खानेकुराका कारण प्रत्येक वर्ष एक करोडभन्दा बढी मानिसको मृत्यु हुने एउटा अध्ययनले देखाएको छ।

ल्यान्सेट जर्नलमा प्रकाशित एउटा अध्ययनका अनुसार दैनिक आहारका कारण मृत्यु हुनेको सङ्ख्या धुम्रपानका कारण मृत्यु हुनेको सङ्ख्याभन्दा बढी छ।

विश्वमा हुने प्रत्येक पाँच मृत्युमध्ये एक व्यक्तिको मृत्यु खानेकुराकै कारण हुने अध्ययनले देखाउँछ। अनि सर्वाधिक मृत्युको कारण चाहिँ नुन भएको देखिएको छ।

नुनको अत्यधिक सेवनले रक्तचाप बढ्न सक्छ । त्यसबाट हृदयघात र मस्तिस्कघात हुनसक्छ । अर्को समस्या अप्रशोधित सग्लो अन्न नखानु हो ।

त्यस्तो अन्नमा मुटुलाई फाइदा गर्ने तत्व हुन्छ । त्यस्तै गुण भएको फलफूलको कमी पनि अर्को समस्या हो । सग्लो अन्नको कम र अत्यधिक नुनको सेवनले झण्डै ३० लाख मानिसको ज्यान लिन्छ ।

थोरै फलफूल खानाले झण्डै २० लाख जनाको मृत्यु हुन्छ । नुनबाट हुने समस्या सबैभन्दा बढी चीन र उज्वेकिस्तानमा छ ।त्यहाँ प्रत्येक एक लाखमा १८० जना मानिसको मृत्यु हुन्छ । फ्रान्स स्पेन र इजरेल आदि भूमध्यसागरीय देशमा अवस्था उल्टो छ । त्यहाँ मानिसहरु स्वस्थ छन् ।

थप जानकारीः

यी खानेकुरा जसले फुर्तिलो बनाउने र थकाइ मेटाउँछ

हामी जे–जस्तो खानेकुरा खान्छौं, त्यसैको ऊर्जाबाट शरीरले काम गर्छ । त्यसैले हाम्रो शरीरले शारीरिक तथा मानसिक काम गर्न आवश्यक पर्याप्त ऊर्जा प्राप्त गर्ने किसिमका खानेकुरा वा भोजन गर्नुपर्छ । पर्याप्त ऊर्जा नपाए अलिकति काम गर्नासाथ हाम्रो शरीर र मस्तिष्क दुवै थाक्छन् ।

कहिलेकाहीँ त हामीले धेरै परिकार टन्न खाँदा पनि एकैछिनमा थाकेको महसुस गर्छौं । यस्तो किन हुन्छ भने हाम्रो शरीरले आफ्नो ऊर्जा विभिन्न अंगलाई दिनुको साटो भर्खर खाएको भारी भोजन पचाउन खर्च गरिरहेको हुन्छ ।

त्यसैले दिनभरि नै ऊर्जाशील हुन वा फुर्तिलो रहन एकैपल्ट धेरै मात्रामा भोजन गर्नुको साटो दिनभरि थोरै–थोरै खानेकुरा धेरैपल्ट खानु उपयुक्त हुने पोषणविदहरू सुझाउँछन् । यसले शरीर फुर्तिलो बनाउका साथै वजन पनि बढ्न नदिने उनीहरूको भनाइ छ । थकाइ मेटाउने केही भोजन यस्ता छन्ः

अप्रशोधित खानेकुरा

बर्गर वा तारेका खानेकुरा हेर्दै खाउँखाउँ लाग्ने लोभलाग्दा भए पनि पोषणका दृष्टिले भने उपयोगी हुँदैनन् । प्याकेट, डिब्बा वा क्यानमा आउने खानेकुरा, विभिन्न क्यान्डी र पकाइएको मासुजस्ता प्रशोधित खानेकुरामा विभिन्न प्रेजर्भेटिभ, एडिटिभ, नुन, ट्रान्स फ्याट लगायत विभिन्न किसिमका रसायन मिसाइएको हुन्छ । यस्ता खानेकुरा पचाउन धेरै ऊर्जा खर्चनुपर्ने भएकाले अप्रशोधित खानेकुरा जस्तै चिउरा, ओट्स खाँदा हाम्रो शरीरले छिटै ऊर्जा पाउँछ ।

मौसमी फलफूल र सागसब्जी

हामी जति ताजा खानेकुरा खान्छौं, त्यति नै बढी पोषण पाउँछौं । प्रशोधित खानेकुरामा पोषणको मात्रा न्यून हुन्छ भने ताजा खानेकुरामा उच्च हुन्छ । त्यसैले मौसमअनुसारका फलफूल र सागसब्जी खाए शरीरले चाँडै ऊर्जा पाउँछ र थकाइ छिटै मेटिन्छ । तर, विभिन्न रसायन र औषधि हालेर पकाइएका फलफूलको साटो प्राकृतिक रुपमै पाकेका फलफूल खानुपर्छ ।

क्याफिनरहित बेभरेज

छोटो समयका लागि अलर्ट राखे पनि, स्वास्थ्य सम्बन्धी केही फाइदा भए पनि क्याफिनयुक्त खानेकुराले शरीरलाई कुनै पनि ऊर्जा दिँदैन । त्यसैले धेरै कफी र चिया पिउनेहरूले पर्याप्त मात्रामा पोषणयुक्त भोजन वा खानेकुरा खानमा ध्यान दिनु आवश्यक छ । क्याफिनयुक्त पेय धेरै सेवन गर्ने व्यक्ति चाँडै थाक्छ ।

त्यसैले कालो कफी वा गुलियो नहालेको कालो चिया पिउनु वेश । त्यस्तै, सोडा पानी, कोल्ड ड्रिंक्स, एनर्जी ड्रिंक्स लगायत पेयमा अत्याधिक चिनी (सुगर) सँगै कृत्रिम रङ र स्वाद मिसाइएको हुन्छ, जुन धेरै खाए हामीलाई ऊर्जा दिनुको साटो अझ थकाउने वा साइड इफेक्ट हुनसक्छ।

थोरै फ्याटयुक्त प्रोटिन

टोटल, स्याचुरेटेड फ्याट र कोलेस्टेरोलको मात्रा थोरै हुने मासु वा प्रोटिनले पर्याप्त ऊर्जा दिन्छ । कुखुराको मासु, टर्की र माछा यस्तो प्रोटिनमा पर्छन् । माछामा पाइने ओमेगा–३ फ्याटी एसिडले मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउँछ । यी खानेकुराले हामीलाई छिटै थाक्न दिँदैन ।

होलग्रेन र कार्बोहाइड्रेट

चिनी र मैदाजस्ता प्रशोधित कार्बोहाइड्रेटले हामीलाई न्यून ऊर्जा दिन्छ । त्यसैले दिनभर सक्रिय रहन र नथाक्न होलग्रेन (चामल, पिठो, गहुँ, मकै, बाजरा, जुनेलो, कोदो आदि) बाट पकाइएका भोजन गर्नु आवश्यक छ । यसले पर्याप्त ऊर्जा दिनुका साथै भोजनमा रेशा (फाइबर) पनि समावेश हुन्छ ।

सुक्खा फलफूल (बदाम र बीउहरू)

भोक मेटाउन र थकाइ मेटेर फुर्तिलो हुन पोषण र ऊर्जायुक्त विभिन्न बदाम र बीउ खानु पनि एउटा राम्रो उपाय हो । कागजी (हाडे) बदाम, बदाम, ओखर, काजु, किसमिस, ब्राजिली बदाम (ह्याजल नट्स), पेकन्स, पेस्ता, छोगडाका साथै सूर्यमुखी र फर्सीका बीउ खानु बेस हुन्छ । तर, यी सुख्खा फलफूल वा बीउ प्रशोधन नगरिएका र नुन नहालिएका खानु उत्तम हो ।

पानी

स्वस्थ र फुर्तिलो रहन तथा नथाक्न हाम्रो शरीरमा पर्याप्त मात्रामा पानी हुनुपर्छ । पानीले हामीलाई कुनै ऊर्जा नदिने भए पनि यसले शरीरका सबै अंगमा ऊर्जा प्रवाह गर्न मद्दत गर्छ । त्यसैले दिनभरि छिनछिनमा पानी पिइरहनुपर्छ । कतिपय अवस्थामा शरीरमा पानीको मात्रा कम हुँदा पनि थकाइ लाग्छ । सोडा, कफी, चिया वा कोल्ड÷एनर्जी ड्रिंक्सको साटो पानी खानु सर्वोत्तम हुन्छ ।

भिटामिन

हामीले पर्याप्त मात्रामा पोषणयुक्त भोजन गरिरहेका छैनौं भने शरीरका लागि आवश्यक भिटामिन, खनिज लगायत पोषक तत्वको सप्लिमेन्ट (चक्की वा क्याप्सुल) खानुपर्ने हुन्छ । पोषण नपुग्दा पनि हामी चाँडै थाक्छौं । तर, यस्ता भिटामिनका चक्की वा क्याप्सुल डाक्टरको सल्लाहमा मात्र खानु उपयुक्त हुन्छ ।

केरा

एनर्जी ड्रिंक्सजस्तै केराले पनि धेरै ऊर्जा दिने पत्ता लागेकाले अनुसन्धानकर्ताहरूले केरालाई ‘कार्बोहाइड्रेट स्पोर्ट्स ड्रिंक’को उपमा दिएका छन् । किनभने खेलाडीलाई लामो समयसम्म आवश्यक ऊर्जा निरन्तर दिन केराजस्तो उपयोगी अर्को कुनै खानेकुरा वा फलफूल छैन ।

केरामा पोटासियम, फाइबर, भिटामिन र कार्बोहाइड्रेट पर्याप्त मात्रामा पाइने भएकाले थाकेका बेला केराले हामीलाई प्राकृतिक ऊर्जा र पोषणले तरोताजा बनाउँछ ।

ओट मिल (जौको चिउरा)

ओट (जौको चिउरा) बिहानको खाजा मात्र होइन । किनभने एउटा ठूलो कचौराभरि ओट खाँदा यसले प्रचुर मात्रामा फाइबर र केही प्रोटिन दिन्छ । त्यसमाथि ब्लड सुगर एक्कासी बढ्ने र खाजा खाएपछि ह्वात्तै घट्ने व्यक्तिका लागि ओट उपयुक्त खानेकुरा हो । चिनीरहित ओट खानु वेश हुन्छ । दूधमा हालेर थोरै मह र स्ट्रबेरी वा ब्ल्युबेरीजस्ता फलफूल हालेर खाए भोक र थकाइ दुवै मेटिन्छ ।

यी सात खानेकुरा खान सुरु गर्नुहोस्, आफै घट्छ पेटको बोसो

यदि तपाईं बजारमा पाइने कुनै पनि औषधी वा तौल घटाउने उत्पादनको प्रयोग गरेर पेटको बोसो घटाउँछु भन्ने सोच बनाउनु भएको छ भने यी कुराको सेवनले तपाईंको स्वास्थ्यमा नकारात्मक असर पुर्याउन सक्छ ।

बजारमा पाइने धेरैजसो उत्पादनमा केमिकलको प्रयोग गरिएको हुन्छ जसले तपाईंको शरिरलाई फाइदाभन्दा बढि बेफाइदा पुर्याएको हुन्छ । यस्तोमा तपाईं बढिरहेको बोसोलाई घटाउनका लागि प्राकृतिक तरिका अपनाउनु लाभदायक हुन्छ ।

१. लसुनः

लसुन एक प्राकृतिक एन्टी बायोटिक र सुगरलाई नियन्त्रित गर्ने काम गर्दछ । लसुनले शरिरमा ती हर्मोनलाई सक्रिय गर्न काम गर्दछ जसले बोसोलाई जम्मा हुन दिँदैन । आफ्नो खानामा लसुनलाई समावेश गरेर हेर्नुहोस् ।

२. ग्रीन टीः

पछिल्लो केही वर्षमा ग्रिन टी निकै लोकप्रिय भइसकेको छ । ग्रीन टीमा क्याटेचिन्स नामक यौगिक पाइन्छ जसले शरिरमा अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्दछ ।

३. केराः

यदि तपाईंलाई फास्ट फूड खाने लत लागेको छ तर खान छोड्न चाहनुहुन्छ भने आज देखि नै केरा खान सुरु गर्नुहोस् । केरामा भरपुर मात्रामा पोटासियम पाइन्छ । यसले फास्ट फूडको लतलाई कम गर्दछ जसले तौल कम गर्न सहयोग गर्दछ ।

४. पुदीनाः

एक कप मनतातो पानीमा पुदीनाका केही पात हाल्नुहोस् । तपाईं चाहनुहुन्छ भने यसमा केही मह पनि मिसाउन सक्नुहुन्छ । पेटको बोसो कम गर्न पुदीना यो उपाय निकै प्रभावकारी हुन्छ ।

५. दालचीनीः

यदि तपाईंसँग तौल घटाउनका लागि धेरै दिन छैन भने दालचीनीको उपाय तपाईंको लागि फाइदाजनक हुनेछ । बिहानको नास्ताभन्दा पहिले र सुत्नुभन्दा पहिले यसको प्रयोग गर्न सक्नुहुन्छ । एक कप पानीमा एक चम्चा दालचीनी पाउडर मिसाउनुहोस् । यो पेयलाई दैनिक दुई पटक पिउँदा केही दिनमा नै असर देखिनेछ ।

६. स्याउः

स्याउ खाएर आफ्नो बढिरहेको बोसोलाई तपाईं घटाउन सक्नुहुन्छ । स्याउमा पोटासियम हुन्छ जसले धेरैबेरसम्म भोक लागेको महसुस हुँदैन जसले तौल कम गर्न मद्दत गर्दछ ।

७. ओमेगा थ्रीले भरपुर खानेकुराः

तोफु, पालुङ्गो, चिज, ओखर र अंडालगायतमा ओमेगा थ्री तत्व पाइन्छन् । यसले तपाईंको शरिरमा जमेको अतिरिक्त बोसोलाई हटाउन सहयोग गर्दछ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः