक राम्ररी अनुहार सफा गरौं । यसले प्राकृतिक सुन्दरता प्रदान गर्छ ।

– अनुहार दिनमा दुई पटकभन्दा धेरै धुनु त्यती लाभदायक छैन । किनभने त्यसरी पटक-पटक अनुहार सफा गर्दा छाला रुखो र संवेदनसिल हुन्छ ।

२. मृत छाला निकाल्नुहोस्

अनुहारको मृत कोशिका निकाल्नुहोस् । यो विधी हप्तामा एक पटक मात्र अपनाउनुपर्छ । अनुहार रगड्नाले मृत कोशिका निस्कन्छ र ताजगी आउँछ । यस्तो फेसवास छनौट गर्नुहोस्, जसमा छालाको मृत कोशिका हटाउने तत्व हुन्छ ।

योग नगरौ– अनुहारलाई स्क्रबरले दह्रोगरी रगड्नु हुँदैन तथा यसको धेरै प्र ।

३. अनुहारमा पटक-पटक छोइरहनु हुन्न

धेरैको बानी हुन्छ, हातले अनुहार छोइरहने । यसले छालाको गुणवत्तामा धेरै असर गर्छ । हातको माध्यामबाट अनुहारमा ब्याक्टेरिया फैलन्छ ।

– अनुहारमा हात लाने, घाउ कोट्याउने जस्ता बानीमा नियन्त्रण गरौ ।

४. हरेक रात मोश्चराइजर लगाउने

जब अनुहार धोइन्छ, त्यसपछि फेशियल मोश्चराइजर लगाउनुपर्छ । त्यसका लागि गुणस्तरिय मोश्चराइजर प्रयोग गरौं । राती प्रयोग गर्नका लागि धेरै पोषक मोश्चराइजर उपयुक्त हुन्छ ।

– जहिलेपनि आफ्नो छालाको प्रकृति अनुसारमोश्चराइजर छनौट गरौं ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।