अनुहारले व्यक्तिको शारिरीक र मानसिक स्थिति थाहा पाउन सकिन्छ। जस्तो कि झोक्राएको अनुहार र फ्रेस देखिने अनुहारबाट कुनै पनि व्यक्तिको स्फुर्तिबारे थाहा पाउन सकिन्छ। रिसाएको व्यक्ति र हँसिलो व्यक्ति पनि अनुहार बाटै छुट्याउन सकिन्छ। र केही यस्ता रोगहरु हुन्छन् जसको संकेत व्यक्तिको अनुहारबाटै भेट्न सकिन्छ।

यहाँ १० रोगहरुको बारेमा उल्लेख गरिएको छ जसलाई अनुहार हेरेर थाहा पाउन सकिन्छ

१. अनुहार सुन्निनु 

यदि पुरै अनुहार सुन्निने हुन्छ भने यो मृगौला सम्बन्धि रोगको संकेत हुनसक्छ । यद्यपी, यस्तो समस्या औषधिको ‘साइड–इफेक्ट’का कारण पनि हुनसक्छ ।

२. दारीको रौँ झर्नु 

दारीको रौँ झर्ने भएमा ‘हाइपोथायराइडिज्म’ नामक रोगको संकत हुनसक्छ ।

३. अनुहारमा रौँ 

महिलाको ओठको माथि र चिउँडोमा अस्वभाविक रुपले रौँ आउँनु थाइराइड वा हर्मोनल असन्तुलनको संकते पनि हुनसक्छ ।

४. अनुहार पहेलिनु 

लामो समयसम्म अनुहारमा पहेलोपना रहनु कलेजो रोगको संकेत हो । साथै यो पहेलोपन पोलियो र एनिमिया अर्थात् रक्तस्रावको संकेत पनि हुनसक्छ । यसले जन्डिसको पनि संकेत गर्छ।

५. सेतो दाग 

अनुहारमा सेतो दाग हुनु क्याल्सियमको कमीको संकेत हुनसक्छ । साथै यो आइरनको कमी वा पेटमा जुका रहेको संकेत पनि हुन सक्छ ।

६. चम्किलो सेतो दाग

अनुहारमा केही स्पष्ट देखिने सेतो दाग हुनु कुष्ठ रोगको संकेत हुनसक्छ ।

७. पानी फोका

अनुहारमा पानी फोका आउँनु ‘चिकेनपक्स’(ठेउला)को संकेत हो ।

८. डन्डिफोर आउनु 

अनुहारमा लामो समयसम्म डन्डिफोर आइरहने समस्या हुनु हर्मोनको असन्तुलनको संकेत हो । त्यस्तै पेट सम्बन्धि समस्या पनि हुनसक्छ ।

९. सुन्निनु 

लगातार केही दिनसम्म पुरै अनुहार सुन्निनु एन्जियोएडिमाको संकेत हुनसक्छ ।

१०. अनुहारमा हल्का दाग 

यदि अनुहारमा हल्का सेतो दाग देखिएमा यो पेटमा जुका रहेको संकेत हो ।

अनुहार सम्बन्धि थप जानकारी

किन आउँछ अनुहारमा चायापोतो ?

तुलनात्मक रूपमा पुरुषलाई भन्दा महिलालाई बढी चायापोतोले सताउँछ। चायापोतो विशेषगरी अनुहारमा आउँछ। अनुहारमा आउने चायापोतो नाक, गाला, निधारमा, निधारको दायाँबायाँ आउँछ, जसले अनुहारै कुरुप बनाइदिन्छ।

चिकित्सकका अनुसार छालाको ‘पिग्मेन्टेसन डिसअर्डर’ चायापोतो हो। छालामा कालो रंग बनाउने कोषिका हुन्छन्, जसलाई ‘मेलानोसाइट्स’ भनिन्छ। यी कोषिका बढी सक्रिय हुँदा आउने परिवर्तन नै यसको असर हो। मेलानोसाइट कोषिकाले मेलानिन नामक तत्त्व बनाउँछ त्यो बढी भएमा चायापोतो देखिन्छ।

मेलानोसाइटको घनत्व शरीरको अन्य भागमा भन्दा अनुहारमा बढी हुने भएकाले अनुहारमा बढी यसको असर परेको हो।

प्रजनन् उमेर समूहका महिलामा एस्ट्रा जेन र प्रोजेस्टेरोन हर्मनको बढी उतारचढाव हुने भएकाले यो समयमा बढी चायापोतो आउँछ। महिनावारी शुरु भएपछि बन्द नहुञ्जेल महिलामा यसको असर आउने चिकित्सकहरू बताउँछन्।

चाया पोतो आउने कारण एउटै मात्रै छैन। चिकित्सकका अनुसार चायापोतो आउनुको प्रमुख कारण वंशाणुगत गुण पनि हो। आमाबुवा वा पुर्खामा चायापोतो नदेखिए पनि त्यसको गुण बोकेको भए त्यसको असर सन्ततिमा देखिन सक्छ।

धेरै घाममा बस्नाले ‘मेलानोसाइट बढेर अनुहारमा चायापोतो देखिन्छ। छालामा जथाभावी प्रयोग गरिने ‘स्किन केयर प्रोडक्ट’ले चायापोतो ल्याउने जोखिम त्यतिकै हुन्छ। चिकित्सकको सल्लाहबिना जथाभावी अनुहारमा क्रिम लगाउँदा यस्तो समस्या हुन्छ।

गर्भवतीमा हर्मोनको उतारचढावले अनुहारमा आएको पोतो भने बिस्तारै आफैँ हराएर जान्छ। गर्भनिरोधक पिल्समा एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मन हुने भएकाले नियमित पिल्स खाने महिलामा यस्तो समस्या आउनसक्ने चिकित्सकहरू बताउँछन्। पिल्सका कारण यस्तो समस्या भए परिवार नियोजनको अन्य उपाय अपनाउन उनीहरू सुझाव दिन्छन्।

पिनास सम्बन्धि जानकारी

पिनास नाकको भित्र दायाँबायाँ रहने खाली ठाउँमा अवरोधका कारण हुने रोग हो।

नाकको नजीकै अनुहारको हड्डिहरूको भित्र नम हावाको रिक्त स्थान हो, जसलाई ‘वायुविवर’ अथवा साइनस भन्छन्। साइनसमा पातलो झिल्लीको तह हुन्छ। जब कुनै व्यक्तिलाई रूघा तथा एलर्जी हुन्छ साइनसमा सिँगान भरिन्छ र सुन्निन्छ। साइनसको निकास माध्यम अवरुद्ध हुन्छ अनि सिँगान यहीँ भित्र थुनिन सक्छ।जहाँब्याक्टेरिया एवं भाइरस विकसित हुन सक्छ र अन्ततोगत्त्वा पिनास हुन सक्छ।

साइनोसाइटिस भनेको साइनसहरूको इन्फ्लामेसन हो। साइनस भन्नाले चाहिँ टाउको र अनुहारका हाडहरूमा हुने हावा भरिएका खाली भागहरूहुन् जो ससाना प्वालहरू ओस्टियमको माध्यमबाट नाकको श्वासमार्गसँग जोडिएकाहुन्छन्। यस्ता साइनसहरू चार प्रकारका हुन्छन्। फ्रन्टल साइनस(निधारमा), म्याक्जिलरी साइनस(दुवैतिर गालाको भित्र), इथमोइडल साइनस(आँखाहरूको बीचमा), स्फेनोइडलसाइनस( इथमोइडल साइनसको भित्रपट्टि)। यिनीहरूलाईसमग्रमा पारानेजल साइनसेस पनि भनिन्छ।

लक्षण

नाक बन्द भइरहने,

टाउको भारी हुने अघिल्लो भाग निधारमा दुखिरहने,

सुँघ्ने शक्तिमा कमि आउने

साइनास को क्षेत्रमा पीडा हुने.

आधाकपाल दुख्ने/

नाक बाट दुर्गन्धित रक्त मिश्रित पहेंलो सिंगान आउने

माथिल्ला दाँतहरू दुख्ने ।

आँखाको परेला सुन्निने ।

नाक पछाडिबाट घाँटीमा केही बगिरहेजस्तो हुने । घाँटी खसखस हुने ।

उपचार

तातो दुध र वेसार पिनासको सर्वोत्तम औसधि हो |

आराम गर्ने ।

चिसोबाट जोगिने, चिसो नपिउने ।

प्रशस्त मात्रामा झोल पदार्थ (मनतातो पानी, सुप, दालको रस आदि) सेवन गर्ने ।

बिहान-बेलुका भिक्स वा सन्चो हालेर तातोपानीको बाफ लिने ।

चिकित्सकको सल्लाहमा रुघाको औषधि सेवन गर्ने ।

आयुर्वेदिक उपचार

आर्युवेदिक उपचारअर्न्तर्गत नस्यकर्म विधि अपनाएर पनि पिनासको उपचार गर्न सकिन्छ । आर्युवेद उपचारका ५ प्रमुख उपचार विधिमध्ये नस्यकर्म पनि एक हो । जसमा बिरामीलाई सम्बन्धित तेलले अनुहार-टाउकोमा मालिस गर्ने, औषधियुक्त पानीको बाफ लिने र औषधिकै तेल नाकमा राख्ने कामगरिन्छ । करिब ७ दिनसम्म प्रत्येक दिन आधा घण्टा यो विधि अपनाउनु पर्छ । यसले साइनसभित्र जम्मा भएको फोहोरलाई गलाउने र नरम बनाएर बाहिर निकाल्छ, जसका कारण नाकको प्वाल खुल्छ र टाउको दुख्न बिस्तारै कम हुँदै जान्छ ।

पिनासको समयमै उपचार नभएमा टाउकोको अग्रभाग अत्यधिक दुख्ने, नाकबाट श्वास फेर्न अप्ठ्यारो पर्ने, नाक गन्हाउने हुन्छ । संक्रमणका कारण आन्तरिक रक्तश्राव हुन सक्ने र भित्रीरूपमा संक्रमण भई क्यान्सरजस्तो रोग लाग्ने सम्भावना पनि हुन्छ ।

पिनास आफैंमा ठूलो जटिलता नभई सामान्य कुरामा लापरबाही हुनाले निम्तिने रोग भएकाले यसबाट बच्न यसका कारणहरूमा विशेष ध्यान दिनु जरुरी छ, अनि मात्र पिनास हुनबाट जोगिनसकिन्छ । लक्ष्मी विकास रस यसमा निकै उपयोगी मानिन्छ । तातो पानीमा दुई गोली र सेफागि्रनको नस लिने गरे निकै फाइदा हुन्छ । पिनासको आधुनिक चिकित्सा पद्धतिबाट अप्रेसन त हुने गर्दछ तर त्यो फेरी दोहोरिन सक्छ । त्यसैले पनि पिनासको उपचार गर्न आयुर्वेद उपचार गर्ने क्रम बढेको छ ।

पिनासबाट हुन सक्ने जटिलता

नाक र पिएनएसमा सीमित 

पिनासका कारण नाक र पिएनएसका झिल्ली सुन्निएर वा स्राव निस्कने ग्रन्थिरूहरूमा अवरोध भई मासु पलाउन सक्छ । कहिलेकाहीँ पिएनएस वरिपरिका हाडभित्र संक्रमण भई अस्टियोमिलिटिस हुन सक्छ ।

आँखा वरिपरि 

पिनास आँखा वरिपरिका हाड तथा अरू तन्तुमा फैलन सक्छ । त्यस्तो अवस्थामा आँखा सुन्निने, आँखाको दृष्टि कमजोर हुने वा आँखै नदेख्ने सम्भावना पनि हुन्छ ।

मस्तिष्कमा असर 

फ्रन्टल, एथ्मोइडल र स्पेनोइड साइनसहरू मस्तिष्कको नजिक अवस्थित छन् । यी भागहरूको पिनास सुधार नभएको अवस्थामा संक्रमण मस्तिष्कमा फैलिएर मस्तिष्क सुन्निने, मस्तिष्कको झिल्लीबाहिर पिप जम्ने, मस्तिष्कभित्र पिप जम्ने, मस्तिष्कभित्र ठूलो रक्त नली संक्रमण हुनेजस्तो समस्या विकसित हुनसक्छ । यी जटिलताको समयमै उपचार नभए बिरामीको ज्यान समेत जान सक्छ ।

पिनासका कारण कानभित्रको मध्यभाग, घाँटी तथा टन्सिलको संक्रमण हुन सक्छ ।

कसरी जोगिने ?

प्रशस्त मात्रामा पानी पिउने ।

चिसोबाट जागिने ।

तातोपानीको बाफ लिने ।

धूलो-धूवाँबाट जोगिने, सफा मास्क लगाउने ।

साधारण रुघाखोकी भनेर लापरबाही नगर्ने । रुघा लागे तातोपानीको बाफ लिने । आफूलाई एलर्जी हुने खालका कुराहरू नखाने ।

एलर्जीको उपचार गराउने ।

नाकभित्र मासु सुन्निएको, पलाएको, नाकभित्रको हाड बाङ्गएिको आदि स्थितिमा विशेषज्ञको परामर्शअनुसार शल्यक्रिया गर्ने ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस