मानिसहरू खुसि हुनका लागि अाफु सग प्रशस्त पैसा भए हुन्छ भन्ने ठान्दछन । तर खुसि हुनका लागि पैसा मात्र भएर हुदैन । यदि तपाइ सग रिस, घमन्ड, इर्ष्या छ भने तपाइ कहिल्यै पनि खुसि बन्न सक्नुहुदैन । खुसि रहदा मान्छेकाे अायु पनि बढ्दछ । त्यसैले हाम्राे जीवनमा सास फेर्न जति महत्वपुर्ण छ त्यतिनै खुसि रहन पनि महत्वपुर्ण छ । खुसि हुदा हामि स्वस्थ जीवनशैली पाउने गर्दछाै । खुसि हुनका लागि तपाइले यस्ता कुराहरूलाइ त्याग्नु एकदमै अावश्यक हुन्छ । अाउनुहाेस खुसि हुनका लागि अपनाउनु पर्ने र त्याग्नु पर्ने १० टिप्सहरूकाे बारेमा चर्चा गराै ।

१. घृणा कम गर्नुहाेस र माया बढि गर्नुहाेस

यदि तपाइ जीवनमा खुसि बन्न चाहनुहुन्छ भने तपाइले घृणा गर्ने बानीलाइ त्यागेर सबैलाइ माया गर्ने बानीकाे विकास गर्नुपर्दछ । किनकि तपाइले अरूलाइ घृणा गर्नुभयाे भने तपाइलाइ पनि घृणानै गर्नेछन र माया गर्नुभयाे भने तपाइले पनि मायानै पाउनुहुनेछ । अरूकाे माया पाउनुनै खुसिकाे कुरा हाे र यहि मायाले तपाइलाइ जीवनभरि खुसि राख्न मद्दत गर्दछ । अरूलाइ माया गर्दा अाफुले पनि माया पाउने उदेश्यलेनै तपाइलाइ जीवनमा खुसि हुनका लागि उत्प्रेरणा प्रदान गर्दछ । तपाइले अाफ्नाे जीवनमा एउटा सिद्दान्त सधै लिएर हिड्ने गर्नुपर्दछ, माया दियाै र माया पाउ । याे सिद्दान्तले तपाइकाे जीवनकाे हरेक माेडमा खुसि मात्र अाउनेछ ।

२. चिन्ता कम लिनुहाेस र नित्य बढि गर्नुहाेस

मानिसहरू बढि चिन्ता लिएर अाफ्ना खुसिहरूलाइ त्यागिरहेका हुन्छन । तर यदि तपाइ खुसि हुन चाहनुहुन्छ भने एकान्त काेठामा बसेर नित्य गर्ने गर्नुहाेस, यसाे गर्नाले तपाइकाे मन हल्का हुनेछ र चिन्ता प्रति तपाइकाे ध्यान पनि हट्दै जानेछ । एउटा भनाइनै छ नि, चिन्तै चिन्ताले मानिसलाइ चिताकाे बाटाे डाेर्याउछ । हरेक कुरालाइ सकारात्मक तरिकाले साेच्ने गर्दा पनि निकै अानन्द मिल्ने गर्दछ । नित्यले मानिसकाे हरेक अङ्गमा सङ्गितकाे सुर भर्दिने गर्दछ । त्यसैले दिनकाे १/२ घण्टा नित्य गर्ने गर्नुहाेस जसले गर्दा तपाइलाइ खुसि मिल्नेछ । सानाे तिनाे कुरालाइ ठुलाे बनाएर साेच्न छाेड्दिनुहाेस र हरेक कुरालाइ सानाे बनाएर हेर्ने गर्नुहाेस र तपाइ त्याे काम सजिलै गर्न सक्षम बन्नुहुनेछ । यसले गर्दा पनि तपाइलाइ खुसि मिल्नेछ ।

३. कम लिनुहाेस र बढि दिनुहाेस

यदि तपाइमा अारिस गर्ने बानी छ भने त्यसलाइ तुरून्त हटाउनुहास किनकि अारिस गर्ने बानीले तपाइलाइ कहिल्यै पनि खुसि हुन दिदैन । बरू तपाइ भएका कुराहरू अरू सग पनि बाड्ने गर्नुहाेस यसले तपाइलाइ खुसि हुन मद्दत गर्दछ । साेच्नुस त अाफुले जानेकाे कुरा अरूलाइ सिकाउदा कति अानन्द मिल्ने गर्छ । अाफुभित्र लिने बानिलाइ हटाएर बढि दिने बानिकाे विकास गर्नुहाेस र हेर्नुहाेस, तपाइ सामु खुसि कसरी अाउनेछन । धेरै जसाे मानिसहरू घरमा बढि पाहुना अाए भने पनि यसरी अात्तिने गर्छन कि मानाै उनिहरूकाे सर्वसाे सकिने छ । तर घरमा अाएका पाहुनालाइ खुसि बनाएर पठाउनु भयाे भने तपाइलाइ पनि कुनै न कुनै कुरामा उनिहरूले खुसी पक्कै पार्नेछन ।

४. उपभाेग कम र सिर्जना बढि गर्नुहाेस

तपाइकाे जीवनमा अरूले बनाएका अथवा अाविश्कार गरेका कुराहरू त थुप्रै सुन्नु भएकाे हाेला । याे सुन्दा सायद तपाइलाइ निकै खुसि पनि लाग्छ हाेला तर एकपटक साेच्नुहाेस त यदि तपाइ अाफैले कुनै कुराकाे सिर्जना गर्नुभयाे भने त्यसबेला झन तपाइलाइ कति खुसि मिल्छ हाेला । सानै कुरा भए पनि सिर्जना गर्ने बानिकाे विकास गर्नुहाेस । यदि तपाइ सिर्जनशिलता बन्नुहुन्छ भने तपाइमा त्यसैमा रमाउन थाल्नुहुनेछ । उपभाेग भन्दा बढि अाफै सिर्जना गर्ने गर्नुहाेस ।

५. निराश कम हुनुहाेस र बढि मुस्कुराउनुहाेस

यदि तपाइ निराश भएर बस्नुभएकाे छ भने करैले भए पनि मुस्कुराउने गर्नुहाेस यसले तपाइकाे निराशापनलाइ थारै भए पनि कम गर्न मद्दत गर्दछ । केहि देशहरूमा त मानिसहरू भेला भएर हास्ने पनि गर्दछन । याे एक स्वस्थ तथा तन्दुरूस्त रहने याेगा पनि हाे । यस्ताे याेगा गर्नाले तपाइकाे अनुहारमा जतिबेला पनि मुस्कान रहिरहने छ । मुस्कुराउदा तपाइले अाफुलाइ मनपरेकाे मान्छेलाइ अाफुतिर अाकर्षित पनि पार्न सक्नुहुनेछ । निरास भएर अाफ्नाे समय व्यर्थैमा खेर फाल्नु भन्दा त्याे समयलाइ सहि कुरामा सदुपयाेग गर्नु भयाे भने तपाइकाे जीवन खुसिले भरिने छ ।

६. थारै बेल्नुहाेस र धेरै सुन्नुहाेस

काेहि काेहि मान्छेहरूकाे धेरै बाेल्ने वानी हुन्छ जसले गर्दा उनिहरूलाइ अाफुले के बाेले भन्ने समेत थाहा हुदैन र पछुताउनु पर्छ । त्यहिभएर जहिल्यै पनि बाेल्दा अाफु के बाेल्दैछु भन्ने कुरामा सतर्क रहनुपर्छ । एउटा भनाइ नै छ नि, बाेल्न पाए भन्दैमा प्याच्च नबाेल्नु र बस्न पाए भन्दैमा थ्याच्च नबस्नु । बरू धेरै सुन्ने गर्ने बानीकाे विकास गर्नुहाेस । यसले गर्दा तपाइ कहिल्यै पनि दुखि बन्नु पर्दैन ।

७. थाेरै डराउनुहाेस र धेरै केसिस गर्नुहाेस

हरेक दिन केहि नयाँ गर्ने साेच्नुहाेस । यदि तपाइ नयाँ गर्न चाहनुहुन्छ भने केहि बाधा अड्चन त अवश्य पनि अाउछन । तर ति बाधाहरूकाे नडराइ सामना गर्न सकियाे भने मात्र तपाइ अघि बड्न सक्नुहुनेछ । साेच्नुहाेस त जब तपाइ यस्ता कुराहरूकाे सामना गर्दै अघि बड्न थाल्नुहुन्छ तब तपाइलाइ कति धेरै खुशि मिल्छ हाेला । त्यसैले जे सुकै गर्दा पनि डराउनु भन्दा बढि काेसिस बढि गर्ने गर्नुहाेस । डर हाम्राे जीवनकाे सबैभन्दा कमजाेर हतियार हाे भने शाहस सबैभन्दा बलियाे हतियार हाे ।

८. थेरै नियाल्नुहाेस र धेरै स्विकार्नुहाेस

धेरै जसाे मानिसहरू कस्ता हुन्छन भने कुनै पनि कुरालाइ गर्नु भन्दा पनि बढि त्याे कामलाइ नियाल्ने गर्दछन । तपाइले अाफ्नाे मनमा सधै एउटा कुरा चाहि राख्न जरूरि छ, कि तपाइभित्र जस्ताेसुकै समस्याकाे समाधान गर्न सक्ने क्षमता छ । यसाे गर्दा तपाइकाे इच्छाशक्ति बढ्नुका साथै तपाइभित्र रहेेकाे मनाेबलकाे पनि विकास हुन्छ । हरेक कुरालइ स्विकार्ने बानिकाे विकास गर्दा तपाइले भविष्यमा अाउने जस्ताेसुकै समस्याकाे सजिलै निराकरण गर्न सक्नुहुनेछ ।

९. थाेरै हेर्नुहाेस र बढि गर्नुहाेस

यदि तपाइ खुसि बन्न चाहनुहुन्छ भने कुनै पनि कुरालाइ कम नियाल्ने गर्नुहाेस र त्याे कुरालाइ बढि गर्ने गर्नुहाेस । यदि कुनै कामलाइ कसरी गर्ने भनेर गर्नु भन्दा बढि हेरेर मात्र बस्न थाल्नु भयाे तपाइमा झनै निराशा बढ्ने छ र तपाइकाे अात्मविश्वास पनि घट्ने छ । यसले तपाइलाइ कदापि खुसि हुन दिदैन र सधै दुखि मात्र बन्नुहुनेछ । त्यसैले सधै कुनै पनि कामलाइ हेर्नु भन्दा बढि त्याे कामलाइ गर्ने गर्नुहाेस । जाे मान्छे धेरै मेहेनत गर्ने गर्छ त्याे मान्छे कहिल्यै पनि असफल भने हुदैन ।

१०. गुनासाे कम र कदर बढि गर्नुहाेस

खुसि बन्नका लागि तपाइले गुनासाे गर्ने बानिलाइ त्याग्नु पर्दछ । यदि तपाइ हरेक सानाे तिनाे कुरामा पनि गुनासाे गर्न थाल्नु भयाे भने तपाइकाे खुसि पनि हराउदै जान्छ । अरूकाे कामलाइ कदर गर्ने गर्नुहाेस । अरूकाे कामलाइ कदर गर्दा अाफैलाइ पनि खुसि लाग्दछ । एक सच्चा मानिसकाे व्यत्तित्व यसबाट पनि चिनिन्छ कि उसले अरूलाइ र अरूकाे कामलाइ कतिकाे कदर गर्ने गरेकाे छ । अरूकाे कदर गर्ने मान्छेलाइ साथ दिनेहरूकाे पनि कहिल्यै कमि हुदैन ।

भिडियाे हेर्नुहाेस