उत्पत्तिको केन्द्र पेरुभियाली तथा मेक्सीकाली क्षेत्र मानिन्छ । यसको साधारण नाम टमाटर (हिन्दी), रमभेडा (नेपाली) पनि हुन्छ ।

टमाटर एक महत्त्वपूर्ण ‘संरक्षी खाद्य’ हो, किनभने यसमा धेरै पौष्टिक मूल्य हुनुका साथै यसको व्यापक उत्पादन हुन्छ । आलु र सखरखण्डपछि यो विश्वको तेस्रो सबैभन्दा ठूलो सब्जी हो, तर ‘केप्ड भेजिटेबल’(मा यसको पहिलो स्थान छ । सुप, सलाद, अचार, झोल, टक, सस आदि बनाउन टमाटरको प्रयोग गरिन्छ ।

पोर्तुगालीहरूले यसलाई भारतमा परिचित गरेका थिए । अहिले यो भारतमा एक महत्त्वपूर्ण तथा लाभकारी सब्जी भएको छ । उत्तर प्रदेश, महाराष्ट्र्, कर्णाटका, बिहार, उडिस्सा प्रमुख टमाटर उत्पादन गर्ने राज्य हुन् । सिक्किमको अनुकूल कृषि जलवायु परिवेशको कारण वर्षभरि नै यहाँ टमाटर उत्पादन गर्न सकिन्छ ।

मानब जीवन अपरिहार्य हुन्छ । नेपालमा दिनहु प्रदुषण बढ्दै गैरहेको छ । जसको कारणले गर्दा पौष्टिक तत्वहरु खान पाइरहेका छैनौ । अहिले बजारमा निस्केका अंग्रेजी औषधिले हाम्रो शरीरमा धेरै अशर पुर्याइरहेको छ । आफ्नै खेतमा फलाएको तरकारी खादा धेरै फैदा हुन्छ । जसमध्य आज गोलभेडा खादाहुने फाइदाको बारेमा बुझाइदै छौ ।

गोलभेडाले यी रोगलाई निम्न फाइदा :

मुटुरोग नियन्त्रण गर्छ : बेलायतमा हालै गरिएको एक अनुसन्धानले दैनिक गोलभेडा खाने व्यक्तिमा मुटुरोग लाग्ने सम्भावना ३० प्रतिशतले कमी हुने पाइएको छ ।

पाचनशक्ति बढाउछ : गोलभेडाको नियमीत सेवनले शरीरको पाचनप्रणाली र कलेजोको कार्यलाई प्रभावकारी बनाउन मद्धत गर्छ ।

भिटामिन र खनिज पदार्थ प्रसस्त : गोलभेडामा भिटामिन ए, भिटामिन सि, भिटामिन के, बी १, बी ३, बी ५, बी ६, बी ७, पोटासियम, फोलिट, आईरन, म्याग्नेसियम, क्रोमियम, कोलिन, जीक र फस्फोरस जस्ता शरीरका लागि आवश्यक भिटामिन र खनिज पदार्थ पाइन्छ ।

पत्थरी हुनबाट जोगाउछ : नियमित गोलभेडा सेवन गर्ने व्यक्तिलाई मिर्गौला र पित्तथैलीमा हुनसक्ने पत्थरीबाट जोगाउछ ।

कपाल राम्रो बनाउछ : गोलभेडा खाँदा पाइने भिटामिन के को कारणले कपाल बलियो हुन्छ । चमकदार, सिल्की र लामो हुनुका साथै कपाल झर्ने समस्यामा पनि कम गर्छ ।

छाला स्वस्थ्य राख्छ : गोलभेडाको जुस खाँदा छाला चम्कीलो हुन्छ । साथै छालाको कोषहरुलाई विग्रनबाट जोगाउछ ।

हड्डी बलियो हुन्छ : गोलभेडामा हुने क्याल्सियम र एन्टी अक्सीडेन्टले हड्डी बलियो बनाउन मद्धत गर्छ ।

रगत जम्नबाट जोगाउछ : रगतमा पाइने प्लेटलेट्स कोषहरु एक ठाउमा जम्मा भएर नशामा रगत जम्न गई रगत प्रवाहमा अवरोध उत्पन्न हुन सक्छ । गोलभेडा प्रसस्त मात्रामा पाइने फाइटो न्युट्रियन्ट्सले यस्तो सम्भावना कम गराउछ ।

क्यान्सरको सम्भावना कम हुन्छ : हरेक ८ मध्ये १ व्यक्तिलाई प्रोष्टेड क्यान्सर हुने सम्भावना हुन्छ । गोलभेडा खाँदा पाइने अल्फाटोमाटिनले प्रोष्टेड क्यान्सरकोष बढन नदिने बनिसकेको क्यान्सरकोषलाई भगाउने काम गर्छ ।

यसकाे बारेमा पनि केही थप जानकारीः

यस्ता छन् बिहान खाली पेटमा दुई पोटी लसुन र एक गिलास पानी खानुका फाइदा

प्राय: हामीले तरकारी पकाउँदा प्रयोग गर्ने गर्छौ तर यसका स्वास्थ्यसम्बन्धी धेरै गुणबाट हामीमध्ये सायद थोरै मात्रै जानकार छौँ।

लसुन तरकारीमा प्रयोग गर्नका लागी मात्र उपयुक्त नभइ औषधीका रूपमा समेत निकै उपयोगी मानिन्छ। लसुनका केही उपयोगिताका बारेमा जानीराखे भविष्यमा तपाईलाई समेत फाइदाजनक हुन सक्छ भने अहिले आफूमा रहेका समस्याबाट बच्नका लागी समेत यो सामग्री उपयोगी हुन सक्छ।

जानीराखौँ लसुनका केही उपयोगिता

१. गानो गएमा : लसुन पिसेर वा एक केस्रा लसुन तातो पानीसित खाएमा गानो गएको अवस्थामा फाइदा गर्छ।

२. विषम ज्वरोमा : बिग्रेको ज्वरोमा लसुन घिऊ वा तेलमा डढाएर त्यो घिउ वा तेल पिए लाभ गर्दछ।

३. मुटुको रोगमा : यस रोगमा घिऊमा फुराएको लसुन एक-दुई केस्रा भात खान लाग्दा भातैमा मुछेर खाने गरे लाभ गर्छ।

४. शरिर सुनिएकोमा : लसुन हालेर पकाएको तेलम मालिस र एक-दुई केस्रा बिहान खाली पेटमा खाने गरेमा सुनिएको कम हुन्छ।

५. पेट दुखेमा : लसुनको रस दश थोपादेखी तीस थोपासम्म खाए लाभ हुन्छ तर एकै पल्ट तीस थोपा नखाएर क्रमश बढाएर लैजानु राम्रो हुन्छ।

६. बाजीकरणमा : एक डल्लो लसुन छोडाएर कुट्ने र मिश्री या धिऊमा पकाएर खाए उत्तेजना र बलविर्य बढ्छ।

७. स्वप्नदोषमा : एक केस्रा काँचो लसुन चपाउनुपर्छ। यसले स्वप्नदोष ठिक हुन्छ र कामोत्तेजना बढ्छ।

८. भित्री चोटमा : नदेखिने चोटमा लसुनको रसमा नून मिलाएर मालिस गरे तथा दुखेको स्थानमा रूवा वा लुगाको पट्टी राखेर बाँधिदिए लाभ
गर्दछ।

९. वीर्य बृद्दीमा : लसुनको केस्रा छोडाएर घीऊमा रातो पारेर भुट्ने तर कालो पारेर भने डढाउनइ दुधमा खीर पकाएर एक महिना जति दिनहुँ खाए विर्य बढ्छ। नपुंसकता हराउँछ र यसले गठिया वात पनि निको पार्छ।

१०. कपाल दुखेमा दुवै कनपारामा लसुन पिसेर लगाए एकैछिनमा कपाल दुखेको आराम हुन्छ।

११. बिच्छीको विषमा लसुन र अमचुर सुकाएको आँपको धुलोसँग मिलाएर खान दिए विषको प्रभाव नष्ट हुन्छ।

१२.जिब्रो सुनिएमा लसुन पिसेर जिब्रोमा लेप लगाए लाभ हुन्छ।

१३. घाऊ धुन पानिमा कुटेका लसुन मिसएर घाऊ धोए लाभ गर्दछ।

१४. कान दुखेमा लसुनको पातको रस वा लसुन तेलमा डढाएर त्यो तेल कानमा हाले लाभ गर्छ।

१५. भोक नलागेमा बासी मुखमा (बिहान उठ्ने बित्तिकै अरू केही नगरी) एक पोटी लसुन पानीसित निले भोक लाग्दछ, तथा खाएको पाचन समेत हुन्छ।

के तपाईलाई लसुनको बेफाइदा पनि थाहा छ ? यस्ता छन् लसुनको वेफाइदा

लसुनले हाम्रो खानालाई मीठो बनाउन मात्रै होइन, यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वस्थ बनाइराख्न पनि धेरै मद्दत गर्दछ।लसुन नियमित खानाले स्वास्थ्यमा सुधार आउने र केही खतरनाक शारीरिक समस्या र रोगहरूबाट पनि बच्न सकिन्छ ।

लसुनको सेवन गर्दा ध्यान दिनु पर्ने व्याक्तिहरु यस्ता छन् ।

कलेजोको समस्या भएको व्यक्ति : ब्याक्टेरियालाई मार्ने एन्टिब्याक्टेरियल र एन्टिभाइरल खानेकुरा भएकोले, मानिसहरूले लसुन खाँदा हेपाटाइटिसलाई ठीक गर्दछ भन्ने विश्वास गर्दछन्।हेपाटाइटिस यस्तो रोग हो, जसले मानिसको कलेजोलाई असर गर्दछ। तर, हेपाटाइटिस भाइरसको उपचारको लागि लसुन खानु उचित हुँदैन।

किनभने, लसुनको सेवनले पेट र आन्द्रामा प्रत्यक्ष प्रभाव पर्दछ, जसले हाम्रो आन्द्रामा पैदा हुने ग्यास्ट्रिक एसिडको मात्रा लाई कम गर्दछ। जसको कारण हाम्रो पाचन प्रणालीमा नकारात्मक असर पर्दछ। यसले बान्ता हुने, रिङ्गटा लाग्ने जस्ता लक्षणहरू निम्त्याउँदछ। त्यसैले हेपाटाइटिस हुनेहरूले लसुनको सेवन नगर्नुहोस्।

सर्जरी गर्न लागेको व्यक्ति: कुनै पनि किसिमको सर्जरी गर्नुभन्दा २ हप्ता अगाडि देखि लसुन खान छोड्नुपर्दछ। किनभने, लसुनले गर्दा सर्जरी पछि रगत नजम्ने हुन्छ र घाउ बिस्तारै पाकेर सङ्क्रमित हुने गर्दछ।

कम रक्तचाप भएको व्यक्ति :स्लसुनको सेवनले शरीरमा नाइट्रिक अक्साइड र हाइड्रोजन सल्फाइड जस्ता रसायनहरूको निर्माणमा मद्दत पुर्याउँदछ। यी रसायनहरूले मुटुको धमनीहरूलाई आराम दिने गर्दछन्।उच्च रक्तचाप हुनेहरूको लागि लसुन फाइदाजनक हुन्छ तर कम रक्तचाप हुनेहरूको लागि भने लसुनको सेवन खतरनाक हुन जान्छ

झाडापखाला लागेको व्यक्ति: झाडापखालाले ग्रसित भएको व्यक्तिले लसुनको सेवन गरेमा, यसको पीरो स्वादले आन्द्रालाई नकारात्मक असर पुर्याउँदछ, जसको कारण आन्द्रामा घाउ हुन जान्छ र यस्तो अवस्थालाई ‘इन्टेस्टाइनल म्युकोसल हाइपरिमिया’ भनिन्छ।

यस्तो अवस्था हुँदा, दिशा गर्दा कडा पेट दुख्ने, दिशामा रगत देखिने, रिङ्गटा लाग्ने र बान्ता हुने जस्ता लक्षणहरू देखा पर्दछन्। त्यसैले, झाडापखाला लाग्दा लसुनको सेवन नगर्नुहोस्।

आँखा रोग भएको व्यक्ति : आँखा रोगीहरूले लसुनको सेवन गर्नुहुँदैन। विशेष गरी आँखा पाकेको व्यक्तिलाई लसुनले हानी पुर्याउने गर्दछ, साथै आँखाबाट रगत पनि निकाल्न सक्दछ। आँखा रोगीहरूले लसुनको सेवन गरेमा आँखामा बादल लागेजस्तो हुने, आँखा दुख्ने, टाउको दुख्ने, स्मरण शक्ति घट्दै जाने जस्ता लक्षणहरू देखा पर्दछन्।

त्यसैले, यदि तपाईँ पनि यी ५ किसिमका व्यक्तिहरूमा पर्नुहुन्छ भने आजैदेखि लसुनको सेवन गर्न छोडिदिनुहोस्।साधारण स्वास्थ्य स्थिती भएका व्यक्तिहरूको लागि लसुन फाइदाजनक भएपनि, माथिका ५ किसिमका मानिसहरूको लागि लसुन खतरनाक हुन सक्छ। तर यदि गल्तीले लसुनको सेवन गर्नुभयो र समस्या आउन थाल्यो भने तुरुन्तै स्वास्थ्य चौकी जानुहोस् र उपचार गराउनुहोस्।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।