साउनको महिना शुरू भइसकेको छ । यो महिना भगवानको पूजा अर्चना गरेर उनलाई प्रसन्न गर्ने कोशिश भक्तहरूले गर्छन् ।

यस पावन महिनामा धर्तीमा चारैतिर हरियाली देखिन्छ । भोलेबाबाका भक्तहरूले हरियो रंगको कपडा लगाएर पूजा गर्छन् ।

महिलाहरूले हातमा हरियो चुरा लगाउने गर्छन् । के हो त यस महिनामा हरियो रंगको महत्त्व ?

ज्योतिषशास्त्र अनुसार, हरियो रंग बुध ग्रहको प्रतीक हो । हरियो रंग लगाउँदा बुध बलियो भएर सन्तान सुख प्राप्ति हुन्छ । अनि यस रंगले बुद्धि र समृद्धि प्राप्ति हुन्छ ।

विवाहित महिलाका लागि रातो रंग खुशी र सौभाग्यको प्रतीक हो । अनि हरियो रंग चाहिँ परिवार र जीवनमा खुशी ल्याउनका लागि लगाइन्छ ।

बुध ग्रहको असर व्यक्तिको करीयर र व्यवसायमा सीधै पर्छ । यस रंगलाई शरीरमा धारण गर्दा मनुष्य आफ्नो कार्यक्षेत्रमा सफल हुन्छ ।

भगवान् शिव योगी हुनुहुन्छ । योगी भएका कारण उहाँलाई प्रकृतिको सुन्दरताका बीच रहेर ध्यानमा बस्न एकदमै मन पर्छ । हरियो रंग लगाउँदा महादेव प्रसन्न हुनुहुन्छ । त्यसैले महिलाहरू साउन महिनामा हरियो मेहन्दी र हरियो चुरा लगाउने गर्छन् ।

साउनमा किन लगाइन्छ हरियो चुरा र मेहेन्दी ?

साउने संक्रान्ति पर्व शुरु भएसँगै महिलाहरुमा मेहेन्दी र हरियो चुरा लगाउने प्रचलन छ ।

वनजंगल, खेतवारी मात्र नभई साउन महिना शुरु भएपछि महिलाहरुका हातमा हरियो चुरा र मेहेन्दी देखिन्छ । विवाहित महिला सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन् । अविवाहित युवती पनि राम्रो वर प्राप्त होस् भन्ने भनि हरियो चुरा र मेहन्दी लगाउँछन । तर, यो चलन कहिलेबाट आयो र किन साउन मै हरियो चुरा र मेंहन्दी लगाइन्छ भन्नेबारे सबैलाई थाहा नहुन पनि सक्छ ।

हिन्दू धर्मग्रन्थका अनुसार साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरिया चुरा, पोते र हातमा मेहेन्दी लगाएकी थिइन् । र साउनमा जताततै हरियाली हुने हुनाले त्यही हरियालीमा रमाएर महादेवबाट सौभाग्य प्राप्तिको खुसी प्राप्त गर्न पाइन् ।’

प्राचीन किंवदन्ती अनुसार मेहेन्दी, हरियो चुरा र व्रत्र बस्दा विवाहित महिलाका श्रीमानको आयु बढ्छ । यसको वैज्ञानिक तथ्य पनि रहेको छ । विवाहित महिलाले यसरी चुरा मेहेन्दी लगाउँदा उनीहरुको सुन्दरता सामान्य भन्दा बढ्ने गर्छ जसले श्रीमानमा श्रीमतीको आकर्षण कायम राख्छ । श्रीमतीले व्रत्र बस्दा स्वास्थ राम्रो हुनुका साथै श्रीमाती प्रति श्रीमानको सम्बन्ध प्रगाढ हुने गर्दछ ।

साथै चुरा लगाउँदा यसको ध्वनिले मानिसको मस्तिष्कलाई एकाग्रता राख्न मद्दत गर्दछ । चुराको आवाजले मानिसको मस्तिष्कलाई अन्य धेरै नै फाइदा पुर्याउने वैज्ञानिकहरुको भनाइ छ ।

हरियो चुरा: कोही रहरले, कोही आसले

साउन महिना सुरु भएसँगै महिलाहरुका लागि हरियो चुरापोते र मेहन्दी माहोल सुरु भएको छ। यतिबेला बजारमा हरियो चुरापोते र मेहन्दी लगाउने महिलाहरुको चाप श्रृंगार पसलहरुदेखि सडक पेटीमासमेत देख्न सकिन्छ।

अरु समयमा नलगाए पनि साउन महिनामा महिलाहरुले विशेष रुचिका साथ हरियो चुरापोते र मेहन्दी लगाउने गरेको पाइन्छ।

न्युरोडमा मेहन्दी लगाउँदै गरेकी स्वयम्भूकी सानु लामाले साउन महिनामा सबैले मेहन्दी र हरियो चुरा लगाउने गरेको बताइन्। यो लामो समयदेखि चल्दै आएको नेपालीहरुको संस्कृति भएको उनको भनाइ छ।

अस्मिता ओली र उनकी बहिनी पनि न्युरोडमा मेहेन्दी लगाउँदै थिइन्। साउन महिनामा किन हरियो चुरा र मेहन्दी लगाएको भन्ने प्रश्नमा उनीहरुले आफूहरुलाई मन पर्ने र राम्रो श्रीमान् पाइन्छ भन्ने मान्यता भएकाले लगाएको बताए।

साउनमा महिलाहरु हरियो पहिरनमा सजिनुका साथै हरेक सोमबार व्रतसमेत बस्ने गर्छन्। साउनको सोमबार भगवान शिवको नाममा व्रत बस्दा अविवाहितले राम्रो श्रीमान् र विवाहित महिलाले आफ्नो श्रीमानकाे लामो आयुको कामना गर्ने गर्छन्।

साउन महिना महिलाहरुका लागि सौभाग्यको महिना भएकाले पनि विवाहित महिलाहरुले हरियो चुरापोते र मेहन्दी लगाउने गरेको मुजु श्रेष्ठलले बताइन्। उनले भनिन् ‘श्रीमानको दिर्घायुका लागि र आफूलाई पनि मन पर्ने भएकाले लगाउँछु।’

असनकी सञ्जु श्रेष्ठले साउन महिनामा सबैले हरियो चुरा र मेहन्दी लगाएको देखेर रहरले लगाएको बताइन्। तर उनलाई हरियो चुरा किन लगाउँछन् भन्ने कुरा थाहा नभएको पनि सुनाइन्।

हरियो चुरा, पहेलो बस्त्र र गाढा मेहन्दी : साउन महिना

साउन महिनाले ढपक्कै ढाकेको छ । महिलाहरुले हातमा लगाएका हरिया चुरा र मेहन्दीले प्रकृतिलाई नै सजाएको छ । साउन महिना प्राकृतिक रुपमा पनि हरियो महिना हो । यस समयमा वन जंगल खेतबारी सबैतिर हरियाली हुन्छ ।

नेपाली संस्कृति अनुसार साउन १ गते विधिवत रुपमा लुतो फालेपछि हिलो मैलोको काम सकिएको भन्ने बुझिन्छ भने वर्खाभरिको कामको चटारोले आफ्नो शरीरको सरसफाई गर्न नभ्याएकाहरुले साउनलाई नुवाईधुवाईको महिनाको रुपमा पनि लिन्छन् ।

वर्षा, प्रेम र झरीको सँगम साउन महिना, महिलाहरुका लागि विशेष महिना । साउन महिनामा हरिया चुराको पहिरन र मेहेन्दी मात्र होईन विवाहित देखि अविवाहित महिलाहरुसम्म सोमवार व्रत बस्ने गर्दछन् । हरेक वर्ष आउने साउन महिना महिलाहरुका लागि विशेष हुने गर्दछ ।

धार्मिक, तथा साँस्कृतिक मान्यता अनुसार साउन महिनालाई महत्वपूर्ण मानिन्छ । हरिया चुरा, पहेलो वस्त्र, हातमा गाढा मेहन्दी त्यसमाथि हरिया पहिरनलाई महिलाहरुको विशेष चाडको रुपमा लिन सकिन्छ । असारमा खेत रोपाईमा व्यस्त हुने महिलहरुले यस समयमा आपसमा खुसीयाली साटफेर गर्ने मौका पाउँदछन् ।

पौराणिक मान्यता अनुसार साउन महिना देवताहरुका पनि देबता महादेब शंकर अर्थात् शिवको महिनाका रुपमा लिइन्छ । हिमालयन पार्वतीले साउन महिनाभर निराहर रहि कठोर व्रत बसेर भगवान शीवलाई प्राप्त गरेकी हुनाले भगवान शिवलाई यो महिना बिशेष हुन गयो भन्ने पनि बुढापाकाहरुको मुखबाट सुन्ने गरिन्छ ।

– मंसिर, माघे संक्रान्ति

– माघ, शिवरात्री

– फागुन अक्षय तृतीया

– बैशाखजस्ता अरु महिनामा पनि विशेष रुपमा हुन्छ । यद्यपि महिनाभरीनै शिवको पूजा हुने महिना भने साउन मात्र हो ।

वर्षयाम चलिरहेको हुँदा शास्त्रमा बताइए अनुसार धान रोप्नु, साउने संक्रान्तिमा लुतो फाल्नु, साउने सोमबमरका दिन ब्रत बस्नु आदि काम भने पिता पुर्खादेखिको विश्वासमा साउन महिनामानै गरिन्छ ।

विवाहित भए श्रीमानको दीर्घायु र परिवारको सुख, शान्ति र प्रेमका निम्ति, अविवाहित भए असल श्रीमान पाउने उद्देश्यले साउनभरी भगवान शिवको पूजा

– आरधना गरि ब्रत बस्ने गर्छन् । साउने सोमबार बिद्याका लागि पनि राम्रो मानिन्छ । शिवजिको पूजा–आरधना गर्दा महिलाहरुलाई असल श्रीमान प्राप्त हुने, व्यापार राम्रो हुने एवं किसानको खेतीपाती सप्रने विश्वास गरिन्छ । साउन महिनामा बढी वर्षा हुने, झरी पर्ने र किटाणुको संक्रमण हुने हुँदा तुलो फाल्ने चलन पनि छ । यो समयमा रोगहरु लाग्ने बढी सम्भावना भएकाले मासु, लसुन एवं उत्तेजित हुने खाना खानु हुदैन ।

यहि मान्यता अनुसार नेपाली महिलाहरुले पनि साउन महिनालाई विशेष चाडका रुपमा मनाउन थालेको हो । साउन महिनामा विशेष गरी शिवको पूरा गर्दछ । अझ बढी साउन महिनाको सोमबार महिलाहरुका लागि विशेष हुने गर्दछ । सोमबार शीवजी प्रशन्न बनाउन पानी पनि नखाइकन व्रत बस्ने गर्दछ ।

वर्षा, प्रेम र झरीको संगम साउन महिना धार्मिक हिसावले पनि हिन्दु नारीहरुको लागि अर्को महित्वको महिना हो । झरीमा रुझदै हिड्दा छुट्टै आनन्दको अनुभूति पैदा हुन्छ । प्रेमीपे्रमीको जोडीहरुमा नयाँ उमङग छाउँछ ।

यसबेला  हाँसेको प्रकृतिको त्यो चम्किलो अनुहारले मानिसमा शक्ति, साहस, सुख प्राप्ति गरिदिन्छ भन्ने एक प्रकारको अनगन्तिी भावहरु रहेका छन् ।

विवाहितहरु आफ्नो सुहाग यथावत् रहोस् भन्ने चाहना अनुसार र सन्तान भएकाहरु उनीहरुको दिर्घायुको कामना गर्दै ब्रत बस्ने गर्दछ भने अविवाहितहरु असल श्रीमान पाउन् भनेर व्रत बस्ने गर्छन् ।

साउनको प्रचण्ड गर्मीमा भोकभोकै बसि आफ्नो कुनै प्रवाहनै नगरी व्रत बस्ने, शिवालयहरुमा पूजा गर्ने कामले आत्मिय शान्ति प्राप्त हुने कुरा र भौतिक रुपले हेर्दा पनि उचित नै देखिन्छ, अझ आध्यात्मिक दृष्टिकोणले विशेष महत्व हुनलक्ला ।

वास्तवमा हरियो रंग प्रेम र वातावरणको प्रतिक मानिन्छ । त्यस्तै हरियो वस्त्रलाई प्रकृतिको सम्मानका रुपमा पुजिन्छ । त्यसैले साउन महिनाभरि नै हरियो वस्त्र, हरियो चुरा, हरियो पोते र हरियो टिका लगाउने चलनलाई प्रकृतिको सम्मानसँग जोडेर हेर्न सकिन्छ ।

प्राकृतिक रुपमा साउन महिनालाई हरियालीको उपनाम दिइन्छ । धान रोप्नु, लुतो फाल्नु, शीवको ब्रत बस्नु साउन महिनाको विशेषताको रुपमा लिइन्छ ।

हरियो प्रेम र वातावरणको प्रतिक हो । त्यस्तै रातो सौभाग्यको प्रतीक हो भने पहेलो पवित्रताको प्रतीक मानिन्छ । त्यसैले साउन महिनमा रातो, हरियो र पहेल्ऽो सम्मीश्रण गरी लगाइन्छ ।

अझ हत्केलामा जति गाढा मेहन्दीको रंग बस्यो त्यति नै श्रीमानको माया पाइन्छ भन्ने जनविश्वास नेपाली समाजमा रहेको छ । यसैलाई सावित गदै साउनलाई महिलाहरुको विशेष बनाउन थालेका हुन् ।

सोमबारे ब्रतले महिलाहरुमा आपसी सद्भावको पाठ सिक्ने मौका पाएको छ । भने महिलाहरुबीचको दुरीलाई लामो बनाइदिएको छ । सोमबारको ब्रत भावनाका अतिरिक्त रचनात्मक पनि बनेको छ । त्यस्तै आधुनिकताको पर्याय पनि बनेको छ ।

हातमा सुन्दर मेहन्दीको रचना गर्नु हाम्रो परम्परा प्रतिको एक हिस्सा हो । श्रीमानप्रतिको प्रगाढ माया र पारिवारीक सुख दिने हुनाले अन्य धर्मका जातजातीका महिलाहरु पनि यस चाडलाई सकारात्मक ढङगबाट मनाउन थालेका छन् ।

हरियो वस्त्र, हरियो चुरा, हरियो पोते हत्केलाभरी मेहन्दीले सजिएका किशोर किशोरी, युवती र प्रौढ हरुलाई देख्दा हिन्दु संकार, संस्कृति र विश्वास अझ गाढा बन्दै गएको हामी अनुमान गर्न सक्दछौँ ।

हरिया चुरा किन लगाउने र लगाउदा के हुन्छ भन्ने थाहा नभएपनि साउन महिना भरि हरिया चुरा र मेहेँन्दी लगाउनेहरु धेरै मात्रामा भेटिने गर्दछ ।

विवाह गरिसकेकाहरुले आफ्नो श्रीमान्को आयू लामो हुन्छ भनेर र विवाह नगरेकाहरुले असल श्रीमान प्राप्त गर्ने धार्मिक आस्था रहि आएको छ । यस्तै धार्मिक परम्परा र आस्थाका कारण यस महिना भरि नै महिलाहरुले ब्रत पनि बस्ने गर्दछ ।

यो साउन महिनामा हरिया चुरा लगाउनु हातभरि मेहेन्दी लगाउनु र पहेलो वस्त्र लगाएर हिडेनुलाई हामी आफ्नो संस्कृतिप्रतिको सकारात्मक प्रभाव भन्ने ठान्छौ ।

तर पनि यति साउन महिना भरि मात्र नभई दिनहुँ रुपमा यस्ता पहिरनहरुले सजिदिदा आफ्नो संस्कृति लोप हुने स्थितिमा बच्ने थियो । साउनमा ब्रत बस्ने कुरा त एक हिसाबले राम्रो कुरा पनि हो ।

विज्ञानले पनि पुष्टि गरेको छ कि एक स्वस्थ्य मानिस हप्तामा एक दिन ब्रत बस्दा आफ्नो स्वास्थ्यलाई फाईदा नै गर्दछ । तर असक्त तथा बिरामी पनि सोमबार भन्दै सकि नसकि ब्रत बसेको देख्दा कता कता काउकुती लागेर आउँछ अनि सहानुभुती पनि हुन्छ उनीहरूप्रति

। आँफू अस्वस्थ्य छ भने आखिर ब्रत के का लागि ? यस्ता कल्पित र देखासिकि परम्परालाई हटाएर सभ्य समाजको परिपाटी बनाउनु आवश्यक छ । आफ्नो संस्कृति तथा प्रचलन हो भन्दै अन्धो भक्त भएर अनुशरण गर्नु के उचित हुन्छ र ?

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।