कोलगेट अर्थात दन्तमन्जन दाँत सफा गर्नको लागि बनाइएको हुन्छ । तर, पछिल्लो समयमा कोलगेट छालाको सौन्दर्यको लागि प्रयोग गरिएका उदाहरणहरु भेटिन्छन्। कोलगेट उत्पादन गर्नेहरुले भने कोलगेटको उत्पादन छालाको नभएर दाँतको पहेंलोपन, दाग आदि हटाउनको लागि उत्पादन गरिने बताउँछन्।

कोलगेटमा सोडा, हाइड्रोजन पेरोअक्साइड, अल्कोहल, मेन्थल आदि मिसावट हुन्छ। कोलगेटले छालाको दाग धब्बा, ब्ल्याक हेड्स, रोम छिद्र, चायाँपोतो, डण्डीफोर आदिलाई हटाउँछ भनेर धेरैले सुझाव पनि दिइरहेका हुन्छन्।

तर कोलगेट कस्तो प्रयोग गर्ने, कसरि प्रयोग गर्ने र कस्तो अवस्थामा प्रयोग गर्न नहुने भन्ने जानकारीको अभावमा धेरैले छालालाई राम्रो बनाउने होडमा झन् कुरुप बनाइरहेका समेत हुन्छन् । त्यसैले आफ्नो छालामा कोलगेट प्रयोग गर्नु अगाडी आफ्ना छालाको प्रकार, उक्त कोलगेटमा प्रयोग भएको केमिकल आदिको बारेमा सचेत हुनुपर्छ।

कोलगेटमा हुने रासायनिक पदार्थले छालालाई सुक्खा बनाइदिन्छन् । त्यसैले डण्डीफोरमा कोलगेट लगाउनाले डण्डीफोर सुक्छ । तर, कोलगेटले डण्डीफोरलाई भित्रै देखि निर्मुल पार्न भने सक्दैन । त्यसैले अनुहारमा धेरै डण्डीफोर छ भने त्यो हटाउनको लागि कोलगेटको प्रयोग गर्नु हुँदैन।

हाम्रो आँखाको मुनिको छाला निकै पातलो र संवेदनशील हुन्छ । त्यसैले अत्यधिक तनावमा रहंदा, सुत्ने समय नमिल्दा, पानीको मात्रा कम हुँदा, थकान महसुस हुँदा आदि समयमा हाम्रो आँखा मुनिको भाग कालो हुन्छ । त्यो कालो हटाउनको लागि केहीले कोलगेटको प्रयोग समेत गर्ने गर्छन्।

धेरै जसो कोलगेटमा सोडियम फ्लोराइड र सोडियम लारियल सल्फेट मिसाइएको हुन्छ। यी दुई केमिकलले छालामा जलन हुने, छाला सुक्खा हुने आदि हुन्छ । त्यसैले यी तत्व भएका कोलगेट आँखाको डार्क सर्कल र ओठको कालो हटाउनको लागि प्रयोग गर्नु हुँदैन।

थप जानकारीः

कसरी हटाउने आँखाको ‘डार्क सर्कल’ ?

तपार्इंको आँखाको तल कालो घेरा पर्छ ? यदि पर्छ भने यस्ता कुराको बेवास्ता गर्नुभन्दा कारण पत्ता लगाई यसको समस्याबाट छुट्कारा पाउनुहोस् । यस्तो नहोस् कि तपार्इंको बेवास्ताका कारण अनुहारको कालो दागले अनुहारलाई नबिगारोस् । कालो घेरा अनुहारका लागिमात्र होइन, स्वास्थ्यको लागि पनि खतरनाक हुन्छ ।

कालो घेरा हुनाको कारण

कालो घेरा धेरै कारणले हुनसक्छ । कहिलेकाहीँ धेरै तनाव लिनाले पनि आँखाको तल कालो घेरा पर्छ । यसको साथै कम सुत्नाले, हर्मोन बदलिनाले, सही जीवनशैली नहुनाले पनि आँखाको तल कालो घेरा बस्छ । हुन त अहिले यस्ता समस्याको लागि बजारमा विभिन्नथरीका क्रिमहरु आएका छन् । तर तपार्इंको अनुहार संवेदनतशिल छ भने यस्ता उत्पादनले असर पनि पर्न सक्छ ।

कालो घेरा हटाउनको लागि गोलभेँडा एउटा उपयुक्त उपाय हो । यसले प्राकृतिक तरिकाले कालो घेरा हटाइदिन्छ । साथै यसको प्रयोगले स्क्रिन फ्रेस बनीरहन्छ । गोलभेँडाको रसको कागतीको एक दुई थोपा मिसाएर लगाउँदा पनि फाइदा पुग्छ ।

आँखाको कालो घेरा हटाउनलाई आलुको प्रयोग पनि गर्न सकिन्छ । आलुको रसमा पनि कागतीको एक दुई थोपा मिसाउनुहोस् र कपासको प्रयोगले मिसिएको रसलाई कालो घेरा भएको ठाउँमा लगाउनुहोस्, जसले यस्ता समस्या रोक्न सक्छ ।

चिसो टी ब्यागको प्रयोग गर्नाले पनि यस्ता समस्याबाट मुक्ति मिल्न सक्छ । टी ब्यागलाई केही समय पानीमा डुबाएर राख्नुहोस् र लगाउनुहोस् । चिसो दूधको लेपले पनि कालो घेरा हट्न सक्छ ।

सुन्तलाको बोक्रालाई घाममा सुकाएर पिस्नुहोस् । त्यो पाउडरलाई थोरै गुलाफ जल मिसाएर लगाउनाले पनि कालो घेरा हट्न मदत गर्छृ ।

यि २ राेगकाे बारेमा पनि जान्नुहाेस्ः

के हाे छारे राेग ? कसरी बच्न सकिन्छ यसबाट ?

मस्तिष्कमा देखा पर्ने रोग हो, छारे रोग । यो रोग नसा सम्बन्धी समस्या हो ।

यसले मस्तिष्कमा विद्युत तंरग पैदा गर्छ जसकारण विभिन्न लक्षण देखा पर्छन् । यस्ता रोग लागेका मानिसलाई हाम्रो समाजमा जुत्ता सुँघाउने तथा धामीझाँक्री लगाएर उपचार गर्ने चलन छ ।

छारे रोग लागेका मानिसमा सुरुमा निम्न किसिमका लक्षणहरू देखा पर्दछन्:

–बिरामी मुर्छा पर्ने

–हातखुट्टा र शरीरक अनियन्त्रित रुपले काप्ने

–आखाँ पल्टाउने

– बेहोस हुने

– मुखबाट फिँज निकाल्ने

– जिब्रो टोक्ने

यस्ता लक्षण देखा परेमा तुरुन्त स्वास्थ्य चौकी गएर चिकित्सकसँग सल्लाह गरी उपचारका आवश्यक उपायहरू अपनाउनु पर्दछ ।

कम्तिमा २ बर्षसम्म नियमित औषधी सेवन गर्दा यो रोग निको हुन्छ । छारेरोग लागेका मानिसलाई मानसिक तथा शारीरिक रुपमा असर पारिरहेको हुन्छ । यसबाटबाट बच्न समय समयमा चिकित्सकसँग वा मनोवैज्ञानिकसँग परामर्श लिइराख्नुपर्ने हुनसक्छ ।

छारे रोगको उपचार कसरी गर्ने ?

–नियमित रुपमा चिकित्सकसँग सल्लाह गरेर औषधी सेवन गर्ने ।

– तनाव र चिन्ताबाट टाढा रहने ।

– माछा मासु फलफूल तथा सागसब्जी पर्याप्त मात्रामा खाने ।

– मध्यपान, धुम्रपान र लागूपदार्थ जस्ता स्वास्थ्यलाई हानी गर्ने चीजको सेवन नगर्ने ।

– बिहान बेलुका व्यायाम गर्ने ।

क्यान्सर के हो, कसरी बच्ने ?

क्यान्सरलाई धेरैले डरलाग्दो रोगको रुपमा लिन्छन् । समयमै ख्याल गरेन भनेर क्यान्सर फैलंदै गएर अकालमा ज्यान पनि जान सक्ने भएकाले यो डरलाग्दो रोग नै हो । क्यान्सर किन हुन्छ र यसबाट बच्न के गर्नुपर्छ भनेर उज्यालो सहकर्मी विना न्यौपानेले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका क्यान्सर रोग विशेषज्ञ, डा. आविश अधिकारीसँग कुराकानी गर्नुभएको छ :

सबैले बुझ्ने भाषामा क्यान्सर भनेको के हो ?

क्यान्सर एउटा दीर्घ रोग हो । जुन शरीरको कुनै पनि अंगमा हुन सक्छ । यो एक प्रकारको घाउ हो जुन फैलिंदै जान्छ र अन्त्यमा बिरामीको मृत्युको कारण बन्छ । अहिले संसारमा वार्षिक एक करोडको क्यान्सरका कारण मृत्यु हुने गरेको तथ्याङ्क छ । नेपालमा हरेक बर्ष ४० हजार जना क्यान्सरका बिरामी थपिने गरेको भए पनि धेरै जनाले उचित उपचार पाएका छैनन् ।

हाम्रो शरीर करोडौ सुक्ष्म कोषहरुले बनेको हुन्छ । ती कोषहरूले हाम्रो शरीर बनाउँछन । जब तीमध्येका केही कोष बिग्रिन्छन, तिनीहरूले आफ्नो काम गर्न छोड्छन् र अप्राकृतिक तरिकाले बढ्न थाल्छन् । त्यसरी बढ्दै गएपछि त्यो अंगमा घाउ बन्छ, जसको उपचार गरिएन भने त्यो अंगले राम्ररी काम गर्न सक्दैन र क्यान्सरका लक्षण देखिन थाल्छन् ।

क्यान्सर यो अर्थमा डर लाग्दो रोग हो, किनभने ती बिग्रेका कोषहरु अरु अंगहरूमा सर्दै जान्छन् र अरू अंगहरूलाई पनि असर गर्दै जान्छ् । यसलाई फैलिएको क्यान्सर भनिन्छ ।

क्यान्सर लाग्ने कारण के के हुन् ?

सामान्य अवस्थामा काम गरिरहेका कोषहरूमा केही परिवर्तन आउँछ र ती बढ्न थाल्छन् । अनि क्यान्सर हुन्छ । ती कोषहरूमा आउने त्यो डरलाग्दो परिवर्तनका कारण बिभिन्न छन् । हामीलाई थाहा भएका कारणहरूमध्ये मुख्य कारण चुरोट, खैनी हो ।

नेपाली महिलाहरूमा भेटिने एउटा मुख्य क्यान्सर पाठेघरको क्यान्सर हो, जसको कारण ह्युमन प्यापिलोमा भाइरस हो । बाँकी क्यान्सरका कारणहरूमा जंकफुड, विषाक्त पदार्थ हालिएका खानेकुरा, कीटनाशक छरेर उमारिएका तरकारी फलफूलको सेवन, वंशाणुगत कारणहरू तथा प्रदुषण हुन् । केही क्यान्सरहरूको कारण अहिलेसम्म पत्ता लागेको छैन ।

क्यान्सरका लक्षणहरू के के हुन् ?

क्यान्सरका लक्षण कुन अंगको क्यान्सर हो, त्यसै अनुसार फरक हुन्छन् । यस्ताखालका लक्षणहरू महिना दिनभन्दा लामो समयसम्म भए डाक्टरलाई देखाउनु पर्ने हुन्छ । अरु लक्षणहरु यस्ता छन् :

कमजोरी हुने र तौल घट्ने,

शरीरका कुनै पनि अंगमा गिर्खा गाँठाहरू आउने,

छालामा नयाँ कोठी पलाउनु वा भएका कोठी ठूलो हुँदै जाने,

मुखमा र जिब्रोमा लामो समयदेखि घाउ हुने,

खाना निल्दा दुख्ने र स्वर फेरिने,

सास फेर्न गाह्रो हुने, खोकी लाग्ने वा खकारमा रगत देखा पर्ने,

लामो समयदेखि ग्यास्टिक, पेट पोल्ने वा उल्टी हुने,

कारण पत्ता नलागेको ज्वरो आइरहने,

दिसामा रगत देखिने हुन्छ ।

क्यान्सर लाग्नै नदिनको लागि के गर्न सकिन्छ ?यसका लागि निम्न कुरामा ध्यान दिनुपर्छ :

सूर्तिजन्य पदार्थ र जाँडरक्सीको प्रयोग नगर्ने,

पान सुपारीहरु नखाने,

अस्वस्थ्यकर खानपिनको बानी व्यवहारमा सुधार गर्ने,

अविवाहित महिलाहरूले ह्युमन प्यापिलोमा भाइरसको भ्याक्सिन लगाउने,

सामान्य समस्या भए पनि लामो समयसम्म रहिरहे डाक्टरसँग जाँच गराउने ।

अझै महत्वपुर्ण कुरा के छ भने अविवाहित महिलाहरूले ३ पटक ह्युमन प्यापिलोमा भाइरसको भ्याक्सिन लगाएमा पाठेघरको क्यान्सर ९५ प्रतिशतसम्म रोक्न सकिन्छ ।

चुरोट खैनी खाने सबैलाई क्यान्सर हुने, अनि नखानेलाई क्यान्सर नहुने हो त ?

क्यान्सर सबैलाई हुन सक्छ तर सूर्तिजन्य पदार्थ (चुरोट खैनी) खानेलाई मुख, घाँटी र फोक्सोको क्यान्सर हुने सम्भावना धेरै हुन्छ । एकजना सूर्तिजन्य पदार्थ प्रयोग नगर्ने मान्छेलाई क्यान्सर हुँदा, २० जना चुरोट खैनी खानेलाई क्यान्सर भइसकेको हुन्छ ।

क्यान्सर लागे पछि के के कुरामा ध्यान दिने त ?

तुरन्त क्यान्सर रोग विशेषज्ञसँग भेटेर सही उपचार सुरु गर्ने,

आयुर्वदले क्यान्सर निको हुँदैन त्यसैले अन्धविश्वासमा नलाग्ने र

क्यान्सरको डाक्टरसँग बसेर उपचार र त्यसका प्रभावबारे राम्रोसँग कुरा गर्ने ।

नेपालमा अहिलेसम्म क्यान्सरको अवस्था कस्तो रहेको छ त ?

नेपालमा क्यान्सरको अवस्था दुःखलाग्दो छ । रोगीहरूको सँख्या बढिरहेको छ, सरकारले सूर्तिजन्य पदार्थको उत्पादन र बेचबिखनमा रोक लगाउन सकेको छैन । सरकारी क्यान्सर अस्पतालमा सबै सुविधा अहिले उपलब्ध छैनन् । त्यसैले क्यान्सर लागेर उपचार गराउनु भन्दा लाग्नै नदिनेतिर लाग्नुपर्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः