खानामा रिफाइन नुनको बढी प्रयोग गर्दा शरिरमा धेरै हानी हुन्छ । यदि रिफाइन नगरिएको नुन प्रत्येक दिन बिहान तातो पानीमा हल्का नुन राखेर पिउदा शरिरलाई फाइदा हुन्छ । तर नुन धेरै राख्नु हुँदैन । धेरै नुन खाँदा उच्च रक्तचापको खतरा हुन्छ । यदी तपाईलाई कुनै रोग लागेको छ भने चिकित्सकको सल्लाहमा मात्र नुन पानी पिउनुहोला । नुन पानीको स्वास्थ्यमा हुने फाइदा यस प्रकार छन् :

मजबुत हडडीः यसमा क्यालिसयम पाइने हुनाले हड्डी बलियो हुन्छ ।

व्याक्टेरियाबाट बचाउछः यसमा एन्टि व्याक्टेरियल तत्व हुन्छ । शरिरमा भएका खतरनाक व्याक्टेरियाको नाश हुन्छ ।

स्वस्थ छालाः यसमा सल्फर वा क्रोमियल हुन्छ जसले छाला सफा र नरम बनाउछ ।

मोटोपन न्यून गर्छः यसले शरिरको कोषहरुमा आवश्यक पोषण तत्व प¥ुयाउछ र मोटोपन घटाउछ ।

पाचन पक्रियामा सुधारः नुनपानीले शरिरको सेलीवरी ग्लान्डलाई सक्रीय गर्छ । यो ग्लान्डले पाचनमा सुधार ल्याउछ

थाइराइडः यसले थाइराड हर्मनलाई नियन्त्रण गर्छ । थाइराईडाको समस्या न्यून हुन्छ ।स्वास्थ्य खबरपत्रिकामा खबर छ ।

निद्राको समस्या समाधानः यसले शरिरको कार्टिसोल र एड्रोनलाईन जस्तो खतरनाक स्ट्रेस हर्मनलाई घटाउछ जसका कारण राम्रो निन्द्रा लाग्छ ।

एसिडिटीः यसले पेटमा ग्यास जम्मा हुनबाट रोक्छ । नियमित पिउदा एसिडिटिको समस्या घट्छ ।

थप जानकारीः

नुनका पनि यस्ता फाइदा, सुनेर हुनुहुनेछ अचम्मित !

बदलिँदो जीवनशैलीले हाम्रो खानपान पनि बदलिइरहेछ । खानपानसँगै बानी व्यहोरा पनि बदलिएका छन् । हामीलाई थाहा छ, खाना खाने टेबलदेखि फास्टफुडसम्म नुनको उपस्थिति हुन्छ । सेतो दानेदार नुनले केवल तपाईंको खानपीनलाई मात्रै स्वादिलो बनाउँदैन, यसले त तपाईंका विभिन्न स्वास्थ्यसम्बन्धी समस्यालाई पनि समाधान गर्न मद्दत गर्दछ ।

भनिन्छ, चिनी पनि धेरै खायो भने तितो हुन्छ । त्यस्तै, नुन पनि न बढी खानु हुन्छ न कम । सन्तुलित रुपमा नुनको सेवन गर्नाले हामीलाई के कस्तो फाइदा पुर्याइरहेको हुन्छ, यहाँ केही जानकारी प्रस्तुत गरिएको छ ।

नुनले चम्काउँछ नङ

यदि तपाईं आफ्नो नङ चम्किलो तथा मुलायम बनाउन चाहनुहुन्छ भने यसको लागि तपाईंले नुन, बेकिंग सोडा र कागतीको रसको पेस्ट बनाएर त्यसलाई प्रयोग गरेर आफ्नो नङमा मसाज गर्न सक्नुहुन्छ । नङलाई चम्किलो बनाउन यो क्रमलाई हप्तामा एकपटक दोहोर्याउनु उपयुक्त हुन्छ ।

ओठवरिपरिको छाला

यदि तपाईं ओठ वरिपरिको छालाका कारण चिन्तित हुनुहुन्छ भने तपाईंलाई नुनले राहत दिनेछ । यसको लागि बिहानै ब्रस गर्नुभन्दा अगाडि नै अलिकति नमक लिनुहोस् र ओठ वरिपरिको छालामा राखेर थिच्नुहोस् । यसबाट तपाईंलाई धेरै नै जलन हुनसक्छ तर केही समय सहेपछि सादा पानीले कुल्ला गर्नुहोस् ।

ज्वरो

यदि तपाईंलाई ज्वरो आइरहेको छ भने चिसो पानीमा नुन मिसाउनुहोस् र त्यसमा नरम कपडा भिजाउनुहोस् अनि त्यसलाई पट्टीको रुपमा आफ्नो निधारमा राख्नुहोस् । यसबाट छिट्टै ज्वरोले छाड्नेछ ।

पाचन प्रक्रियामा राहत

यदि तपाईंलाई पाचन प्रक्रियासँग जोडिएको केही समस्या छ भने मोहीमा ढिका नुन र पुदिना राख्नुहोस् । यसको प्रयोगले तपाईंलाई काफी मद्दत पुर्याउन सक्छ ।

चायाँ

तपाईंको कपालमा चायाँ छ, यसले पक्कै पनि तपाईंलाई तनाव दिन्छ । यसको समाधानका लागि १–२ चम्मा समुद्री नुन लिनुहोस् र यसलाई आफ्नो औंलाको सहयोग लिएर कपालमा लगाउनुहोस् । यसपछि कपाललाई माइल्ड श्याम्पूले धुनुहोस् । यसबाट तपाईं चायाको समस्याबाट धेरैहदसम्म मुक्त हुनुहुनेछ ।

पोलेमा

यदि तपाईंको शरीरमा कुनै भागमा पोल्यो भने त्यहाँ नुन लगाउनुहोस् । ५ मिनेटपछि त्यसलाई सफा पानीले धुनुहोस् । यसबाट तपाईंको पीडा धेरै हदसम्म कम हुनेछ ।

मांशापेशीको दुखाई

यदि तपाईं मांशापेशीको दुखाइबाट पीडित हुनुहुन्छ भने यो समस्यामा पनि नुनले सघाउन सक्छ । उक लिटर पानीमा दुई तीन चम्मा चिनी र आधा चम्मा नुन अथवा कागतीको रस मिलाउनुहोस् । बिस्तारै बिस्तारै यसलाई त्यतिबेलासम्म पिउनुहोस्, जतिबेला तपाईंको मांशापेशी दुख्न छाड्दैन ।

नुनको मसाज

यसको लागि तपाईंले चार चम्चा नुन र एक चम्चा आँविल तेल र आधा कागती निचोरेर मिसाउनुपर्दछ । यसलाई आफ्नो शरीरमा लगाउनुहोस् र कमसेकम १० मिनेटको लागि छाडिदिनुहोस् । यसपछि नुहाउनुहोस् । छुट्टै आनन्दानुभूति प्राप्त गर्नुहुनेछ ।

खुट्टा सुन्निएमा

यदि तपाईंको खुट्टा सुन्निएको छ भने त्यसको लागि एक ठूलो चम्मा नुनलाई तावामा तताउनुहोस् र तातेपछि कपडामा बाँध्नुहोस् । यसबाट सुन्निएको खुट्टालाई कम्तीमा पनि १० मिनेटसम्म सेक्नुहोस् । यसबाट तपाईंको पीडा तथा सुन्नाईमा पनि कमी आउनेछ । यो प्रक्रियामा नुन सेलाएमा फेरि तताएर प्रयोग गर्न सकिन्छ ।

जोर्नीको दुःखाईमा

यदि तपाईंको शरीरका जोर्नीहरु दुख्ने समस्या छ भने नुनबाटै यस्तो दुखाईको उपचार गर्न सकिन्छ । यसको लागि तातो पानीमा नुन राख्नुहोस् र त्यसमा केही समयको लागि आफ्नो शरीरको दुखेको भागको जोर्नी डुबाउनुहोस् । यसबाट तपाईंले धेरै राहत पाउनुहुनेछ ।

खुट्टाको औंलामा नङ फसेमा

यदि तपाईको खुट्टाको औंलाको नङ छालामा गडेको छ र यसबाट समस्याग्रस्त हुनुहुन्छ भने नुन तपाईंको काम आउन सक्छ । यस्तो नङ काट्न पनि समस्या हुन्छ र दुखाई पनि असाध्यै हुन्छ । यसको लागि आफ्नो खुट्टालाई तातोपानीमा नुन मिसाएर १५ मिनेटसम्म डुबाएर राख्नुपर्दछ । यसपछि खुट्टा सुकेपछि नेलकटरको सहयोगमा नङ काट्दा धेरै दुख्दैन ।

आँखाको परेलीमा इन्फेक्सन

यदि तपाइंको आँखाको किनारा वरिपरि इन्फेक्सन भइरहन्छ भने नुनले सघाउन सक्छ । यस्तो समस्यालाई हाम्रो तिर अन्धो आउने भनिन्छ । दुई चम्चा नुनलाई तावामा तताउनुहोस् । एक नमर कपडामा बाँध्नुहोस् । फेरि यसलाई आफ्नो प्रभावित आँखामा लगाउनुहोस् । तत्काल राहत मिल्नेछ ।

घाँटी दुखेमा

यदि तपाईंलाई घाँटी दुख्ने समस्या छ, गर्दन दुख्ने समस्या छ भने नुनको प्रयोग गनुसक्नुहुन्छ । यसको लागि एक गिलास तातोपानीमा एक चम्चा नुन राख्नुहोस् र कुल्ला गर्नुहोस् ।

यसकाे बारेमा पनि जान्नुहाेस्ः

बिहानै तातोपानीमा मह र कागती मिसाएर खाँदा हुन्छन् यस्ता फाइदा

१. पाचन सुधार्छ

पाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ । यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ, जसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ ।

कागतीमा रहेको एसिडले पाचनप्रणालीलाई मजबूत पार्न मद्दत गर्छ र अवान्छित विषाक्त पदार्थलाई बाहिर निकाल्छ । यसका अलावा महले एक एन्टीब्याक्टेरियलको रुपमा काम गर्छ र शरीरमा रहेको कुनै पनि प्रकारको संक्रमण हटाउँन मद्दत गर्छ ।

२. कब्जियत हटाउँछ

तातोपानीमा मह र कागती मिसाएर खानाले कब्जियतलाई समेत निको पार्ट । यसले आँतलाई प्रोत्साहित गरेर दिसा खलास गर्नमा सहयोग गर्छ । यसका अलावा यसले आन्त्र म्युकसलाई बढावा दिन्छ । सुख्खा भएको दिसालाई भिजाउँछ । यसले दिसा गर्न सहयोग गर्छ ।

३. लिम्फेटिक सिस्टमको सफाईमा सहयोगी

लिम्फेटिक सिस्टममा पानी र आवश्यक तरल पदार्थको कमी भएमा थकान महसुस हुन्छ । कब्जियत, सुत्न समस्या, उच्च या न्युन रक्तचाप, तनाव र मानसिक स्वास्थ्यमा असर पर्छ । बिहान–बिहान यो मिश्रण पिउनाले लिम्फेटिक सिस्टम सुख्खा हुन मद्दत गर्छ, जसबाट प्रतिरक्षा प्रणालीमा पनि सुधार हुन्छ ।

४. मुख स्वास्थ्यमा सुधार

एसिडिक प्रकृतिको कागती, मह र तातो पानी पिउनाले मुख गन्हाउने समस्या समाधान हुन्छ । कागतीले आक्रामक ब्याक्टेरियालाई मारेर मुख शुद्ध गर्न मद्दत गर्छ । मुख गन्हाउने मुख्य कारण जिब्रोमा जमेको सेतो भाग (खाद्य तथा ब्याक्टेरियाका कारण यस्तो हुन्छ) पनि हो । कागतीसहितको यो मिश्रणले यस्तो सेतो भागलाई हटाएर मुख गन्हाउने समस्या प्राकृतिक रुपमा हटाउँछ ।

५. मूत्रबद्र्धक रुपमा कार्य गर्छ

महमा शक्तिशाली एन्टीब्याक्टेरियल गुण हुन्छ । यसमा कैयौ प्रकारको संक्रमण हटाउने क्षमता हुन्छ । कागती, तातो पानी र महको मिश्रणले एक उत्कृष्ट मूत्रल (शरीरबाट पानी बाहिरनिकाल्ने तत्व) को रुपमा काम गर्छ । मूत्रमार्गलाई सफा गर्ने यो सबैभन्दा राम्रो तरिका हो । युटिआई या मूत्रमार्ग संक्रमणबाट पीडित महिलाका लागि यो मिश्रण वरदान साबित हुन्छ ।

६. इनर्जी लेबल बढाउँछ

मह र तातो पानीको मिश्रणले शरीरमा इनर्जी वृद्धि गर्छ । शरीरमा बढी इनर्जी उत्पन्न हुँदा शरीरको मेटाबोलिज्म र कार्यप्रणालीमा वृद्धि हुन्छ । महले शरीरका अंगलाई ठीक ढंगबाट काम गर्न प्रेरित गर्छ । बिहान तातो पानी तथा कागतीका साथ मह लिनाले शरीर दिनभर उर्जावान बन्छ ।

७. तौल घटाउन उपयोगी

मह, कागती र तातोपानीको मिश्रण सेवन गर्नाले भोक पनि कम लाग्छ । यसमा फाइबर पाइन्छ,जसले भोक र सुगर लेबललाई कम गरी पर्याप्त इनर्जी प्रदान गर्छ । यसैले नियमित रुपमा बिहान यसको सेवन गर्नाले दिनभर खाने खानामा पनि कमी हुन्छ । जसबाट तौल घटाउन पनि मद्दत मिल्छ ।

८. पोषक तत्व र भिटामिनले भरपूर

मह र कागतीका साथ तातो पानी सेवन गर्दा शरीरका लागि एन्टीअक्सिडेन्ट, भिटामिन र अन्य पोषकतत्व पाइन्छ । यसका अलावा यसमा एन्टिइन्फ्लामेटोरी गुण पनि पाइन्छ । यसैले यसको सेवनले शरीरको रोगप्रतिरोधी प्रणाली मजबूत हुन्छ ।

९ . रोग प्रतिरोधी क्षमता मजबूत हुन्छ

यसको नियमित सेवनले शरीरको प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ । मह ,कागतीमा भएको एन्टिअक्सिडेन्ट र अन्य पोषक तत्वले मौसम परिवर्तनसंगै हुने संक्रमणबाट पनि बचाउँछ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।