तपाईं आफ्नो कार्यालयमा तनावमा हुनुभयो भने राति धेर खाने वा जंक फूड खाने गर्न थाल्नुहुन्छ । यसले तपाईंको स्वास्थ्यलाई नराम्रो असर पार्छ ।

एक नयाँ अनुसन्धानका अनुसार राति राम्रो सुत्दा कार्यालयमा तनावबाट बच्न तथा बेलुका अस्वस्थ खाना खानका लागि प्रेरित नहुन मद्दत पुग्छ ।

अमेरिकाको मिसिगन विश्वविद्यालयमा मनोविज्ञानका एसोसिएट प्रोफेसर तथा अनुसन्धानकी सहलेखिका चू सीयाङ चाङले भनिन्, ‘जुन कर्मचारीलाई कार्यालयमा दिनभरि तनावको सामना गर्नुपर्ने स्थिति आउँछ, उनीहरू नकारात्मक भावनाहरूलाई भान्सामा लिएर आउँछन् । अनि उनीहरू सामान्यभन्दा बढी भोजन गर्छन् र जंक फूड खाइदिन्छन् ।’

अनुसन्धानको निष्कर्ष जर्नल अफ एप्लाइड साइकोलोजीमा प्रकाशित भएको छ । अनुसन्धानका क्रममा २३५ जना कर्मचारीमाथि दुई फरक फरक अध्ययन गरिएको थियो ।

सूचना प्रविधिको क्षेत्रमा काम गर्ने कर्मचारीले दिनदिनै दिमाग खियाउने भारी काम गर्नुपर्ने हुनाले तनाव खेप्नुपर्छ ।

अर्को अध्ययन चाहिँ कल सेन्टरमा काम गर्ने कर्मचारीमाथि गरिएको थियो । उनीहरूले अनेकथरी ग्राहकसँग कुराकानी गर्दा तनाव खेप्नुपर्छ ।

अमेरिकाको इलिनोइ विश्वविद्यालयमा असिस्टेन्ट प्रोफेसर तथा अनुसन्धान प्रतिवेदनका सहलेखक इहाओ लिउले भने, ‘दुवै अध्ययनमा कार्यालयमा तनावपूर्ण काम गर्ने क्रममा कर्मचारीहरूले देखाउने नकारात्मक व्यवहार नै उनीहरूको बेलुकीको अस्वस्थकर भोजनमा रुचिसँग जोडिएको छ ।’

लिउले थपे, ‘समय समयमा भोजन गर्नु कुनै व्यक्तिको नकारात्मक व्यवहारलाई शान्त र नियन्त्रित गर्नका लागि उपयोगी हुन्छ किनकि खासमा व्यक्ति अनुकूल भावनालाई स्वीकार गर्न मन पराउँछन् ।’

थप जानकारीः

तनाव कम कसरी गर्ने ? यस्तो छ सरल विधि

भनिन्छ, जन्मनसाथ हामीलाई तनावले घेरा हाल्छ । अर्थात यो संसारमा कोहि छैन, तनावरहित ।

तनाव सबैलाई हुन्छ । बच्चा, किशोर, युवा, वयस्क, बृद्धा सबैलाई । धनी, गरिब । दुर्गमका, सुगमका । शिक्षित, अशिक्षित ।

तनाव भनेको मानसिक दबाव हो । हाम्रो काम, करियर, भविष्य सबैले यस किसिमको दबाव पैदा गर्छ । जबसम्म हाम्रो चेतना रहन्छ, तबसम्म तनाव हुन्छ । तर, तनाव हुँदैमा त्यसले आफुलाई नष्ट गर्छ त ?

तनावले त्यसबेला मात्र हामीलाई पिरोल्छ, जब यसको सहि व्यवस्थापन गर्न सकिदैन । तनाव व्यवस्थापन गर्ने कुरा हो । यो निर्मुल हुने कुरा होइन । अर्थात हाम्रो जीवनमा तनाव नै आउन नदिने भन्ने हुँदैन । तनाव आउँछ, तर त्यसलाई सहि ढंगले व्यवस्थापन गर्नुपर्छ ।

परिवार, आफन्त, साथीभाई, समाज आदिको कारण तनाव हुनसक्छ । आफ्नै व्यक्तिगत कारणले तनाव हुन्छ । परिस्थितीको कारण तनाव हुन्छ । असफलतामा तनाव हुन्छ, सफलतामा पनि । तर, तनावलाई लिने होइन, व्यवस्थापन गर्ने हो । कसरी ?

तनाव व्यवस्थापनको सूत्र

तनाव व्यवस्थापनका लागि कुनै औषधी सेवन गर्नुपर्दैन । शल्यक्रिया पनि गराउनु पर्दैन । यो मानसिक रुपले गर्न सकिन्छ । तनाव व्यवस्थापनको लागि यो कुरा सोच्नु जरुरी छ कि, संसारमा रहेका सबै चेतनशिल प्राणीलाई तनाव हुन्छ । अर्को कुरा, तनाव आफैमा समधान होइन । त्यसैले कुनै पनि कुरामा तनाव लिइरहनुको कुनै अर्थ छैन ।

जब परिस्थितीबस तनाव पैदा हुन्छ, त्यसलाई बिर्सने यत्न गुर्नपर्छ । यसका लागि मनपर्ने गेम खेल्न सकिन्छ, मनपर्ने पुस्तक पढ्न सकिन्छ, घुमफिर गर्न सकिन्छ, मिठो मसिनो खानेकुरा खान सकिन्छ । यावत क्रिया यसकारण गर्न पर्छ कि, मन अन्तैतिर मोडियोस् । किनभने तनाव भनेको मनले लिने कुरा हो । मनलाई नै अन्त मोडेपछि कसरी तनाव हुन्छ ?

 

त्यसबाहेक केहि शारीरिक क्रिया छ, जसले तनाव व्यवस्थापनमा सघाउँछ ।

लामो श्वास लिने

हरेक व्यक्तिको अलग-अलग स्ट्रेस प्वाइन्ट हुन्छ । अर्थात् तनावको अवस्थामा रहेका व्यक्ति शरीरका विभिन्न हिस्सामा दुखाईको अनुभव गर्छन् । विशेषतः टाउको, पेट, छाती वा खुट्टामा ।

यस्तो भएमा लामो सास लिनुपर्छ र कल्पना गरौ कि सो अंगबाट वायूसँगै तनाव पनि शरीर छोडेर बाहिर जाँदैछ । यस कल्पनाका साथै श्वास नलीबाट गहिरो श्वास छाड्नुपर्छ ।

उदाहरणका लागि यदि स्ट्रेसले गर्दा टाउकोमा दुखाई छ भने गहिरो सास लिनुस र कल्पना गर्नुस कि तपाईंको टाउकोमा अक्सिजन पुगिरहेको छ । केही सेकेन्ड रोकिएपछि कल्पना गरौ कि टाउकोबाट वायुका साथ तनाव पनि बाहिर निस्किदै छ । धेरैपटक यस्तो गर्दा तनाव स्वतः कम हुन्छ ।

एकान्तमा बसौं

तनावग्रहस्त हुँदा हल्लाखल्लाबाट टाढा एकान्तमा समय बिताउनु पनि प्रभावकारी हुन्छ । यो आफैंसँग संवाद गर्ने समय हो जसमा सबै समस्याहरुलाई भुलेर आफैंसँग मित्रवत व्यवहार गरिन्छ ।

आफैसँग वाचा गरौ कि, ती कुराहरुको बारेमा बिल्कुल सोच्नेछैन, जुन तनावको कारण बनेका छन् । बल्कि ती कुराहरुको बारेमा सोचिन्छ, जसले ओठमा मुस्कान ल्याउँछ ।

आफ्नो रुचीको काम

आफ्नो मनपर्ने काम र शौखले व्यक्तिलाई तनावबाट मुक्त राख्न सहयोग गर्छ । चाहे बगैंचामा टहलिने होस, पेन्टिङ होस, गार्डेनिङ होस वा म्युजिक ।

हेडफोन लगाएर म्यूजिक सुन्दै तनाव भगाउन चाहने भने बिना शब्दको इन्स्ट्रुमेन्टल ट्र्याक सुनौ । लिरिक्सबाला गित सकभर नसुनौ किनकी त्यसले मनलाई भावुक बनाउँछ । घरमा कुनै जनावर छ भने उसँग समय बिताएर मन हल्का गर्न सकिन्छ ।

विशेष टिप्स

अक्सर मानिसहरु तनावका लागि परिस्थितिलाई दोष दिन्छन् । तर सत्य के हो भने परिस्थितिलाई नियन्त्रणमा लिन सम्भव छैन । त्यसैले हरेक परिस्थितिमा मनलाई स्थिर र प्रसन्न राख्ने कोशिश गर्नुपर्छ । तनावको सामना गर्न महिलाहरु पुरुषभन्दा अगाडि हुन्छन् ।

मदिरा, धुम्रपान र ड्रग्सको कुलत हटाउने तोरीको सागका फाइदाहरु

हामीले दैनिक रुपमा अंकुरित भोजन, हरियो सागसब्जी, मौसम अनुसारको तरकारी तथा फलफुलको सेवन गरेमा हामी स्वास्थ्य रहन सक्छौं । हामीले खाने गरेको तोरीको साग बजारमा सहजै रुपमा पाइनुका साथै यसलाई आफ्नै घरको बारीमा उमार्न सकिन्छ ।

यो तोरीको सागमा धेरै मात्रामा खनिज र भिटामिन पाइने ह्यदा थोरै मात्र क्यालोरी हुने गर्छ । भिटामिन, खनिज, डाइटयुक्त फाइबर तथा प्रोटिनको मिश्रणले भएकाले यो सागको नियमित सेवनले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पुर्याउने गर्छ । यसले हाम्रो मानसिक क्षमतामा पनि बिकाश गर्न मद्दत गर्छ ।

नियमित रुपमा तोरीको साग खाँदा हाम्रो शरिरमा पोषणको मात्रा बढ्नुका साथै उच्च मात्रामा फाइबरयुक्त पोषणले हाम्रो पाचन प्रकियालाई व्यवस्थापन गर्दै र तौल घटाउन पनि मद्धत गर्छ । हामीले खाएको खानालाई अपच हुन दिदैन र साथै यसले पेट सम्बन्धि विभिन्न रोग हटाउने गर्छ ।

यसमा आइरन, भिटामिन ुएु र भिटामिनु इु भिटामिन ुसीु पनि पाइन्छ । सूर्तीमा हुने क्यान्सरजन्य तत्वले भिटामिन ुएुको कमि गराउछ । तोरीको हरियो सागमा पाइने एन्टिअक्सिडियन्ट र सल्फरले हाम्रो शरीरको कोषलाई क्षति गर्ने अणुहरुलाई नष्ट गरेर मदिरा, धुम्रपान र ड्रग्सको कुलतको बिष हटाउने गर्छ ।

हाम्रो शरीरको विषालु पदार्थलाई हटाइ क्यान्सरको सम्भावना कम गराउनुका साथै हामीलाई हुने अन्य दिर्घकालिन रोगलाई निको बनाउन मद्धत पनि गर्छ । यसले ब्लाडर, कोलोन, स्तन, फोक्सो, प्रोस्ट्रेट र अन्डासयको क्यान्सरबाट हामीलाई जोगाउने गर्छ ।

यसले हाम्रो शरीरको खराब कोलेस्ट्रोलको तह घटाएर दम तथा अन्य स्वासप्रस्वास सम्बन्धि र मुटु सम्बन्धि विभिन्न रोगमा फाइदा पुर्याउछ । क्याल्सियम र पोटासियमको स्रोत भएको यो सागले हड्डीसँग सम्बन्धित सबै समस्याबाट मुक्त गराउनुका साथै हाम्रो आँखालाई तेजिलो बनाउछ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।