स्वस्थ जीवनका लागि केही नियमहरूको पालना गर्नु जरूरी हुन्छ। राम्रो बानी आफू पनि अपनाउनुपर्छ र आफ्ना सन्तानलाई पनि अपनाउन लगाउनुपर्छ। असल जीवनशैलीले स्वास्थ्य राम्रो बनाउँछ।

रातिको खाना

राति सधैं हल्काफुल्का खाना खानुपर्छ । भारी भोजनले पाचन प्रक्रियामा समस्या ल्याउँछ । राति सलाद खाने बानी बसाल्नुस्।

मोबाइलबाट टाढा

राति आराम गर्ने समय हो। राति फोन चलाउन थाल्नुभयो भने मन डुल्न थाल्छ र निद्रामा समस्या आउँछ । राति सामाजिक सञ्जाल नचलाउनुस् र छिट्टै सुत्नुस्।

बिहान छिटो उठ्ने

ढिलो गरी सुत्दा र बिहान ढिलो उठ्दा स्वास्थ्यमा ठूलो समस्या आउँछ। बिहानको समयमा व्यायाम र ध्यान गर्दा स्वास्थ्य राम्रो रहन्छ । यसो गर्दा दिनभरि ताजा रहनुहुनेछ।

हरियो सागपात खाने

खानामा भरपूर सागपात, सलाद, जुस र फलहरू समावेश गर्नुस् । यसले पाचनप्रक्रिया राम्रो बनाउँछ।

नुहाउनुअघि मसाज

हरेक दिन नुहाउनुअघि नरिवल वा जैतून तेलले शरीरको मसाज अवश्य गर्नुस् । यसले शरीर फुर्तिलो राख्छ । अनि छालाको समस्या पनि समाधान हुन्छ।

थप जानकारीः

स्वस्थ र खुसी भएर जीवन चाहनुहुन्छ ? अपनाउनुहोस यी २० उपाय

हामी जे गर्छौं, सबैको मूल ध्येय हो सन्तुष्टि एवं खुसी । जो कोहि, चाहन्छन् आफ्नो जीवन खुसीसाथ बितोस् । खुसी खोज्न अन्त जानुपर्दैन । हामीभित्रै छ । तर, पनि कति दुर्लभ !

खुसीको अर्थ पनि व्यक्ति पिच्छे फरक फरक हुन सक्छ । कसैले केहि कुरामा खुसी भेट्छन भने कसैले केहि । मानिसको रुचीअनुसार खुसी पनि फरक फरक हुन सक्छ ।

तर, सामान्य रुपमा भन्नुपर्दा मानिसको जीवन खुसीयालीपूर्ण हुनु भनेको दुःख, पिर, चिन्ता बिना स्वस्थ भएर बाँच्नु हो । त्यस्तै खुसी भनेको स्वतन्त्र भएर बाँच्नु पनि हो । आफूले चाहेको काम गर्नु, आफूले चाहेको ठाउँमा जानु र आँफूले चाहेको जस्तो खानु पनि खुसीको अर्को रुप हो ।

भनिन्छ नि, मानिसले पैसाले खुसी किन्न सक्दैन । साँच्चै नै खुसी हुनु भनेको पैसा कमाउनु वा कुनै क्षेत्रमा सफल र चर्चित हुनु होइन । यो त जीवनशैली र सोच्ने तरिकासँग जोडिएको हुन्छ ।

शरीरको कुनै पनि भागमासानो दुखाईले पनि तपाईको हरेक खुसी खोस्न सक्छ । त्यस क्षणमा जिन्दगी देखि नै तपाईलाई दिक्क लाग्छ । त्यसैले होला स्वास्थ्य नै जीवन हो वा मानिस सुखी हुनु भनेको स्वस्थ हुनु हो भन्ने गरिएको । त्यसैले तपाई जीवनमा खुसीसाथ बाँच्न चाहनुहुन्छ भने निरोगी हुन आवश्यक छ ।

तपाईले आफ्नो जीवनशैलीलाई अलिकति परिवर्तन गर्ने हो भने पनि खुसीयाली युक्त जीवन बाँच्न सक्नुहुन्छ । तपाई पनि जीवनमा खुसी र स्वस्थ रहन चाहनुहुन्छ भने यी उपायहरु अपनाउनुहोस्ः

१. सँधै सकरात्मक सोच राख्ने

२. अरुसँग व्यर्थको अपेक्षाहरु नराख्ने

३. व्यर्थको चिन्ता नगर्ने

४. अरुको खुसी वा सफलताबाट दुःखी वा चिन्तित नहुने

५. हरेक कार्यलाई आफ्नो हैसियत वा क्षमताले भ्याउने तरिकाले मात्रे गर्ने

६. सबै कुरा पर्फ]{ट हुनपर्छ भन्ने कुरा आफूमा हावी हुन नदिने

७. सम्बन्ध र मित्रतालाई सजिलोसँग निभाउने

८. देखावटी कुराहरु र कृत्रिम चीजहरुबाट टाढा रहने

९. आँफैलाई उचित महत्व दिने

१०. आफ्नो इच्छा वा आकांक्षामा लगाम लगाउने

११. सानो सानो सफलतामा आनन्द लिने

१३. कसैसँग कुराकानी गर्दा संयमित भएर वा सोचेर सम्झेर कुरा गर्ने

१४. आफ्नो हार वा कमजोरी स्विकार्न सिक्ने

१५. आत्मविश्वासी बन्ने तर अरुलाई नीच नदेखाउने र नसम्झने

१६. अरुलाई दुःख परेको बेला आफूले सकेसम्मसहयोग गर्ने

१७. आफ्नो र आफ्नो परिवारको लागि जिउन सिक्ने

१८. आफ्नो खुसी र आनन्दको लागि हरेक सानो ठूलो काम गर्ने

१९. आफ्नो सौख र प्रतिभा अनुसार समय निकालेर रुचीको काम गर्ने

जाडोमा स्वस्थ रहने ११ उपायहरू जान्नुहोस्

शरीरलाई क्रियाशील राख्ने

जाडो मौसममा बाहिर हिँडडुल गर्न अल्छी गर्ने, फुर्सद पाउनसाथ सिरक ओढेर सुत्ने बानी धेरैको हुने गर्छ । यस्तो बानी सुधार्नुपर्छ । बिहान सामान्य व्यायाम गर्ने, हिँडडुल गर्ने, फुर्सदको समयमा करेसाबारीमा आफूलाई व्यस्त राख्ने आदि काम गरेमा शरीरलाई आवश्यक ताप र ऊर्जा प्राप्त हुन्छ । जसले गर्दा रुघाखोकीजस्ता रोग लाग्ने जोखिम घट्छ ।

खानपानमा ध्यान दिने

जाडो मौसममा सुप, तरकारी, फलफूलजस्ता खानालाई सकेसम्म नियमित गर्नुपर्छ । सखरखण्ड, हरियो सागसब्जी, चुकन्दर, अदुवा, लसुन, केराजस्ता तरकारी र फलफूल खाने गर्नाले शरीरलाई ऊर्जा मिल्नुका साथै शरीरको रोगप्रतिरोधी क्षमता पनि बढ्छ । तरकारी र गेडागुडीको झोल जाडो मौसममा बढी खाने गर्नुपर्छ ।

वजन बढ्न नदिने

जाडो मौसममा शारीरिक श्रम र व्यायाम कम हुने गर्छ । मसलादार र चिल्लो खाना खाने रुचि जाडोमा बढी हुन्छ । त्यसैले जाडोमा मानिस मोटाउने गर्छन् । त्यसैले मोटाएर खास गरी पेटतिरको भागमा बोसो जम्मा हुन नपाओस् भन्नेमा सचेत हुनुपर्छ । किनकि, जाडोमा लागेको पेट र बोसोले दीर्घकालीन रोग लाग्ने सम्भावना बढाइदिन्छ ।

पर्याप्त सुत्ने

वयस्कहरूका लागि प्रतिदिन सातदेखि आठ घण्टासम्मको निद्रा उपयुक्त हुन्छ । पर्याप्त निदाइएन भने शरीर कमजोर हुने र रोग लाग्ने जोखिम बढ्ने भएकाले सुत्न कञ्जुस्याइँ गर्नु हुँदैन । राम्रोसँग निदाउनका लागि नियमित व्यायाम गर्ने, योग गर्ने, मदिरा र चुरोट कम गर्ने, क्याफिनजन्य पदार्थको मात्रा घटाउने गर्नुपर्छ ।

छाला स्वस्थ राख्ने

जाडो मौसममा छाला फुट्ने र फुस्रो हुने, ओठमा घाउ हुनेजस्ता समस्या देखापर्ने गर्छन् । जाडोमा कम नुहाइने भएकाले लुतोलगायत एलर्जी छालामा लाग्ने जोखिम जाडोमा बढी हुन्छ । यसबाट बच्न सरसफाइमा ध्यान दिनुपर्छ । छाला फुस्रो नहोस् र नफुटोस् भन्नका लागि नियमित छाला म्वइस्चराइज गर्नुपर्छ । यसका लागि डाक्टरको परामर्शमा भिटामिन–ईको चक्की, लसुन आदिसमेत खान सकिन्छ ।

पानी पर्याप्त पिउने

जाडोमा पानी पिउने रुचि कम हुन्छ । त्यही भएर पानीको मात्रा बढाउन तरकारी र दालको झोल बढी पिउने गर्नुपर्छ । साथै, दिउँसोतिर बेलाबेलामा ठूलो ग्लासमा ग्रिन टी, हर्बल टी आदि पिउने गर्नाले पानीको मात्रा बढ्छ । जसले शरीर र छालामा पानीको कमीका कारण देखापर्ने समस्या रोक्छ ।

तनावरहित हुने

तनावका कारण मानसिकसँगै शारीरिक रोग लाग्ने जोखिम बढ्ने भएकाले तनाव कम गर्न योग गर्ने, मनमा नराम्रो कुरा नखेलाउने, आफ्नो र सबैको भलो सोच्ने आदि गर्नुपर्छ । साथै स्नायु प्रणालीलाई स्वस्थ राख्न डाक्टरको परामर्शमा भिटामिन बी–१, बी–५, बी–६ र बी–१२ का चक्कीसमेत खान सकिन्छ ।

रक्तसञ्चार सुचारु राख्ने

जाडोमा रगत जम्ने भएकाले रक्तसञ्चार राम्रोसँग हुन पाउँदैन, जसले गर्दा हातखुट्टा चिसो हुने आदि हुन्छ । यस्तो हुन नदिन हिँडडुल गरिरहने, व्यायाम गर्ने, बसेर काम गर्दैगर्दा बीचबीचमा उठेर यताउति टहल्ने, मोजा–पञ्जा आदि लगाउने गर्नुपर्छ । रगत राम्रोसँग सञ्चार हुन पाएन र जम्यो भने यसले शरीरमा विभिन्न हानि पु¥याउँछ ।

न्यानो कपडा लगाउने

कतिपय अवस्थामा हामीले कपडा लगाउनमा हेलचेक्य्राइँ गर्छौं र जाडोमा त्यति न्यानो कपडा नलगाई बाहिर निस्कने गर्छौं । यस्तो गर्नु हुँदैन । छातीमा कफ जम्ने, चिसोको कारण घाँटी खसखस हुने, दुख्ने आदि गरेको छ भने छाती र घाँटी छोप्ने खालका कपडा, मफलर लगाउनुपर्छ । न्यानो कपडा नलगाए चिसो गढ्ने, रुघाखोकी बल्झिने, टन्सिल हुने सम्भावना रहन्छ ।

तातो पानी पिउने

जाडो मौसममा चिसो पानी नपिउनु नै राम्रो हुन्छ । तातो पानी पिउने गर्नाले रुघाखोकी नलाग्ने, कफ नजम्ने, घाँटी नदुख्ने हुन्छ ।
बिरामीबाट परै रहने

रुखाखोकी आदि सर्ने भएकाले यस्ता रोग लागेका मानिसबाट परै रहनुपर्छ । त्यस्ता मानिससँग कुरा गर्दा दूरी कायम गर्ने, हात मिलाउनुको सट्टा नमस्कार गर्ने आदि गर्नुपर्छ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।