शारीरिक विकासका क्रममा कहिलेकाहीँ बच्चाको हातगोडा दुख्ने समस्या आउन सक्छ । यस्तो समस्यालाई मेडिकलमा ‘ग्रोइङ पेन’ (बढ्दो उमेरको समस्या) भनिन्छ । बच्चामा किन यस खालको समस्या देखिन्छ त ?

बच्चामा आवश्यक क्याल्सियमको कमीले यस्तो समस्या निम्तिने वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा.डा. गणेश गुरुङले बताए । ‘बच्चा बढ्दै जाँदा उनीहरूलाई आवश्यक क्याल्सियमको कमीले जोर्नी तथा हड्डी दुख्ने हुन्छ,’ उनले भने, ‘चुलबुले तथा खेल्ने बच्चाहरूलाई क्याल्सियम बढी चाहिन्छ ।’

बच्चा उमेरअनुसार बढ्न क्याल्सियम अपरिहार्य छ । क्याल्सियम कम हुन नदिन खानपानमा विशेष ख्याल पु¥याउनुपर्छ । हरेक दिन सामान्य मालिस गर्दा पनि बच्चाको दुखाइमा धेरै राहत मिल्छ । कतिपय बच्चामा जोर्नी दुखाइका कारण बाथरोग पनि हुनसक्छ । कतिपय बालबालिकामा बाथको समस्या भने पछि गएर आफैँ ठीक हुन्छ । तर, कतिपयको भने पछिसम्म औषधि सेवन गर्नुपर्ने हुनसक्ने बताउँछन् डा. गुरुङ ।

बच्चाको ढाड दुखाइमा भने विशेष ध्यान दिनैपर्छ । ‘प्याथोलोजिकल’ समस्या नभई बच्चाहरूमा ढाडको समस्या हत्तपत्त नदेखिने गुरुङको भनाइ छ । ‘कुनै वेला बच्चाहरूको ढाडको हड्डी स्लिप भइदिन्छ भने कुनैको जन्मिँदै हड्डीमा ‘डिफेक्ट’ हुनसक्छ,’ उनले भने, ‘जन्मिँदै देखिएको समस्या ट्युमन पनि हुनसक्छ, विशेषज्ञको सल्लाह लिनुपर्छ ।’ बढ्दै गरेको बच्चामा हड्डी तथा जोर्नीमा समस्या देखिने खास कारण भने क्याल्सियमको कमी नै हो ।

क्याल्सियम के मा पाइन्छ ?

डेरी उत्पादन दूध, दही, चिजमा क्याल्सियम सबैभन्दा राम्रो पाइन्छ । सुन्तलाको जुस, चकलेट मिल्क, चाइनिज बन्दागोभी, चिप्ले भिन्डी, ब्रोकाउली, बदाम, माछालगायतमा पनि क्याल्सियमको मात्रा धेरै हुन्छ ।

बच्चाको उमेरअनुसार यस्ता खानामा जोड दिनुपर्छ । उमेरअनुसार बच्चालाई प्रतिदिन यति मात्रामा क्याल्सियम चाहिन्छ :

कति बर्षको बच्चालाई कति क्याल्सियम :

०–६ महिना प्रतिदिन – २०० मिलिग्राम

६–१२ महिना प्रतिदिन  – २६० मिलिग्राम

१–३ वर्ष प्रतिदिन – ७०० मिलिग्राम

४–८ वर्ष प्रतिदिन – १,००० मिलिग्राम

९–१३ वर्ष प्रतिदिन – १,३०० मिलिग्राम

शरीरमा क्याल्सियम कमी हुँदा देखिन्छन् यस्ता लक्षणः

कडा र स्वस्थ हड्डी बनाउन क्याल्सियमको महत्वपूर्ण भूमिका हुन्छ। हरिया सागसब्जी, दूध, दही, बदाम, चिज लगायतका खानेकुराबाट हामीले क्याल्सियम पाउँछौँ। बढ्दो उमेरका किशोर–किशोरीलाई क्याल्सियमको बढी आवश्यकता पर्छ। तर, क्याल्सियम पाउने खानेकुरामा ध्यान नदिँदा विशेषगरी १४ देखि २० वर्ष उमेरका किशोर–किशोरीमा विभिन्न समस्यामा देखिने गर्छ। शरीरमा क्यल्सियमको अभावका केही लक्षण यस्ता छन्ः

मांशपेशीको दुखाइ

शरीरमा पर्याप्त मात्रमा हेमोग्लोबिन हुँदा र प्रशस्त पानी खाँदा पनि बारम्बार मांशपेशी दुख्ने समस्या छ भने शरीरमा क्याल्सियमको मात्रा कम भएको बुझ्नुपर्छ। तिघ्रा र पाखुराको मांशपेशी नचल्नु न्यून क्याल्सियमको संंकेत हो। तसर्थ शरीर बारम्बार दुख्छ भने क्याल्सियमको अभाव हुन सक्ने भएकाले तत्कालै चिकित्सकको परामर्श लिनुपर्छ।

नङ भाँचिनुरकमजोर हुनु

हड्डीलाई जस्तै नङलाई बलियो बनाउन पनि क्याल्सियम चाहिन्छ। क्याल्सियमको अभावमा नङ अत्यधिक कमजोर भई भाँच्चिन थाल्छ। नङ निकै कमजोर वा बारम्बार आफैँ भाँचिन्छ भने शरीरमा क्यल्सियमको आवश्यकता छ भन्ने बुझ्नुपर्छ।

दाँत दुख्नु

शरीरमा रहेको क्याल्सियममध्ये ९९ प्रतिशत क्याल्सियम दाँत र हड्डीमा हुन्छ। क्याल्सियम तह न्यून भएमा दाँत दुख्ने, किराले खाने हुन्छ। दाँत दुख्नुको अतिरिक्त दाँतको इनामेल हराउनु, दाँत वरपरका हड्डी कुहिनु र गिजासम्बन्धी अन्य रोग लाग्नु (पेरिडोन्टल डिजिज) क्याल्सियम अभावका लक्षण हुन्।

दाँत सिरिङ्ग हुने वा सबै बंगारा एकैपटक दुख्ने लगायतका समस्या पनि क्याल्सियमकै अभावले हुन सक्छ। यस्तो लक्षण देखिएमा क्याल्सियमयुक्त खानेकुरा प्रसस्त खानुपर्छ। त्यस्तै बालबालिकामा समयमै दाँत नपलाउने, पलाएका पनि निकै कमजोर हुने लक्षण देखिए क्याल्सियमको अभाव भनेर बुझ्न सकिन्छ।

 

महिनावारीमा पीडा

महिनावारी भएको समयमा अत्यधिक शरीर तथा मांशपेशी दुख्छ भने त्यो क्याल्सियमको अभाव लक्षण हुन सक्छ। कुन क्याल्सियम दिँदा यस्तो पीडा रोक्न सकिन्छ भन्नेबारे मेडिकल साइन्समा अझै स्पष्ट भने भएको छैन। अनिमिति रुपमा महिनाबारी र अत्यधिक रक्तस्राब हुनु पनि क्याल्सियम कमीको लक्षणभित्र पर्दछ। भ्रुण रहने स्थानको सामान्य विकास र अण्डाशयको हर्मनको नियमित विकासका लागि पनि क्याल्सियम नभई नहुने खनिज पदार्थ हो।

बारम्बार भाइरस र ब्याक्टेरियाजन्य रोगले समात्नु

शरीरलाई स्वस्थ राख्न र रोग प्रतिरोधात्मक प्रणालीका लागि पनि क्याल्सियम चाहिन्छ। बारम्बार स्वासप्रस्वाससँग सम्बन्धी समस्या आउनु र आन्द्रामा संक्रमण देखिनु पनि क्याल्सियमकै अभावले हुन सक्छ। क्याल्सियमको अभाव हुने मानिसलाई भाइरस, ब्याक्टेरिया र अन्य परिजीवीले चाँडै आक्रमण गर्छ। तसर्थ, बारम्बार भाइरस, ब्याक्टेरियाजन्य रोगको संक्रमणबाट पीडित हुनेले क्याल्सियमको अभाव हो कि भनेर चासो दिनुपर्छ।

कमजोरी

हड्डी र मांशपेशीको पीडाले क्याल्सियम अभाव भएका मानिसलाई सामान्यतया कमजोर बनाउँछ र डर, त्रास, पीडा जस्ता मानसिक कमजोरी र मानसिक अस्वस्थता पनि क्याल्सिमयसँग सम्बन्धित छ। क्याल्सियमको अभावमा यस्ता समस्या आउन सक्छन्। अनुहार पहेँलो र थकित देखिनु तथा जतिखेर पनि अल्छी महसुस हुनुको कारण पनि क्याल्सियम अभाव हुन सक्छ।

बच्चा जन्मिएपछि महिलामा क्याल्सियमको अभाव हुने गर्छ, जसका कारण उनीहरुले कमजोर र थकित महसुस गर्छन्। क्याल्सिमयकै अभावमा सुत्केरी महिलाको दूध नआउने, एकाग्र भएर सोच्न नसक्ने र अत्यधिक थकित समसुस हुने गर्छन्। गर्भवती महिलालाई एक सय देखि एक सय २० एमजी क्याल्सियम दैनिक खुवाउनुपर्छ।स्थ्य खबर पत्रिकाको सहयोगमा

क्याल्सियम किन आवश्यक छ ? जान्नैपर्ने कुराः

हामी सबैलाई थाहा छ, हड्डीलाई बलियो बनाउन पनि क्याल्सियम जरुरी छ । तर, क्याल्सियमको समबन्ध हड्डीसँग मात्र छैन । यसले अनुहारमा चमक पनि ल्याउँछ ।

यद्यपी क्याल्सियमबारे आम मानिसमा स्पष्ट धारणा छैन ।

हामीमा के भ्रम छ भने क्याल्सियमको औषधी सेवन गर्नाले हड्डी बलियो तथा स्वस्थ्य रहन्छ । क्याल्सियमको सेवनले ओस्टियोपोरोसिस जस्ता रोगको जोखिम कम हुनुका साथै शरीरकेा हड्डी टुट्ने खतरा समेत कम हुने गर्छ । तर, यो गलत हो ।

जबकी चिकित्सकहरुका अनुसार यस्ता क्याल्सियमको सप्लिमेन्ट लिनाले यसको दुष्प्रभाव समेत हुने गर्छ । त्यसैले, क्याल्सियम सम्बन्धि भ्रमको निवारण गर्नका लागि क्याल्सियमसित सम्बन्धित अन्य धेरै भ्रम कम गर्न जरुरी छ ।

शरीरका लागि दैनिक कति क्याल्सियम जरुरी ?

चिकित्सकहरुका अनुसार स्वस्थ्य जीवनका लागि लागि दैनिक दुई सय देखि तीन सय मिलिग्राम क्याल्सियम जरुरी छ । जसमा फलफुल, सागसब्जी इत्यादी पर्दछ ।

जबकी एक कप दूधले शरीरमा तीनसय मिलिग्राम क्याल्सियम प्राप्त हुन्छ भने दहीबाट डेढ सय देखि दुई सय मिलिग्राम क्याल्सियम प्राप्त हुने गर्छ । दैनिक मात्रामा दूधको सेवन तथा फलफूल तथा साजसब्जीको सेवनले शरीरमा दैनिक छ सय देखि सात सय मिलिग्राम क्याल्सियमको आपूर्ति हुने गर्छ ।

क्याल्सियम सप्लमेन्ट कसरी लिन सकिन्छ ?

विदेशमा क्याल्सियम सप्लिमेन्ट निकै प्रयोगमा छ । शरीरका लाग आवश्यक यस्ता सप्लीमेन्ट नेपालमा भने यदाकामात्र लिने चलन छ ।

जबकी यस्ता सप्लीमेन्ट क्याल्सियम साइट्रेट तथा क्याल्सियम कार्वोनेटाट बनेको हुन्छ । क्याल्सियमको सप्लीमेन्ट, जसमा पर्याप्त मात्रामा क्याल्सियम कार्वोनेट रहेको हुन्छ, त्यसलाई खाना पछि लिन राम्रो मानिन्छ । किनकी त्यस्ता सप्लीमेन्टलाई पेटमा रहेको एसिड अवशोषित गर्न आवश्यक हुन्छ ।

जबकी क्याल्सियम साइट्रेट पेटमा भएको एसिडमा निर्भर हुँदैन जसले गर्दा त्यस्ता सप्लीमेन्टलाई जुनसुकै बेला सेवन गर्न सकिन्छ ।

एउटा व्यक्तिका लागि दैनिक कति क्याल्सियम आवश्यक ?

विशेषज्ञ चिकित्सकका अनुसार एउटा वयष्क (१५ देखि ५० वर्ष उमेर समूह) व्यक्तिका लागि एक दिनमा लगभग हजार मिलिग्राम क्याल्सियम आवश्यक हुन्छ । त्यस्तै, ५० वर्ष भन्दा माथिका व्यक्तिका लागि १२ सय मिलिग्राम क्याल्सियम लिन आवश्यक हुन्छ ।

यसरी लिएको क्याल्सियम दूग्धजन्य पदार्थ, तरकारी, फलफल जुनसुकै स्रोतबाट लिइएको हुनसक्छ । तर कतिपय डाइटिसियनहरु भने दैनिक रुपमा छ सय देखि एक हजार मिलिग्राम क्याल्सियमको सेवन पनि पर्याप्त भएको बताउने गर्छन् ।

क्याल्सियम सप्लीमेन्ट लिनेका लागि दैनिक कति क्याल्सियम जरुरी ?

चिकित्सकहरुका अनुसार एउटा स्वस्थ्य आहारको सेवन गर्नु भनेको दैनिक दुई सय देखि तीन सय मिलिग्राम क्याल्सियम सेवन गर्नु हो । जसमा फलफुल, सागसब्जी इत्यादी पर्दछ । जबकी एक कप दूधले शरीरमा तीनसय मिलिग्राम क्याल्सियम प्राप्त हुन्छ भने दहीबाट डेढ सय देखि दुई सय मिलिग्राम क्याल्सियम प्राप्त हुने गर्छ ।

दैनिक मात्रामा दूधको सेवन तथा फलफूल तथा साजसब्जीको सेवनले शरीरमा दैनिक छ सय देखि सात सय मिलिग्राम क्याल्सियमको आपूर्ति हुने गर्छ ।

के क्याल्सियमको सेवनले हड्डीलाई फ्क्चर हुनबाट जोगाउन सकिन्छ ?

चिकित्सकहरुका अनुसार अधिक मात्रामा क्याल्सियम सेवन गर्नुको अर्थ शरीरमा अधिक मात्रामा क्याल्सियम हुन्छ भन्नु कदापी हैन । रगतमा क्याल्सियमको कमी भएमा यसले हड्डीलाई कमजोर बनाउँछ, जसका कारण हड्डी भाचिने वा फ्क्चर हुने खतरा बढ्ने गर्छ ।

अधिक मात्रामा क्याल्सियम लिनाले मृगौलाको पत्थरी हुनसक्छ ?

चिकित्सकहरुका अनुसार धेरैजसो अवस्थामा मृगौलामा हुने पथ्थरी क्याल्सियमकै कारण हुने गर्छ । तर विभिन्न अनुसन्धानहरुले यो पनि भनेको छ कि क्याल्सियमयुक्त आहारको सेवनले मृगौलामा पथ्थरी हुने खतरा कम हुने गर्छ ।

कारण के हो भने क्याल्सियमका कारण आक्जलेटको अवशोषण कम हुने गर्छ ।

आक्जलेट त्यस्तो अणु हो, जसले क्याल्सियमसित लडेर मृगौलामा पथ्थरीको कारण बन्न सक्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।