त्यसै पनि अहिले गर्मीको मौसम । त्यसमाथी मनसुन सक्रिय भएको बेलामा पर्ने अविरल वर्षाले हाम्रो स्वास्थमा समेत प्रतिकूल प्रभाव पारिरहेको हुन्छ । यो सिजनमा हामीले खाने खाद्य पदार्थहरु अरु बेलाको तुलनामा अझ चाँडो दुषित हुने सम्भावना रहन्छ ।

खाद्य पदार्थलाई कसरी दुषित हुनबाट जोगाउने ? अथवा खाद्यपदार्थलाई कसरी सुरक्षित राख्ने ? यो आजको बुझ्नै पर्ने आवश्यकता हो । हामीले उपभोग गरिरहेका सबै प्रकारका खाद्य पदार्थहरु कत्तिको स्वच्छ, ताजा अथवा स्वास्थको लागि सुरक्षित छन् ? यसबारेमा हामीले विचार गर्नैपर्छ ।

पछिल्लो समय तरकारीमा विषादीको प्रयोग राष्ट्रव्यापी मुद्दा नै बनिरहेको छ । हामीले खाने अधिकांश तरकारीहरुमा आवश्यकता भन्दा बढि विषादीहरु प्रयोग भैरहेका छन् भन्ने समाचारहरु हरेक दिनजसो प्रकाशित भैरहेका छन् । यस्तो अवस्थामा हामीले खाने खाद्य पदार्थ जस्तै अन्न, तरकारी, फलफूल आदि विषालु रसायनबाट मुक्त छन् कि छैनन् भन्ने कुरामा ध्यान दिनु अनिवार्य छ ।

विषालु रसायन प्रयोग भएका खाद्यपदार्थहरु हाम्रो स्वास्थका लागि हानिकारण हुन्छन् । त्यसै पनि अहिले खाद्य पदार्थहरुमा विषादी धेरै छन् । हामीले खाने खानामा विषादीको मात्रा कति छ भन्नेतर्फ पनि हामीले ध्यान दिनु अनिवार्य छ ।

थोरै सावधानी अपनाइएमा हामी शरीरलाई हानी गर्ने विषालु रसायनबाट छुटकारा पाउन सक्छौं । यहाँ केही खाद्यपदार्थलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने बारेमा चर्चा गर्दैछौं ।

खाद्य पदार्थलाई कसरी जोगाउने ?

गहुँ

रोटी प्रायः सबैलाई मनपर्ने खाद्य पदार्थ हो । रोटी प्राय गहुँको पिठोबाट बनाइन्छ । हामीले स्वस्थकर रोटी खाने हो भने गहुँ नै स्वस्थ हुनु अनिवार्य छ । गहुँलाई डीडीटी, एचसीएच, एफ्लाटक्सिन जस्ता विषालु रसायनका साथै मुसाको रौं तथा मलले समेत दुषित बनाइरहेको हुन्छ । ती पदार्थले हाम्रो प्रजनन प्रकृयामै नकारात्मक प्रभाव पार्न सक्छ भने रगतलाई समेत दुषित बनाउँछ ।

यसबाहेक ती पदार्थले मस्तिष्क तथा छातीको क्यान्सर नै हुने सम्भावना रहन्छ । त्यसबाट बच्नका लागि गहुँ पिस्ने बेलामा नै ध्यान दिनु पर्छ । गहुँ पिस्नुभन्दा अघि त्यसको सबै भुस निकाल्नुपर्छ । भुससँगै त्यसमा भएको किटनासक विषादी पनि स्वतः निस्कन्छ ।

त्यसबाट पनि बाँकी रहेको विषादी रोटी पकाउने अथवा सेक्ने क्रममा नष्ट भएर जान्छ । त्यसैले गहुँ किनेपछि राम्ररी सफा गरेर मात्र पिसाउनु उपयुक्त हुन्छ ।

चामल

चामलमा पनि विभिन्न प्रकारका दुषित पदार्थहरु पाउन सकिन्छ । ती मध्ये प्रमुख हुन चामलमा प्रयोग गरिने डीडीटी तथा आरसेनिक । ती दुषित पदार्थले हाम्रो स्मरणशक्ति तथा प्रजजन क्ष्ँमतामा कमि ल्याउँछ । ती पदार्थले हाम्रो रगत समेत दुषित बनाउँछ ।

छाती तथा मस्तिष्कको क्यान्सर हुने सम्भावना पनि अधिक हुन्छ । त्यसैले दुषित पदार्थ मिसिएको चामल नै किन्नबाट जोगिनु पर्छ । त्यसका लागि हामीले किन्ने चामलको रंगमा ध्यान दिनु पर्छ । हुन त अधिकांश चामलको रंग सेतो नै हुन्छ, तर सेतो बाहेकका रंगका चाममा एफ्लाटक्सिन हुन सक्छ ।

त्यस्ता चामल पाक्न समेत समय लाग्छ । त्यसैले चामललाई स्वस्थ बनाउनका लागि पकाउनुभन्दा आधा घण्टा अघि नै चामललाई चार पटक पानीले पखाल्नु पर्छ र अन्त्यमा पानीमै भिजाएर राख्नु पर्छ । यसबाट चामलमा भएको दुषित पदार्थहरुलाई सजिलै हटाउन सकिन्छ ।

दाल

चामलजस्तै दाल पनि हामीले दैनिक रुपमा प्रयोग गर्ने महत्वपूर्ण खाद्य पदार्थ हो । दाललाई पनि केही पदार्थहरुले दुषित बनाइरहेका हुन्छन् । ती मध्ये मुसाको कपाल, मुसाको लिंड तथा एचसीएच प्रमुख हुन् । ती दुषित पदार्थले पनि स्मरणशक्ति कम गराउनुका लागि प्रजजन क्षमतालाई पनि घटाउँछन् । रगतलाई दुषित बनाउनुका साथै छाती र मस्तिष्टकको क्यान्सरको सम्भावना समेत बढाउँछन् । दालमा पाइने दुषित पदार्थबाट जोगिने उपायहरु पनि छन् ।

त्यसका लागि दाल पकाउनुभन्दा एक घण्टा अघि नै दाललाई पानीमा भिजाउनु पर्छ । दाल पकाउन बसाउनुभन्दा ठिक अघि चार पटक पानीले पखाल्नु पर्छ । त्यसपछिमा दाललाई प्रेसर कुकुरमा राखेर पकाउनु पर्छ । दालमा चार-पाँच सिट्ठी लागेपछि अर्थात दाल राम्ररी पाकेपछि मात्रै खानु पर्छ ।

दूध

हामीले हरेक दिन प्रयोग गर्ने दूध पनि दुषित हुन सक्छ । दुधमा पाइने दुषित पदार्थहरुमा डीडीटी तथा एचसीएच, एन्डासुलफोन, सिन्थेटिक दूध, हाइट्रोजन प्याराअक्साइड आदि हुन् । यी पदार्थहरुले हाम्रो मृगौला, कलेजो, मांशपेशी तथा आन्द्रामा नकारात्मक प्रभाव पार्न सक्छ । दुषित दूधको सेवनले पेटको अल्सर नै हुने सम्भावना हुन्छ । दूषित दूधबाट जोगिनका लागि साइकलमा दूध बेच्नेहरुसँग दूध किन्नै हुँदैन ।

उनीहरुले दूधमा पानी मिसाउने सम्भावना अत्यधिक रहन्छ । यसबाहेक गुणस्तरीय डेरीबाट उत्पादित दूध मात्र प्रयोग गर्नु पर्छ । डेरीका दूधहरु पास्चराइड गरिएको हुनाले पेस्टिसाइडको प्रभाव कम हुन्छ । महत्वपूर्ण कुरा के हो भने दूध सेवन गर्नुअघि त्यसलाई राम्ररी उमाल्नु अति नै अनिवार्य छ ।

मसला

हामीले तरकारी पकाउँदा प्रयोग गर्ने मसला पनि दुषित हुन सक्छ । त्यसमा अप्राकृतिक रंग, माइक्रो टक्सिनका साथै अखाद्य धूलो प्रयोग गरिएको हुनसक्छ । ती दुषित पदार्थले स्वास्थमा धेरै नै प्रभाव पार्छ । खासगरी दुषित मसलाले हाम्रो आन्द्रालाई नै नकारात्मक प्रभाव पार्न सक् छ।

बेसार

बेसारको रंग पहेंलो हुन्छ भन्ने हामी सबैलाई थाहा भएकै कुरा हो । यद्यपि, बजारमा बिक्रीका लागि राखिएको बेसारको रंग आवश्यकता भन्दा बढि नै पहेंलो छ भने त्यसमा मिसावट छ भन्ने कुरा बुझे हुन्छ । बेसारमा क्रोमाइड नामक रसायन मिसाएपछि उक्त बेसार आवश्यकताभन्दा बढि पहेंलो हुन्छ । त्यसैले बेसार किन्दा प्राकृतिक पहेंलो रंगको बेसार किन्नु नै बुद्धिमानी हुन्छ ।

खुर्सानीको धूलो

खुर्सानीको धूलो पनि पनि विभिन्न प्रकारका अखाद्य धूलो मिसाइएको पाइन्छ । स्वस्थकर खुर्सानीको धूलो घरमै बनाउनु राम्रो हुन्छ । सुकेको खुर्सानी किनेर त्यसलाई घरमै पिस्नाले स्वस्थ धूलो तयार पार्न सकिन्छ ।

यसका साथै मरिच, जीरा, अलैंची, दालचिनी तथा धनियाँ जस्ता खाद्य पदार्थलाई घरमै पिसेर विभिन्न प्रकारका मसला बनाउन सकिन्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

मौसम अनुसारका के–के खानेकुराहरु खाँदा स्वास्थ्यमा फाईदा हुन्छ ? वर्षा ऋतु (असारदेखि भदौ )

यति बेला नेपालमा मध्य गर्मी छ । गर्मीयाममा खानेकुरामा निकै सचेत हुनुपर्छ । विशेषगरी राति खाने खानामा बढी ध्यान दिनुपर्छ, ता कि निद्रा तथा पेटसम्बन्धी कुनै प्रकारको समस्या नआओस् । यस्ता खाद्यपदार्थको सेवनले शरीरमा शक्ति र तरलताको मात्रा पूरा गर्न सघाउ पुग्छ । मौसम अनुसारका के–के खानेकुराहरु खाँदा स्वास्थ्य लाई फाईदा हुन्छ ? आउनुहोस् जानौँ

ग्रीष्म ऋतु (वैशाखदेखि जेठ)

यो मौसममा पुरानो गहुँ, जौ, सातु, खीर, दूध, चिसो पदार्थ, काँचो आँप, करेला, परवर र खरबुजा खानुस् । तेल हालेको, मसला धेर भएको, नूनिलो र तातो कुरा नखानुस् ।

वर्षा ऋतु (असारदेखि भदौ)

यो ऋतुमा पुरानो चामल, पुरानो गहुँ, खिचडी र हलुका पदार्थ सेवन गर्नुपर्छ । बर्खामा पाचनशक्ति कमजोर हुन्छ, त्यसैले कम भोजन गरेको राम्रो हुन्छ ।

शरद ऋतु (असोज र कार्तिक)

यो ऋतुमा चाहिँ पाचनशक्ति प्रबल हुन्छ र खाना पनि मज्जाले पच्छ । तातो दूध, घिउ, सक्खर, मिश्री, खीर, अमला, कागती, नरिवल, काउली खानुस् । तागत बढाउने काजु किसमिस खानुहोला ।

हेमन्त ऋतु (मंसिर)

स्वास्थ्य बनाउनका लागि यो ऋतु सर्वोत्तम मानिएको छ । पौष्टिक र भिटामिन भरपूर भएको खाद्यपदार्थ खानुस् । दूध, खुवा, नयाँ चामल, अनार, तिल लगायतका कुरा खानुस् । चिसो कुरा पटक्कै नखानुस् ।

शिशिर ऋतु (पुसदेखि माघ)

यो मौसममा घिउ, सिधे नून, मुँगको दालको खिचडी, अदुवा र तातो कुरा खानुपर्छ । तारेको वा भुटेको, चिसो वा बासी भोजन र बेमौसमी खाना नखानुस् ।

वसन्त ऋतु (फागुनदेखि चैत)

यतिखेर गर्मी हुन्छ । जौ, चना, गहुँको रोटी, चामल, मसँग, रहर, मूला, परवर, करेला, काँक्रो, जीरा, अमला आदि खानुस् । अमिलो कुरा नखानुस् ।

खानेकुरा अनियन्त्रित रुपमा खानुको बेफाइदा, यस्ता छन्

तौल बढ्छ

बढी खानेकुरा खाँदा अनावश्यक रुपमा तौल बढ्छ । मानिस सानो उमेरमै मोटोपनको सिकार बन्छ । मोटोपनका कारण डायबिटिज, मुटुका रोग, हाइपरटेन्सन र स्ट्रोकको खतरा हुन्छ । मोटोपन हुनु भनेको मृत्युको अर्को कारण पनि हो । हरेक वर्ष २८ लाख युवाको मोटोपनका कारण वर्षेनी मृत्यु भइरहेको छ ।

पचाउन गाह्रो

खाएको खानेकुरा केही मिनेटदेखि धेरै घन्टासम्म पेटमै रहन्छ । तर, त्यो खानाको परिणाममा निर्भर पर्छ । ठिक्क परिणामको खाना खाँदा पेटबाट रित्तिन करिब दुईदेखि तीन घन्टा लाग्छ । त्यस्तै उच्च चिल्लो पर्दाथयुक्त खाना खादा ६ देखि ८ घन्टा लाग्छ ।

शरीरका अंगमा हानि

बढी खादा पेट, ब्लाडर, लिभर, मिर्गौला, मुटुलगायत शरीरका अंगमा हानि हुन्छ । धेरै खानेकुरा खाँदा शरीरका विभिन्न अंगलाई पचाउनदेखि अन्य कार्य गर्न थप परिश्रम गर्नुपर्छ । तसर्थ आजैदेखि धेरै खान छाड्नुहोस् र रोगमुक्त हुनुहोस् ।

हिक्क हिक्क आउँछ

जब खानास्वादिलो हुन्छ, खाने मात्रा धेरै हुन्छ । खान हतार पनि हुन्छ । छिटोछिटो खाने शैलीले मुखभित्र बढी हावा छिर्छ । त्यसपछि तपाईंलाई हिक्क हिक्क लाग्न थाल्छ । कुनै बेला निकै डकार आउँछ ।

फोक्सोलाई भार

फुकेको भुँडीले तपाईको फोक्सोलाई बढी भार दिन्छ, ताकि तपाईंमा स्वाँस्वाँ बढ्छ । यसले श्वास फेर्न गाह्रो पर्छ । तसर्थ ठूलो भाग खानुअगाडि धेरैपटक सोच्नुहोस् । श्वासै फेर्न नसकेर या उकुसमुकुस भएर अस्पताल नै जानुपर्ला ।

खानाको पाइप बन्द

बढी खाना खाएपछि पेट ठूलो हुँदा खानाको पाइप र पेटबीचको बाटो बन्द हुने खतरा हुन्छ । जसका कारण खाएको खाना पेटबाट उल्टै खानाको पाइपमा फर्किन्छ र मुटु नजिकैको क्षेत्रमा एक प्रकारको जलन हुन्छ ।

अल्छी लाग्छ

अत्यधिक खाँदा हाई आउने र अल्छी लाग्ने हुन्छ । पेटभित्र खान पचाउने तापमानलाई बढी समय कार्य गर्नुपर्ने हुन्छ । थप खाना पचाउन निश्चय नै शरीरलाई बढी ताप चाहिन्छ ।

पाचन प्रणालीलाई सघाउन तपाईंको रगत दिमागबाट बाहिर जान्छ । दिमागमा रगतको अभाव हुँदा फुर्तिलो बन्न गाह्रो हुन्छ र जतिखेर पनि उङ्ने समस्या हुन्छ ।

अत्यधिक खानाको प्रभावले निद्रा लाग्ने हर्मोन (मेलाटोनिन) उत्पादनमा समस्या पर्छ । चिनी र कार्बोहाइड्रेडयुक्त खानाले शरीरमा सुगरको मात्रा बढाउँछ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।