मदर टेरेसा ( २६ अगस्ट, १९१० – ५ सेप्टेम्बर, १९९७)को जन्म अग्नेसे गोंकशे बोजशियुको नामबाट एक अल्बेनीयाई परिवारमा उस्कुब, ओटोमन साम्राज्य (आजको सोप्जे, मेसेडोनिया गणराज्य)मा भएको थियो।उनले १९५०मा कोलकातामा मिशनरीज अफ च्यारिटीको स्थापना गरिन। ४५ वर्षसम्म गरीब,बिरामी, अनाथ, र मर्न लागेका मानिसहरूको मदद गरिन र मिशनरीज अफ च्यारिटी प्रसारलाई पनि मार्ग प्रशस्त गरिन ।

१९७० सम्म उनी गरीबहरू र असहायहरूको लागि आफ्नो मानवीय कार्यहरूको लागि प्रसिद्द भईन, माल्कोम मुगेरिजको थुप्रै वृत्तचित्र र पुस्तक जस्तो समथिंग ब्यूटीफुल फर गोडमा यसको उल्लेख गरियो । उनलाई १९७९मा नोबेल शांति पुरस्कार र १९८०मा भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न प्रदान गरियो ।

मदर टेरेसाको जीवनकालमा मिशनरीज अफ चेरिटीको कार्य लगातार विस्तृत भैरह्यो र उनिलाई मृत्युको समय सम्म उनी १२३ देशमा ६१० मिशन नियंत्रित गरिरहेकि थिईन । यसमा एचआईभि/एड्स, कुष्ठ र तपेदिकको रोगीहरूको लागि धर्मशाला/ घर शामिल थिए, र साथै सूप भान्सा, बच्चाहरू र परिवारको लागि परामर्श कार्यक्रम, अनाथालय र विद्धालय पनि थिए । मदर टेरसाको मृत्यु पछि उनलाई पोप जन पल द्वितीयले धन्य घोषित गरियो र उनलाई कोलकाताको धन्यको उपाधि प्रदान गरियो ।

उनको जीवनोपयोगी केही भनाइ

१. मानिस मृत्युपश्चात् स्वर्ग पुग्ने श्वैरकल्पनामा हुन्छ तर लामो जीवनमा गर्नुपर्ने कर्तव्यबारे भने सोच्दैन । मृत्यु अवश्यम्भावी हो भन्ने मानिसलाई ज्ञान हुँदाहुँदै पनि थुप्रै कुकर्म गर्न पछि पर्दैन । कतिपय मानिस स्वर्ग पुग्ने अपेक्षाका कारण पाप कर्मबाट सचेत पनि हुन्छन् । तर, मदर टेरेसाको भने मृत्युपछि स्वर्ग जाने चाहना थिएन । उनी धर्तीमै स्वर्ग देख्न चाहन्थिन् । उनले भनेकी छिन्, ‘म स्वर्गभन्दा बाहिर रहेर पनि त्यस्ता मानिसको मनमा किरण जन्माउँछु, जो अन्धकारमा छन् ।’

२. विश्वमा पहिलो र दोस्रो विश्वयुद्ध भयो । अहिले पनि थुप्रै देश गृहयुद्धको दलदलमा फसेका छन् । विश्वका अधिकांश लडाइँ सीमा कायमका लागि भएका छन् । जुन लडाइँमा एक पक्ष अर्को पक्षसँग निर्ममतासाथ प्रस्तुत भएको हुन्छ । अहिले पनि विश्वका लागि मदर टेरेसाको भनाइ मननयोग्य छन् । उनले भनेकी छिन्, ‘म हरेक देशलाई माया गर्छु । किनभने म ईश्वरको सन्तान हुँ, जसले हरेक मानिसलाई प्रेम गर्छ ।’

३. हामीले भविष्यको कल्पनामै केयौँ समय बिताइरहेका हुन्छौँ । या भनौँ भविष्यमा आइलाग्ने खतरा औँल्याउँदै निराश हुन्छौँ । तर, मदर टेरेसाले यस्तो भनेकी छिन्, की जसले कैयौ मानिसलाई गम खुवाउछ । उनको भनाई छ, ‘हामी भविष्यसँग डराउँछौँ । किनकि हामी आजलाई बर्बाद गरिरहेका छौँ ।’ उनको भनाइअनुसार जो भविष्यसँग डराउँछ, उसले आजको समय पनि बर्बाद गरिरहेको छ ।

४. मदर टेरेसाले जीवनको उत्पत्तिलाई प्रेमसँग तुलना गरेकी छिन् । प्रेमलाई जीवनको ठूलो शक्तिको रूपमा व्याख्या गरेकी छिन् । उनले भनेकी छिन्, ‘हामी ठूलो काम गर्नका लागि बनेका हौँ । हामी प्रेम दिन र लिनका लागि बनेका हौँ ।’

५. मानिस प्रेमको भोको हुन्छ, चाहे जुनसुकै देशको होस् । जसले प्रेम बाँड्छ उसले पाउँछ पनि । टेरेसा मुस्कुराउन सल्लाह दिन्छिन् । उनको भनाइ छ, ‘एक–अर्कासँग मिल्ने समय मुस्कुराउनुस् । किनकि मुस्कुराहट नै प्रेमको सुरुवात हो ।’

६. हामी काम त गरिरहेका हुन्छौँ तर त्यो काम साँच्चिकै आत्मालाई साक्षी राखेर गर्छौं त ? संसारका थुप्रै सफल व्यक्तिले भनेका छन् कि प्रेमपूर्वक आफ्नो काम गर्ने मानिसले नै जीवनमा सफलता हासिल गर्छ । टेरेसाको पनि त्यस्तै सल्लाह छ, ‘तिमी सामान्य काम गर तर त्यो काम असाधारण प्रेमका साथ गर ।’

७. कति मानिस विगतको असफलतालाई कल्पेर निराश भएका हुन्छन् । विगतका केही असफलताका कारण आउने दिनलाई पनि अन्धकार देख्छन् र वर्तमानमा उत्साहका साथ काम गर्न हतोत्साहित हुन्छन् । तर, यस्ता मानशिकताका मानिसका लागि टेरेसा ऊर्जा भर्ने गर्छिन् । उनले भनेकी छिन्, ‘बितेको समय बितिसक्यो । आउनेवाला समय अहिलेसम्म आएकै छैन । मसँग मात्र आजको दिन बाँकी छ ।’ उनको यो भनाइले धेरैलाई आजै काम र प्रेम गर्नका लागि प्रेरणा प्रदान गर्छ ।

८. घर वा परिवार जीवनको पहिलो स्कुल हो । जुन स्कुलले उसको भावी योजना र उद्देश्यलाई प्रभावित पार्छ । ढुंगा माटोले मात्र बनेको हुँदैन, घर । त्यहाँ संस्कार हुन्छ, प्रेम हुन्छ, सहयोग हुन्छ, सद्भाव हुन्छ, सहारा हुन्छ । टेरेसाले प्रेमलाई घरसँग तुलना गरेकी छिन् । भन्छिन्, ‘प्रेमको सुरुवात घरबाट हुन्छ ।’

९. टेरेसा प्रेमलाई निकै गम्भीर रूपमा लिन्छिन् । प्रेम बाँड्न त्यति सजिलो नहुने उनको ठहर छ । उनले भनेकी छिन्, ‘प्रेमको भोक मेटाउनु, रोटीको भोक मेटाउनुभन्दा कैयौँ गुणा मुस्किल छ ।’

१०. मानिसको आ–आफ्नै क्षमता हुन्छ, लक्ष्य र उद्देश्य हुन्छ । सबैले महान् काम गर्न नसक्नेमा टेरेसा पनि कन्भिन्स्ड छिन् । उनले भनेकी छिन्, ‘हामी सबैले महान् कार्य गर्न सक्दैनौँ । तर, कामलाई प्रेमपूर्वक गर्न सक्छौँ ।’

११. दयालाई मानिसले आ–आफ्नै ढंगले परिभाषित गरेका हुन्छन् । तर, प्रेमको महत्वलाई टेरेसाले यसरी बताएकी छिन्, ‘दया र प्रेम शब्दमा छोटो होला तर यसको ध्वनि अनन्त हुन्छ ।’

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

सफल र खुसी जीवनका लागि ओशोको केहि जीवनउपयोगी भनाइ

भारतको मध्य प्रदेशमा पर्ने कुचवाडा गाउँमा ११ डिसेम्बर १९३१ मा ओशोको जन्म भएको थियो । उनको नाम रजनीश चन्द्रमोहन थियो । १९८९ देखि ओशो कम्युन ईन्टरनेशनलको बुद्ध सभाहलमा भेला भएका १० हजार सन्यासीहरुको भेलाले रजनीशलाई ओशोको नामले पुकार्न थालेका थिए ।

ओशोको अर्थ हुन्छ ‘महासागर’ । साँच्ची नै ज्ञानको महासागर मानिने ओशोले विभिन्न विषयमा दिएका प्रवचनहरु लिपिबद्ध गरी ६ सय भन्दा बढी पुस्तक उनको नाममा प्रकाशित भइसकेका छन् । जुन पुस्तकहरु विश्वका ३१ भन्दा बढी भाषामा छापिएका छन् । यिनै पुस्तकमार्फत् धेरैले उनलाई चिनेका छन् ।

सानैदेखि स्वतन्त्र, निर्भिक, निडर स्वभावका ओशो वर्षाको भेल उर्लिरहेको खोलामा सय फिटभन्दा माथिबाट हामफालेर पौडी खेल्नु सामान्य मान्थे । युवा अवस्थामा आइपुग्दा उनको अलौकिक बुद्धिले गर्दा गाउँ, शहरका पण्डित, पुरोहित, मुल्ला, पादरी, सन्त, महात्मासँग वादविवाद गर्दा उनीहरुको अन्न्धविश्वासको भण्डाफोर गर्दथे ।

सफल र खुसी जीवनका लागि ओशोको केहि भनाइ

१. अहिले अहंकाररहित मानिस भेट्टाउन गाह्रो छ । कतिले त अहंकारलाई नै आफ्नो शक्ति ठान्छन् । तर, ओशोले अहंकार मानिसको ठूलो भूल भएको बताएका छन् । भन्छन्, ‘अहंकारले तत्कालका लागि खुसी त मिल्ला तर अन्तमा दुःख नै दुःख हात पर्छ । जहाँ सुरुमै सुख हुन्छ त्यसको सधैँ दुःखद अत्य हुन्छ । सुख त्यति सस्तो छैन कि जुन सुरुमै मिलोस् ।’

२. हामी धेरैसँग धेरैथरीका आस राख्छौँ । स्वार्थ राखेर काम गर्छौं । आफ्नो सपना पूरा गर्न कसैलाई प्रयोग गर्न खोज्छौँ । तर, ओशो यसो नगर्न सल्लाह दिन्छन् । भन्छन्, ‘तपाईंको सपना पूरा गर्नका लागि यहाँ कोही पनि छैन । किनभने, हरेक मानिस आफ्नो वर्तमान र भाग्य बनाउन लागिरहेका हुन्छन् ।’

३. जीवनमा मानिस जतिसक्दो दौडन चाहन्छ । कहिलेकाहीँ बस्नुप-यो या कामविहीन हुनुपरेमा दुखित हुन्छ । यस्ता मानिसका लागि ओशोको निकै सुन्दर वाणी छ । भनेका छन्, ‘जीवन आराम र गतिबीचको सन्तुलन हो ।’

४. ओशो सधैँ हाँस्न, मुस्कुराउन, खुसी हुन सल्लाह दिन्छन् । यसो गर्दा शान्ति छाउने उनको तर्क छ । भनेका छन्, ‘शान्तिको सुरुवात एक मुस्कानबाट हुन्छ ।’ उनले आफैँ पनि निकै हृदयस्पर्शी शब्द बोलेका छन् । भनेका छन्, ‘म अहिले मुस्कुराउँछु, हिजो मुस्कुराएकै थिएँ र भोलि पनि मुस्कुराइरहन्छु । किनभने, रोयो भने जिन्दगी छोटो हुन्छ या भनौँ जिन्दगी रुनका लागि हुँदैहोइन ।’

५. जीवनमा के गर्ने ? कता जाने ? कुन क्षेत्र रोज्ने ? यी प्रश्न हरेक मानिसका लागि चिन्ताको विषय हुन्छ । तर, ओशोले जीवनयात्राबारे निकै सजिलो तर्क पेस गरेका छन् । उनले भनेका छन्, ‘जहाँ डर हुन्छ त्यो बाटोमा नजानुस् । यस्तो बाटोमा हिँड्नुस् कि जसले तपाईंलाई प्रेम र खुसीले चलाओस् ।’

६. मानिस अरूलाई प्रतिस्पर्धी देख्छन् र रिस साँध्नका लागि काम गर्छन् । तर, ओशोको वाणी यसको विपरीत छ । भनेका छन्, ‘कसैसँग प्रतिस्पर्धा गर्न आवश्यक छैन । तपाईं आफूमा जे हुनुहुन्छ, एकदम सही हुनुहुन्छ । पहिला आफूलाई स्विकार्नुस् ।’

७. ज्ञानको दायरा असीमित हुन्छ । कतिलाई ममा सम्पूर्ण ज्ञान छ भन्ने भ्रम पनि हुन सक्छ । ओशोले भनेका छन्, ‘जतिवेला मैले सम्पूर्ण ज्ञान पाएको छु भन्ने लाग्छ त्यतिवेलै तपाईंको मृत्यु हुन्छ । किनकि, त्यसपश्चात् न कुनै आश्चर्य, न त आनन्द नै । त्यसपछि तपाईं मृत जीवन जिइरहेको हुनुुहुन्छ ।’

८. जीवनको लक्ष्य र कामबारे धेरै अनभिज्ञ हुन्छन् । कतिले त पाएको उपलब्धिलाई पनि सन्तोषका साथ हेरिरहेका हुँदैनन् । ओशोले भनेका छन् कि तपाईं त्यो बन्नुस्, जुन तपाईं सोच्नुहुन्छ कि यही नै म हुँ । यसको मतलब हो, आत्मनिर्णयलाई केन्द्रमा राखेर अगाडि बढ्नुस् ।

९. धेरै मानिस आफूलाई भएभन्दा बढी बौद्धिक देखाउन चाहन्छन्, अनावश्यक प्रदर्शन गर्छन् । यो मानिसको नेचर नै हो । ओशोका अनुसार यस्तो बन्नु जीवन जिउने कला होइन । भनेका छन्, ‘बढीभन्दा बढी कम ज्ञानी हुनुस्, बच्चाजस्तो बन्नोस् र जीवनको मज्जा लिनुहोस् । किनकि, वास्तविकतामा यही नै जीवन हो ।’

१०. ओशोले त मानिसलाई बढी गम्भीर नबन्न सुझाब दिएका छन् । उनले भनेका छन् कि गम्भीरता एक बिरामी हो, आत्माको सबैभन्दा ठूलो बिरामी । ञ्चलता मानिसका लागि सबैभन्दा बढी स्वस्थकर हुन्छ ।

११. हरेक चिज पहिला आफैँभित्र खोज्नुस् । नत्र तपाईं अर्को मानिससँग निर्भर रहनुपर्छ, जसले स्वयं आफैँलाई जान्दैन ।’ ओशोको यस भनाइले मानिसमा स्वयं निर्णय लिने क्षमता हुनुपर्छ भन्ने हो ।

१२. हामी धेरैको स्वभाव हुन्छ कि बितेको समयमा हराउने । विगतका असफलतालाई सम्झने र भविष्यको मार्ग नदेख्ने । ओशोका अनुसार यसो गर्नु घातक छ । ओशोको भनाइ छ, ‘बितेको समयका कारण बोझिलो भएर नबस्नुस् । जुन पाठ तपाईंले पढ्दै हुनुहुन्छ, त्यसलाई बन्द गर्नुस् । पटक–पटक एउटै कुरामा जान जरुरत छैन । सोच्नका लागि अनगिन्ती विचार छन् ।’

१३. जीवनमा कामचाहिँ कसरी गर्ने ? यसबारे ओशोको रोचक धारणा छ । भनेका छन्, ‘यदि तपाईं कुनै काम विनाप्रेम गर्नुहुन्छ भने गुलाम बन्नुहुन्छ । यदि त्यही कामलाई प्रेमका साथ गर्नुभयो भने राजा हुनुहुन्छ । तपाईंको काम नै तपाईंको खुसी हो ।’

१४. साथीबारे उनको भनाइ छ, ‘कहिल्यै नसोच्नुस् कि मेरो सच्चा साथी को हो । आफैँलाई सोध्नुस्, के म कसैको सच्चा साथी हुँ ? मुख्य प्रश्न यही हो ।’

१५. जसले तपाईंलाई दुःखी बनाउँछ, ऊ नै पापी हो । उसले तपाईंलाई आफूबाट टाढा बनाउँछ । केवल त्यस्तै मानिससँग बच्नुपर्छ ।’ ओशोको यो भनाइले जीवन जिउन सहज बनाउँछ । सधैँभरि कसैप्रति निराश भएर बाँच्नबाट बचाउँछ ।

१६. मित्रता शुद्ध प्रेम हो । यो प्रेमको सर्वोच्च रूप हो, जहाँ केही पनि मागिँदैन, कुनै सर्त हुँदैन । जहाँ मात्र दुईबीच आनन्द हुन्छ ।

नोट: माथि उल्लेखित जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।