समुद्रशास्त्रबारे त तपाईंले अवश्य सुन्नुभएको होला । र आज हामी यहि शास्त्रमा उल्लेख भएअनुसार तपाईका लागि कस्तो जीवनसाथी उपयुक्त होलान् भनेर हामी यहाँ उल्लेख गर्दैछौं ।

सुमद्रशास्त्रमा उल्लेख गरिएअनुसार पुरुषमा केही यस्ता गुण हुन्छन्, जसबाट उनीहरु वैवाहिक जीवनमा सक्षम र सफल ठहरिन्छन् । महिला दिदिबहिनीहरु, यदि यस्ता गुण भएका पुरुष भेटाउनुभयो भने विवाह गर्न राजी भइहाल्नुहोस् ।

–पुरुषमा साहस र धैर्य हुनु आवश्यक हुन्छ । जुनसुकै परिस्थितिको पनि सामना गर्न पुरुषमा आत्मविश्वास र साहस हुनु जरुरी हुन्छ । यस्तै जस्तोसुकै आपत पर्दा पनि नहडबडाउने धैर्यता पनि पुरुषमा हुनु जरुरी हुन्छ ।

–तपाईले जीवनसाथी बनाउने भनेर सोचेको पुरुष मेहनती हुनु पनि जरुरी हुन्छ । आफ्नै संघर्षले सफल हुने पुरुषले नै आफ्नो जीवनसाथीलाई पनि सुख दिन सक्छन् । नकि अरुले कमाएको पैसामा धाक लगाउनेहरुले ।

–अक्सर तपाईंले पनि देख्नुभएको होला कि आफ्नो घरमा भएको झगडालाई धेरैजनाले साथीसँग सेयर गर्ने गर्छन् । तर समुद्रशास्त्रले यस्ता पुरुषलाई कमजोर भनेको छ । जस्तोसुकै परिस्थितिलाई पनि सही रुपमा मूल्याङ्कन गरेर आफ्नो तरिकाले चल्ने पुरुष नै जीवनसाथी बनाउन उपयुक्त हुन्छन् ।

– एक राम्रो पुरुष उनै हुन्छन् जो आफ्नी पत्नीलाई सधैं साथमा लिएर हिँड्छन् । साथै जस्तोसुकै कठिन अवस्थामा पनि आफ्नो परिवारको पक्षमा उभिने पुरुष राम्रा मानिन्छन् । यस्तै आफूभन्दा सानो र आफ्नो तल काम गर्ने व्यक्तिको सम्मान गर्ने पुरुष राम्रा मानिन्छन् ।

महिला सम्बन्धी जानकारीः

शास्त्रका अनुसार यी १२ लक्षण भएका युवती हुन्छन् सबैभन्दा भाग्यमानी ।

ज्योजिश शास्त्र, सुमुन्द्र शास्त्र अनुसार मानिसको शरिर अंगको बनाबट तथा रूप रेखा हेरेर कुनै पनि मानिसमा भएको उसको गुण, स्वभाव, भाग्य र जिवन जस्ता धेरै कुराहरू भविष्यवाणी गर्न सकिन्छ ।

शिव पुराणमा कुमार कार्तिकेयले यस्ता गुणहरू पनी बताएका छन् जुन मानिसमा त्यसता गुणहरू हुन्छन् ति मानिसहरू सौभाग्यशाली, भाग्यमानी र शुभ फल प्राप्त गर्छन् । उक्त शिव पुराणमा भाग्यमानी हुने कन्याको नाम उल्लेख गरिएको छ । यि यस्ता १२ गुण भएका युवती संग विवाह गर्ने पुरूष राजा सम्मान बन्न सक्ने उक्त पुराणमा उल्लेख गरिएको छ । हेरौ उक्त सौभाग्यशाली हुने १२ लक्ष्णहरू

यस्ता आँखा हुने सँग बच्नुस्

१. समुन्द्र शास्त्र अनुसार जुन युवतीको अनुहार पितासँग मिल्छ त्यस्ता युवती भाग्यमानी हुन्छन् । उनीहरुले जीवनमा सुखभोग गर्ने र चाहेको कुरा प्राप्त गर्ने उक्त शास्त्रको दावी छ । त्यस्तै आमासँग अनुहार मिल्ने युवक पनि भाग्यमानी मानिन्छन् ।

२. कालो कपाल भएका र आगाडीपट्टी झुकेको कपाल हुने युवती भाग्यमानी हुने समुन्द्र शास्त्रको भनाइ छ । चिल्लो, कोमल र मुलायम कपाल भएका कन्यालाई उत्तम मानिएको छ ।

३. गोलो र चिल्लो तथा आकर्षक अनुहार भएका युवती पनि भाग्यमानी हुन्छन् ।

४. जुन युवतीको शिरको अगाडीको भाग उठेको छ त्यस्ता युवती धनी र वैभवशाली हुने मानिन्छ ।

५. सिन्दुर लगाउने स्थान सिधा र उठेको छ भने त्यस्ता युवती सँधै भाग्यवती मानिन्छन् ।

६. आँखी भौ जोडिएका युवतीलाई विश्वास गर्न नसकिने समुन्द्र शास्त्रको भनाइ छ । आँखीभौं धनुष जस्तै झुकेको भए यस्ता युवतीलाई भाग्यमानी मानिन्छ ।

पुराण भन्छः यी ४ प्रकारका युवतीसँग विवाह गर्नु हुँदैन

७. आँखाको कुनामा लालिमा हुनु र नानी गहिरो कालो हुने तथा अन्य भाग सेतो आँखा भएका कन्या लक्षणले भरीपूर्ण मानिन्छन् ।

८. हातमा हाड जोडिएको स्थान नदेखिने युवती भाग्यमानी हुने मानिन्छन् ।

९. लामो र कोमज तथा रौं रहित हात भएका कन्यालाई उच्च श्रेणीमा राखिएको छ । छोटों हात भएका कन्या दुर्वल मानिन्छन् ।

१०. चिल्ला, गोला र उठेका नङ हुने कन्या लक्षण भएका मानिन्छन् ।

११. समुन्द्र शास्त्र अनुसार खुट्टाका पैताला राता हुने कोमल र चिल्ला हुने कन्यालाई शुभ लक्षणयुक्त मानिन्छ ।

१२. समुन्द्र शास्त्र भन्छ सामान्य भन्दा बढी लामा औंला हुने युवतीलाई विश्वास गर्दा विचार पुर्‍याउनु पर्छ । गृहस्ती जीवन बसाउँदा यस्ता युवतीसँग बसाउनु राम्रो मानिँदैन ।

यस्तो गुण हुने श्रीमतीले श्रीमानलाई चम्काउँछन् र धेरै भाग्यमानी हुन्छन् जान्नुहोस् !

समुन्द्र शास्त्र अनुसार सारीरिक बनावट , अंग रुप रेखा , ब्याक्ति को जीवन भुत , बर्तमान र भविस्यको बारेमा मानिसको भाविस्यबाडी गर्न सकिन्छ ! शिव पुराण अनुसार कुमार कार्तिकेयले कस्तो गुण भएका महिलाहरु भाग्यसाली , र पुरुषलाई चम्काउने युवती हुन्छन त भनेर भनिएको छ ! उक्त पुराण मा भाग्यमानि हुने कन्या को बारेमा उल्लेख गरिएको छ ! यी छ गुण युवतीमा छ भने आफ्नो श्रीमानलाई राजा सम्मान गराएर राख्ने पनि भनिएको छ !

यी ६ गुण हरु भएका युवतीहरुले चम्काउछन् श्रीमानको भाग्य हेर्नुहोस !

आमासँग अनुहार मिल्ने युवक पनि भाग्यमानी मानिन्छन् ।

–कालो कपाल भएका र आगाडीपट्टी झुकेको कपाल हुने युवती भाग्यमानी हुने समुन्द्र शास्त्रको भनाइ छ ।

–चिल्लो, कोमल र मुलायम कपाल भएका कन्यालाई उत्तम मानिएको छ । गोलो र चिल्लो तथा आकर्षक अनुहार भएका युवती पनि भाग्यमानी हुन्छन् ।

–जुन युवतीको शिरको अगाडीको भाग उठेको छ त्यस्ता युवती धनी र वैभवशाली हुने मानिन्छ ।

–सिन्दुर लगाउने स्थान सिधा र उठेको छ भने त्यस्ता युवती सँधै भाग्यवती मानिन्छन् ।

–आँखी भौ जोडिएका युवतीलाई विश्वास गर्न नसकिने समुन्द्र शास्त्रको भनाइ छ। आँखीभौं धनुष जस्तै झुकेको भए यस्ता युवतीलाई भाग्यमानी मानिन्छ । एजेन्सी

यो पनि पढ्नुहोस ! यि ३ राशी हुने छोरी बुहारी हुन्छन् लक्ष्मी समान, घरलाई बनाउँछन् स्वर्ग

वैवाहिक जीवनमा बाँधिनु भनेको महिला पुरुषको मिलन मात्र नभई दुई परिवारको मिलन पनि हो ।

रपारिवारिक मेलमिलाप र वैवाहिक जीवन सुखमय भएमा मात्र जीवन सुखद रूपमा अगाडि बढ्न सक्छ ।

आफ्नो जिवनमा आउने जीवन साथी उत्कृष्ट परोस् भन्ने हरेक पुरुषको चाहाना हुन्छ । उस्तै परिवारले पनि बत्तिसै लक्ष्निले युक्त बुहारीको आस राखेका हुन्छन् ।

ज्योतिष शास्त्रका अनुसार हरेक व्यक्तिको भविष्य कस्तो रहने भन्ने बारे अडकल लगाउने गर्दछन् । फरक फरक राशि अनुसार मानिसमा हुने भाग्य र व्यवहार फरक हुने गर्दछ ।

विवाहको सम्बन्धमा पनि राशि अनुसारको वैवाहिक सम्बन्ध साथै परिवाको निर्धारण रहने गर्दछ। ज्योतिषशास्त्रका यी तल दिइएका उल्लिखित राशि हुने युवतीहरू धेरै सफल र राम्रा बुहारी बन्न सक्छन्।

वृष राशीः वृष राशि हुने युवतीहरु धेरैनै समझदार हुन्छन्। आफ्नो मात्र खुशी मात्र नभई पूरै परिवारको खुशीलाई यस राशि हुनेहरु प्राथमिकतामा राख्छन्। अभावमा पनि चित्त बुजाउन सक्ने हुँदा परिवार माथि आइलाग्ने हरेक दुखमा वृष राशि हुने बुहारीहरुले साथ दिन्छन्।

शहनशक्तिले भरिपूर्ण हुनाले पनि यस राशि हुने बुहारीहरु उत्कृष्ट मानिन्छन्। निर्णय लिने मामलामा पनि यस राशि हुनेहरु समझदार मानिन्छन्।

कन्या राशिः कन्या राशि हुने महिलाहरु शान्त स्वभावका हुन्छन्। कुनै पनि विषयमा छिट्टै प्रतिक्रिया जनाउँदैनन्। कलह देखि पनि कन्या राशिहुनेहरु टाढा रहन रुचाउँछन्।

जसकारण बुहारीको रुपमा कन्या राशि हुने युवतीहरु उदाहरणनै बन्न सक्छन्। परिवारको हरेक कार्यमा आफ्नो सहभागिता जनाउने हुँदा परिवार खुशी रहन सक्छ। आर्थिक मामिलामा पनि कन्या राशि हुने बुहारीहरु बुद्धिमानी मानिन्छन्।

मीन राशिः मीन राशि हुने बुहारीहरु पनि उत्कृष्ट मानिन्छन्। उनीहरु आफू भन्दा पनि परिवारलाई प्राथमिकतामा राख्छन्। परिवारमा आइपर्ने दुख माथि उनीझरुको विशेष निगरानी रहने गर्छन् दुखको समयमा परिवारलाई उचित सल्लाह दिन्छन्।

यति मात्र नभई उचित कदम चाल्न सक्ने समेत यस राशि हुने बुहारीहरुमा क्षमता हुन्छ। बाहिरी उकसाहटमा कुनै पनि कदम चाल्नु अगाडी धेरै सोच्ने हुँदा पनि मीन राशि हुने बुहारीहरु लक्ष्मी समान हुन्छन्।

यी राशि भएका पुरुषले श्रीमतीलाई रानी बनाएर राख्छन्

ज्योतिष शास्त्रका अनुसार केही यस्ता राशिहरू पनि छन् जुन राशि भएका पुरुहरूले आफ्नो श्रीमती, प्रेमिका को हरेक दुख सुख, खुसीमा साथ दिने र रमाउने हुन्छन् ।

उनीहरू श्रीमती, प्रेमिकाको प्रेममा पागल समेत बन्न सक्छन् । यस्ता राशि भएका पुरुषले जीवनमा आफ्रनो श्रीमतीको हरेक इच्छा,चाहाना पुरा गर्न सफल भएका हसन्छन् । आफ्नो श्रीमती लाइ धेरै माया गर्ने कुरा ज्योतिष शास्त्रले पुष्टि गरेको छ ।ती राशि कुन कुन हुन् त हेर्नुहोस् ।

वृश्चिक राशीः यो राशी भएको पुरुष सबैको प्यारो हुने गर्छन् । आफ्नो जिम्मेवारी प्रति बफादार हुने भएकाले परिवारको मात्र नभएर समाज प्रति पनि निकै जिम्मेवारी रही हेरचाह गर्ने गर्छन् । सामाजिक काममा सधै व्यस्त रहने भएकाले यो राशी भएका व्यक्ति मान सम्मान पाउने गर्छन् । ओएसनेपालका लागी काम गर्दै आउनु भएका ज्योतिषी सुराचार्यका अनुसार परिवारको प्यारो मान्छे पत्नीहरुको प्रेममा पागल हुने गर्छन् भने एकअर्कालाई राम्रो सँग बुझेको हुन्छन् त्यसकारण उनीहरुले सखी जीवन बिताएका हुन्छन् ।

मेष राशीः यो राशी हुने व्यक्तिहरुको पति पत्नी बिचको सम्बन्ध राम्रो हुनाले एकअर्काको प्रेममा पागल हुने गर्छन् । एकअर्काको समस्या बुझ्ने र एक अर्काको समस्या पुरा गर्न सक्ने भएको हुनाले उनीहरुको व्यवहार पनि अत्याधिक राम्रो हुने गर्छ । यो राशी भएका पुरुषहरु बफादार हुने भएकाले पत्नीसँगको सम्बन्ध पनि राम्रो हुने गर्छ ।

सिंह राशीः उक्त राशी भएका पुरुषहरु पत्नीले भन्दा बढी माया गर्ने गर्छन् । तर यो राशी भएका पुरुषहरु अरु राशी भएका भन्दा जिद्दी र रिसालु स्वभावका हुन्छन् । यो राशी भएका पुरुषहरुको जोडी एकअर्कालाई बुझ्न सक्ने भएकाले उनीहरुको घर व्यवहार सहज ढंगले चलाउन सक्छन् ।

कन्या राशीः खुल्ला हृदय भएका यो राशीका पुरुषहरुको प्रेम सम्बन्ध बलियो हुन्छ । उनीहरु आफ्नो पत्नीको प्रेममा गहिरोसँग डुबेका हुन्छन् । घरायासी काम बाहेक सामाजिक काममा पनि अग्रसर रहने हुनाले मान र प्रतिष्ठा पाउने गर्छन् ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।