महात्मा गान्धी विश्वका यस्ता दार्शनिक हुन् जसले सिद्धान्त अध्ययन गरेर र अर्ती दिएर कसैलाई अनुयायी बनाएनन् अनि बन्नुपर्छ भनेर अड्डी पनि लिएनन् । आफै‌‍ले अनुभव गरेको कुरालाई जीवन आदर्शमा उतारेर त्यसलाई अहिंसाको सिद्धान्त बनाए । त्यसैले उनी अहिंसाका पुजारी बने । विश्वले त्यसरी नै उनलाई चिन्दछ ।

कुनै पनि समस्यालाई गहन रूपमा अध्ययन गरेर समाधानको कारण पत्ता लागाउन सक्नु उनको व्यावहारिक गुण रह्यो । भगवान बुद्धले दुःखको कारण पत्ता लगाएजस्तै उनले पनि आधुनिक जीवनमा विकराल समस्या रहेको स्वीकारेका छन् । विश्वमा समस्याका धेरै प्रकार छन् । जस्तै, गरीबी, धनी र गरीबबीचको विभेद, पूर्व र पश्चिमबीचको मतभेद, उत्तर र दक्षिणबीचको विभेद, आतंकवाद, जातीय युद्ध, उत्पीडन, भ्रष्टाचार, अतिवाद, उन्माद, हिंसा आदि । यी समस्याको समाधान छ भन्ने कुरालाई उनको जीवनआदर्शले प्रमाणित गरिदिएको छ ।

विश्वको राजनीतिक इतिहासमा उनको जीत एउटा चमत्कार नै हो भन्दा हुन्छ । सत्ता परिवर्तनको लडाईंमा अहिलेसम्म त्यसरी एक्लो व्यक्तिको आदर्शमा अहिंसात्मक लडाईं भएर कसैले विजय प्राप्त गरेको पनि छैन ।

अहिंसालाई जीवनचरित्र, साहस, दृढता, संयम र विश्वासका साथ अपनाउन सकियो भने विभेद र अन्यायका विरुद्ध विजय प्राप्त गर्न सकिन्छ भन्ने कुरा उनको जीवनआदर्शबाट जानकारी पाउन सकिन्छ ।

उनका १० वाणीको, जुन सुन्दा सामान्य लाग्न सक्छ, तर यही कुरालाई अवलम्बन गर्दा मानिसको जीवनमा कायापलट आउन सक्छ

१. हामी जस्तो सोच्छौँ, त्यही बन्छौँ

महात्मा गान्धीले भनेका छन् कि हामी जस्तो सोच्छौँ, त्यही बन्छौँ । हामीले तय गरेको लक्ष्य पुग्नुपूर्व नै असफलताबारे सोच्न थाल्यौँ भने साँच्चिकै हामी असफल नै हुन्छौँ । हामीसँग सकारात्मक र नकारात्मक दुवै गुण हुन्छन् । तर, हामीले नकारात्मक विचारलाई मनबाट हटाएर सकारात्मकलाई मात्र राख्न जरुरी हुन्छ ।

२. कहिल्यै पनि हार नमान्नु

भारतलाई स्वतन्त्र बनाउने दौरानमा गान्धीले कैयौँपटक जेलजीवन भोग्नुपर्‍यो । तर, उनले कहिल्यै पनि हार मानेनन् । लगातार स्वतन्त्र भारतको पक्षमा संघर्ष गरिरहे । उसै गरी हामी पनि लक्ष्यप्राप्तिका लागि संघर्ष गर्न थाक्नु हुँदैन ।

३. केलाई प्राथमिकता दिने

हरेक मान्छेले एउटा योजना र लक्ष्य बनाएको हुन्छ । तर, कहिलेकाहीँ मानिस लक्ष्यमै हराउन पुग्छ । किनभने, लक्ष्यको प्राथमिकतामा हामी चुकेका हुन्छौँ । त्यसैले हामीले हाम्रो प्राथमिकताबारे सोचेर अगाडि बढ्नुपर्दछ । हामीले अन्य विषयलाई भन्दा लक्ष्यलाई नै प्राथमिकता दिएर अगाडि बढ्नुपर्दछ ।

४. लक्ष्यको बाटो पनि लक्ष्यजस्तै सुन्दर हुन्छ

गान्धी एक नैतिकवान् मानिस थिए । उनले स्वतन्त्र भारतको आन्दोलनमा कहिल्यै पनि यस्तो कदम उठाएनन् कि जसले उनको अन्तरआत्मामा ठेस पुगोस् । त्यसैले त उनले भारतलाई ब्रिटिस शासनबाट मुक्त गर्नका लागि हिंसाको सहारा लिएनन् । त्यसरी नै हामीले पनि लक्ष्य प्राप्तिका लागि नैतिक बाटोलाई अवलम्बन गर्नुपर्दछ ।

५. कस्तो कुरामा सहमति

कतिपय मानिसले अरूलाई नचिढ्याउनका निम्ति नकारात्मक कुरामा पनि सहमति जानाएका हुन्छन् । यस्तो आचरणले मन नपर्दानपर्दै पनि विभिन्न काम गरिरहेका हुन्छन् । गान्धी भन्छन् कि अरूलाई खुसी बनाउनका निम्ति कहिल्यै पनि नकारात्मक कुरामा सहमति जनाउनु हुँदैन । यदि यसो गरिएन भने मानिसमा आक्रोश र कुण्ठा भरिँदै जान्छ ।

६. अन्तरआत्माको आवाज

हामी पूरै जिन्दगीभर शान्ति प्राप्तिका लागि दौडिरहेका हुन्छौँ । तर, कसरी शान्ति प्राप्त हुन्छ भन्ने कुरामा भने त्यति ध्यान दिँदैनौँ । अरूका कुरा सुनेर निर्णय लिन्छौँ । यदि आफूमा शान्ति छाओस् भन्ने कामना गर्छौं भने अन्तरआत्माको आवाज सुन्न पनि जरुरी हुन्छ ।

७. सदभावले खुसी

आजको युगमा खुसी र सद्भाव दुर्लभ बन्दै गएको छ । तर, गान्धीले सधैँ भन्ने गर्थे कि सद्भावको विचारले साँच्चिकै हामीलाई खुसी दिलाउँछ ।

८. माफ गर्ने

मानिसले कसैलाई माफ गर्न जान्दैन, या कसैलाई माफ गर्नु भनेको कमजोर हुनु हो भन्ने ठान्छ । गान्धीले भनेका छन् कि माफ दिने मानिस नै महान् हो । अरूलाई माफी दिनुलाई उनले सफलताको निशानी ठानेका छन् । अरूलाई माफ गरेपछि स्वयं शान्तिपूर्वक बाँच्न सक्छ ।

९. शारीरिक कि मानसिक शक्ति ठूलो

बलियो शरीरभन्दा दिमागको शक्ति महत्वपूर्ण हुन्छ । गान्धी शारीरिक रूपमा बलिया थिएनन् । तर, उनको मानसिक र इच्छाशक्तिले ब्रिटिस राज्यलाई घुँडा टेक्न बाध्य बनाए ।

१०. पहिला आफूलाई बदल्नुस्

गान्धीले भनेका छन् कि अरूको नकारात्मक प्रवृत्ति हामी निकै छिटो देख्छौँ । तर, आफ्नो बारेमा ख्याल नै राख्दैनौँ । उनका अनुसार सबै व्यक्ति अद्भूत र सुन्दर हुन्छन् । त्यसैले हामीले अरूलाई मद्दत गर्न जान्नुपर्दछ ।

हामी अरूलाई मद्दत गर्छौं भने हामीलाई पनि अरूले मद्दत गर्न थाल्छन् । त्यसैले, सबैमा प्रेम र दयाको भावना हुन जरुरी छ । यस्तो भावनाले जीवनमा अद्भूत परिवर्तन आउन थाल्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

खुसी रहन अरूबाट धेरै आशा नगर्नुहाेस् र यी कुरा कहिल्यै नभुल्नुस्

शायदै यस्ता कुनै व्यक्ति हाेला, जसले अरूबाट कुनै आशा वा अपेक्षा राख्दैन । हरेक व्यक्तिले कसै न कसैबाट कुनै न कुनै कुराकाे आशा राखेकाे हुन्छ । हरेक व्यक्तिले परिवारबाट, नानीहरूबाट, साथीबाट, आफन्तबाट कुनै न कुनै आशा गरेकाे हुन्छ ।

आशा गर्नु एउटा स्वाभाविक गुण हाे र केही हदसम्म आशा गर्नु पनि पर्छ । नत्र कुनै आशा बिनाकाे जिवन रंगीन बन्न पुग्छ । तर जब हामी अरूबाट धेरै आशा वा अपेक्षा गर्छाै तब यही कुरा हाम्राे दुखकाे कारण बन्न पुग्छ ।

जब कसैले हाम्राे अपेगक्षा पुरा गर्छ, तब हामी खुसी महसुस गर्छाै र जब उसले हाम्राे अपेक्षा पुरा गर्दैन तब हामी आफैलाई दुखी महसुस गर्छाै । त्यसैले अरूबाट धेरै आशा पनि गर्नु हुँदैन । प्राय निम्न कुराहरूमा अरूबाट बढी आशा नगर्नुहाेस् ।

खुसी रहन चाहनु हुन्छ ? यी ६ कुरा कहिल्यै नभुल्नुस्

हरेक मानिस खुसी हुन चाहन्छ । तर धेरैले जीवन जिउने तरिका नजानेर दुःखी हुन्छन् । मनदेखि प्रसन्न ब्यक्ति शारीरिकरुपमा पनि स्वस्थ हुने चिकित्सकहरु बताउँछन् । यहाँ जीवनमा खुसी रहन गर्नु पर्ने छ चीजको चर्चा गरिएको छ ।

१ हसाउँने कुराहरु हेर्नुस्

हाँसोले जीवनलाई सहज बनाउँछ । हाँसो रोक्दा घाटा हुन्छ । हाँसोलाई सके सम्म उजागर गर्नुस् । तपाइँलाई हसाउँने चुटकिला, चलचित्र वा कुनै टेलिभिजन शो नियमित हेर्ने गर्नुस् । एक पटक हेरिसकेको चलिचित्र वा शो फेरि हेर्दा पनि कुनै घाटा हुँदैन यदि त्यसले हसाउँछ भने ।

२ बाहिर निस्कनुस्

तपाइँ गाउँमा बस्नु हुन्छ कि ठूलो शहरमा त्यसले खास फरक पार्दैन । तपाइँ बाहिर निस्कनुस् दुनियाँ हेर्नुस् । आसपासमा भैरहेका परिवर्तनले मानिसलाई जीवन उर्जा दिन्छ । यदि नजिकै बगैचा वा पार्क छ भने त्यहाँ केहीबेर बस्नुस् । बाहिर निस्किँदा घाम छ भने त्यसले पनि फाइदा गर्छ । घामबाट पाहिने भिटामिन डीले निराशा र दिक्कपनबाट मुक्ति दिन्छ ।

३ नियमित ब्यायाम गर्नुस्

विहान उठेपछि वा साँझको समयमा यस्तो केही काम गर्नुस् जसले तपाइँको शरीरबाट पसिना छुटोस् । यसले दिमागलाई तेज बनाउँछ । प्रत्येक दिन ब्यायामको लागि समय निकाल्नुस् ।

४ शरीरमा मालिस गर्नुस्

समय समयमा शरीर मालिस गर्नु स्वास्थ्य र आराम दुवै दृष्टीले राम्रो हुन्छ । दिनमा एक पटक शरीरमा हल्का मालिस गर्दा पनि तपाइँलाई चुस्त र फुर्तिलो बनाउँछ ।

५ सुगन्धित तेलको प्रयोग गर्नुस्

स्प्रे वा सुगन्धित तेल लगाउने बानीले तपाइँलाई स्फुर्त बनाउँछ । यसले तपाइँको ब्यक्तित्व पनि आकर्षक बनाउँछ ।

६ सकारात्मक सोंच

सकारात्मक सोंच सुखी जीवनका लागि सबैभन्दा आवश्यक पर्ने कुरा हो । यदि तपाइँ खुसी रहन चाहनु हुन्छ भने हरेक परिस्थितिमा सकारात्मक सोंच राख्नु पर्छ । सकारात्मक सोंच राख्ने क्षमताले प्रतिकुल परिस्थितिमा पनि सुखी राख्छ ।

सफल र खुसी जीवनका लागि ओशोको केहि जीवनउपयोगी भनाइ

भारतको मध्य प्रदेशमा पर्ने कुचवाडा गाउँमा ११ डिसेम्बर १९३१ मा ओशोको जन्म भएको थियो । उनको नाम रजनीश चन्द्रमोहन थियो । १९८९ देखि ओशो कम्युन ईन्टरनेशनलको बुद्ध सभाहलमा भेला भएका १० हजार सन्यासीहरुको भेलाले रजनीशलाई ओशोको नामले पुकार्न थालेका थिए ।

ओशोको अर्थ हुन्छ ‘महासागर’ । साँच्ची नै ज्ञानको महासागर मानिने ओशोले विभिन्न विषयमा दिएका प्रवचनहरु लिपिबद्ध गरी ६ सय भन्दा बढी पुस्तक उनको नाममा प्रकाशित भइसकेका छन् । जुन पुस्तकहरु विश्वका ३१ भन्दा बढी भाषामा छापिएका छन् । यिनै पुस्तकमार्फत् धेरैले उनलाई चिनेका छन् ।

सानैदेखि स्वतन्त्र, निर्भिक, निडर स्वभावका ओशो वर्षाको भेल उर्लिरहेको खोलामा सय फिटभन्दा माथिबाट हामफालेर पौडी खेल्नु सामान्य मान्थे । युवा अवस्थामा आइपुग्दा उनको अलौकिक बुद्धिले गर्दा गाउँ, शहरका पण्डित, पुरोहित, मुल्ला, पादरी, सन्त, महात्मासँग वादविवाद गर्दा उनीहरुको अन्न्धविश्वासको भण्डाफोर गर्दथे ।

सफल र खुसी जीवनका लागि ओशोको केहि भनाइ

१. अहिले अहंकाररहित मानिस भेट्टाउन गाह्रो छ । कतिले त अहंकारलाई नै आफ्नो शक्ति ठान्छन् । तर, ओशोले अहंकार मानिसको ठूलो भूल भएको बताएका छन् । भन्छन्, ‘अहंकारले तत्कालका लागि खुसी त मिल्ला तर अन्तमा दुःख नै दुःख हात पर्छ । जहाँ सुरुमै सुख हुन्छ त्यसको सधैँ दुःखद अत्य हुन्छ । सुख त्यति सस्तो छैन कि जुन सुरुमै मिलोस् ।’

२. हामी धेरैसँग धेरैथरीका आस राख्छौँ । स्वार्थ राखेर काम गर्छौं । आफ्नो सपना पूरा गर्न कसैलाई प्रयोग गर्न खोज्छौँ । तर, ओशो यसो नगर्न सल्लाह दिन्छन् । भन्छन्, ‘तपाईंको सपना पूरा गर्नका लागि यहाँ कोही पनि छैन । किनभने, हरेक मानिस आफ्नो वर्तमान र भाग्य बनाउन लागिरहेका हुन्छन् ।’

३. जीवनमा मानिस जतिसक्दो दौडन चाहन्छ । कहिलेकाहीँ बस्नुप-यो या कामविहीन हुनुपरेमा दुखित हुन्छ । यस्ता मानिसका लागि ओशोको निकै सुन्दर वाणी छ । भनेका छन्, ‘जीवन आराम र गतिबीचको सन्तुलन हो ।’

४. ओशो सधैँ हाँस्न, मुस्कुराउन, खुसी हुन सल्लाह दिन्छन् । यसो गर्दा शान्ति छाउने उनको तर्क छ । भनेका छन्, ‘शान्तिको सुरुवात एक मुस्कानबाट हुन्छ ।’ उनले आफैँ पनि निकै हृदयस्पर्शी शब्द बोलेका छन् । भनेका छन्, ‘म अहिले मुस्कुराउँछु, हिजो मुस्कुराएकै थिएँ र भोलि पनि मुस्कुराइरहन्छु । किनभने, रोयो भने जिन्दगी छोटो हुन्छ या भनौँ जिन्दगी रुनका लागि हुँदैहोइन ।’

५. जीवनमा के गर्ने ? कता जाने ? कुन क्षेत्र रोज्ने ? यी प्रश्न हरेक मानिसका लागि चिन्ताको विषय हुन्छ । तर, ओशोले जीवनयात्राबारे निकै सजिलो तर्क पेस गरेका छन् । उनले भनेका छन्, ‘जहाँ डर हुन्छ त्यो बाटोमा नजानुस् । यस्तो बाटोमा हिँड्नुस् कि जसले तपाईंलाई प्रेम र खुसीले चलाओस् ।’

६. मानिस अरूलाई प्रतिस्पर्धी देख्छन् र रिस साँध्नका लागि काम गर्छन् । तर, ओशोको वाणी यसको विपरीत छ । भनेका छन्, ‘कसैसँग प्रतिस्पर्धा गर्न आवश्यक छैन । तपाईं आफूमा जे हुनुहुन्छ, एकदम सही हुनुहुन्छ । पहिला आफूलाई स्विकार्नुस् ।’

७. ज्ञानको दायरा असीमित हुन्छ । कतिलाई ममा सम्पूर्ण ज्ञान छ भन्ने भ्रम पनि हुन सक्छ । ओशोले भनेका छन्, ‘जतिवेला मैले सम्पूर्ण ज्ञान पाएको छु भन्ने लाग्छ त्यतिवेलै तपाईंको मृत्यु हुन्छ । किनकि, त्यसपश्चात् न कुनै आश्चर्य, न त आनन्द नै । त्यसपछि तपाईं मृत जीवन जिइरहेको हुनुुहुन्छ ।’

८. जीवनको लक्ष्य र कामबारे धेरै अनभिज्ञ हुन्छन् । कतिले त पाएको उपलब्धिलाई पनि सन्तोषका साथ हेरिरहेका हुँदैनन् । ओशोले भनेका छन् कि तपाईं त्यो बन्नुस्, जुन तपाईं सोच्नुहुन्छ कि यही नै म हुँ । यसको मतलब हो, आत्मनिर्णयलाई केन्द्रमा राखेर अगाडि बढ्नुस् ।

९. धेरै मानिस आफूलाई भएभन्दा बढी बौद्धिक देखाउन चाहन्छन्, अनावश्यक प्रदर्शन गर्छन् । यो मानिसको नेचर नै हो । ओशोका अनुसार यस्तो बन्नु जीवन जिउने कला होइन । भनेका छन्, ‘बढीभन्दा बढी कम ज्ञानी हुनुस्, बच्चाजस्तो बन्नोस् र जीवनको मज्जा लिनुहोस् । किनकि, वास्तविकतामा यही नै जीवन हो ।’

१०. ओशोले त मानिसलाई बढी गम्भीर नबन्न सुझाब दिएका छन् । उनले भनेका छन् कि गम्भीरता एक बिरामी हो, आत्माको सबैभन्दा ठूलो बिरामी । ञ्चलता मानिसका लागि सबैभन्दा बढी स्वस्थकर हुन्छ ।

११. हरेक चिज पहिला आफैँभित्र खोज्नुस् । नत्र तपाईं अर्को मानिससँग निर्भर रहनुपर्छ, जसले स्वयं आफैँलाई जान्दैन ।’ ओशोको यस भनाइले मानिसमा स्वयं निर्णय लिने क्षमता हुनुपर्छ भन्ने हो ।

१२. हामी धेरैको स्वभाव हुन्छ कि बितेको समयमा हराउने । विगतका असफलतालाई सम्झने र भविष्यको मार्ग नदेख्ने । ओशोका अनुसार यसो गर्नु घातक छ । ओशोको भनाइ छ, ‘बितेको समयका कारण बोझिलो भएर नबस्नुस् । जुन पाठ तपाईंले पढ्दै हुनुहुन्छ, त्यसलाई बन्द गर्नुस् । पटक–पटक एउटै कुरामा जान जरुरत छैन । सोच्नका लागि अनगिन्ती विचार छन् ।’

१३. जीवनमा कामचाहिँ कसरी गर्ने ? यसबारे ओशोको रोचक धारणा छ । भनेका छन्, ‘यदि तपाईं कुनै काम विनाप्रेम गर्नुहुन्छ भने गुलाम बन्नुहुन्छ । यदि त्यही कामलाई प्रेमका साथ गर्नुभयो भने राजा हुनुहुन्छ । तपाईंको काम नै तपाईंको खुसी हो ।’

१४. साथीबारे उनको भनाइ छ, ‘कहिल्यै नसोच्नुस् कि मेरो सच्चा साथी को हो । आफैँलाई सोध्नुस्, के म कसैको सच्चा साथी हुँ ? मुख्य प्रश्न यही हो ।’

१५. जसले तपाईंलाई दुःखी बनाउँछ, ऊ नै पापी हो । उसले तपाईंलाई आफूबाट टाढा बनाउँछ । केवल त्यस्तै मानिससँग बच्नुपर्छ ।’ ओशोको यो भनाइले जीवन जिउन सहज बनाउँछ । सधैँभरि कसैप्रति निराश भएर बाँच्नबाट बचाउँछ ।

१६. मित्रता शुद्ध प्रेम हो । यो प्रेमको सर्वोच्च रूप हो, जहाँ केही पनि मागिँदैन, कुनै सर्त हुँदैन । जहाँ मात्र दुईबीच आनन्द हुन्छ ।

नोट: माथि उल्लेखित जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।