रोग प्रतिरोधक क्षमता बढाउने भन्नेबित्तिकै भिटामिन एप्लिमेन्ट सेवनमा धेरैको ध्यान जान्छ । तर, आफ्नै वरपर रहेका सर्वसुलभ कुरालाई भने बिर्सन्छौं । यदि ती कुराहरुको मात्रै प्रयोग गर्न सकियो भने रोग प्रतिरोधक क्षमतामा बृद्धि गर्न धेरै सोचिरहनै पर्दैन ।

बदाम

दैनिक ८ देखि १० वटा बदाम भिजाएर खानाले शरीरको रोग प्रतिरोधक क्षमता बढ्नुका साथै मस्तिष्कलाई तनावसित लड्न शक्ति समेत प्राप्त हुन्छ । यसबाट प्राप्त हुने भिटामिन ईले शरीरमैं रहेका नेचुरल किलर सेल्स बढाउन मद्दत गर्छ। विषाणु र क्यान्सरयुक्त कोशिकालाई नष्ट गर्न सघाउछ ।

बदामले शरीरमा बी टाइपको कोशिकाको संख्या बढाउने काम गर्छ। यी कोशिकाले एन्टिबडिज निर्माण गर्छन्, जसले शरीरमा भएका हानिकारक ब्याक्टेरियालाई नष्ट गर्न सहायता गर्छ। बदाममा पाइने भिटामिन ईले छालालाई स्वस्थ बनाउनुका साथै रिंकल समेत बस्न दिँदैन ।

सुन्तला

सुन्तला, कागती, अनार, कटहर आदि फलमा भिटामिन ‘सी’ पर्याप्त मात्रामा पाइन्छ। यसले हरेक रुरोगसँग लड्ने श्वेत रक्तकोशिका निर्माण गर्न मद्दत गर्छ । यस्ता फलको सेवनबाट बन्ने एन्टिबडिज कोशिकाको सतहमा एक प्रकारको आवरण बनाउँछ, जसले शरीरभित्र भाइरस पस्न दिँदैन ।

त्यसैगरी कोलेस्ट्रोल बढाउँछ र ब्लडप्रेसरलाई पनि नियन्त्रणमा राख्छ। यसले हृदयको धमनीमा बोसो जम्ने प्रक्रियालाई कम गर्छ। यी फलमा पाइने नेचुरल केमिकल कम्पाउन्डले शरीरको रोग प्रतिरोधक क्षमतालाई समेत सक्रिय बनाउँछ ।

लसुन

लसुनले धेरै मात्रामा एन्टी अक्सिडेन्ट बनाएर मानव शरीरको इम्युन सिस्टमलाई बिरामसित लड्ने शक्ति प्रदान गर्छ। यसमा सलिसिन नामक तत्व पाइन्छ, जसले शरीरलाई इन्फेक्सन र ब्याक्टेरियासित लड्ने शक्ति प्रदान गर्छ। प्रतिदिन भोजनमा लसुनको प्रयोग गर्नाले पेटको अल्सर र क्यान्सरबाट जोगिन सकिन्छ । दैनिक लसुन सेवन गर्नाले ब्लडप्रेसरलाई नियन्त्रणमा राख्न सहयोग पुग्छ र यसबाट लामो समयसम्म शरीरको इम्युन सिस्टम पनि बलियो रहन्छ।

पालुंगो

पौष्टिक तत्वले परिपूर्ण यो तरकारीलाई सुपर फुड पनि भनिन्छ । यसमा फोलेट नामक तत्व पाइन्छ । जसले शरीरमा नयाँ कोशिका बनाउनुका साथै ती कोशिकामा रहेका डिएनएको मर्मत गर्ने काम पनि गर्छ साथै यसमा भएको फाइबर आइरन, एन्टी अक्सिडेन्ट तत्व र भिटामिन सीले शरीरलाई हरेक तबरबाट स्वस्थ राख्छ । उमालेको पालुंगो सेवन गर्नाले पाचन प्रणालीले सही ढंगमा काम गर्छ र कब्जियतको समस्या पनि कम भएर जान्छ ।

मसरुम

शरीरको रोग प्रतिरोधक क्षमता बढाउन मसरुम अत्यन्त लाभदायक हुन्छ । यसले श्वेत रक्त कोशिकालाई सक्रिय बनाएँछ । यसमा सेलेनियम नामक मिनरल, एन्टी अक्सिडेन्ट तत्व भिटामिन सी, रिबोफलेविन तथा नाइसिन नामक तत्व पाइन्छ ।

मसरुममा एन्टी भायरल, एन्टी ब्याक्टेरियल तथा एन्टी ट्युमर तत्व हुन्छ। प्रतिदिन ३० ग्राम मसरुम सेवन गर्न सके इम्युन सिस्टम बलियो रहन्छ। सलाद, सुप र पास्तासित यसको राम्रो प्रयोग हुन सक्छ।

ब्रोकाउली

ब्रोकाउलीमा भिटामिन ए र सीबाहेक ग्लुटाथियोन नामक एन्टी अक्सिडेन्ट तत्व पाइन्छ । यसले इम्युन सिस्टमलाई बलियो बनाउँछ । स्टिम गरेर यसलाई सलादका रुपमा सेवन गर्दा शरीरलाई पर्याप्त मात्रामा प्रोटिन तथा क्याल्सियम प्राप्त हुन्छ ।

थप जानकारीः

स्मरण शक्ति बढाउन यी खानेकुराहरु खानुहोस्

पोषिलो र ताजा चीज हाम्रो शरीरको लागि मात्रै होइन, दिमागका लागि पनि आवश्यक पर्दछ । मुटु, फोक्सो तथा अन्य अंगजस्तै हाम्रो मष्तिस्कलाई पनि पोषण नभई हुँदैन । त्यसो भने कुन चीज/खानाले हाम्रो दिमागलाई तेज बनाउँछ त ?

माछा वा माछाको तेल

शरीरलाई अत्यावश्यक हुने चिल्लो एसिड हाम्रो शरीरमा उत्पादन हुँदैन । ओमेगा ३ पनि भनिने यो एसिड प्राप्त गर्न पोषिलो खानेकुरा नै खानुपर्दछ । ओमेगा ३ को सबैभन्दा राम्रो श्रोत भनेको माछा हो ।

माछामा पाइने ओमेगालाई ईपिए र डिएचए भन्ने गरिन्छ । यसबाहेक सोयाविन तेल, ओखरको तेल, आलसको तेल तथा फर्सीको वियाँमा पनि ओमेगा रहेको हुन्छ । यी चीजले दिमागलाई तेज बनाउनुका साथै भुल्ने रोग पनि लाग्न दिदैनन् ।

जामून

जामुन खाने हो भने दिमाग निकै तेजिलो हुने कुरा अमेरिकाको टुप्स विश्वविद्यालयले गरेको एक अध्ययनले पुष्टि गरेको छ । विशेषगरी स्मरणशक्ति वा भुल्ने बानी भएका मानिसको मस्तिष्कलाई जामूनले तेज बनाउँछ । यसमा भएको एन्टिअक्सिडेन्टलाई मानसिक स्वास्थ्य तथा मस्तिष्क विकासमा निकै ठूलो भूमिका खेल्दछ ।

गोलभेडा

कुनै पनि एन्टिअक्सिडेन्टले शरीरका कोषलाई क्षति हुन वा मर्न दिदैन । गोलभेडामा पनि एउटा निकै उपयोगी एन्टिअक्सिडेन्ट पाइन्छ जसलाई ‘लिसोपिन’ भनिन्छ । यदि हामीले नियमितरुपमा गोलभेडा खाने हो भने यो तत्व रगत हुदै मस्तिष्कमा जान्छ । हामी सबैलाई थाहा नै छ, मानव मस्तिष्कमा लाखौं कोष हुन्छन् भनेर ।

यदि ती कोषमा कुनै खरावी आयो भने स्मरण शक्ति कम रोग हुने वा अल्जेमेयर लाग्दछ । तर गोलभेडा खाने मानिसमा यो संभावना कम हुन्छ । साथै लिसोपिनले दिमागलाई फूर्तिलो बनाइराख्न पनि मद्दत गर्दछ ।

भिटामिन ‘बि६’, ‘बि१२’ तथा फोलिक एसिड भएका खाद्यपदार्थ

भिटामिन ‘बि६’, ‘बि१२’ तथा फोलिक एसिडले रगतमा होमोसिस्टिन नामको तत्वलाई कम गर्ने चिकित्सकको भनाई रहेको छ । हाम्रो शरीरमा यो तत्व बढी भएमा ह्रदयघात, मस्तिष्कघात तथा अल्जेमेयेर हुने संभावना पनि बढ्दछ । तर यदि हाम्रो शरीरले प्रयाप्त मात्रामा भिटामिन ‘बि६’, ‘बि१२’, तथा फोलिक एडिस प्राप्त गर्यो भने भने यो तत्व कम हुन्छ ।

जसले गर्दा ह्रदयघात तथा मस्तिष्कघात जोखिम कम हुनाका साथै स्मरणशक्ति पनि वृद्धि हुन्छ । यसकारण यी भिटामिन ‘बि६’ र भिटामिन ‘बि१२ पाइने चीजहरु जस्तै भटमास, अण्डा,मासु तथा माछा र फोलिक एसिड पाइने चीजहरु जस्तै हरियो सागपात, सुन्तला, एभोकाडो तथा गँहु खानु आवश्यक हुन्छ ।

गेडागुडी तथा अन्न

शरीरका अन्य अंगलाई झैं मस्तिष्कलाई पनि शक्ति चाहिन्छ । उचितमात्रामा शक्ति प्राप्त भएको अवस्थामा ध्यानलाई केन्द्रित गर्ने वा एकाग्र हुने क्षमता पनि धेरै हुने गर्दछ ।

यदि हामीले इनर्जी दिने खाने कुराहरु जस्तै भात, रोटी, आलु, गेडागुडी, मकै जस्ता अन्न खाने हो भने रगतमा प्रयाप्तमात्रामा ग्लुकोज हुन्छ । त्यो ग्लुकोज रगत हुदै हाम्रो मस्तिष्कमा जान्छ र ध्यान केन्द्रित गर्न आवश्यक शक्ति मस्तिष्कले प्राप्त गर्दछ । फलस्वरुपः मानसिकरुपमा हामी निकै बलियो हुन्छौं ।

चुत्रो वा कालो ऐंसेलु

कालो ऐंसेलुमा प्रशस्तमात्रामा भिटामिन ‘सि’ पाइन्छ । भिटामिन ‘सि’ले मानसिक फूर्ति तथा क्षमता बढाउँछ । त्यसैले चुत्रो तथा कालो ऐंसेलु खानु मस्तिष्कका लागि निकै लाभदायक मानिन्छ ।

फर्सिकाे बियाँ

फर्सिकाे बियाँ खाएर पनि कहीं दिमाग बढ्छ भनेर हाँस्नुभयो होला होइन रु तर वास्तवमा भन्ने हो भने फर्सिका बियाँलाई निकै पोषिलो चीज हो । यसको कारण के हो भन्दा विचार गर्ने वा सोच्ने शक्ति विकास हुन र स्मरणशक्ति बढाउन जिङ्क नभई हुदैन । अनि फर्सिका बियाँमा जिङ्क अत्याधिक हुन्छ । त्यसैले आफ्नो दिमागलाई तेज बनाउने हो भने फर्सिका बियाँ नफाल्नुहोस, बरु खानुहोस् ।

ब्रोकाउली

ब्रोकाउलीमा फोलिक एसिड र भिटामिन ‘के’ प्रशस्तमात्रामा पाइन्छ । भिटामिन ‘के’ले विचार तथा विश्लेषण गर्न सक्ने गरी हाम्रो मस्तिष्कको विकास गर्न सहयोग गर्दछ । यसले गर्दा दिमाग तेज हुने गर्दछ । त्यसकारण ब्रोकाउलीलाई पनि मानसिक स्वास्थ्य तथा विकासका लागि निकै महत्वपूर्ण मानिन्छ ।

दही

दहीमा क्याल्सियम, पोटासियम र म्याग्नेसियमका साथै प्रोबायोटिक्स ९ रोगसँग लड्ने क्षमता बढाउने ब्याक्टेरिया० पनि पाइन्छ । यी प्रोबायोटिक्स हाम्रो दिमागका लागि पनि आवश्यक पर्दछन् ।

विशेषगरी दिमागलाई सक्रिय बनाइराख्न र दिमागमा भएका अनावश्यक किटाणुलाई निकाल्न यस्ता ब्याक्टेरिया आवश्यक पर्दछ । यसका साथै दही सेवनले डिप्रेशन तथा मानसिक तनाव पनि कम हुन्छ । तर दही धेरै खानु भने हुदैन ।

ओखर

स्मरणशक्ति घटिरहेको छ भने यसको एउटा कारण भिटामिन ‘ई’ कम भएर हो भनेर बुझ्नुपर्दछ । बुढेसकाल लागेपछि स्मरणशक्ति कम हुन्छ । तर स्मरणशक्तिलाई बढाउन भिटामिन ‘ई’ पाइने चीज प्रयाप्त मात्रामा खाने हो भने स्मरण शक्ति बढाउँन सकिन्छ ।

यसका लागि ओखर खानु उपयुक्त मानिन्छ किनभने ओखरमा प्रशस्त मात्रामा भिटामिन पाइन्छ । कुरिलो, हरियो सागपात, अण्डामा पनि भिटामिन ‘ई’ रहेको हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।