हातका रेखाले पनि हाम्रोबारे धेरै कुरा बोल्छन् । ‘हस्तरेखा शास्त्र’का अनुसार हतकेला, पञ्जा र औंलाले हाम्रो भविश्यबारे धेरै संकेत दिन्छन् । यसले हाम्रो स्वभावको बारेमा पनि धेरै कुरा बताउँछन्, साथै हाम्रो भविश्य कस्तो छ भन्ने पनि यसबाट थाहा पाउन सकिन्छ ।

जुन मानिसलाई हस्तरेखा शास्त्रबारे थोरै पनि ज्ञान हुन्छ, उनीहरु यो जान्छन् कि हातको रेखाले भविश्यको सटिक अनुमान लगाउन सकिँदैन । किनकी हातका रेखाहरु व्यक्तिले गर्ने राम्रा नराम्रा कामले हरेक पल बदलिरहन्छन् ।

तर, हस्तरेखाको माध्यमबाट भविश्यका संकेतबारे अनुमान लगाउन सकिन्छ, जसलाई हामीले नकार्न सकिन्न ।

भविश्यको अनुमान

यदि हामीलाई भविश्यमा हुन सक्ने घटनाबारे पहिले नै जानकारी हुन्छ भने हामी त्यससँग जोडिएर आउने नराम्रो समयलाई पहिले नै टार्न सक्छौं । पूर्ण रुपबाट नभएपछि त्यसको नराम्रो असरबारे बच्न हामीले पूर्वतयारी त गर्न सक्छौं ।

व्यक्तिगत स्वाभावबारे जानकारी

हस्तरेखाको अध्ययनबाट हाम्रो व्यक्तिगत स्वभावको बारेमा जान्न सकिन्छ । हामीमा कस्तो स्वभाव छ, के कुरा मन पर्छ, हामीलाई कस्ता मानिसहरु मन पर्छन्, यी सबै जानकारी हस्तरेखाबाट पाउन सकिन्छ ।

केही अन्य जानकारी

हस्तरेखाको अध्ययनबाट हामीले अन्य धेरै कुरा पनि जान्नसक्छौं, जो हाम्रो सामान्य जानकारीभन्दा धेरै हुन्छ । एक असल हस्तरेखा शास्त्रीले हामीलाई यसबारे जानकारी दिन सक्छ ।

हातमा खास अक्षर

खासमा हाम्रो हातको रेखामा एक खास अक्षर पनि लुकेको हुन्छ । यो अंग्रेजी अक्षर ‘एम’ हो । यदी कुनै व्यक्तिको हातको रेखालाई जोडेर यो अक्षर बन्छ भने ती व्यक्तिहरु धेरै भाग्मानी हुने मानिन्छ ।

यस्ता व्यक्तिलाई ‘भगवानको सन्तान’ पनि भन्ने गरिन्छ । शास्त्रअनुसार त्यस्ता व्यक्तिमाथि भगवानको आशिर्वाद हुन्छ ।

जो व्यक्तिको हातको रेखाबाट ‘एम’ अक्षर बन्छ, यस्ता व्यक्तिहरु धेरै बुद्धिमान हुन्छन् । यीनिहरु जुनसुकै काममा पनि आफ्नो प्रभाव छोड्न सक्छन् ।

साथै त्यस्ता व्यक्ति धेरै इमान्दार पनि हुन्छन् । यस्ता व्यक्तिसँग मित्रता गर्ने तथा आफन्तहरुमा पनि त्यसको सकरात्मक असर पर्छ ।

थप जानकारीः

हातमा कस्ता रेखा हुँदा भाग्य चम्किन्छ थाहा पाउनुस्

हस्तरेखा विज्ञानलाई सामुद्रिक शास्त्र पनि भनिन्छ । यस पद्धति अनुसार हातको बनावट, औंलाका आकारप्रकार अनि हातका रेखाको आधारमा भविष्यको बारेमा बताउन सकिन्छ ।

हातका रेखा र हाम्रो भविष्यमा गहिरो सम्बन्ध छ । यी रेखाको अध्ययनबाट हामीलाई भविष्यको घटनाको सबै जानकारी प्राप्त हुन्छ । जानौं, तीन प्रमुख रेखाहरूका बारेमा

जीवन रेखा

यो रेखा सर्वाधिक महत्वपूर्ण मानिन्छ । आयु, उपलब्धिहरू, संकट र दुर्घटना जस्ता कुरा यो हेरेर थाहा पाइन्छ । यो रेखा औंला र चोर औंलाको बीचबाट शुरु भएर हातको तल्लो भाग अर्थात् मणिबन्धसम्म आइपुग्छ ।

गाढा र सिधा रेखाले राम्रो जीवनको संकेत दिन्छ भने काटिएको, अपूरो र गोलचक्कर भएको रेखाले अशुभ संकेत गर्छ ।

मस्तिष्क रेखा

जीवनरेखासँगै जोडिएको मस्तिष्क रेखा हुन्छ । यो कसैकोमा सिधा अनि कसैकोमा तलतिर गएको हुन्छ । कहिलेकहिले त यो रेखा जीवनरेखासँग नजोडिएर अलिकति माथिबाट पनि गएको हुन्छ ।

यो रेखाको अध्ययनले मानसिक क्षमता, बुद्धि, योग्यता, वैचारिक प्रखरता आदिको बारेमा थाहा लाग्छ ।

यो रेखा जति निर्दोष भयो त्यति राम्रो मानिन्छ । आधाअधूरा रेखाले मानसिक क्षमताको कमीको संकेत दिन्छ । अलिकति तलतिर निहुरिएको रेखा भएको व्यक्तिमा भावुकता र कला, संगीत तथा साहित्यमा रुचि भएको संकेत दिन्छ ।

हृदय रेखा

कान्छी औंलाको मुनिबाट शुरु भएर चोर औंलातर्फ जाने रेखा हृदयरेखा हो । यस रेखाले हृदयको शक्ति, संवेदनशीलता, स्वभाव, गुण, अवगुण आदिका बारेमा इशारा गर्छ ।

तलतिर झुकेको रेखा भएको व्यक्ति अन्तर्मुखी, साहित्य र संगीतमा मन गर्ने कलाकार प्रकृतिको हुन्छ । माथितिर गएको रेखा भएको मानिस प्राविधिक शिक्षाको जानकार र दिमाग लगाउने काम गर्ने खालको हुन् ।

भाग्य रेखा

मणिबन्ध अथवा हातको मुनिपट्टिबाट शुरु भएको रेखा माझी औंलाको नजिकै पुग्छ, यसैलाई भाग्य रेखा भनिन्छ । स्पष्ट भाग्य रेखा भएका मानिस भाग्यशाली हुन्छन् ।

हातको मुनिबाट निस्कने रेखाले परिवारको सहयोगबाट भाग्योदय हुने संकेत गर्छ भने चन्द्र पर्वतबाट निस्कने रेखाले आफ्नै पौरखले भाग्योदय हुने इशारा दिन्छ ।

हातमा रहेका यी ७ रेखाबाट थाहा हुन्छ तपाईको जीवन कस्तो हुनेछ ?

धेरैजसो मानिसहरु आफ्नो हातको रेखा हेरेर सोच्ने गर्छन् कि, के उनीहरुलाई जीवनमा कहिल्यै सफलता मिल्ला ? तर हामीमध्ये धेरैजनालाई हस्तरेखाको बारेमा जानकारी नै हुँदैन ।

यस्तोमा धेरैजनाले कुनै ज्योतिषलाई हात देखाएर उनले भनेका कुरामा गर्छछन् । तर के तपाईलाई थाहा छ कि, हातको पञ्जामा भएका धेरै रेखा हेरर आफैंले आफ्नो भविश्यबारे जानकारी लिन सकिन्छ ।

यसका लागि तपाईलाई कुनै ज्योतिषको आवश्यकता पर्दैन । यो आलेखमा हामीले हातमा हुने रेखाको प्रकार र त्यसले तपाईको भविश्यप्रति गरेको संकेतबारे उल्लेख गरेका छौं ।

१. जीवन रेखा

जीवन रेखा तपाईको हातमा हुने महत्वपूर्ण रेखा हो । जसमा तपाईको जीवन र जीवनमा हुने महत्वपूर्ण घटनाको रहस्य लुकेको हुन्छ । यदी यो रेखा गहिरो र लामो छ भने तपाईको स्वास्थ्य राम्रो हुने छ । यस्तै रेखा पातलो र छोटो छ भने जीवनमा अनेक कष्ट , दुःख सहनुपर्ने हुन्छ ।

२ हृदय रेखा

हृदय रेखामा तपाईको प्रेम तथा नाता–सम्बन्धसँग जोडिएका कैयौं रहस्य लुकेका हुन्छन् । यदि तपाई कुनै व्यक्तिको बारेमा जान्न चाहनुहुन्छ कि, त्यो व्यक्ति भावुक छ या छैन भनेर ? तपाई उसको हातमा भएको हृदय रेखा हेरर अन्दाज लगाउन सक्नुहुन्छ ।

हातको पञ्जामा रहेको हृदय रेखा सिधा र छोटो छ भने त्यस्तो व्यक्ति शब्दले वर्णन गरे भन्दा काम गरेर प्रेम दर्साउँछन् । यदि कुनै व्यक्तिको हातको यो रेखा मोडिएको छ भने त्यो व्यक्तिको इच्छा धेरै प्रबल हुन्छ ।

३ मस्तिष्क रेखा

मस्तिष्क रेखा कुनै व्यक्तिको ज्ञान तथा विवेकको जानकारी दिन्छ । साथै यसबाट तपाईको मनोविज्ञानबारे पनि जानकारी लिन सकिन्छ । यो रेखा छोटो हुनुको अर्थ हो कि, तपाई जिन्दगीका जुनसुकै फैसला पनि एकदम सजिलै लिन सक्नुहुन्छ ।

यस्तै यो रेखा लामो हुनुको अर्थ हो कि तपाई कुनै पनि कुराबारे गहिराइमा गएर बुझेर मात्रै निर्णय गर्नुहुन्छ । लामो र मोडिएको मस्तिष्क रेखा हुनुको अर्थ हो कि, तपाई रचनात्मक तरिकाले सोच्नुहुन्छ ।

४ भाग्य रेखा

यो रेखा बीच बीचमा टुटेको हुनु अथवा पातलको हुनुको अर्थ हो कि तपाईको भाग्य बुलन्द छैन । तपाईले जीवनमा धेरै समस्याको सामना गर्नुपर्ने हुनसक्छ । यदि यो रेखा तपाईको औंलाबाट सुरु भएर जीवन रेखा छुन्छ भने तपाईलाई परिवार र साथीहरुबाट सधैं सुख प्राप्त हुने छ ।

५ सूर्य रेखा

यो रेखाको बारेमा धेरै व्यक्तिलाई जानकारी नै हुँदैन । यो रेखा तपाईको हातको पञ्जामा ठाडो रुपमा कोरिएको हुन्छ । जसबाट थाहा हुन्छ कि, कुनै व्यक्ति कति रचनात्मक हुन्छ । साथै कुनै व्यक्तिमा कति आत्मविश्वास र योग्यता छ भन्ने अनुमान पनि यो रेखाबाट गरिन्छ । धेरैजसो मानिसहरुमा यो रेखाको अभाव हुन्छ ।

६ छोटा र पातला रेखा

हामीमध्ये धेरै व्यक्तिका हातमा छोटा र पातला धेरै रेखा हुन्छन् । यस्ता व्यक्ति धेरै संवेदनशील मानिन्छन् । साथै समय आउँदा यस्ता व्यक्ति सही र गलतको बीचमा फरक छुट्याउन दुविधामा पर्ने गर्छन् ।

७ हातमा धेरै कम रेखा हुनु

यस्ता व्यक्ति आफ्नो बचनको पक्का हुनुका साथै जिद्दी स्वभावका हुन्छन् । हातमा कम रेखा हुने व्यक्ति कहिल्यै कसैका लागि बदलिँदैनन् । यस्ता व्यक्तिसँग सम्बन्ध गाँस्नु र सम्बन्ध टिकाइ राख्नु तथा कुरा गर्न पनि गाह्रो हुने गर्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।