थाइराइड रोग महिलाहरुमा बढि देखिन्छ । यो रोग लागेपछि छटपटी हुनु, राम्रोसँग निन्द्रा नलाग्नु, महिनावारी गडबडी हुनु, मुटुको धड्कन बढ्नुजस्ता समस्या देखापर्न थाल्छ ।

समयमा नै उपचार गरी यो रोगलाई नियन्त्रणमा लिन सकिन्छ । यसका साथै, यो रोग लागेपछि के खाने के नखाने भन्ने कुराको पनि विशेष ध्यान दिनुपर्छ ।

थाइराइड रोगीले नखानुहोस् यस्ता खानेकुरा

वनस्पती घ्यू

यसलाई डाल्डा घ्यू पनि भनिन्छ । यो घ्यू मिठाईलगायतका विभिन्न पसलमा प्रयोग गरिन्छ । यसले राम्रो कोलेस्ट्रोललाई नष्ट गरेर खराब कोलेस्ट्रोललाई बढाउँछ । थाइराइड बढेकाहरुले डाल्ड घ्यूको प्रयोग गरी बनाइएको खानेकुराको सेवन गरे यसले थप समस्या निम्त्याउने गर्दछ ।

आयोडिनयुक्त खानेकुरा

थाइराइड ग्रन्थीले हाम्रो शरिरबाट आयोडिन लिएर थाइराइड हर्मोनलाई पैदा गर्ने गर्दछ । त्यसकारण यो रोग लागेकाहरुले धेरै आयोडिन भएको खानेकुरा खानुहुँदैन । समुन्द्रि खाना र आयोडिन भएको नुन नखानुहोस् ।

रातो मासु

रातो मासुमा कोलेस्ट्रोल र स्याचुरेटेड फ्याट अत्यधिक हुने गर्दछ । यसले तीब्र रुपमा तौल बढाउने गर्दछ । थाइराइड रोगीले रातो मासु खाँदा शरिर पोल्ने समस्या निम्तिन सक्छ ।

रातो मासुको सट्टा तपाईं कुखुराको मासु खान सक्नुहुन्छ । कुखुराको छातीको मासुमा राम्रो प्रोटिन हुन्छ र यसले शरिरमा बोसो बढ्न दिँदैन ।

क्याफिन

हुन त क्याफिनले थाइराइडलाई प्रत्यक्ष रुपमा बढाउँदैन तर यसले ती समस्यालाई बढाउँछ जुन थाइराइडका कारण उब्जिएको छ । उदाहरणको लागि छटपटी र अनिन्द्रा । यसकारण तपाईं क्याफेनयुक्त– कफी, चकलेटलगायतका खानेकुराबाट टाढा बस्दा नै राम्रो ।

मद्यपान

थाइराइडका बिरामी मद्यपानबाट निकै टाढा बस्नुपर्छ । रक्सीजन्य पदार्थले शरिरको ऊर्जाको स्तरलाई प्रभावित गर्ने गर्दछ । यसले थाइराइड रोगीलाई अनिन्द्राले सताउने गर्दछ ।

यसका साथै यसले ओस्टियोपोरोसिसको खतरा पनि निम्त्याउँछ । यद्यपी, रक्सीजन्य पदार्थ कसैका लागि पनि राम्रो मानिँदैन । यसका कारण मोटोपना बढ्छ ।

तपाईको स्वास्थ्य राम्रो छ या नराम्रो कसरि अनुमान गर्ने ?

राम्रो स्वास्थ्यका संकेत

१. राम्ररी भोक लाग्नु, भोक लाग्दा सादा र सात्विक खाना खाने इच्छा हुनु ।

२. प्यास लाग्दा पानी मात्र पिउने इच्छा हुनु ।

३. दिसा ठोस, सफा र नियमित हुनु ।

४. पिसाब सफा वा हल्का पहेंलो र दुर्गन्धरहित हुनु ।

५. पसिना दुर्गन्धरहित हुनु ।

६. निद्रा गहिरो र आरामदायी हुनु ।

७. बिहान उठ्दा आनन्दित र स्फुर्तिलो महसुस हुनु ।

८. श्वास–प्रश्वास स्वभाविक र स्वचालित हुनु ।

९.तन र मन आनन्दित हुनु ।

१०. अनुहार चम्किलो र उज्यालो हुनु ।

११. आँखा चम्किलो र निडर हुनु ।

१२. छाला नरम हुनु ।

१३. शरीर लचिलो हुनु ।

१४. काम गर्न जाँगर लाग्नु र बिनाथकावट लामो समयसम्म काम गर्न सक्नु ।

१५. ढाड सिधा हुनु ।

१६. पेटको परिधि छातीभन्दा भित्र हुनु ।

१७. काँधहरू सिधा वा एउटै तहमा हुनु ।

१८. सधैं जोसिलो, जाँगरिलो, सिर्जनात्मक र सकारात्मक सोच हुनु ।

१९. रिस, निरास, डर, तनाव, मानसिक समस्या तथा चिडचिहटरहित हुनु ।

२०. सुत्दा मुख बन्द हुनु, आदि ।

नराम्रो स्वास्थ्यको संकेत

१. भोक नलाग्नु; लागे पनि खान मन नलाग्नु । सधैं भोक लागिरहनु । मसलेदार खाना खाने इच्छा हुनु ।

२. प्यास नलाग्नु वा प्यास लाग्दा अन्य पेय पदार्थहरू पिउने मन हुनु ।

३. दिसा पातलो, गह्नाउने, कडा वा गिर्खा परेको हुनु र पेट राम्ररी सफा नहुनु ।

४. पिसाब पोल्ने, बाक्लो, धमिलो हुनु वा गह्नाउनु ।

५. पसिना दुर्गन्धित हुनु; अत्यधिक आउनु वा नआउनु ।

६. निद्रा नलाग्नु वा सधैं सुत्न मन लाग्नु ।

७. श्वास–प्रश्वास अस्वाभाविक र असजिलो हुनु ।

८. मन निरास हुनु ।

९. अनुहार फुस्रो र अँध्यारो हुनु ।

१०. आँखा कमजोर हुनु, आँखाको वरिपरि कालो पर्नु ।

११. छाला रुखो वा सुख्खा हुनु ।

१२. शरीर तथा मांसपेसीहरू कडा हुनु ।

१३. अल्छी हुनु वा जोस जाँगर हराउनु; थोरै काम गर्दा पनि थाक्नु ।

१४. ढाड कुप्रो परेको वा मेरुदण्ड बांगो हुनु ।

१५. पेट छातीभन्दा बाहिर आउनु; काँधहरू एउटै तहमा नहुनु; सुत्दा मुख खुल्ला हुनु; घाँटी, गर्धन, र टाउकोको पछाडिको भाग अस्वाभाविक देखिनु ।

१६. नाभीको धड्कन आफ्नो ठाउँबाट हट्नु ।

१७. खाना खाएपछि पेट भारी वा ढाडिएको अनुभव हुनु ।

१८. नकारात्मक तथा विध्वंसात्मक सोच हुनु; अत्यधिक रिसाउने बानी हुनु; एकाग्रताको कमी हुनु ।

१९. कपाल झर्नु, रूखो तथा सुख्खा हुनु र चाँया पर्नु ।

२०.अनुहारमा कालोपोतो वा चाँया पर्नु; अनुहार सुन्निनु; डन्डीफोर आउनु, आदि ।

सधै स्वास्थ्य रहने टिप्स, यस्ता छन्

तल उल्लेख कुराहरुलाई ध्यान दिनाले सधै तन्दुरुस्त रहन मध्त पुग्छ ।

१. धेरै मान्छेले दाँत माझ्नलाई थोरै समय दिन्छन्, फ्लस गर्दैनन् र दन्तचिकित्सककहाँ नियमित रूपमा जाँदैनन् । कलम समातेजस्तै गरी टुथब्रस समात्नुस् र कम्तीमा पनि दुई मिनेट ब्रस गर्नुस् । दाँत माझ्दा दाँत र गिजा, जिब्रो र च्यापुलाई समेत माझ्नुस् । नरम टुथब्रसले दाँत माझ्नुस् र प्रत्येक महिना टुथब्रस बदल्नुस् ।

२. लसुन र प्याजमा स्वास्थ्यलाई राम्रो गर्ने सबै तत्व विद्यमान हुन्छन् । बालबालिकालाई हुने धेरै संक्रमणलाई काँचो लसुनको सेवनले रोक्छ । लसुन, प्याज काँचै खाएको राम्रो, अनि प्याजलाई फलफूलको जुससँग लिए हुन्छ ।

३. दूध वा दही खाएर वा चक्की खाएर भएपनि दिनदिनै क्याल्सियम शरीरलाई दिलाउनुस् । तीन वर्षको भएपछि तपाईंको हाडको घनत्व घट्दै जान्छ । हड्डी जोगाउन तपाईंले कम्तीमा पनि २०० मिलिग्राम क्याल्सियम लिनैपर्छ ।

४. बिहान उठ्नेबित्तिकै शरीर तन्काउने व्यायामहरू गर्नुहोस् । यसले रक्तसञ्चार र पाचनलाई बलियो बनाउँछ र ढाडको समस्याबाट जोगाउँछ ।

५. बिहानीको खाना नछोड्नुस् । वजन घटाउनु छ भने उपयुक्त ब्रेकफास्ट महत्वपूर्ण हुन्छ । ब्रेकफास्ट नखाने मान्छेले दिनभरिमा अरू धेरै खानेकुरा खाएर वजन बढाउँछन् । सन्तुलित ब्रेकफास्टमा ताजा फलफूल वा फलफूलको जुस, उच्च फाइबर भएको सिरियल, कम फ्याट भएको दूध वा दही र उमालेको अण्डा पर्दछन् ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

मुखको हेरचाह गर्ने केहि टिप्स

मुख धुँदा यी १० गल्तीहरु भूलेर पनि नगर्नुहोस्

१. जव अनुहार धुनु हुन्छ त्यतिबेला हल्का मनतातो पानी प्रयोग गर्नु सबैभन्दा उत्तम मानिन्छ ।

२. अनुहार चाहिने भन्दा बढी नधुनुस् । यसो गर्दा अनुहारको त्वचामा असर गर्छ ।

३. अनुहार सफा गरेपछि मुलायम रुमालले पुछ्नुस् । अनुहारमा धेरै रगड्नु घातक हुन सक्छ ।

४. अनुहारमा असर गर्ने उत्पादन जतिसुकै आकर्षक भएपनि प्रयोग नगर्नुस् ।

५. फेस वाश वा सावुन अनुहारमा धेरै बेर सम्म नरगड्नुस् ।

६. अनुहारमा मसाज गर्नु पनि राम्रो मानिन्छ । तर यसका लागि आफूलाई मिल्दो तेल मात्र प्रयोग गर्नुस् ।

७. अनुहार सफा गर्दा हतार नगर्नुस् । सँधै राम्रोसँग अनुहार सफा गर्नुहोस् ।

८. अनुहार सफा गरेपछि त्वचा सुख्खा नहोस् भन्नका लागि मोइस्चराइजिङ क्रिम लगाउनुस् ।

९. अनुहारमा लगाउने कुनै पनि उत्पादन किन्दा आफ्नो छालाको प्रकृति अनुसार विचार गरेर मात्र किन्नुस् ।

१०. अनुहारलाई हानी गर्ने क्लिनरको प्रयोग कहिल्यै पनि नगर्नुस् ।

मुखको हेरचाह गर्ने केहि टिप्स

१. खानामा चिनीको मात्रा कम, फलफुल र हरियो सागसब्जीको सेवन बढि गर्ने ।

२. सुर्तिनजन्य पदार्थको सेवन नगर्ने ।

३. अत्याधिक मात्रामा मध्यपानको सेवन नगर्ने ।

४. मुख स्वास्थ्यको हेरचाहमा बिशेष ध्यान दिने

– फ्लोराईड युक्त टुथपेष्टले दिनको दुई पटक र दुई मिनेट सम्म ब्रस गर्ने ।

– खाना खाईसकेपछि राम्रोसंग कुल्ला गर्ने ।

– डेण्टल फ्लसको प्रयोग र फ्लोराईड युक्त औषधिले कुल्ला गर्ने ।

५. चोटपटक लाग्ने खेलहरु खेल्दा माउथ गार्डको प्रयोग गर्ने ।

६. नियमित रुपमा मुख तथा गिंजाको जाँच गराउने (कम्तीमा हरेक ६ महिनामा) ।

यो पनि पढ्नुहोस् ।

ब्रस गर्दैमा मुख स्वस्थ हुन्न

मुख स्वास्थ्यका लागि दिनमा कम्तीमा पनि दुई पटक ब्रस गर्नुपर्छ । तर ब्रस गर्दैमा मुख स्वस्थ्य भइन्छ भन्ने होइन । पेटसम्बन्धी अधिकांश रोगको कारण मुख हो । हामी चिकित्सककहाँ जाँच गराउन गयांै भने आँ गर्नु त भन्छन् । जिब्रो हेर्छन् ।

झाडापखालाजस्ता रोगको कारण मुख स्वास्थ्य हो । रेगुलेटरी बडी मुख स्वास्थ हो । सरकारले झाडापखालाजस्ता रोगको उपचार निःशुल्क गरेको छ । तर यी सबै मुख स्वास्थका कारण भइरहेको छ भन्ने बिर्सेको छ । अरू रोगमा अनुदान दिएजस्तै मुख स्वास्थमा महत्व दिन सकियो भने अहिलेका ७० प्रतिशत रोग निको हुन्छ ।

स्वास्थ्यका विषयमा चेतना दिनु पर्यो । धनी देशमा मुख स्वास्थ्यमा महत्व दिइन्छ । हाम्रै नेपाली विदेशबाट उपचार गर्न आउँदैनन् । विकासशील देशमा नसर्ने रोग बढ्दैछन् । धनीमा घट्दै छन् । किनकि उनीहरू मुख स्वास्थ्यलाई बढी महत्व दिन्छन् । विदेशी मुख केयरमा ध्यान दिन्छन् ।

नेपालीको मुख स्वास्थ्यलाई केयर गर्दैन । के फरक पर्छ र भन्ने छ । हाम्रा मान्छे ६० वर्षमा मेरो छोराले गर्छ भन्छ । दाँत स्वास्थ्य ख्याल गर्ने मान्छेको आयु बढ्छ । पेटसम्बन्धी रोग लाग्दैन । आत्मबल हुन्छ । चपाएर खान सक्छ । बुढ्यौलीपन घट्छ । युवा देखिन्छ । जीवन सहज हुन्छ । एक मान्छे स्वस्थ्य हुन ५० प्रतिशत.साइकोलोजिकल हुन्छ । डाक्टरले बोल्दा राम्रो हुन्छ । विचारमा पनि भर पर्छ ।

मुख स्वास्थ्य र खानेकुरामा मात्र ध्यान दिने हो भने ४० प्रतिशत निको हुन्छ । १० प्रतिशत मात्र डाक्टरलाई देखाउनुपर्छ । मुख स्वास्थ्यको महत्व नजानेर, नबुझेर हामी अन्तिममा उपचारमा जान्छाै । मुख स्वास्थ्यलाई ध्यानमा राख्ने हो भने आउटपुट पनि दिन सक्छ । १० वर्षपहिले सीमित मान्छेको पहुँचभित्र मात्र दाँतको उपचार थियो । उपचार गर्ने क्रम बढेको छ । तर मुख स्वास्थ्यको अवस्था भयावह छ ।

९० प्रतिशतमा छ । पहिले सहरमा बढी थियो गाउँमा कम थियो । अहिले उल्टा छ । विदेश गए चक्लेट, जड फुड खान सिके । तर कियर गर्न सिकेनन् । सहरमा अलि उपचार गराउनुपर्ने अवस्था छ । पहिलेभन्दा चेतना बढेको पक्कै छ । डेन्टल क्लिनिक बढी खुलेका छन् । यो सकारात्मक हो ।

सबैले उपचार पाउनुपर्छ । सबैभन्दा बढी रक्सी खाने, चुरोट खाने, जंक फुड खाने, चाउचाउ गाउँमै बिक्री हुन्छ । प्राकृतिक वस्तु, खाद्यान्न हराउने क्रममा छन् । गुलियो खाने, जंक फुड खाने, दाँत नमाझ्ने, स्वादका लागि मसालदार खानेकुरा खाने, पानी कम पिउने, धूमपान मद्यपान सेवन गर्ने कारणले दाँत बिग्रन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।