असन्तुलित जीवनशैलीका कारण संसारभर उच्च रक्तचापका बिरामी फैलिदै गएको पाइन्छ । यसलाई नियन्त्रण गर्न निकै चुनौति पूर्ण अवस्था रहेको पाइन्छ । त्यसैले हरेक ब्यक्तिले सन्तुलित आहारको सेवन गर्नु जरुरी हुन्छ । त्यसैले यसलाई नियन्त्रण एक उपाय नाशपातीको सेवन गर्नु पनि हो ।

नाशपाती तीन महिनासम्म लगातार खानाले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ । नाशपातीमा प्रशस्त मात्रामा पानी र फाइरबरका साथै सोडियम, पोटाशियम हुन्छ । जसले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।

नाशपातीको नियमित सेवनले कोलेष्ट्रेरोल नियन्त्रण गर्न मद्दत गर्छ । यसको सेवनले शरीरमा भएको बिकार पदार्थ बाहिर निकाल्न मद्दत पनि गर्छ । नाशपातीको सेवनले शरीरमा शक्ति पैदा गर्छ । त्यसैले नाशपातीको नियमित रुपमा सेवन गर्नु लाभदायी हुन्छ ।

थप जानकारीः

दैनिक स्याउ खानुका फाइदा

दिनको एउटा स्याउ खाँदा डाक्टरकहाँ धाउनुपर्दैन भन्ने पुरानो आहान नै छ । वास्तवमा स्याउ एकदमै स्वस्थकर खानेकुरा हो ।

स्याउमा एन्टीअक्सिडेन्ट, फाइबर र फ्लेभोनोइड प्रशस्त पाइनछन् । यसमा भएको फाइटोन्युट्रिएन्टले धेरैथरी फाइदा गर्छ ।

स्याउमा धेरै पानी र फाइबर हुन्छ । त्यसैले यसलाई पूर्ण आहार बनाउँछ । अझ यसमा भएका प्राकृतिक कम्पाउन्डले तौल घटाउन मद्दत गर्छ ।

स्याउमा सोलुबल फाइबर हुनाले मुटुरोगको सम्भावना घटाइदिन्छ र यसले कोलेस्ट्रोल स्तर पनि घटाउँछ । अझ, यसमा भएको पोलीफेनोलले रक्तचाप घटाउँछ ।

पेटको अग्न्याशय (प्यानक्रियाज) मा भएको बिटा सेलहरूको टिस्युमा क्षति पुग्नबाट बचाउनका लागि स्याउमा भएको पोलीफेनलले मद्दत गर्छ ।

स्याउमा भएका प्राकृतिक कम्पाउन्डले क्यान्सरसँग लड्न मद्दत गर्छ । केही अध्ययनहरूले स्याउ र क्यान्सर घटाउने बीचको सम्बन्धलाई देखाएका छन् ।

स्याउमा भएको एन्टीइन्फ्लेमेटोरी तथा एन्टीअक्सिडेन्ट कम्पाउन्डले दमबाट बचाउँछ ।

स्याउमा भएको फाइबरले राम्रो ब्याक्टेरिया जन्माउँछ र यसले शरीरलाई मोटोपना, टाइप टु मधुमेह तथा मुटुरोगबाट बचाउँछ ।

स्याउको रसले बुढ्यौली तथा मानसिक रोग हटाउँछ । यसले न्युरोट्रान्समिटर घटाउन रोक्छ । न्युरोट्रान्समिटरले हाम्रो स्मरणशक्तिलाई राम्रो बनाउँछ ।

स्याउले हाडलाई पनि बलियो बनाउँछ ।

यसकारण स्याउ धेरै खानुहुँदैन

स्याउ खानुका स्वास्थ्य फाइदाहरू अनगिन्ती छन्। स्वस्थ फाइबर, भिटामीन अनि कार्बोहाइड्रेटले भरिएको स्याउ दैनिक सेवन गर्न विश्वका सबै चिकित्सकहरू सल्लाह दिन्छन्। भोक लागेको बेलामा पनि स्याउ खाँदा केहि बेरको लागि भएपनि भोकलाई टाढा राख्दछ। तथापी, सबै खानेकुराजस्तै स्याउ पनि धेरै खाएमा फाइदा भन्दा बेफाइदा गर्ने चिकित्सकहरू बताउँछन्।Apple Store

एकै दिनमा चाहिने भन्दा बढी स्याउँ खाँदा स्वास्थ्यमा निम्न किसिमका असरहरू पर्दछन्ः

१. स्याउमा कार्बोहाइड्रेट हुन्छ, नराम्रो खालको होइन राम्रै खालको कार्बोहाइड्रेट हुन्छ। तर, दिनभरीमा चाहिनेभन्दा बढी कार्बोहाइड्रेट खाएमा, शरीरले इन्धनको रूपमा कार्बोहाइड्रेटलाई नै छान्दछ, जसको कारणले शरीरको बोसोलाई जलाउन पाउँदैन। त्यसले गर्दा शरीरमा बोसो थुप्रिँदै जान्छ र मोटोपना बढ्दै जान्छ।

२. स्याउमा क्यालोरी पनि प्रशस्तै पाइन्छ। सन्तुलित मात्रामा स्याउ खाँदा शरीरमा ऊर्जाको कमी हुँदैन, मतलब थकान, अनिन्द्रा अनि आलस्य हुँदैन। तर, धेरै स्याउ खाँदा शरीरमा चाहिने भन्दा क्यालोरी थुप्रिन जान्छ, जसले गर्दा मधुमेह हुने सम्भावना पनि एकदमै बढी हुन्छ।

३. उच्च रक्तचापबाट बच्नको लागि नियमित स्याउ खानैपर्छ भनेर यो भन्दा अगाडिको अङ्कमा जानकारी दिएका थियौँ। तर, विचार पुर्याउनुस् है, एकैदिनमा धेरै स्याउ खाँदा रक्तचाप बढ्न सक्ने सम्भावना पनि हुन्छ।

त्यसो भए, दिनमा कति स्याउ खानु उचित हुन्छ त?

सामान्यतयाः एउटा स्याउमा २५ ग्राम कार्बोहाइड्रेट पाइन्छ, जसमध्ये ५ ग्राम फाइबरको हुन्छ। हाम्रो शरीरलाई दिनमा कम्तीमा पनि ४५ ग्राम कार्बोहाइड्रेटको जरुरत पर्दछ। त्यसैले दिनमा २ वटा स्याउ खानु सबैभन्दा उचित हुन्छ।

एउटा स्याउमा करीब १५० ग्राम क्यालोरी हुन्छ र दिनमा मानिसलाई करीब १००० क्यालोरीको जरुरत पर्दछ, तर अन्य खानेकुराहरूबाट पनि क्यालोरी पाइने हुनाले दिनमा ३/४ वटा स्याउ एकदमै उचित हुन्छ।

यो पनि हेर्नुहोस्-

उच्च रक्तचाप किन हुन्छ ? जानौ कारणहरू…

न्युटनको टाउकामा स्याउ नखसेको भए के हुन्थ्यो?

दिउँसो सुत्ने बानीले रक्तचाप नियन्त्रण

घरेलु उपायबाट रक्तचाप नियन्त्रणमा राख्नुहोस

यी हुन् बोक्रासहित स्याउ खानुका फाइदा

स्याउ हरेक मौसममा सजिलै उपलब्ध हुने स्वादिष्ट फल हो । यो स्वास्थ्यका दृष्टिले पनि लाभदायी हुन्छ । स्याउ नियमित खाएमा हाम्रो शरीरमा आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ । खासगरी, ब्रेकफास्टका रूपमा खानु उपयुक्त मानिन्छ । स्याउ बोक्रासहित खानु अनिवार्य छ । ब्रोका निकालेर खाँदा पोषक तत्व निस्केर जान्छ ।

फाइदा

स्याउमा प्रशस्त मात्रामा फाइबर, क्याल्सियम र एन्टिअक्सिडेन्ट पाइन्छ । स्याउमा पाइने यी पोषक तत्वले मानिसलाई निरोगी बन्न सघाउँछ । साथै,रोगप्रतिरोधी क्षमतासमेत बढाउँछ ।

स्याउ सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउनुका साथै सुगर नियन्त्रणमा राख्न मद्दत गर्छ । साथै, रक्तसञ्चारलाई यथावत् राख्न पनि सघाउ पु(याउँछ ।

स्याउमा पाइने फाइबरले कब्जियत कम गर्छ । पायल्सका बिरामीले नियमित स्याउ खाएमा समस्या क्रमशः कम हुँदै जान्छ ।

स्याउले शरीरमा रहेको पिएचको मात्रालाई नियन्त्रण गरी पाचनप्रणाली दुरुस्त बनाउन मद्दत गर्छ ।

स्याउको सेवनले मस्तिष्कमा रहेका कोषिकाको रक्षा गर्छ । साथै, अल्जाइमरको खतरालाई पनि कम गर्छ ।

नियमित स्याउ खाँदा मोटोपन हटाउन सहयोगी हुन्छ । साथै, मोटोपनबाट हुने हृदयाघात, मधुमेह र मुटुरोगजस्ता समस्या हुने सम्भावना हुँदैन ।

मिर्गौलामा हुने पत्थरीबाट बच्न स्याउको सेवन लाभदायी हुन्छ । साथै, बिरामीले खाएमा पत्थरीका कारण हुने दुखाइबाट आराम मिल्छ ।

ब्रोकासहितको फाइबरयुक्त स्याउ खाँदा पित्तथैलीमा जमेर बसेको कोलस्ट्रोललाई बाहिर निकाल्ने काम गर्छ । यसरी पित्तथैलीमा हुने पत्थरीबाट जोगिन मद्दत पुग्छ ।

हरेक बिहान एउटा स्याउ खाने हो भने स्तन क्यान्सरको सम्भावनालाई २३ प्रतिशत रोक्न सकिन्छ । साथै, यसले कलेजो र आन्द्राको क्यान्सर हुनबाट जोगाउँछ ।

यस बारे पनि जान्नुहाेस्ः

दिनमा २ वटा केरा खानुका यी १२ फाइदा

Two‘bananas’ a day keep a doctor away, हजुर, स्याउ मात्र हैन, दिनमा दुइ वटा केराले पनि तपाइँलाइ डक्टरहरूबाट टाढा राख्न सक्दछ । केरा खानाले हुने फाइदा बताउनु अघि एउटा कुरा थाहा पाउनुस कि केरा खानाले कुनैपनि व्यक्ति मोटो हुँदैन । केराले तपाइँलाइ तुरून्तै एनर्जी प्रदान गर्दछ । यसमा फाइबर र तीन प्रकारका शुगर हुन्छ – सुक्रोज, फ्रुक्टोज र ग्लूकोज।

हालैको एक रिसर्च अनुसार, ९० मिनेटको वर्कआउटका लागी दुइवटा केरा खानाले तपाइँलाइ निकै एनर्जी दिन सक्दछ । यसैले एथलेट्सले केरा खाने गर्दछन । एनर्जी लेभल बढाउनुका साथै, केराबाट भिटामिन्स पनि प्राप्त हुन्छ । दिनमा दुइवटा केरा खानाले तपाइँको शरीरसंग सम्बन्धित १२ वटा समस्याहरूलाइ टाढा भगाउन सकिन् छ।

यहाँ केराका यी फाइदाहरूका बारेमा चर्चा गरिएको छ

१.डिप्रेशन:

एक रिसर्चका अनुसार डिप्रेशनका बिरामीले जब केरा खान्छन, उनीहरूलाइ आराम हुने गर्दछ । बास्तबमा केरामा एउटा यस्तो प्रोटीन हुन्छ, जसले तपाइँलाइ रिल्याक्स फिल गराउँदछ र तपाइँको मूड राम्रो बनाउँछ । केरामा भिटामिन B6 पनि हुन्छ, जसले तपाइँको ब्लडमा ग्लूकोजको लेभल ठीक राख्दछ ।

२.एनीमिया:

केरामा आइरन हुन्छ । यसैले केरा खानाले ब्लडमा हेमोग्लोबिन को कमी हुँदैन । जो मानिसहरूलाइ एनीमिया छ, उनीहरूले अबश्य पनि केराको सेवन गर्नुपर्दछ ।

३.कब्जियत:

यदि तपाइँलाइ कब्जियत छ भने तपाइँलाइ केराले निकै फाइदा पुर्याउँछ । दिनमा दुइवटा केरा खनुस र हेर्नुस । केरामा हुने फाइबरका कारण यो समस्याबाट मुक्ति मिल्दछ ।

४.ब्रेन पावर:

इङ्ल्याण्डको एक स्कूलमा २०० बिद्यार्थीहरूलाइ हरेक परीक्षा अघि नाश्तामा केरा खुवाइयो, ताकि उनीहरूको दिमाग बढोस । बास्तबमा, रिसर्च भन्दछ कि पोटाशियम भएका कारण, केरा खानाले याद गर्ने क्षमता बढ्छ ।

५.ह्याङ्गओभर :

धेरै मात्रामा अल्कोहल पिएपछि, यदि तपाइँको टाउको दुखिरहेको छ भने, एक गिलास बनना सेक पिउनुस ।
यसमा केही मात्रामा थोरै मह पनि मिसाउनुस । केही बेरमा तपाइँको ब्लड शुगर लेभल ठीक हुन थाल्दछ र ह्याङ्ओभर पनि टाढा हुन्छ । यति मात्र हैन, यसले त्यसको शरिर पनि हाइड्रेटिड हुन्छ ।

६. मुटुमा जलन वा एसिड बन्नुः

यदि तपाइँलाइ एसिडिटी भैरहेको छ र छातिमा जलन पनि भएको छ भने, केराले तपाइँको समस्याको समाधान हुन्छ ।

७. ब्लड प्रेशर:

यसमा पोटाशियम निकै मात्रामा हुन्छ र नुनको मात्रा पनि कम हुन्छ, जसका कारण ब्लड प्रेशर नर्मल हुने गर्दछ । FDA, अर्थात US FOOD AND DRUG ADMINISTRATION ले पनि हालै मात्र केरा उद्योगलाइ यो कुरा आधिकारिक रूपमा भनेको छ कि केरा खानाले ब्लड प्रेशर र स्ट्रोक हुने खतरा कम हुन्छ ।

८. मर्निङ सिकनेस:

यदि तपाइँलाइ खाना खाएपछि पनि भोक लाग्दछ भने केरा खानुस । यसले तपाइँको ब्लड शुगर लेभल नर्मल बनाउँछ र तपाइँ रिल्याक्स फिल गर्न थाल्नुहुन्छ ।

९. लामखुट्टेले टोकेमा:

लामखुट्टेले टोकेमा यदि कुनै लोसन वा क्रीमका सट्टामा केराको भित्री भाग लगाउन सकिन्छ । जसले सुन्निने र जलन हुन कम गर्दछ ।

१०. नर्वस सिष्टम ठिक राख्छ:

केरामा भिटामिन B हुन्छ, जसले पताइँको नर्भस सिस्टमलाइ सहि राख्दछ । अस्ट्रेलियाको एक साइकोलोजी इन्स्टिट्यूटले रिसर्चमा के पाएका थिए भने कार्यस्थलमा भोक लाग्दा कामदारहरूले फास्ट फूड र स्न्याक्सले आफ्नो पेट भर्दछन । यसै कारणले टेन्शन र मोटोपन बढ्दछ । यसैले आवश्यक यो छ कि हरेक दुइ घण्टा पछि तपाइँ कार्बोहाइड्रेट भएको खाना खानुस, जस्तै केरा ।

१२. बिपि कन्ट्रोल:

केरा खानाले प्रेग्नेन्ट महिलाको टेम्परेचर पनि सही अबस्थामा रहन्छ । यदि केराको तुलना स्याउ संग गर्ने हो भने केरामा स्याउमा भन्दा चार गुणा धेरै प्रोटीन, दुइ गुणा धेरै कार्बोहाइड्रेट, तीन गुणा धेरै फस्फोरस, पांच गुणा धेरै भिटामिन A र आइरन हुन्छ ।केरामा पोटाशियमको मात्रा धेरै हुन्छ, यसैले दिनमा दुइवटा केरा अबश्य खानुस र स्वस्थ रहनुस ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।