गर्मि सुरु भयो अब चिसो पानीमा पौडी खेल्नुको मज्जा नै बेग्लै हुन्छ । त्यसैले गर्दा आजभोलि विभिन्न ठाउमा पौडी पुल सञ्चालन गरिएको छ । पौडी खेल्नु स्वास्थको लागि राम्रो हुन्छ । पौडी खेल्दा शरीरको व्यायाम हुन्छ ।

तर, पौडी खेल्नुअघि केही कुरामा भने सावधानी अपनाउनुपर्छ । कतिपय अवस्थामा दुर्घटना हुनसक्छ भने छाला लगायत संक्रमणको भय पनि उत्तिकै हुन्छ । खासगरी बालबालिकालाई एक्लै छाड्नु हुँदैन ।

१. पौडी गर्नु ३० मिनेटअघि पर्याप्त पानी पिउनुपर्छ । यसले शरीरमा पानीको मात्रा कमी हुन दिदैन ।

२. पौडी का लागि राम्रो र सुविधायुक्त पौडी पुल छनौट गर्नुपर्छ ।

३. पौडी पुलको पानी दूषित हुने भएकाले यसवाट छिटै संक्रमण फैलिने तथा छालाको समस्य आउन सक्छ ।

४. पौडी पुलको पानी बेला बेलामा फेरिरहनु पर्छ । यदि त्यसो गरिएको छैन भने उक्त पानीको कारण झाडापखला र टाइफाइड जस्ता सरुवा रोग लाग्न सक्ने खतरा हुन्छ ।

५. पौडी पुलमा पौडी खेल्नुअघि नुहाउनका लागि छुट्टै स्थान चाहिन्छ ।

६. पौडी पुल जानुअघि नै राम्रो पौडी कस्ट्युमको व्यवस्था गर्नुपर्छ ।

७. राम्ररी पौडन नजान्नेहरुले सहयोगीको साथमा मात्र पौडीको अभ्यास गर्नुपर्छ ।

यस्ता छन् पौडी खेल्नुका फाइदाहरु

१. तौल घटाउँछ र आकर्षक बनाउँछ ।

२. कोलेस्ट्रोललाई सन्तुलित गर्छ ।

३. शारीरिक शक्तिमा वृद्धि हुन्छ ।

४. रोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

५. पूरा शरीर तथा मस्तिष्कलाई आराम मिल्छ ।

६. पौडीले पूरा शरीरको व्यायाम हुन्छ ।

७. तनाव एवं अनिद्रा हटाउन मद्दत गर्छ ।

८. मुटुलाई बलियो तथा सक्रिय बनाउँछ ।

९. रक्तप्रवाह वृद्धि हुन्छ ।

१०. मांसपेशी शक्तिशाली हुन्छ ।

११. जोर्नीको पीडाबाट जोगाउँछ ।

१२. शरीर लचिलो हुन्छ । शारीरिक लचकता स्वस्थताको पहिचान हो ।

१३. फोक्सो शक्तिशाली हुन्छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

पानीका कारण लाग्ने राेगहरूबाट यसरी बच्न् सकिन्छ

पानी मानव शरीरका लागि अनिवार्य तत्व हो । शरीरमा यसको उपस्थित धेरै अर्थमा जीवनदाता मानिन्छ । त्यसैले जल नै जीवन भनिएको हो । मानिस मात्र हैन, सबै सजीव प्राणीका लागि पानीको उपयोग एक अनिवार्य आवश्यकता मानिन्छ ।

रुख बिरुवा एवम् वनस्पति जगतका साथै कृषि फसल सिंचाइका लागि पनि पानी आवश्यक पर्छ । यो ती पाँच तत्वमध्ये एक हो, जसबाट हाम्रो शरीरको संरचना भएको छ । हाम्रो मन, वाणी, चक्षु, स्रोत तथा आत्मालाई तृप्त गर्छ । पानीविना हामी बाँच्न सक्तैनौँ । शरीरमा यसको कमी भएमा प्यास लाग्छ ।

पानीले शरीरको सन्तुलन बनाएर राख्न मद्दत गर्छ । अतः यो हाम्रो जीवनको आधार पनि हो । त्यसैले पानी हाम्रो अस्तित्वका लागि धेरै आवश्यक छ । शुद्घ एवम् सफा पानी भन्नाले मानव स्वास्थ्यका लागि हानीकारक अशुद्धिहरु र रोग उत्पन्न गराउने जीवाणुबाट मुक्त हुनुपर्छ ।

रोगाणु, विषालुपदार्थ एवम् अनावश्यक मात्रामा लवणयुक्त पानीले अनेक खालका रोग जन्माउँछ । विश्वभरीमा ८८ प्रतिशतभन्दा बढी रोग प्रत्यक्ष परोक्ष रूपमा प्रदूषित पानीका कारण लग्छ । प्रतिघण्टा प्रतिहजार केटाकेटीको मृत्यु झाडापखलाका कारणले हुने गर्छ ।

त्यसको मुख्य कारण प्रदूषित पानी नै हो । याज्ञवल्क्य संहिताले जीवाणुयुक्त फोहोर, फिनेल, दुर्गन्धयुक्त खोर, हावाको फोका निस्किरहेको पानीले नुहाउन पनि निषेध गरेको छ । तर आजको स्थिति बडो चिन्ता जनक छ ।

सहर बढ्दो आवादीले गर्दा उत्पन्न हुने मलमूत्र फोहोर मैलालाई पाइप लाइन तथा ढल नालीबाट प्रवाहित गरी नदीहरु तथा सतही जल स्रोतहरु प्रदूषित गरिँदैछ ।

यसैगरी विकासको नाममा कलकारखाना, साना ठूला उद्योगबाट निक्लिएको फोहोरबाट खोला नाला प्रदूषित भइरहेका छन् । भूमिगत एवम् पक्की ढल नालीको व्यवस्था नभएर वा फुटेर पनि फोहोर मैलायुक्त पानी बाहिर आएको हुन्छ ।

होचो भूमिमा ढल चुहिएर भूमिभित्रको जललाई पनि प्रदूषित गरिराखेको हुन्छ । हामी यस्तो महत्त्वपूर्ण जीवनदायी जललाई प्रगति एवं विकासको अन्धो दौडमा प्रदूषित बनाइराखेका छौँ ।

सजीव प्राणीले यस्तो पानीको उपभोग गर्दा रोगको शिकार हुन्छन् । दूषित पानीका माध्यमबाट मानव स्वास्थ्यलाई निम्न प्रमुख समूहमा बाँड्न सकिन्छ ।

दूषित पानीका कारण उत्पन्न हुने रोग

विषाणुद्वारा

जण्डिस, पोलियो गैस्ट्रो इन्टराइटिस, रुघा खोकी सङ्क्रामक हेपाटाइटिस विफर ।

जीवाणु द्वारा

झाडा पखाला अतिसार पेचिस म्यादी ज्वरो हैजा रुधाखोकी सुजाक, उपदंश जठरांत्र शोध प्रवाहीका क्षण रोग आदि ।

प्राटोजोवाद्वारा

पायरिया पेचिस निद्रारोग मलेरिया अमी बियोसिस जियार्डियोसिस आदि ।

जुका द्वारा

फाइलेरिया हाइडेटिज सिस्ट रोग तथा पेटमा विभिन्न खाले जुका पर्नाले स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्छ ।

लेप्टोस्पाइरल बाइल्स रोग

रोग उत्पन्न गराउने जीवबाहेक अनेकौँ प्रकारका विषालु तत्त्व पनि पानीका माध्यमबाट हाम्रो शरीरमा पुगेर स्वास्थ्यलाई प्रभावित पार्छन् । यी विषालु तत्वमा कैडामी यम, लिड, मरकारी, निकल, सिल्भर, आर्सेनिक आदि छन् ।

जलमा फलाम म्याग्निजिन, क्याल्सियम, बेरियम, क्रोभियस कापर, सिलियम युरोनियम बोरान तथा अन्य लवणहरु छन् । जस्तै नाइट्रेट, सल्फेट वोरेटे कार्बेनेट आदिको अधिकताले मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्छ । पानीमा म्यागनेसियम वा सल्फेटको अधिकताले आन्द्रा पोल्ने गर्छ ।

नाइट्रेटको अधिकताले केटाकेटीमा मेटा हिमोग्लोबिनेमिया नामक रोग लाग्छ । त्यसले आन्द्रामा पुगेर नाइट्रोसोएमिनमा बदलिएर पेटको क्यान्सर उत्पन्न गराउँछ । फ्लोरिनको अधिकताले फ्लोरोसिस नामक रोग लाग्छ ।

यसैगरी कृषि क्षेत्रमा प्रयोग गरिने किटनाशक औषधि एवं उर्वरकहरुको अंश पानीको स्रोतहरुमा पुगेर स्वास्थ्य समस्यालाई भयावह बनाउँछ । प्रदूषित ग्यासहरु कार्बन डाइअक्साइड तथा सल्फर डाइअक्साइड पानीमा मिुसिएर पानीको स्रोतलाई अम्लीय बनाउँछ । अनुमान छ कि बढ्दो जनसङ्ख्या एवं लापरवाहीले जहाँ एकातिर प्रदूषण बढ्ने छ ।

त्यही ऊर्जाको माग एवं खपतको अनुसार महँगो हुनेछ । यसको खानेपानी योजनामा सिधा प्रभाव पर्नेछ । ऊर्जाको पूर्ति हेतु जहाँ एकातिर विशाल बाँध बाँधेर जलविद्युत योजनाहरुबाट लाभ पनइने छ । त्यही यसको प्रभाव स्वच्छ जल तथा तटिय पारिस्थितिक तन्त्रमा पर्नेछ ।

यसले अनेक क्षेत्रमा जलमग्न हुने तथा ठूलो आवदीलाई स्थानान्तरणको साथै सिस्टोमायसिस तथा मलेरिया जस्ता रोग वृद्धि हुनेछ । जल प्रदूषणको मात्रा जुन दिनदिनै बढिराखेको छ । यसले विकराल रूप धारणा गर्नेछ ।

सफा सुरिक्षत पानी

अतः सबै प्रकारको जल प्रदूषणबाट बच्नेका लागि आवश्यक छ । सबै विकास योजनाहरु व्यवस्थित एवम् सुनियोजित होस् । कल कारखाना उद्योग हक बस्तीबाट टाढा हुनुपर्छ । पशुका लागि बेग्ला बेग्लै ट्याङ्की वा पोखरीको व्यवस्था गरिनु पर्छ । नदी झरनाहरु नहरको पानी प्रदूषित हुनबाट बचाउनु पर्छ ।

यसका लागि घरेलु तथा कलकारखानाको प्रदूषणलाई पानीको मुहानमा मिसाउनभन्दा पहिले प्रशोधित गरिनु पर्छ । डिटरजेन्टसको प्रयोग कम गरेर प्राकृतिक बनस्पतीजन्य प्रशोधनका सामाग्री प्रयोग गर्नु पर्छ ।

प्रदूषण रोक्नका लागि कठोर नियम बनाउनुपर्नेछ र तिनको प्रयोग कडाइका साथ गरिनुपर्छ । सामान्य तथा घरेलु उपयोगमा पानी प्रयोग गर्नुभन्दा पहिले पानी शुद्ध छ, छैन भन्नेमा आश्वस्त हुन जरुरी छ । यदि शुद्ध पार्न सकिन्छ, पिउने पानीलाई स्वच्छ लुगाले छान्ने वा फिल्टरको पानी प्रयोग गर्नुपर्छ ।

कुवाको पानी किटाणुरहित पानी बेलाबेलामा ब्लिचिङ पाउडर उचित मात्रामा प्रयोग गर्नुपर्छ । पानीलाई उमालेर चिसो पारी प्रयोग गर्ने पानीले उज्यालो घाममा राख्नुपर्छ । तामाको भाँडोमा राखेको पानी अन्य खाले भाडामा राखेको भन्दा शुद्ध हुन्छ ।

एक गेलन पानीलाई दुई ग्राम फिट्करी २० थोपा टिङचर आयोडिन अलिकति ब्लिचिङ पाउडर मिसाएर शुद्ध पार्न सकिन्छ । चारकोल बालुवा मिश्रित भाँडोले छानेर पनि पानी शुद्ध पार्न सकिन्छ । सम्पन्न मानिसहरु हैलोजनको चक्की राखेर पनि पानी सफा शुद्ध राख्दछन् ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।