तपाई कान दुखेर हैरान हुनु भएको छ ? कि तपाईको बच्चाले सधै कान दुख्यो भनेर सताइरहेको छ। अस्पताल जाँदा र आधुनिक औषधी खाँदा खाँदै पनि सञ्चो नभएर पिडित हुनु हुन्छ भने यो जानकारी तपाइको लागि हो।

तपाईलाई थाहा नहुन सक्छ तपाई हाम्रो भान्सामा सधै पाइने तरकारी प्याँज कान दुखाइको अचुक औषधी हो। कान सुन्निने, चिलाउने र संक्रमण भएको अवस्थमा तपाईले ५ मिनेटमानै आराम पाउन प्याज प्रयोग गरेर उपचार गर्न सकिन्छ।

यसको कुनै साइड ईफेक्ट पनि छैन । यसका लागी सवै भन्दा पहिले प्याँजको रस निकाल्ने, रसलाई रुईमा चोपेर कानमा थोपा थोपा गरे चुहाउने, प्याजको रस कान भित्र छिरे नछिरेको भने विचार पुर्याउनु पर्छ ।

प्याजको रसले कान भित्र छिरेर विभिन्न किसिमका संक्रमण पनि ठिक पार्छ । यस बाहेका पनि प्याज ब्लड सुगर, इंफेक्सन, मुटुका लागि उपयोगि मानिन्छ भने शरिरको रोग प्रतिरोध क्षमता बढाउँछ।

कानभित्रको फोहोर निकाल्ने ४ घरेलु तरिका

१. कानभित्रको फोहोर सफा गर्ने पुरानो तरिका कानभित्र एक वा दुई थोपा बदामको तेल हालि उहि दिशामा टाउको ढल्काएर राख्नुहोस्। ५ मिनेटसम्म यसरी राख्नुभयो भने जमेको फोहोर लेदो बन्नेगर्छ र विस्तारै बाहिर निस्कने गर्छ।

२. बदामको तेलमा तोरीको तेलपनि मिसाउन सक्नुहुनेछ। तर बदामको तेलको मात्रा अलि धेरै हुनुपर्छ। तेलको प्रयोगबाट तपाईंको कानमा रहेको जमेको फोहर पानी बनेर बाहिर निस्कनेछ।

३. बदामकाे तेल र तोरीको तेल जस्तै बेबी तेलपनि प्रयोग गर्नसक्नुहुन्छ। तर तोरीको तेलमा बेबी तेल मिसाउँदा तोरीको तेलको मात्रा धेरै हुनुपर्छ। तेल प्रयोगगर्दापनि तपाईंको कानमा फाहोर निस्केन या दुख्यो भने चिकित्सकको मा जानुहोस्।

४.कानमा रहेको फोहोर निकाल्न वा कान चिलाउँदा हामी सिन्का वा हाइड्रोजन पाराक्साइड प्रयोग गर्नु हुन्न। कान संवेदनशिल भएकाले घोँच्ने बस्तु प्रयोग गर्नुहुँदैन । हामीले हयरपिन जस्ता कानमा घोँच्ने वस्तुप्रयोग गर्दा कानको जालि विग्रने खतरा हुन्छ।

थप जानकारीः

कान किन दुख्छ ? यी हुन् कारण

वर्षायाम सुरु हुनासाथ अन्य कानभित्र एकदमै चिलाउने, दुख्ने भएर चिकित्सककहाँ पुग्नेहरूको संख्या बढो छ । कानको नलीमा ढुसी (फंगस) को संक्रमण अर्थात् अटोमाइकोसिसका कारण हुने गर्छ यस्तो समस्या ।

कानमा ढुसीको संक्रमणसमेत भनिने यो समस्याले प्रभावितहरू अन्य मौसममा आक्कलझुक्कल चिकित्सककहाँ पुग्ने गरे पनि वर्षा लागेपछि यो क्रम बढ्ने गर्छ ।

‘हामीकहाँ यो मौसममा उपचार गराउन आउने सयजनामध्ये पाँच/छ जनामा अटोमाइकोसिसको समस्या पाइने गरेको छ,’ त्रिवि शिक्षण अस्पतालको नाक, कान, घाँटी विभागका प्रमुख डा. राजेन्द्र गुरागाईं भन्छन् ।

कुनै कारणले रोग प्रतिरोधक क्षमता कम भएकाहरू यो संक्रमणबाट पीडित भएमा जटिलता देखिन सक्ने बढी सम्भावना हुन्छ । एस्पर्जिलस नाइगर र क्यान्डिडा एल्भिकेन्स नामक फंगसका कारण यो संक्रमण हुन्छ ।

‘फंगसहरूले कानभित्र बनाएको फोहोर पदार्थ पहेँलोजस्तो भए एल्भिकेन्स र कालो भए नाइगर फंगसले गर्दा यो संक्रमण भएको बुझिन्छ,’ डा. गुरागाईं भन्छन्, ‘वातावरणमा आर्द्रता र कानभित्रको गर्मी यो फंगसलाई बढाउन सहायक हुन्छ ।

यस्तो हुँदा फंगसले फस्टाउने मौका पाउँछ ।’ यस्तो संक्रमण नहोस् भन्नाका लागि कानको नलीलाई सुक्खा राख्नुपर्छ । कानभित्र पानी पस्न दिनु हुँदैन ।

तेल पनि हाल्नु हुँदैन । मधुमेही, क्यान्सर रोगी, केमोथेरापी गराइरहेका, मृगौला प्रत्यारोपण गराएका वा डायलासिस गराइरहेका, शरीरमा रोग प्रतिरोधक क्षमता कम भएकाहरूको कानमा फंगस उत्पन्न हुने समस्या बढी हुन्छ ।

कानमा जथाभावी थोपा औषधि हाल्ने गर्दा पनि यस्तो समस्या निम्तिने गर्छ । यस्तो फंगसले पछि गएर कानको संक्रमण उत्पन्न मात्रै नगरेर यो शरीरका अन्य अंगमा समेत फैलिन सक्छ । यसले कानको पर्दामा असर र श्रवणशक्ति प्रभावित हुन्छ ।

कान सफा नगरौं

कान आफैँ सफा हुने अंग हो । यो अंगलाई कुनै पनि प्रकारको सक्रिय सफाइको आवश्यकता हँुदैन । ‘सडकको छेउछाउ पिर्का लिएर बसेकाहरूबाट कान सफा गर्ने वा आफँै कुनै वस्तु कानमा हालेर सफा गर्ने नगरौं,’ डा. गुरागाईंको सुझाव छ, ‘कानलाई स्वच्छ कपडाले बाहिरबाट मात्र सफा गर्ने गर्नुपर्छ । कानभित्र केही पसाएर सफा गर्ने गर्नुहुन्न ।’
के नगर्ने ?

कानमा तेल वा अन्य तरल पदार्थ नहाल्ने

नुहाउँदा, पौडी खेल्दा कानभित्र पानी पस्न नदिने

कान जथाभावी सफा नगराउने

कपालमा चाया पर्ने नदिने, नत्र चाया कानभित्र पुगेर समस्या उत्पन्न हुन सक्छ

लक्षण

कान चिलाउनु र दुख्नु

कानभित्र रातो हुनु

कानबाट पहिले तरल पदार्थ र पछि पिपजस्तै निस्किनु

कान बन्द भएको जस्तो लाग्नु

कानभित्र सुन्निनु

के हो फंगस ?

अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार, फंगस हाम्रो चारैतिर हुन्छ । पृथ्वीमा १५ लाख विभिन्न प्रजातिका फंगस छन् । तर तीमध्ये करिब तीन सयजति फंगसले मात्र मानिसलाई अस्वस्थ बनाउँछन् ।

कानमा यस्तो रोग वातावरणमा सामान्य रूपले पाइने फंगसबाट हुने गरेको छ । फंगस घरबाहिर माटो, बोटबिरुवासँगै धेरै घरभित्रको भाग र मानिसको छालामा हुन्छ ।

उपचार

कान चिलाए वा दुख्न थाले तुरुन्त स्वास्थ्यकर्मी वा नाक, कान, घाँटी विशेषज्ञकहाँ पुग्नुपर्छ । चिकित्सकले विशेष प्रक्रियाअन्तर्गत कानको फोहोर निकालेर सफा गर्छन् । यसबाट कानको नलीलाई सुक्खा हुन सघाउ पुग्छ ।

यो संक्रमणमा फंगसविरुद्घ दिइने थोपा औषधिसँगै कसैकसैलाई कहिलेकाहीँ खाने एन्टिबायोटिक पनि दिइन्छ । डा. गुरागाईं भन्छन्, ‘तर अनधिकृत व्यक्तिसँंग आफूखुसी सोधेर जे पायो त्यही औषधि खाने वा कानमा हाल्ने गर्नु हुँदैन ।’

कान कोट्याउनु हानिकारक

हाम्रो कान दुई वटा हुन्छ। हरेक कानको बाहिरी कान, मध्य कान र भित्रि कान हुन्छ। हरेकको आफ्नो–आफ्नो काम छ । बाहिरी कान र मध्य कानले सुनाइमा सहयोग गर्छ भने भित्री कानले शरीरको अगंलाई सुचारु गर्न सहयोग गर्छ । यसले चक्कर लाग्नबाट समेत रोक्छ।

कानमा आउने समस्या

सुनाइमा समस्या आउनसाथ कानको समस्या सुरू हुन्छ । यो समस्या बाहिरी, मध्य र भित्री कानमा पनि हुन्छ। कुनै पनि कानमा समस्या आयो भने सुनाइमा समस्या आउँछ।

कान दुःख्ने, चिलाउने, कानेगुजी आउनेजस्ता समस्या कानमा आएमा श्रवण शक्ति कमजोर हुन्छ। भित्री र मध्य कानमा समस्या आउनाले यस्तो हुन्छ।

बाहिरी कानमा आउने समस्या

बाहिरी कानमा सबैभन्दा बढी कानेगुजी आएर समस्या हुन्छ। विशेष गरेर बच्चाहरुमा यो समस्या बढी हुन्छ। उमेर बढ्दै गएपछि चपाउन थालेपछि यो समस्या कम हुँदै जान्छ।

अर्को समस्या घाउ हुनु हो। कान कोट्याउने गरेमा यो समस्या आउँछ। बाहिरी कानमा ‘फङगस’ हुन्छ । ‘ह्यूमेनिटी’ धेरै भयो भने ‘फङ्गस’ हुन्छ । यो विशेष गरेर तराईमा हुन्छ। ‘ह्यूमेनीटी’ बढेको बेलामा कानमा फङ्गस हुन्छ।

मध्य कानमा आउने समस्या

मध्य कानमा बढी सङक्रमण हुन्छ। लामो र छोटो समयका लागि यस्तो समस्या देखिन्छ । छोटो समयसम्म हुने सङक्रमणमा एन्टिबायोटिक खाएपछि ठीक हुन्छ । यो समस्या बढी मात्रामा बच्चाहरुलाई हुन्छ।

लामो समयसम्म हुने सङक्रमण दुई किसिमका हुन्छन्।

एउटा कानको जालीमा समस्या आउँछ। कानको जालीमा प्वालसमेत पर्ने हुन्छ ।

अर्को हड्डी कुहिने रोगको रूपमा चिनिन्छ । यी दुवै समस्याको समाधान भनेको अपरेशन नै हो।

मध्यकानको समस्या तीन महिनाभन्दा लामो समयदेखि भइरहेको छ भने विशेषज्ञ डाक्टरलाई देखाउनुपर्छ। अपरेशन गर्ने/ नगर्ने सल्लाह चिकित्सकले परीक्षण दिन्छन्।

अपरेशन गरेर कानको जालीको प्वाल टाल्ने गरिन्छ। हड्डी कुहिएको छ भने यसलाई निकालेर फालिन्छ ।

भित्री कानमा आउने समस्या

भित्री कानको समस्या उमेर बढ्दै गएपछि देखिन्छ। विशेष गरेर ५५ वर्ष माथिको उमेर समूहलाई यस्तो समस्या देखिन्छ ।

यो उमेर समूहका मान्छेलाई विस्तारै श्रवण शक्ति कमजोर हुँदै जान्छ। छाला चाउरी पर्ने र कपाल फुल्ने समस्या जस्तै कान नसुन्ने समस्या पनि हो।

श्रवण गर्ने नशाको शक्ति कम हुँदै जान्छ अनि श्रवण शक्ती कम हुँदै जान्छ। यो अधिकांशलाई हुने समस्या हो। यो समस्या बढी भयो भने कानमा मेसिन नै लगाउनु पर्छ। अहिले नयाँ प्रविधि पनि आएको छ।

भित्रि कानमा समस्या आयो भने चक्कर पनि लाग्न सक्छ। यो जुनसुकै उमेर समूहका मानिसलाई पनि हुनसक्छ।

कानको उपचार कसरी गर्ने ?

सबैभन्दा पहिला समस्या कहाँ छ पत्ता लगाउनुपर्छ । कानमा घाउ भएर हो भने त्यसलाई सफा गरेपछि ठीक हुन्छ । तर भित्रि र मध्य कानमा छ भने त्यही अनुसारको उपचार गर्नुपर्छ। सङक्रमणको कारणले कानमा पिप आउने हुन्छ तर यो कानको कुन भागमा हो त्यसको जानकारी हुनु पर्छ।

कान नसुन्ने समस्या कानको प्रकृति अनुसार फरक फरक हुन्छ। भित्री कानको कारणले हो या मध्य कानको कारणले हो त्यो पत्ता लगाउनपर्छ। भित्री कान र मध्यकानको समस्याले कान नसुन्ने समस्या हुन्छ। तर दुई वटा कानमा नै यो समस्या आयो भने बोलीको विकासमासमेत समस्या आउँछ।

के नगर्ने ?

कानमा तेल वा अन्य तरल पदार्थ नहाल्ने

नुहाउँदा, पौडी खेल्दा कानभित्र पानी पस्न नदिने

कान जथाभावी सफा नगराउने

कपालमा चाया पर्ने नदिने, नत्र चाया कानभित्र पुगेर समस्या उत्पन्न हुन सक्छ

दुवै कानको श्रवण शक्ति भएन भने बालबालिकाको बोलि नै आउँदैन। यो यथार्थमा बोल्न नजानेर भन्दा पनि कान नसुनेर बोलिको विकास नभएको हो। यस्ता बच्चालाई रोगको कारण पत्ता लगाएर प्रविधिको प्रयोग गरी बच्चालाई बोल्न सक्ने बनाउन सकिन्छ।

मध्य कानमा समस्या आएमा कान दुख्छ। यस्तो दुखाई रूघा खोकी लागेको बेलामा हुन्छ। रूघा खोकी लाग्दा नाकलाई बेस्सरी तान्ने गरिन्छ। नाक कान जोड्ने नलीबाट सङक्रमण हुन्छ। अनि कान दुख्छ। त्यसैले रुघा खोकी लाग्दा नाक तान्नु हुँदैन।

कतिपय अवस्थामा कानमा घाउ आएको हुन्छ। कान दुख्ने समस्या बाहिरी कानमा आएको सङक्रमणले हुन्छ। कान कोट्याएर नै मुख्य समस्या हुन्छ। त्यसैले कान कोट्याउन हुँदैन। विभिन्न खालका सामानले कान कोट्टाउने गरिन्छ यसले झन धेरै समस्या निम्त्याउँछ। कान नकोट्याए दुखाई हुँदैन। त्यसैले कानमा समस्या आएपछि चिकित्सकलाई देखाउनुपर्छ।

कान चिलाउने पनि बाहिरी कानमा समस्या आएको बेलामा हुन्छ। कानेगुजीले गर्दा बाहिरी कान चिलाउँछ। कानेगुजी आफैंले फाल्ने कोशिश गर्नु हुँदैन। यसको लागि चिकित्सकको सल्लाह लिनुपर्छ। छाला सुख्खा भएर कान चिलाएको हुन्छ यसको भ्यास्लीन क्रिम र कोल्ड क्रिम लगायो भने ठीक हुन्छ।

कानेगुजी आफैं निस्किन्छ। जति धेरै चपाउने काम हुन्छ त्यती मात्रामा बाहिर निस्किन्छ। यसलाई कोट्याएर निकाल्नु पर्दैन। यो नराम्रो बानी हो। कानको फोहोर आफैं निकाल्न जरूरी छैन, फोहोर धेरै भयो भने यसलाई चिकित्सकको सहयोगमा निकाल्नु पर्छ।

दाँत माझ्ने, मुख धुने जसरी कानको फोहोर झिक्न जरूरी छैन। एयर बर्डले कोट्टाउँदा कानको जालीमा नै प्वाल पर्न सक्छ।

तोरीको तेल हाल्नु राम्रो हो। यसले कानेगुजीलाई गिलो पार्छ अनि बाहिर निस्किन्छ। एकदमै शुद्ध तोरीको तेल छ भने यो राम्रो हो तर शुद्ध तेल पाउन कठीन छ। त्यसैले प्रयोग नगरेकै राम्रो हो। विभिन्न औषधि कम्पनीले तेल बनाएका हुन्छन् त्यो राखेको राम्रो हो।

कानको जाली पछाडि प्वाल छ भने तेलले असर गर्छ । तर कानमा प्वाल छकि छैन भन्ने कुरा कानको परीक्षणपछि मात्रै थाहा हुन्छ। प्वाल रहेछ भने तोरीको तेल मध्यकानमा जान्छ यसले झनै बढी सङक्रमण निम्त्याउन सक्छ। प्वाल छैन भन्ने ग्यारेन्टी भए मात्रै शुद्ध तेल राखेको राम्रो हो ।

लक्षण

कान चिलाउनु , दुख्नु

कानभित्र रातो हुनु

कानबाट पहिले तरल पदार्थ र पछि पिपजस्तै निस्किनु

कान बन्द भएको जस्तो लाग्नु

कानभित्र सुन्निनु

कानको सुरक्षा कसरी गर्ने

धेरै हल्लाबाट जोगिनुपर्छ। धेरै हल्लामा परेपछि एक दिन न एक दिन कानमा समस्या आउँछ। विमानस्थलको नजिकै घर भएकाहरुलाई पनि यस्तो समस्या आउन सक्छ। फ्याक्ट्रीमा काम गर्नेलाई यस्तो समस्या आउन सक्छ।

यस्ता मानिसले एयर व्लक लगाएर कानको सुरक्षा गर्न सक्छन्। अर्को कान नकोट्याउने नै हो। बाहिरबाट नै समस्या देखिएको छ भने घरेलु उपचारले ठीक होला तर भित्री नलीमा समस्या आएको छ भने ठीक हुँदैन।

रोग लाग्नबाट बच्ने उपायहरू

नुहाउँदा सधैँ कानमा पानी पस्नबाट बचाउनुपर्छ ।

कानमा कपास हालेर नुहाउन सकिन्छ ।

पौडी खेल्दा कानमा पानी पस्नबाट जोगिनुपर्छ ।

कान पाक्ने रोग भएको मान्छेले पौडी खेल्नु हुँदैन ।

सिन्काले कान कोट्याउने गर्नु हुँदैन ।

कानमा तेल हाल्नु हुँदैन ।

रुघा लाग्नुबाट जोगिनुपर्छ ।

रुघा लाग्यो भने कानभित्र पानी जम्ने र संक्रमण हुने खतरा हुन्छ । त्यसैले रुघा लाग्यो भने नाक, कान, घाँटीको डाक्टरलाई देखाएर उपचार गरिहाल्नुपर्छ ।

कानको रोग जन्मजात पनि हुन सक्छ । त्यसैले गर्भवती अवस्थामा महिलाको स्वास्थ्य जाँच गराउनुपर्छ । महिलाले मद्यपान, धुम्रपान गर्नु हुँदैन । गर्भवती अवस्थामा बच्चाको कानलाई असर पु¥याउने औषधि खानु हुँदैन ।

बच्चाको कानको सुनाइ क्षमताको जाँच गराउनुपर्छ ।

ठूलो बच्चालाई प्युर टोन अडिटोरी गराउनुपर्छ ।

सानैमा कानको सुन्ने नसा सुकेको कारणबाट कान नसुनेमा श्रवण यन्त्र लगाउन सकिन्छ ।

जन्मजात नै कान नसुन्ने बच्चालाई अप्रेसन गरी सुन्न सक्ने पनि गराउन सकिन्छ । तर, यो उपचार महँगो हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।