मानिसलाई जुका लाग्नु भनेको उसको शरीरमा परजिवी पसेर पेटमा जुका पर्नु हो । मानिसलाई परजिवीबाट हुने रोगहरु मध्ये जुका नै सबैभन्दा धेरै लाग्ने रोग हो । यो धेरैजसो बिकासोन्मुख देशका मानिसहरुलाई लाग्दछ । किनभने बिकासोन्मुख देशमा ब्क्तिगत तथा वातावरणीय सरसफाइमा जनचेतनाको अभाव र गरिबीको कारणल् यो रोग लाग्ने र कहिलेकाँही महामारीको रुप पनि लिन सक्छ ।

यो जुनसुकै उमेर समूहका मानिसलाई लाग्ने रोग हो । तर बिशेषगरी बच्चहरुलाई बढी लाग्ने भएकाले बच्चको आमाबाबुले बिशेष ध्यान दिनु जरुरी हुन्छ ।

कसरी लाग्छ जुका ?

ब्यक्तिगत र वातावरणीय सरसफइ नभएमा यो रोग लाग्छ ।

जथाभाबी, जहाँ पायो त्यहीँ दिसा गर्ने गरेमा राम्ररी साबुन पानीले हात नधोएमा

काँचो खानेकुरा राम्ररी धोइपखाली गरी नखाएमा

जुत्ता नलगाइ नाङगो खाली खुट्टा हिँड्नाले यो रोग लाग्दछ ।

हेर्दा गडयौला जस्तो देखिने जुकाले खानामा पाइने पोषक तत्वहरुको उपयुक्त पोषणमा असर पारी शरीरमा पोषक तत्वहरुको कमी गराउँदछ । त्यसैले आफ्ना बच्चको हेरचाह गर्ने आमाबाबुले ब्यक्तिगत सरसफाइमा ध्यान दिएमा बच्चालाई जुकाको संक्रमण हुनबाट बचाउन सक्दछन् ।

त्यसैले बच्चाहरुको खाना बनाउनुअघि, स्तनपान गराउनुअघि, दिसा सफा गरिसकेपछि आमाबाबुले राम्ररी साबुनपानीले हात नधोएमा बच्चालाई जुका लाग्न सक्दछ ।

जुका परजिवी भएकोले मानिसले खाएको खानामा भएको पौष्टिक तत्व नास गरिदिन्छ र मानिसको आन्द्रामा बसेर हुर्किने र बच्ने गर्दछ । यसले मानिसको आन्द्राबाट पोषिलो खानाको साथै रगत समेत चुसेर आफ्नो जीवन निर्वाह गर्दछ ।

यसले हाम्रो शरीरको रगत चुस्ने भएकाले जुका लागेको मानिसमा कुपोषण तथा रगतको कमी जस्ता समस्याहरु पनि निम्त्याउँछ । जसको परिणमले बहुसंख्यक बालबालिकाहरुको शारीरिक तथा मानसिक बृद्धि र बिकासमा अबरोध पैदा भई मृत्युको मुखमा समेत ढकेल्छ ।

थप जानकारीः

पेटमा कसरी पर्छ जुका ? यस्ता छन् कारण, लक्षण र बच्ने उपाय

सरसफाइको कमी, दूषित खानाले पेटमा परजीवीले प्रवेश गर्छ । धेरै बालबालिकाको पेटमा जुका पर्नुको कारण पनि यही हो । तर, कहिलेकाहीँ सरसफाइको अभावमा ठूलै मानिसको पेटमा पनि जुका पर्न सक्छ । त्यसैले जुका जोसुकैलाई पर्न सक्छ ।पेटमा विभिन्न प्रकारका जुका पर्छन् । जस्तो कि– राउन्ड वर्म, थ्रेडवर्म, टेपवर्म, पिनवर्म, हुकवर्म, जिआर्डिया आदि ।

जुकाहरू सानो आन्द्रामा बस्छन् । फर्टिलाइजेसन (गर्भाधान) गरेपछि पोथी जुकाले लाखौँको संख्यामा फुल पार्छन् । जुन फुल मानिसको दिसाबाट बाहिर आउँछ । दुईदेखि तीन सातासम्ममा यी फुल सक्रिय लार्भा बनिसक्छन् । मानिसले जुकाको फुल खाएपछि उसमा समस्या हुन्छ । जुका पेटभित्र पर्ने होइन, बाहिरी खानाको माध्यमबाट पेटसम्म पुग्ने हो ।

जुकाका फुल सानो आन्द्रामा विकसित हुन्छन् र गतिशील लार्भामा परिणत हुन्छन् । सानो आन्द्राको भित्तालाई छेडेर रगतको नलीमा पस्छन् र दाहिनेपट्टिको मुटुमा पुग्छन् । त्यसपछि पुनः फोक्सो हुँदै घाँटीमा आइपुग्छन् । त्यसपछि अन्ननली र अमासय हुँदै पुनः सानो आन्द्रामा पुग्छन् । यसरी जुकाको जीवनचक्र चलिरहन्छ ।

के नखाने ?

तारेको र भुटेको परिकारको सकेसम्म प्रयोग गर्नु हुँदैन ।

बासी खाना पनि खानु हुँदैन ।

बेसनबाट बनेका परिकार मिठाई, चकलेट, चिनी नखाँदा राम्रो हुन्छ ।

कारण

नङ टोक्ने, हात राम्रोसँग सफा नगरी खाने, भुइँमा झरेको टिपेर सफा नगरी खाने, सलादलाई नपखाली खाने गरे जुका पर्छ ।
त्यस्तै, नाक कोट्याउने, औँला मुखमा हालिराख्ने, माटो खाने, मासुलाई राम्रोसँग नपकाई खाने, बढी गुलियोको प्रयोग गर्ने बानीले पनि जुका पर्ने सम्भावना हुन्छ ।

लक्षण

पेट दुख्नु

पखाला लाग्नु

अपच हुनु

वाकवाक लाग्नु, बान्ता हुनु

ज्वरो आउनु, खोकी लाग्नु

टाउको दुखिरहनु

तौल घट्नु, दुब्लाउँदै जानु

अनुहार पहेंलो देखिनु

मलद्वार चिलाउनु

आँखा वरिपरि कालो घेरा हुनु

अत्यधिक भोक लाग्नु

पेट ठूलो र कडा हुनु

निद्रामा दाँत किटकिटाउनु

ओछ्यानमा पिसाब गर्नु, पिसाब सेतो भएर जम्नु

जिउ भारी हुनु, हातखुट्टा चिसो हुनु

स–साना कुरामा रुनु कराउनु

रोकथाम

– फोहोर तथा दूषित माटोमा खेल्दा बालबालिकाको हातमा जुकाको फुल टाँसिन्छ र पछि मुखमा औँला राख्दा भित्र जान्छ । त्यसैले घरमा बालबालिकालाई सफासुग्घर राख्ने गर्नुपर्छ ।

– खाना खानुअघि साबुन–पानीले हात राम्रोसँग धुने गर्नुपर्छ ।

– सकेसम्म भुइँमा झरेको खाना खानु हुँदैन । खाइहाले पनि राम्रोसँग सफा गर्नुपर्छ ।

– नियमित रूपमा हातको नङ काट्ने गर्नुपर्छ । ताकि नङमा फोहोर जम्मा हुन नपाओस् ।

– जहाँ पायो त्यहीँ दिसा–पिसाब गर्नुहुँदैन ।

– जहिले पनि पानीलाई उमालेर र फिल्टर गरेर मात्र प्रयोग गर्नुपर्छ ।

– भान्छाकोठाको सफाइमा विशेष ध्यान पु¥याउनुपर्छ ।

– खाद्य तथा पेयपदार्थलाई झिँगाबाट बचाउनुपर्छ ।

– परिवारमा कसैलाई जुका परेमा सबैको उपचार गर्नुपर्छ ।

– पेट सफा राख्नुका साथै कब्जियत हुन दिनु हुँदैन ।

– जुका हेर्दा सामान्य लागे पनि कहिलेकाहीँ यसले घातक रोग निम्त्याउन सक्ने भएकाले यसबाट सबै सजग हुन आवश्यक छ ।

– समय–समयमा दिसाको परीक्षण गर्दा पनि यसबाट बच्न सकिन्छ ।

हाम्रो पेटमा भएको जुकालाई पन्छाउने घरेलु उपाएहरु

जब हाम्रो पेटमा किरा (जुका) पर्छ तब कयौँ किसिमका समस्याहरुको सामना गर्नुपर्ने हुन्छ । प्राय मान्छेलाई पेटमा जुका परेको लक्षण वा संकेत थाहा हुन्छ भने कतिपयलाई भने थाहा हुँदैन । पेटमा जुका पर्दा विभिन्न लक्षणहरु देखा पर्छन् । जस्तै एकदमै पेट दुख्ने, खाना नपच्ने, पखाला लाग्ने, खाना खाने बित्तिकै दिसा लाग्ने, दिसामा रगत देखिने, बान्ता हुने, ग्यास हुने वा शरीर सुन्निने, गुदद्वार चिलाउने र पाइल्स समेत हुने जस्ता लक्षणहरु देखा पर्छन् ।

त्यस्तै व्यक्ति एकदम कमजोर हुनुका साथै छालामा पनि समस्या देखिन्छ । आज हामी पेटको जुकालाई बाहिर निकाली पूर्णरुपमा निर्मुल पार्ने अचुक घरेलु औषधीको बारेमा बताउन गइरहेका छौँ ।जुन १०० प्रतिशत प्रभावकारी, प्राकृतिक र लाभदायी हुन्छ ।

लसुन

१/२ केस्रा लसुनलाई पिसेर पेस्ट बनाउने । त्यसपछी यो पेस्टमा थोरै नुन मिसाएर सेवन गर्नुहोस् । यसले पेटको जुकालाई नष्ट पार्न मद्धत गर्दछ ।

ज्वनो

ज्वनोको सेवन गर्नाले पेटसम्बन्धी जस्तोसुकै समस्याबाट पनि छुटकारा पाइन्छ । त्यस्तै पेटको जुका निर्मुल पार्न पनि ज्वनो एकदम प्रभावकारी मानिन्छ । यसको लागि एक गिलास पानीमा एक चम्चा ज्वनो भिजाएर राख्ने । केहि घण्टा सम्म भिजाएर राखेपछी ज्वनोलाई छानेर यसको पानी पिउने । त्यसैगरी भिजाएको ज्वनोलाई पनि चपाई चपाई खान सकिन्छ ।

तुलसीको पात

तुलसीको पात एक अद्भुत गुण भएको घरेलु औषधी हो । यसले पेटको जुकालाई बाहिर निकाली यो समस्याबाट सधैँका लागि छुटकारा दिलाउँछ । यसको लागि तुलसीको पातको पेस्ट बनाएर यसको रस निकालेर सेवन गर्नुहोस् या तुलसीको पातलाई यत्तिकै चपाएर पनि खान सकिन्छ । यो औषधी दिनमा दुइ पटक उपयोग गर्नुहोस् ।

निमको पात

निमको पातले हरेक किसिमको ब्याक्टेरियालाई खतम गर्छ । किनकी निमको पातमा एन्टीबयोटिक र एन्टीब्याक्टेरियल गुण हुन्छ । निमको पातलाई पिसेर पेस्ट बनाउने र यसमा थोरै मह मिसाएर खाने । यसरी सेवन गर्नाले पेटको जुका तुरुन्तै नाश हुन्छ ।

मुला

मुलाले पनि पेटको जुका मारेर बाहिर निकाल्न मद्धत गर्दछ । यसको लागि काँचो मुला चपाएर वा यसको रस बनाएर सेवन गर्न सकिन्छ ।

अदुवा

घरेलु औषधी मध्ये अदुवा एक महत्वपूर्ण र बढी प्रयोग हुने औषधी हो । यसले पेटमा लागेको जुकालाई नष्ट पार्न मद्धत गर्दछ । यसको लागि अदुवालाई सानो सानो टुक्रा पारेर काट्ने । अब यो काटेको अदुवामा थोरै मह र कालो नुन मिसाएर मज्जाले चपाई चपाई खानुहोस् । यो उपाय दिनमा २ पटक प्रयोग गर्नुहोस् ।

गाजर

गाजरलाई सानो सानो टुक्रामा काटी मिक्सीमा पिसेर यसको जुस बनाउने र यो जुस सेवन गर्ने । गाजरले पेटको जुकालाई मारेर बाहिर निकाल्न मद्धत गर्छ ।

तीतेकरेला

एक गिलास मन तातो पानीमा एक चम्चा तितेकरेलाको जुस मिसाएर पिउनुहोस् । यसले पेटको जुकालाई बाहिर निकाल्न मद्धत गर्छ ।

अनारको छिल्का अर्थात् बोक्रा

अनारको छिल्कालाई घाममा सुकाउने। सुकेपछी यसलाई पिसेर पाउडर बनाउने । यो अनारको बोक्राको पाउडरलाई दिनमा दुई पटक सेवन गर्नुहोस् । यस औषधीले पेटको जुकालाई खतम पार्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।