साउनको सौन्दर्य सूचक हो मेहन्दी र हरियो चुरा । खास गरी महिलाले साउन महिनाभरि हातमा हरिया चुरा र मेहन्दी लगाउँछन् । उसो त साउन महिना प्राकृतिक रूपमा पनि हरियो महिना नै हो ।

धर्म संस्कृति मान्ने महिलाहरूले लगाउने मेहन्दी र चुरा पछिल्लो समय प्राय सबै जसो महिला र युवतीको लगाउने गरेका छन् । अहिले त मेहन्दी र चुरा फेसनकै रूपमा स्थापित भएको पाइन्छ । रङ्गीचङ्गी पहिरनसँगै बजारमा चुरा, मेहेन्दी र कपडाहरूको व्यापार बढेको छ ।

साउनमा विशेष रूपमा मनाउने सोमबारको व्रत बस्ने हरियो, पंहेलो रङ्गको चुराका साथै मेहन्दी र हरियो रातो कपडा र श्रृङ्गारमा सजिने गर्छन् । साउन महिना आएलगत्तै हरियो चुरा र महेन्दीलगायत अन्य श्रृङ्गारिक सामानको बिक्री राम्रो भइरहेको छ । अन्य समयमाभन्दा साउनमा यस्ता सामग्रीको कारोबारबाट मनग्य आम्दानी हुँदै आएको व्यापारीको भनाई छ ।

प्रकृति मात्र नभई साउनसँग हरियालीको विशेष सम्बन्ध र सामिप्यता रहन्छ । यही रङ्ग भित्र उपस्थिति जनाउने एउटा महत्त्वपूर्ण पक्ष मेहन्दी पनि हो । विशेष हिन्दु नारीहरूले सुन्दरता र सौभाग्यका लागि साउन महिनाभर प्रयोग गर्ने मेहन्दीको गुनिलो पक्ष बढी भए पनि बजारमा जथाभाबी पाइने मेहन्दीले स्वास्थ्यमा पनि उत्तिकै हानी पु¥याउने गरेको छ ।

कतिपय ठाउँमा मेहन्दीलाई डार्क बनाउनका लागि विभिन्न केमिकल, पेट्रोल, एसीड लगायतका वस्तु राखिन्छ जुन मानिसको स्वास्थ्यको लागि घातक हो । यस्ता मेहेन्दीको प्रयोगले छाला पोल्ने छालाको एलर्जी देखि क्यान्सरसम्मको रोग लाग्ने खतरा बढी हुन्छ । सस्तो मूल्यमा पाइयो भन्दैमा जस्तोसुकै मेहन्दी लगाउँदा मानिसको स्वास्थ्यमा गम्भीर असर परिररहेको छ । त्यसैले मेहन्दी लगाउँदा प्राकृतिक मेहेन्दी प्रयोग गर्न चिकित्सकहरूको सुझाव छ ।

नेपालमा मेहन्दी व्यापारका लागि न कुनै मापदण्ड छ, न कुनै अनुगमन नै। जसले, जहाँबाट जस्तोसुकै मेहन्दी ल्याएर बेचे पनि कसैले केही गर्दैन। नेपालमा कस्मेटिक्सको मापदण्ड र नियगमन गर्ने कुनै निकाय छैन। यस्तो विधिहिनताको पीडामा नेपाली नारीहरू हरेक साउनसँगै शरीरमा घातक रोग सङ्क्रमणको पीडित भइरहेका छन् ।

छालामा रोग प्रतिरोधी क्षमता बढाउन पनि उत्तिकै मद्दत गर्छ । त्यस्तै मेहन्दीको सेवन उच्च रक्तचापका बिरामीहरूको लागि वरदान मानिन्छ भने कपालको रक्षाका लागि मेहन्दीलाई रक्षाकवच नै ठानिन्छ । तर अब स्वास्थ्य प्रयोगकर्तामा नै निर्भर छ । मेहन्दीका प्रयोगकर्ताहरूले सतर्कता अपनाए मेहन्दी स्वास्थ्यका लागि हो भने जथाभाबीको प्रयोग गर्नेको लागि खतराको खानी पनि हो ।

मेहेन्दि गाढा लगाउने तरिका यस्तो छ :

साउन महिना मेहेन्दीको महिना हो । हरियो पहेलो पहिरनका साथ श्रृंगारको रुपमा हरियो पहेलो चुरा पोतेका साथमा मेहन्दीको पनि विशेष प्रयोग साउन महिनामा हुने गरेको छ ।

केही वर्षपहिला विशेषगरि भारत र नेपालको तराई क्षेत्रमा मात्र मेहन्दीको प्रयोग हुने गरेको भएपनि अहिले देशभर यसको प्रयोगले व्यापकता पाएको छ ।

साउन लागेसँगै सडक पेटीदेखि मेहन्दी लगाउने युवती र लगाइदिने डिजाइनरसम्ममको भीड देख्न सकिन्छ । मेहन्दी नलगाएका युवतीको हात नै देखिँदैन भन्दा पनि हुन्छ साउनमा ।

किन लगाउने मेहन्दी ?

साउनमा हरियो पहिरनको महत्व प्रकृतिसँग जोडिएको हुन्छ । प्रकृति प्रेमी भगवान शिवलाई खुसी पार्न र आयु आरोग्यको लागि साउनमा हरियो पहिरनका साथ हरियो पहेलो चुरा पोते लागाउने गरिन्छ भने मेहन्दीको प्रयोग किन गरिन्छ त ? धर्मशास्त्र र फेसनसँग यसको के सम्बन्ध छ भन्ने थाहा पाउनु जरुरी हुन्छ ।

महिलाको श्रृंगारको चर्चा धर्मशास्त्रहरुमा पनि गरिएको छ । नारीका सोह्र श्रृंगारबारे उल्लेख गरिएको पाइन्छ जसमा मेहन्दीको पनि उल्लेख गरिएको छ ।

मेहन्दीलाई शुभ कामको प्रतिकको रुपमा पनि लिने गरिएको छ ।

मेहन्दीलाई जीवनका साथ परिवारमा प्रेम र स्नेहको प्रतिकको रुपमा लिने संस्कृति रहेको छ ।

कतिपयले हातमा वा खुट्टामा लगाइएको मेहन्दीको रंगको अवस्थाले प्रेमी प्रेमिका वा पतिपत्नीबीचको सम्बन्धलाई दर्शाउने बताउने पनि गरेका छन् ।

त्यस्तै असारमहिनामा खेतबारीको काम सकिएसँगै फुर्सदको समय हुने र त्यस समयमा शरीरलाई राम्रो र आकर्षक राख्नका लागि मेहन्दीको प्रयोग गर्न थालिएको हो ।

अहिले मेहन्दीका विभिन्न डिजाइनहरु प्रचलनमा रहेको पाइन्छ । यस्ता डिजाइनहरुको तस्वीरसहित मेहन्दी लगाउनेहरु विभिन्न स्थानमा भेटिने गरेका छन् ।

खासगरि अहिले अरविक र व्राइडल डिजाइन वढी चल्तीमा छ । पछिल्लो समय गोल्डेन अरविक, लेटेस्ट अरविक, सुपर्व हिना युवतीहरुले रुचाएको पाइन्छ । भारतमा विशेषगरि कर्माचौथ, विवाह, श्रावण लगायतमा फरक फरक डिजाइनका मेहन्दीको प्रयोग गर्ने गरिएको पाइन्छ ।

कसरी बनाउने मेहन्दी ?

मेहन्दी घरमै पनि बनाउन सकिन्छ । मेहन्दीका लागि मेहन्दीको एक रुखका पातलाई पिसेर पनि यसलाई बनाउन सकिन्छ । तिउरीमा फर्सिको फूल, सिमीको पाता मिसाएर मेहन्दी घरमै पनि बनाउने गरिन्छ ।

तर यो झन्झटिलो हुने भएकाले आजभोलि युवतीहरुले तयारी अवस्थामा कोनमा पाइने मेहन्दीको बढी प्रयोग गर्ने गरेका छन् । मेहन्दीलाई गाढा लाग्ने बनाउन विभिन्न केमिकलको प्रयोग हुने भएका करण यस्तो मेहन्दीको सट्टा घरमै बनाइएको मेहन्दीको प्रयोग राम्रो हुन्छ ।

यसरी तयार पार्नुहोस्

मेहन्दीको धूलोलाई मलमलको कपडाले दुई तीन पटकसम्म चाल्ने

चियापत्तीको पानीमा मेहन्दीलाई करिब पाँच घन्टाजति भिजाउने ।

मेहन्दीको तेल केही थोपा मिसाउने । यसो गर्दा मेहन्दी गाढा बस्छ ।

त्यसपछि तयार भएको मेहन्दीलाई लगाउन मिल्ने गरि तयार गरिएको प्लास्टिकको कोनमा भर्ने र आफूले चाहेको आकृति अनुसार हात वा शरीरका विभिन्न भागमा भर्ने ।

थप जानकारी :

साउनमा किन लगाइन्छ हरियो चुरा र मेहेन्दी ?

साउने संक्रान्ति पर्व शुरु भएसँगै महिलाहरुमा मेहेन्दी र हरियो चुरा लगाउने प्रचलन छ । वनजंगल, खेतवारी मात्र नभई साउन महिना शुरु भएपछि महिलाहरुका हातमा हरियो चुरा र मेहेन्दी देखिन्छ । विवाहित महिला सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन् । अविवाहित युवती पनि राम्रो वर प्राप्त होस् भन्ने भनि हरियो चुरा र मेहन्दी लगाउँछन । तर, यो चलन कहिलेबाट आयो र किन साउन मै हरियो चुरा र मेंहन्दी लगाइन्छ भन्नेबारे सबैलाई थाहा नहुन पनि सक्छ ।

हिन्दू धर्मग्रन्थका अनुसार साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरिया चुरा, पोते र हातमा मेहेन्दी लगाएकी थिइन् । र साउनमा जताततै हरियाली हुने हुनाले त्यही हरियालीमा रमाएर महादेवबाट सौभाग्य प्राप्तिको खुसी प्राप्त गर्न पाइन् ।’

प्राचीन किंवदन्ती अनुसार मेहेन्दी, हरियो चुरा र व्रत्र बस्दा विवाहित महिलाका श्रीमानको आयु बढ्छ । यसको वैज्ञानिक तथ्य पनि रहेको छ । विवाहित महिलाले यसरी चुरा मेहेन्दी लगाउँदा उनीहरुको सुन्दरता सामान्य भन्दा बढ्ने गर्छ जसले श्रीमानमा श्रीमतीको आकर्षण कायम राख्छ । श्रीमतीले व्रत्र बस्दा स्वास्थ राम्रो हुनुका साथै श्रीमाती प्रति श्रीमानको सम्बन्ध प्रगाढ हुने गर्दछ ।

साथै चुरा लगाउँदा यसको ध्वनिले मानिसको मस्तिष्कलाई एकाग्रता राख्न मद्दत गर्दछ । चुराको आवाजले मानिसको मस्तिष्कलाई अन्य धेरै नै फाइदा पुर्याउने वैज्ञानिकहरुको भनाइ छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे :