अधिकांश रोगहरु कुनै न कुनै संकेतबाट पत्ता लगाउन सकिन्छ । यस्तै केहि स्वास्थ्य समस्या छन्, जुन अनुहारबाटै थाहा पाउन सकिन्छ ।

१. यदि तपाइको अनुहारमा मौनता छाएको छ भने थाहा पाउनुस् कि किड्नीमा कुनै न कुनै समस्या छ । यस्तो समस्या औषधिको साइड इफेक्टको कारण पनि हुन सक्छ ।

२. महिलाको माथिल्लो ओठ तथा हड्डीमा रौ उम्रिनु भनेको थाइराइड ग्रन्थीमा तलमाथी भएको संकेत हुन सक्छ ।

३. लामोसमय सम्म अनुहारमा पहेलोपन देखिनु कलेजोको रोगको संकेत हो । साथै यो एनिमियाको संकेत समेत हुन सक्छ ।

४. क्याल्सियमको अभावमा अनुहारमा सेतो दाग देखा पर्दछन् । साथै सेतो दाग देखा पर्नु आइरनको कमी अथवा पेटमा जुका परेको संकेत पनि हुन सक्छ ।

५. पुरुषको दाह्रिको रौ झर्नु हाइपोथाइर्वाईडिज्म र एनेमियाको संकेत हो ।

६. अनुहारमा चमकदार सेतो दाग देखा पर्नु कुष्ठरोगको संकेत हो । यो एकदमै गम्भिर समस्या भएकोले संकेत देखा पर्नासाथ सम्बन्धित डाक्टरको सल्लाह लिनुपर्छ ।

७. अनुहारमा खटिरा देखा पर्नु चिकेनफक्सको संकेत हो । यस्तो अवस्थामा व्यक्तिलाई खोकी लाग्ने समस्या समेत हुन सक्छ ।

८. अनुहारमा लामो समयसम्म डन्डिफोर देखा पर्नु हर्मोनल इम्व्यालेन्सको संकेत हो । पेटसम्बन्धि रोगको कारण पनि अनुहारमा डन्डिफोर देखा पर्दछ ।

९. लगातार कैयौ दिनसम्म अनुहारमा चिलाउने समस्या भएमा एन्जियोएडिमा अर्थात अनुहार सुन्निने संकेत हुन सक्छ ।

१०. अनुहारमा हल्का दाद देखा पर्नु भनेको पेटमा विभिन्न ब्याक्टेरिया भएको संकेत हो ।

थप जानकारीः

कुन राेग लाग्याे ? अनुहारबाट थाहा पाउनुहाेस

रोगको कुनै न कुनै संकेत अवश्य हुन्छन् । निकै ध्यान दिएर हेर्ने हो वा याद गर्ने हो भने शरिरमा कस्तो रोग लागेको छ त्यो पत्ता लगाउन सकिन्छ मात्र कस्तो रोग लाग्दा कस्तो संकेत हुन्छन् भन्ने बारे सचेत हुन आवश्यक छ । आज हामी तपाईं यसबारे ८ जानकारी दिँदै छौं ।

अनुहार सुन्निएमाः

मृगौलाको समस्यायदि अनुहार पूरै सुन्निन्छ भने यो मृगौला रोगको संकेत हो । यो समस्या औषधीको साइडइफेक्टका कारण पनि हुनसक्छ ।

दाह्री झर्नुः

हाइपोथायराइडिजम्ःपुरुषको दाह्रीको झर्न थाले हाइपोथाइराइडिजम्को संकेत हुनुक्छ । यो समस्या एनिमियाका कारण पनि हुनसक्छ ।

अनुहारमा रौंः

थाइराइडमहिलाको ओठ माथि र चिउँडोमा रौं आउन थाले यो थाइराइड वा हर्मोनमा असुन्तुलनको संकेत हुनसक्छ ।

अनुहार पहेंलोः

कलेजोको रोगलामो समयसम्म अनुहार पहेंलो भए कलेजोको समस्याको संकेत हुनसक्छ । साथै यो जन्डिस वा रक्तअल्पत्ताको संकेत पनि हुनसक्छ ।

अनुहारमा सेतो दागः

क्याल्सियमको कमीअनुहारमा सेतो दाग हुनु क्याल्सियमको कमीको संकेत हुनसक्छ । साथै, यो आइरनको कमी वा पेटको किरा भएको संकेत पनि हुनसक्छ ।

स्पष्ट रुपमा देखिने चम्किलो सेतो दागः

कुष्ठ रोगअनुहारमा चम्किलो सेतो दाग हुनु कुष्ठरोगको संकेत हुनसक्छ । यो समस्या निकै गम्भीर हुने गर्दछ । त्यसकारण तुरुन्त डाक्टरलाई भेट्न आवश्यक छ ।

पानी फोकाः

ठेउलाअनुहारमा पानी फोका आउनु ठेउलाको संकेत हुनसक्छ । यसमा व्यक्तिलाई ज्वरो पनि आउन थाल्छ ।

अनुहारमा डण्डिफोरः

हर्मोनमा असन्तुलनः

अनुहारमा लामो समयसम्म डण्डिफोरको समस्या हुनु हर्मोनको असन्तुलनको संकेत हुनसक्छ । पेट सम्बन्धि रोगका कारण पनि यो समस्या निम्तिन सक्छ ।

अनुहार सुन्निएः

एन्जियोएडिमाः

लगातार थुप्रै दिनसम्म अनुहार सुन्निरहनु एन्जियोएडिमाको संकेत हुनसक्छ ।अनुहारमा हल्का दागःपेटमा किरायदि अनुहारमा हल्का सेतो दाग देखिए यो पेटमा किरा भएको संकेत हुनसक्छ ।

अनुहार हेरेरै थाह पाउन सकिन्छ शरीरमा लागेकाे राेग!

अनुहार मानिसको व्यक्तित्वका साथै स्वास्थ्यको पनि ऐना हो । मानिस स्वस्थ भएको-नभएको कुरा अनुहारबाट पत्ता लगाउन सकिन्छ ।

सुक्खा ओठ र छाला शरीर डिहाइड्रेट हुनुको संकेत हो । हरेक मौसममा ओठ सुक्खा हुने व्यक्तिले मधुमेह रोगबारे जाँच गराए ठीक हुन्छ ।

कतिपय महिलाका चिउँडो र ओठमाथि बाक्ला रौँ हुने गर्छन् । शरीरमा हर्मोनको सन्तुलन बिग्रिएकाले यसो भएको हुन सक्छ ।

अनुहारको छाला पहेँलो देखिएमा शरीरमा रगतको कमी भएकाले हुन सक्छ ।

मधुमेह के हो ? कसरी बँच्ने ?

मधुमेह अर्थात डाइबेटिसलाई सामान्यभाषामा चिनिको रोग भन्ने गरिन्छ । रगतमा ग्लुकोजको मात्रा बढि भएपछि हुने रोग नै मधुमेह हो । प्यांक्रियाज नामक ग्रन्थिबाट उत्पादन हुन् । इन्सुलिन हर्मोनको अनियमितता हुदा मधुमेह हुन जान्छ ।

इन्सुलिनले चिनि अर्थात कार्बोहाइड्रेटलाई पचाउने काम गर्छ र रगतमा यसको मात्रा सन्तुलित र नियमित गर्ने गर्छ । तर जब इन्सुलिनको उत्पादन हुन छाड्छ रगतमा चिनिको मात्रा बढ्न थाल्छ । प्यांक्रियाजले प्रयाप्त इन्सुलिन उत्पादन नगर्दा वा सरिरले इन्सुलिनको उपयोग गर्न नसक्दा मधुमेह हुनजान्छ ।

रगत विना रक्तसंचार प्रणालीको कल्पना गर्न सकिदैन । पानी , रक्तकोष , विभिन्न लवण तथा रसायनहरुको समिश्रणबाट बनेको रगतमा तत् तत् पदार्थहरु निश्चित अनुपातमा रहेका हुन्छन् । यदि रगतमा भएका कुनै पनि पदार्थको मात्रा अर्थात गुणमा परिवर्तन भयो भने समग्र रक्तसंचार प्रणाली र सरिरको आन्तरिक कार्यसंचालनमा बाधा पुग्छ जान्छ ।

जिवन यापनमा आइरहेको परिवर्तन , विलासी जिवलशैली तथा भौतिक मेहेनतको कमील्ेा मधुमेहका रोगी दिनानुदिन बढिरहेका छन् ।

विश्वमा करीब २२ करोड मानिस मधुमेह बाट प्रभावित रहेको र आगामी २०३० सम्ममा यो संख्या दोब्बर हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा पनि ४० वर्ष सम्म उमेर समुहका करीब १५ प्रतिशत मधुमेहबाट ग्रसित रहेको र सो उमेर समुहभन्दा माथिका करीब १९ प्रतिशतलाई मधुमेह लागेको बताइएको छ ।

ग्रामिण क्षेत्रमा भन्दा पनि सहरी क्षेत्रमा मधुमेह प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको छ । नेपालको ग्रामिण क्षेत्रमा जम्मा २ प्रतिशत व्यक्ति मधुमेहबाट प्रभावित भएका छन् ।

अमेरिकामा करीब १५ लाख मानिस मधुमेहबाट पिडित रहेको र बेलायतमा करीब १६ लाख मानिस लाई मधुमेह लागेको बताइएको छ । विश्वमा रोगबाट मर्नेहरु मध्ये ५ प्रतिशत मधुहेहका रोगी रहेका छन् । यदि तत्काल कुनै प्रभावकारी कदम नचालिएमा आउदो १० वर्षमा मधुमेहबाट ज्यान गुमाउनेको संख्या ५० प्रतिशतले बढ्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सन् २००५ मा मात्रै करीब ११ लाख मानिसले यो रोगबाट ज्यान गुमाएका थिए र वर्षेनी सो संख्या बढिरहेको छ । मधुमेहका रोगी मध्ये करीब ८० प्रतिशत मध्यम र निम्न आय भएका मुलुकमा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विगत ३० वर्षमा बालबालिकामा हुने मधुमेह तिन गुणाले बढेको बताइएको छ ।

मधुमेहकेा कारण

सरिरमा प्रयाप्त इन्सुलिनको उत्पादन नहुदा वा सरिरले इन्सुलिनको उपयोग गर्न नसक्दा रगतमा चिनिको मात्रा बढ्न गइ मधुमेह हुनजान्छ । जसका निम्न कारणहरु हुन्छन्ः

१. आनुवांशिक कारण , बाबु आमामा मधुमेह भएको खण्डमा छोराछोरीमा पनि सर्ने सम्भावना २० प्रतिशत रहेको चिकित्सक हरुले जनाएका छन् । तसर्थ अभिभावक बाट सन्तानमा मधुमेह सर्न सक्ने सम्भावना रहेको हुन्छ ।

२. बढि मोटो रहनु र आवश्यक भन्दा बढि तौल्ा हुदा मधुमेह हुने सम्भावना बढि हुन्छ ।

३. भाइरसको संक्रमणः यो मधुमेहको प्रमुख कारक हो । प्यांक्रियाजको विटा कोश (जसले इन्सुलिन उत्पादन गर्छ ) मा भाइरसको संक्रमण हुदा इन्सुलिनको उत्पादन हुन सक्दैन जसको कारण मधुमेह हुन जान्छ ।

४.व्यायामको कमी , अस्वस्थ आहार विहार , उच्च रक्तचाप , रगतमा बढि कोलेस्टेरोल हुनु पनि मधुमेहका कारक हुन्।

मधुमेहका प्रकार

मधुमेह मुख्यतया तिन प्रकारका हुन्छन् ।

क. टाइप वानः यो सामान्यतया बालबालिकामा हुने गर्छ । जहा इन्सुलिनको उत्पादन सुन्य अर्थात अत्यन्त न्युन हुन्छ । रोगीलाई बचाउन कृत्रिम रुपमा इन्जेक्सनद्धारा इन्सुलिन दिनुपर्ने हुन्छ ।

ख. टाइप टुः यो सामान्यतया प्रौढ अवस्थामा हुने गर्छ र विश्वमा भएका मधुमेही मध्ये धेरै यही प्रकारको मधुमेहका रोगी रहेका छन् । यसमा प्यांक्रियाजले कम इन्सुलिन उत्पादन गर्छ र सरिरले पनि इन्सुलिनको ग्रहण गर्न असक्षम हुन्छ । उमेर बढ्दै जादा यो प्रकारको मधुमेहबाट व्यक्ति ग्रसित बन्ने गर्छन् ।

ग. जेस्टेसनल मधुमेहः गर्भबती महिलाहरुमा जुनैपनि बेला रगतमा चिनिको मात्रा उच्च हुनगइ मधुमेह हुनजान्छ । यस्तो प्रकारको मधुमेहलाई जेस्टेसनल मधुमेह भनिन्छ ।

मधुमेहका लक्षण

१. छिटो छिटो पिसाव लाग्ने र तिर्खालाग्ने

२. बढि भोक लाग्ने , आखा तिरमिराउने

३. शरिरको वजन घट्ने , थकाइ महसुस हुने

४. वाकवाकी लाग्ने

५. लामो समयसम्म चोटपटक निको नहुने

५. हात खुट्टा झमझमाउनु , रिंगटा लाग्नु

मधुमेहका रोगीमा अन्धोपन हुनसक्ने सम्भावना अत्यधिक रहेको हुन्छ । करीब १५ वर्षसम्म मधुमेहबाट ग्रसित बनेको करीब २ प्रतिसत रोगीमा पुर्ण रुपमा दृष्टिविहिन हुने सम्भावना रहेको हुन्छ ।

रगतमा भएको अध्यधिक ग्लुकोजले आखाको रेटिनामा भएको रक्तनलीमा क्षति पुराउने गर्छ । मधुमेहले स्नायु प्रणालीको मुख्य अंग मस्तिष्कमा पनि क्षति पुराउन सक्छ ।

मधुमेहका रोगीमा मृगौलाको रोग हुने सम्भावना पनि अत्यधिक रहेको हुन्छ । मधुमेहका कारण मुटुका विभिन्न रोग देखिने समस्या धेरै रहेको हुन्छ । करीब५० प्रतिशत मधुमेहका रोगी मुटु तथा नशा सम्बन्धी रोगका कारण मर्ने एक अध्ययनले देखाएको छ ।

मधुमेहको उपचार

मधुमेहको उपचार सम्भव छैन । यो रोगलागिसकेपछि रोगीको आयु बढाउने अर्थात् यो रोगको व्यवस्थापन गर्ने विकल्प मात्र बाकि रहन्छ ।

मधुमेहको व्यवस्थापन भनेकै रगतमा भएको चिनिको मात्रा घटाउनु हो र रक्तकोशमा क्षति पुराउने अन्य तत्वको निवारण गर्नु हो । जसको लागि निम्न उपाय अपनाउन सकिन्छः

१. इन्सुलिनको मात्रा यथावत राखी रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न अस्पतालमा उपचार गरी खोपमार्फत नियमित इन्सुलिन लिने

२. रक्तचाप नियन्त्रण गर्ने

३. खानामा विशेष ध्यान पुराउने , बढि कार्वोहाइड्रेट भएका खानेकुराको सेवन नगर्ने

४. धुम्रपान र मध्यपान त्याग्ने

५. बढि चिल्लो युक्त पदार्थको सेवन नगर्ने

६. सन्तुलित र नियमित भोजन लिने र नियमित व्यायाम गर्ने

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।