अव्राहम लिंकनका अनुसार तपाई के गर्न सक्नुहुन्न ? अमेरिका जस्तो सक्तिसाली राष्ट्रका सोह्रौं राष्ट्रपति अव्राहम लिंकनलाई नचिन्ने मानिसहरु संसारमा साहेदनै नहोलान । एउटा गरिव परिवारमा जन्मिएर जीवनमा अनेकौ संघर्स गर्दै दसौं चुनाव हरिसक्दा पनि हिम्मत नहार्ने बहादुर र धर्यवान व्यक्तित्वका प्रतिमूर्ति हुन् अव्राहम लिंकन । जिन्दगीका उतार चडावहरुलाई आत्मसात गर्दै अमेरिका जस्तो देसका सोह्रौं राष्ट्रपति बन्न सफल अव्राहम लिंकनका महान भनाईहरु

१. प्रजातन्त्र भनेको जनताको, जनताको लागि, जनता द्वारा गरिने शासन पद्दती हो ।

२. मलाई रूख ढाल्न छ घण्टा देउ र म पहिलो चार घण्टा बन्चरो उदाउन लगाउनेछु ।

३. मित्र त्यो हो जसको तिम्रो जस्तै समान शत्रू हुन्छ ।

४. भविष्यको बारे एउटा राम्रो कुरा के हो भने यो एकपटक अवश्य आउदछ ।

५. मेरो चिन्ता तिमी असफल भएका प्रति होइन कि असफलताका बाबजुद तिमीले नदिएको निरन्तरता प्रति छ ।

६. अन्त्यमा यो गनिदैन कि जीवनमा कति वर्ष बाच्यौं बरू यो गनिन्छ कि वर्षमा कति जीवन बाँच्न सक्यौं ।

७. आफैमा विभाजित गृह कहिल्यै पनि माथी उठ्न सक्दैन ।

८. तिमीले सबै व्यक्तिलाई केही समय र केही व्यक्तिलाई सधैभरी मूर्ख बनाउन सक्दछौ तर सबैलाई सधै मूर्ख बनाउन सक्दैनौं ।

९. म अहिले जँहा छु र जे बन्ने बन्ने आशामा छु, यसका लागि म मेरी आमा प्रति रिणी छु ।

१०. म मेरी आमाका प्राथनाहरू अझै सम्झन्छु जसले मलाई पच्छ्याइरहन्छन । जसले म बन्नमा हरदम सहयोग गरिरहन्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

मान्छेले किन अरुको प्रगति, सफलताले सुखी बनाउँदैन ? किन मान्छेले अरुको नराम्रो मात्र देख्छ ?

‘अरुको आङको जुम्रा देख्ने, आफ्नो आङको भैंसी पनि नदेख्ने ?’ नेपाली समाजमा प्रचलित भनाई हो यो । ख्याल गर्नुहोस् त, जब हामी एकअर्कासँग भेट्छौ । साथीभाई बस्छौ । तब तेस्रो पक्षको बारेमा टिप्पणी गर्न थाल्छौ । ‘फलानो यस्तो, फलानो उस्तो’ भन्दै । हामी उक्त व्यक्तिको नराम्रो कुरा मात्र खेलाइरहेका हुन्छौ, खोतलीरहेका हुन्छौ । अनावश्यक र मनगढन्ते टिकाटिप्पणी गरिरहेका हुन्छौ ।

जबकी हामी यसरी जमघट भइरहँदा कहिल्यै तेस्रो व्यक्तिको गुणगान गाउँछौ ? तोस्रो सकारात्मक र राम्रा कुराहरुबारे चर्चा गर्छौ ?

यो दुर्लभ वा अपवाद हुनसक्छ । किनभने अक्सर हामी अरुको निन्दा गरेर आफु रमाइरहेका हुन्छौ । अरुको बारेमा नराम्रो कुरा गरेर, अरुको बारेमा नराम्रो चर्चा गरेर हामी आनन्द लिइरहेका हुन्छौ । हाम्रो प्रवृत्ति के हुन्छ भने, अरुको गल्ती कमजोरी सजिलै पहिल्याउने । अरुले के गल्ती गर्छ, अरुको कमजोरी के छ ? हामी फटाफट भन्न सक्छौ । खुट्याउन सक्छौ ।

आफ्नो गल्ती-कमजोरीमा किन हाम्रो मुख टालिन्छ ?

तर कसैलाई सोध्नुहोस्, ‘तिम्रो गल्ती कमजोरी के छन् ?’ संभवत त उनको मुख टालिनेछ । उनको वाक्य फुट्ने छैन । चुपचाप बस्नेछ । किनभने अरुको गल्ती/कमजोरी खोतल्नेहरुले आफैतिर भने कहिल्यै फर्केर हेरेका हुँदैनन् । आफ्नो गल्ती कहिल्यै देख्दैनन् । कमजोरी देख्दैनन् । त्रुटी देख्दैनन् । अरुको चियोचर्चा गर्दागर्दै आत्ममूल्यांकन गर्न भुल्छन् ।

हामी अरुको नराम्रो कुरा कति सजिलै पहिल्याउँछौ ? यदि कुनै व्यक्तिको नाम लिएर हामीलाई ‘फलानोको बानी कस्तो छ ? फलानो कस्तो मान्छे हो ?’ भनेर सोधियो भने हामी फटाफट जवाफ दिन थाल्छौ । कनीकुथी उनको गल्ती र कमजोरी औल्याउन थाल्छौ । प्रश्नकर्ताले उनको नकारात्मक कुरा मात्र सोधेका हुँदैनन् । तर, हामी उनको सकारात्मक कुरा भन्दै भन्दैनौ ।

अरुको क्षमता, सफलतामा हामी किन दृष्टिविहिन ?

हरेक व्यक्ति सर्वगुणी हुँदैनन् । गल्ती सबैले गर्छन् । कमजोरी सबैमा हुन्छ । अवगुण सबैसँग हुन्छ । तर, साथसाथै हरेक व्यत्तिका केही न केही राम्रा पक्ष हुन्छ । गुण हुन्छ । क्षमता हुन्छ । हामी ति क्षमता, गुण कहिल्यै अरुलाई सुनाउँदैनौ ।

किन ?

किनभने हामीमा कुष्ठा छ । हामीमा इष्र्या छ । हामीमा दम्भ छ । यहि कुण्ठा, इष्र्या, दम्भले हामीलाई यसरी थिचेको छ कि, माथि उठेर खुला र निष्पक्ष दृष्टिले समाज एवं दुनियाँ नियाल्नै दिदैन । हाम्रो आँखामा पनि भ्रमको पर्दा लगाइदिएको छ । त्यही कारण हामी अरुको सकारात्मक कुरा, गुण, क्षमता कहिल्यै देख्दैनौ । देखेपनि खुला रुपमा चर्चा गर्दैनौ ।

वास्तवमा यो एक किसिमको मनोविकार हो । हामी यस्ता दुषित मनोविकारले यति ग्रस्त छौ कि, हाम्रो इन्दि्रयले पनि ठिकसँग काम गर्न सक्दैन । अरुले राम्रो भनेको, अरुले राम्रो गरेको, न हामीसँग सुन्ने कान छ, न हेर्ने आँखा छ । न त बुझ्ने मन नै छ । हामी अनुभूत पनि गर्दैनौ ।

हामी किन यतिधेरै नकारात्मक भयौ ?

हामी मानविय मूल्य र मान्यताबाट पन्छिदै गएका छौ । भौतिक सुख-सयलको भोग एवं तृष्णाले हामीलाई व्याकुल बनाएको छ । त्यही कारण हामी मानविय जीवन बाँच्न भुल्दैछौ । हामी आफैलाई अवगुण र विकारको भण्डार बनाउँदैछौ, त्यही कारण अरुलाई हामी खराब, नराम्रो, दुर्गुणी, कमजोर देखिरहेका छौ । यो हाम्रो आफ्नै दृष्टिदोष हो ।

अरुलाई होच्याएर आफुलाई सान्तवना

हामी अरुको कुरा किन काट्छौ ? किन अरुको अवगुणको मात्र चर्चा गर्छौ ?

हामीलाई किन अरुको प्रगति, उन्नती, सफलताले सुखी बनाउँदैन ?

किनभने हामी आफुभित्र दबिएको मनोवेगलाई घटाउन वा थमथमाउन अरुको नराम्रो कुरा गर्छौ । कुनै व्यक्तिको नराम्रो कुरा वा दुर्गुण बताएर हामी आफुले आफैलाई सान्तवाना दिइरहेका हुन्छौ । थमथमाइरहेका हुन्छौ । अर्थात अर्काको प्रगति, क्षमता, सफलताले पोलेर त्यसलाई सितल बनाउन हामी अरुको नराम्रो कुरा काटेर होच्याउँछौ । यसरी मौखिक रुपमा होच्याएर पनि हामी आनन्द लिइरहेका हुन्छौ । सन्तुष्ट लिइरहेका हुन्छौं ।

खुशी कहाँ खोज्ने त ?

हामी पढेर परीक्षामा उच्च अंक हासिल गर्न चाहन्छौं । राम्रो जागिर खान चाहन्छौं । भौतिक सुख सुविधाले सम्पन्न हुन चाहन्छौं । आफ्नै घर, आफ्नै गाडी होस् भन्ने चाहन्छौं । आफन्त, साथीभाई सबैसँग समधुर सम्बन्ध होस् भन्ने चाहन्छौं । किन ?

किनकी यी सबैबाट हामी खुशी प्राप्त गर्न चाहन्छौ । हाम्रा यी सबै प्रयास र अपेक्षाको एउटै गन्तव्य हो, खुशी ।

त्यतीमात्र होइन, हामी मिठो खानेकुरा खान्छौं । हामीलाई स्वाद लाग्छ । त्यसबाट प्राप्त गर्ने पनि खुशी नै हो । हामी राम्रो लुगा लगाउँछौ । सबैले राम्रो भनिदिन्छन् । त्यसबाट हुने पनि खुशी नै हो ।

हामी सन्तुलित खानेकुरा खान्छौं । व्यायाम गर्छौं । सक्रिय रहन्छौ । किन ? किनभने शरीरमा कुनै कष्ट नहोस् । दुःख नहोस् । अर्थात खुशी मिलोस् ।

खुशी नै जीवनको शक्ति हो । सौन्दर्य हो । तर, कहाँ पाइन्छ खुशी ? कसरी मिल्छ खुशी ?

हामी सोच्छौ पैसाले खुशी मिल्छ । धन दौलतले खुशी दिन्छ । हो, यसले हाम्रो जीवन यापनलाई सहज बनाउँछ । हाम्रा अप्ठ्यारा र समस्याहरु सल्टाइदिन्छ । जीवनलाई केही हदसम्म सहज बनाउँछ । यसर्थ यी माध्यम हुन्, स्रोत होइनन् ।

पैसाले खुशी मिल्छ भने सबैभन्दा धनाड्य संसारका सबैभन्दा बढी खुशी हुने थिए । जबकी विश्वका सबैभन्दा धेरै धनराशीका स्वामी र एउटा फुटपाथमा जीवन गुजार्ने व्यक्तिले प्राप्त गर्ने खुशीमा कतिपनि अन्तर छैन । एउटा अर्बपतिले करोडौं आर्जन गर्दा जति खुशी अनुभूत गर्छ, त्यती नै खुशी एउटा फुटपाथमा बस्नेले भरपेट खान पाउँदा गर्छ ।

यसर्थ खुशीको मात्रा र परिणामले न धनी भन्छ, न गरिब । न शक्तिशाली भन्छ, न कमजोर । खुशी त उही हो । अझ घतलाग्दो कुरा त खुशी बाहिर होइन, हामीभित्र छ । हामी आफु स्वयम् खुशीका स्रोत हौ ।

खुशी, किन्नुपर्दैन । खुशी, माग्नुपर्दैन । खुशी, चोरी डकैती गर्नुपर्दैन । किनभने यसको अथाह स्रोत हामीभित्र छ ।

नेपालीमा प्रचलित भनाई छ, भोक मिठो कि भोजन ? निद्रा मिठो कि ओछ्यान ?

वास्तवमा कुनै भौतिक वस्तु वा उपलब्धी खुशी होइनन् । खुशीका स्रोत होइनन् । खुशी त हामीभित्र छ ।

खुशी कहाँ खोज्ने त ?

खुशी हुनु एक मानविय व्यवहार, प्रवृत्ति हो । हामी सधै खुशीको खोजीमा हुन्छौ । खुशीको खोजीमा नै हामीले खुशी पनि गुमाइरहेका हुन्छौ । किनभने हामीलाई लाग्छ, खुशी ति तमाम भौतिक कुरामा छन् जसको प्राप्तीले हामीलाई खुशी बनाउँछ ।

खुशी हुनका लागि हामीलाई पैसाको जरुरत पर्दैन । ऐश आरमको जरुरत पर्दैन । मिष्ठान्न भोजनको आवश्यक्ता पर्दैन । खुशी हुनका लागि केवल यसको स्रोत आफैभित्र छ भन्ने बुझे पुग्छ ।

खुशी किन हुने त ?

जब हामी खुशी हुन्छौ, प्रफुल्ल हुन्छौ, तब हामी आसपासको वातावरण पनि राम्रो हुन्छ । हाम्रा अघिल्तिर उभिएका मान्छे पनि प्रफुल्ल हुन्छन् । घर परिवारका सदस्य खुशी हुन्छन् । खुशीले खुशी विस्तार गर्छ ।

जब हामी खुशीको अवस्थामा हुन्छौ, हाम्रो मन शान्त हुन्छ । मस्तिष्क स्थिर हुन्छ । हामी फुरुंग हुन्छौ । यसले शरीरका विकारहरु हटाउँछ । रिस राग, घृणा, क्रोधको स्तर घटाइदिन्छ । अर्थात हाम्रो मनोविकार पखालिन्छ ।

यसर्थ हामी खुशी हुनुपर्छ । खुशी हामी आफैसँग छ । साना साना उपलब्धी, साना साना कुरामा पनि हामीले खुशी हुने प्रवृत्तिको विकास गर्नुपर्छ । किनभने खुशी नै संसारको सौन्दर्य हो ।

नोट: माथि उल्लेखित जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।