धेरैचोटि हामी कुनै काम तत्काल नगरेर पछिका लागि टारिदिन्छौं अनि बिस्तारै यो हाम्रो बानी बन्दै जान्छ । यसले हामीलाई अल्छे बनाउँछ ।

अल्छी मान्छेले जीवनमा कहिल्यै सफलता पाउँदैन । यस्तो मानिस निराशावादी हुन्छ । यहाँ हामी केही उपाय बताउँछौं जसलाई अपनाउँदा तपाईंले आलस्य हटाउन सक्नुहुन्छ ।

१) बिस्तारै हिँड्ने बानी

बिहान उठेर भ्रमण गर्नु स्वास्थ्यका लागि आवश्यक कुरा हो । दौडिन अल्छी लाग्छ भने शुरुमा बिस्तारै हिँड्नुस् । दश मिनेट मात्र हिँडे पुग्छ । यसो गर्दा तपाईंको क्षमता बढ्छ र आलस्य भाग्छ ।

२) ससाना ब्रेक

लामो समयसम्म बसेर गर्ने काम छ भने केही समयको अन्तरालमा छोटाछोटा ब्रेक लिनुस् । उदाहरणका लागि ४५ मिनेटपछि पाँच मिनेट जतिको ब्रेक लिनुस् । यसबीचमा अलिकति टहल्नुस् । लगातार काम गर्दा थाकेर अल्छी लाग्छ ।

३) कामका बेलामा मोबाइल साइलेन्ट

आजकल मानिसहरू सामाजिक सञ्जालमा झुण्डिएर दिन बिताउँछन् । कामको समयमा पनि उनीहरू मोबाइलमा घरिघरि हेरिबस्छन् । यसो गर्दा काममा बाधा पुग्छ । काम गर्दा मोबाइलमा सामाजिक सञ्जाल बन्द गर्नुस् । ध्यान बाँडिदा पनि थकाइ लाग्छ ।

४) प्रेरक व्यक्तिसँग समय बिताउने

अल्छी लागेर दिमागमा नकारात्मक कुरा आएका बेलामा आफ्ना साथीहरूसँग समय बिताउनुस् । केही सिक्न पाइने र तपाईंलाई प्रेरणा मिल्ने मानिसको संगतमा समय बिताउनुस् ।

५) आफैंलाई मजबुत बनाउनुस्

अल्छीपना हटाउनका लागि अर्काले प्रेरित गरेर पुग्दैन । तपाईं आफैंले आफूलाई प्रेरित गर्नुपर्छ र मजबुत बनाउनुपर्छ ।

केहि अन्य जानकारी

दिउँसो एक झप्को सुत्नुका फाइदै फाइदा

हामी दिउँसोको समयमा सुत्नुलाई ‘अल्छीपना’को संज्ञा दिन्छौं । तर, दिउँसो सुत्नु साँच्चै अल्छीपना नै हो त ? हो भने एकछिन विचार गरौं त ! तपाईंको आसपासमा रहेका बिरालो तथा कुकुर पनि दिनमा कयौं पटक निदाइरहेका देखिन्छन् । तर, उनीहरु जत्तिको फुर्तिला पनि अरु कोही हुँदैनन् ।

शरीरलाई जसरी खाना र पानीको आवश्यकता पर्छ, त्यति नै आरामको पनि खाँचो हुन्छ ।

अहिलेको व्यस्त जीवनमा हामी दिनभर भागदौड गर्छौं, तर शरीरले त्यस अनुसारको आराम नपाउँदा थकान महसुस हुन्छ । जसले गर्दा हाम्रो शरीर थकित हुनुका साथै दिमाग बोधो हुन पुग्छ र सोच्ने शक्ति क्षीण हुँदै जान्छ ।

त्यसको ठीक विपरीत कहिलेकाहीँ जब हामी दिउँसो सुत्छौं, त्यतिबेला हामी आफूलाई फुर्तिलो महसुस गर्छौं । यसको अर्थ दिनमा केही क्षण सुत्नु अल्छीपना नभएर यसले तपाईंको स्वास्थ्यमा फाइदा पुर्‍याउँछ ।

त्यसो त हाम्रो काम तथा व्यस्तताका कारण दिउँसोको समयमा सुत्नु त्यति सजिलो छैन । तर, शरीरले आराम खोजेको बेला आराम दिनुले पक्कै पनि महत्व राख्छ ।

अध्ययन अनुसार दिउँसो सुत्नुका फाइदाहरू यस्ता छन् :

दिमागलाई तेजिलो बनाउँछ

हामी सबैलाई थाहा भएकै कुरा हो, पर्याप्त निद्रा नपुगेको खण्डमा हाम्रो दैनिक क्रियाकलापमा समेत असर पर्छ । यसले हाम्रो सोच्ने र सम्झने क्षमतामा समेत ह्रास ल्याउाछ । यसैले यदि तपाईँसँग समय छ भने दिनको समयमा एक क्षणको निद्रा तपाईंको लागि फाइदाजनक हुने गर्छ । दिनमा ६० देखि ९० मिनेटको सुताइले मात्र पनि आउँदो २४ घण्टाको लागि तपाईंलाई मानसिक स्फूर्ति दिलाउँछ ।

मुटु स्वस्थ रहन्छ

हाबर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले पत्ता लगाए अनुसार दिउँसो सुत्ने अधिकांश मानिसमा मुटुको समस्या कम हुने गर्छ । यसले शरीरको थकान समेत घटाउँछ । त्यसैले, साताको कम्तीमा तीन दिन दिउँसो करिब ३० मिनेट तकियामा हात राखेर सुत्ने प्रयास गरौं । यसले तपाईंको स्वास्थ्यमा फाइदा पुर्‍याउँछ ।

तनाव घटाउँछ

थकानले तनाव सिर्जना गर्छ, जसले गर्दा तपाईं अझ बढी थकित महसुस गर्नुहुन्छ । दिउँसोको सुताइले तपाईंलाई यी सबै कुराबाट टाढा राख्न मद्दत गर्छ । वैज्ञानिकहरुले पत्ता लगाए अनुसार दिउासो नसुत्ने मानिसमा तनाव उत्पन्न गराउने हर्मोन स्वतः बढ्ने गर्छ ।

खानपानमा सुधार आउँछ

थकित महसुस भएको बेला तपाईंलाई भोक लागेको छ भने तपाईँ सबैभन्दा पहिले जे भेट्यो त्यही खानुहुन्छ । यसबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको केहीबेरको सुताइ नै हो । केही क्षणको सुताइले तपाईंको शरीरलाई थप ऊर्जा मिल्छ नै, यसले तपाईंलाई हानिकारक खाना खानबाट समेत जोगाउँछ । अझ १०/१५ मनेटको आरामले तपाईं आफूलाई के खाँदा राम्रो हुन्छ भनेर सोच्न सक्ने स्थितिमा पुग्नुहुन्छ ।

ऊर्जावान् बनाउँछ

हुन त सुत्नु भनेको भौतिक कामबाट केही क्षण विश्राम लिनु पनि हो । तर,अनुसन्धानकर्ताहरुले जनाए अनुसार, आराम नगर्ने धावकहरुको तुलनामा तालिमको बीचमा केही क्षण सुत्ने धावकहरुको नतिजा राम्रो पाइयो ।उनीहरुमा ऊर्जा र स्फूर्ति बढेको पाइयो । यसर्थ बल, प्रतिक्रिया तथा गति सबै कुरामा सुधार ल्याउन निद्रा अपरिहार्य छ ।

त्यसो हो भने कुन बेला कसरी सुत्नु स्वास्थ्यका लागि फाइदाजनक छ त?

समय : ११/१२ बजेको समय दिउँसो एक निद्रा सुत्नको लागि उपयुक्त मानिन्छ ।

स्थान : हल्का उज्यालोको साथमा चिसो तथा शान्त कोठा ।

अवधि : ५ देखि ४५ मिनेटसम्म ।

दिउँसो एक झप्को निदाउनु आरामको लागि मात्र नभई स्वास्थ्यको लागि पनि आवश्यक छ । तर, धेरैजसो मानिस यसलाई बेवास्ता गर्छन् । त्यसैले, दिउँसोको व्यस्त समयबाट एकै छिन भए पनि फुर्सद निकाल्नुस् र आफ्नो शरीरलाई आराम दिएर स्फूर्ति प्राप्त गर्नुस् । बिर्सनुस्, दिउँसो सुत्नु भनेको अल्छीपना हो ।

दिउँसो सुत्ने बानी, राम्रो गर्छ कि हानी ?

तपाईं/हामीले सुनेका छौं, चीनका कतिपय कम्पनीले कामदार/कर्मचारीलाई मध्यन्ह कार्यकक्षमै एकक्षण सुत्ने छुट दिन्छ । भनिन्छ, त्यो परम्पराकै रुपमा विकास भएको छ । र, कर्मचारीहरु क्षणभरका लागि सुत्नमा अभ्यस्त हुन्छन् । कतिपय कम्पनीले त कर्मचारीलाई दिउँसो सुत्नका लागि ओछ्यानकै व्यवस्था गरेका छन् ।

हामी भन्छौं, दिउँसो सुत्नु राम्रो होइन ।

राम्रो किन होइन भने, दिउँसो सुत्नु भनेको दिनभरको काम प्रभावित बनाउनु हो । हामी बिहान उठेपछि दिनभर काममा व्यस्त हुन्छौं । र, राती एकै पटक ओछ्यानमा पल्टन्छौं ।

यद्यपी कतिपय भने फुर्सद निकालेर पनि दिउँसो सुत्छन् । के दिउँसो सुत्नु राम्रो हो वा नराम्रो ? प्रश्न सामान्य लाग्न सक्छ । तर, यो हाम्रो शारीरिक स्वास्थ्यसँग जोडिएको कुरा हो । अनुसन्धानमा के देखिएको छ भने, दिउँसो सुत्दा अल्छी हुने होइन बरु ताजगी महसुष हुन्छ । रोगप्रतिरोधात्मक क्षमतामा समेत बृद्धि हुन्छ ।

किन सुत्ने दिउँसो ?

प्राय मानिसहरुको राती सुत्ने र दिनभर काम गर्ने बानी हुन्छ । तर, केही मानिसहरुको भने दिँउसो पनि केही समय सुत्ने बानी हुन्छ ।

दिउँसो सुत्ने बानी भएका मानिसहरुलाई बिहान खाना खाइसकेपछि सुत्न मन लाग्छ । काम गर्दागर्दै उनीहरुलाई अल्छी लाग्छ र निदाउने गर्छन् ।

यस्तो बानी भएका मानिसहरुलाई दिउँसो थकान महसुस हुन्छ र निन्द्रा लाग्न थाल्छ । दिउँसो सुत्ने मानिसहरुलाई धेरैले अल्छीको संज्ञा दिन्छन् ।

त्यस्तै दिउँसो सुत्ने बानीलाई लिएर हरेकको मनमा दिँउसोको निन्द्रा राम्रो हो कि होइन भन्ने प्रश्न उठ्छ । यदि तपाईं पनि आफ्नो दिउँसो सुत्ने बानीबाट चिन्तित हुनुहुन्छ भने बुझिराख्नुहोस् यो नराम्रो बानी होइन बरु धेरै राम्रो बानी हो ।

दिँउसो सुत्ने बानीसँग जोडिएका तथ्यहरुः

१. दिउँसोको निन्द्राले अल्छीपना भगाउँछ

दिउँसो सुत्ने मानिसहरु माथि युनिभर्सिटी अफ पेन्सिलभेनियाका शोधकर्ताले गरेको एक शोधमा यो बानीले अल्छीपना भगाउने तथ्य पत्ता लगायो । शोधको नेतृत्व गरेमासाइकोलोजीका असिस्टेन्ट प्रोफेसर फिलिपका अनुसार यसले अल्छीपना टाढा गर्नेमात्रै नभई मानिसको समग्र कार्यक्षमता र रोग प्रतिरोधक क्षमता पनि मजबुत बनाउँछ ।

जो मानिस दिउँसोको समयमा सुत्छन् उनीहरुमा मुटु रोग लाग्ने खतरा अन्य मानिसहरुको तुलनामा कम हुन्छ ।

२. मानसिक थकान टाढा हुन्छ

जो मानिस दिउँसोको समयमा १५-३० मिनेट निदाउँछन् उनीहरुको अल्छीपना टाढा हुन्छ । त्यस्तै तनाव वा मानसिक थकानलाई टाढा गर्न चाहनुहुन्छ भने दिउँसो ९० मिनेट निदाउनु राम्रो हुन्छ ।

३. व्यायामपछि तुरुन्त नसुत्नुहोस्

दिउँसो सुत्ने मानिसहरुमाथि भएको एक शोधमा वर्कआउट पछि तुरुन्त सुत्नु राम्रो कुरा नभएको कुरा पनि अगाडि आएको छ । किनभने व्यायामपछि दिमागले तिव्र रुपमा काम गर्न थाल्छ । जस कारण निन्द्रा र थकान महसुस हुन्छ तर स्वस्थ रहनको लागि व्यायाम गरेको कम्तीमा २ घन्टापछि सुत्नुपर्छ ।

४. निन्द्रा लागेपछि मात्रै सुत्नुहोस्

यदि दिँउसोको समयमा निन्द्रा महसुस भइरहेको छैन भने सुत्नु हुँदैन । यसले कुनै फाइदा मिल्दैन त्यसैले यो कुरालाई सँधै ध्यान दिनुहोस् ।

मानिसलाई दिनमा कति निन्द्रा आवश्यक छ

आम रुपमा हरेक मानिसलाई एक दिनमा ७-८ घन्टाको निन्द्राको आवश्यकता हुन्छ भन्ने गरिन्छ । तर, यसको लागि कुनै सामान्य नियम हुँदैन ।

साना बच्चाहरुलाई शारीरिक विकासको लागि दिनमा १२ देखि १५ घन्टाको निन्द्रा आवश्यक हुन्छ । ७ वर्षदेखि १३ वर्षसम्मका भन्दा ठूला बच्चाहरुको लागि ९ देखि ११ घन्टा सुत्न आवश्यक हुन्छ ।

यसैगरि १४ देखि १९ वर्षका किशोरहरुलाई ८ देखि १० घन्टा निदाउन राम्रो हुने चिकित्सकहरु बताउँछन् ।

वयष्क मानिसहरुको लागि ६ देखि ८ घन्टा सुत्नु राम्रो हुन्छ । ६ घन्टाभन्दा कम सुत्नाले भने स्वास्थ्यलाई असर गर्छ ।

त्यस्तै ६० वर्ष भन्दा धेरै उमेरका मानिसहरुको लािग सामान्य भन्दा धेरै घन्टा सुत्न आवश्यक हुन्छ । यो उमेरमा स्वास्थ्य सम्बन्धी कैयौं किसिमका समस्याहरु आउँछन् । थकान वा मानसिक तनावलाई टाढा गर्नको लागि १० देखि १२ घन्टा वा अझै यस भन्दा धेरै निदाउन सकिन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस