माछाको मासु खान मनपराउने अधिकांशले यहि सोँच्छन् कि यो अति स्वस्थवर्द्धक खानेकुरा हो। हुन त, माछाको मासुमा ओमेगा-३ फ्याटी एसिड पाइन्छ, जुन मुटु र मस्तिष्कको स्वास्थ्यको लागि फाइदाजनक हुने खोजबाट पत्ता लागिसकेको छ।

त्यसका साथै माछामा प्रशस्तै पाइने प्रोटिन र भिटामिन-डी ले हाम्रो मांशपेसीको वृद्धि र विकासमा मद्दत गर्दछ। तथापी, यहि प्रोटिन अधिक हुँदा शरिरको लागि हानिकारक हुन सक्छ।

माछामा हामीलाई अत्यावश्यक पर्ने पौष्टिक तत्वहरूका साथसाथै हानिकारक गह्रौँ धातु पारो पनि पाइन्छ। जुन गर्भवती महिला र नवजात शिशुहरूको लागि एकदमै हानिकारक हुने गर्दछ। यसै सन्दर्भमा, आज हामी तपाईँहरूलाई कस्ता व्यक्तिले माछाको मासु खानुहुँदैन भन्ने बारेमा केहि जानकारी दिन गैरहेका छौँ:

१. माछा खान नजान्नेका लागि

सर्वप्रथम त यो जान्नु जरुरी हुन्छ कि माछाको मासु खाँदा विशेष ध्यान दिनुपर्ने हुन्छ, यदाकदा यसको काँडाले कतिपयको ज्यान समेत गएको सुनिन्छ। त्यसैले, माछाको मासु खान गाह्रो लाग्ने व्यक्तिहरूले सकभर माछा नखाँदै उचित हुन्छ।

तर, माछाको परिकार बनाउने तरिकाले पनि काँडाको खतरामा फरक पर्दछ। कुनै-कुनै प्रजातिका माछाको काँडा सजिलै छुट्याएर खान सकिन्छ भने कुनैको काँडा मासुसँगै जमेर बसेको हुन्छ। त्यसैले त्यस्ता माछा खाँदा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ।

यदि माछाको काँडा घाँटीमा अड्किएर समस्या भएको छ भने तुरुन्तै केरा खाएका राहत पाउन सकिन्छ। उपलब्ध छ भने लालीगुराँसको फूल चपाएर निल्दा पनि माछिकाँडाको समस्याबाट छुट्कारा पाउन सकिन्छ।

२. गर्भवती र स्तनपान गराइरहेका महिलाहरूका लागि

माछामा गह्रौँ धातु ‘पारो’ प्रशस्तै पाइन्छ, जुन गर्भवती महिला र स्तनपान गराइरहेका महिलाहरूको लागि हानिकारक हुने गर्दछ। यस्ता महिलाहरूले माछा सेवन गरेमा उनीहरूको शरीरमा पारो थुप्रिँदै जान्छ र बिस्तारै गर्भमा रहेको शिशुमा पनि सर्दछ।

जसको कारण जन्मजात खोटी, सुस्त मनस्थिती तथा अन्य मस्तिष्क सम्बन्धी समस्याबाट ग्रसित शिशुको जन्म हुन सक्दछ। यस्ता शिशुहरू हुर्किँदै गएपनि उनीहरूको सिक्न सक्ने, देख्न सक्ने अनि बोल्न सक्ने क्षमतामा बाधा पुग्दछ।विशेष गरि समुन्द्रमा पाइने माछामा यो तत्व बढी पाइन्छ। नेपालमा पाइने माछामा भने यो तत्व अधिक हुँदैन।

३. मधुमेह (सुगर) भएकाहरूका लागि

अन्य मांसाहारी खानेकुरामा जस्तै माछामा पनि प्रशस्तै कोलेस्ट्रोल भेट्न सकिन्छ। माछाको जात अनुसार तिनीहरूमा पाइने कोलेस्ट्रोलको मात्रामा पनि फरक पर्दछ। तर यो यथार्थ हो कि कुखुरा, बङ्गुर तथा खसीमा भन्दा माछामा बढि कोलेस्ट्रोल पाइन्छ। कोलेस्ट्रोलको अधिक सेवनले सुगर रोग लाग्न सक्दछ।

कोलेस्ट्रोलसम्बन्धी अमेरिकामा गरिएको एक खोज अनुसार, १५० भन्दा बढि सुगरको मात्रा भएकाहरूले माछाको सेवन गर्दा उनीहरूको स्थिती अझ गम्भिर हुने गर्दछ। तर १५० भन्दा कमि सुगरको मात्रा भएकाहरूलाई भने यसले अधिक असर गर्दैन।

४. पत्थरी र हाडजोर्नीको समस्या भएकाहरूका लागि

माछामा प्रशस्तै प्रोटिन पनि पाइन्छ। सहि मात्रामा प्रोटिन युक्त खाना शरिरको लागि अति आवश्यक हुन्छ। तर प्रोटिनको अधिक सेवनले अनेकथरीका स्वास्थ्य समस्याहरू उत्पन्न हुन्छन्। माछामा पाइने कोलेस्ट्रोल र बोसोलाई त शरीरले ऊर्जाको रूपमा परिणत गरी सङ्कलन गरेर राख्न सक्दछ।

तर बढि भएको प्रोटिनलाई शरीरले सङ्कलन गरेर राख्न सक्दैन र शरीरले त्यसलाई अनावश्यक तत्व मानी बिसर्जन गर्नतर्फ लाग्दछ। यसरी बिसर्जन हुने क्रममा उक्त प्रोटिनबाट अनेकौँ किसिमका विषाक्तहरू हाम्रो रगतमा मिस्सिन जान्छ, जस्तै; यूरीया, अमोनिया र अमिनो एसिड।

अधिक प्रोटिन पाइने माछाको सेवन धेरै गरेमा हाम्रो शरीरमा यस्ता नकारात्मक पदार्थहरू थुप्रिँदै जान्छन् र बिस्तारै पत्थरीमा परिणत हुँदै जान्छ। यस्ता पदार्थहरूलाई रगतबाट छान्नको लागि हाम्रो शरीरलाई प्रशस्तै क्याल्सियमको जरुरत पर्दछ, जसको कारण शरीरमा क्याल्सियमको कमि हुन गई हाडजोर्नी तथा दाँतसम्बन्धी समस्या उत्पन्न हुन बेर लाग्दैन।

त्यसैले पहिल्यै देखि पत्थरी र हाडजोर्नीको समस्याबाट ग्रसित व्यक्तिहरूले अधिक माछाको सेवन गर्नु हानिकारक हुन जान्छ। बरु त्यसको सट्टा माछाको सूप पिउनु उचित हुने विशेषज्ञहरू सल्लाह दिन्छन्।

५. पेटको समस्या भएकाहरूका लागि

माछाको मासु खान मनपराउने अधिकांशले यहि सोँच्छन् कि यो अति स्वस्थवर्द्धक खानेकुरा हो। हुन त, माछाको मासुमा ओमेगा-३ फ्याटी एसिड पाइन्छ, जुन मुटु र मस्तिष्कको स्वास्थ्यको लागि फाइदाजनक हुने खोजबाट पत्ता लागिसकेको छ।

त्यसका साथै माछामा प्रशस्तै पाइने प्रोटिन र भिटामिन-डी ले हाम्रो मांशपेसीको वृद्धि र विकासमा मद्दत गर्दछ। तथापी, यहि प्रोटिन अधिक हुँदा शरिरको लागि हानिकारक हुन सक्छ।

माछामा हामीलाई अत्यावश्यक पर्ने पौष्टिक तत्वहरूका साथसाथै हानिकारक गह्रौँ धातु पारो पनि पाइन्छ। जुन गर्भवती महिला र नवजात शिशुहरूको लागि एकदमै हानिकारक हुने गर्दछ।

यसै सन्दर्भमा, आज हामी तपाईँहरूलाई कस्ता व्यक्तिले माछाको मासु खानुहुँदैन भन्ने बारेमा केहि जानकारी दिन गैरहेका छौँ–

६. मोटोपना भएकाहरूका लागि

हुन त माछामा अन्य जनावरहरूमा भन्दा कमै मात्रामा बोसो पाइन्छ। तर कुनै-कुनै प्रजातिका माछा (रहु, सहर, आदि)हरूमा अधिक बोसो भेटिन्छ, जुन मोटोपना हुनेहरूको लागि त्यति उचित नहुने प्रष्टै बुझ्न सकिन्छ।

मधुमेहकाे बारेमा पनी जान्नुहाेस्ः

मधुमेह के हो ? कसरी बँच्ने ?

मधुमेह अर्थात डाइबेटिसलाई सामान्यभाषामा चिनिको रोग भन्ने गरिन्छ । रगतमा ग्लुकोजको मात्रा बढि भएपछि हुने रोग नै मधुमेह हो । प्यांक्रियाज नामक ग्रन्थिबाट उत्पादन हुन् । इन्सुलिन हर्मोनको अनियमितता हुदा मधुमेह हुन जान्छ ।

इन्सुलिनले चिनि अर्थात कार्बोहाइड्रेटलाई पचाउने काम गर्छ र रगतमा यसको मात्रा सन्तुलित र नियमित गर्ने गर्छ । तर जब इन्सुलिनको उत्पादन हुन छाड्छ रगतमा चिनिको मात्रा बढ्न थाल्छ । प्यांक्रियाजले प्रयाप्त इन्सुलिन उत्पादन नगर्दा वा सरिरले इन्सुलिनको उपयोग गर्न नसक्दा मधुमेह हुनजान्छ ।

रगत विना रक्तसंचार प्रणालीको कल्पना गर्न सकिदैन । पानी , रक्तकोष , विभिन्न लवण तथा रसायनहरुको समिश्रणबाट बनेको रगतमा तत् तत् पदार्थहरु निश्चित अनुपातमा रहेका हुन्छन् । यदि रगतमा भएका कुनै पनि पदार्थको मात्रा अर्थात गुणमा परिवर्तन भयो भने समग्र रक्तसंचार प्रणाली र सरिरको आन्तरिक कार्यसंचालनमा बाधा पुग्छ जान्छ ।

जिवन यापनमा आइरहेको परिवर्तन , विलासी जिवलशैली तथा भौतिक मेहेनतको कमीले मधुमेहका रोगी दिनानुदिन बढिरहेका छन् ।

विश्वमा करीब २२ करोड मानिस मधुमेह बाट प्रभावित रहेको र आगामी २०३० सम्ममा यो संख्या दोब्बर हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा पनि ४० वर्ष सम्म उमेर समुहका करीब १५ प्रतिशत मधुमेहबाट ग्रसित रहेको र सो उमेर समुहभन्दा माथिका करीब १९ प्रतिशतलाई मधुमेह लागेको बताइएको छ ।

ग्रामिण क्षेत्रमा भन्दा पनि सहरी क्षेत्रमा मधुमेह प्रमुख स्वास्थ्य समस्याको रुपमा रहेको छ । नेपालको ग्रामिण क्षेत्रमा जम्मा २ प्रतिशत व्यक्ति मधुमेहबाट प्रभावित भएका छन् ।

अमेरिकामा करीब १५ लाख मानिस मधुमेहबाट पिडित रहेको र बेलायतमा करीब १६ लाख मानिस लाई मधुमेह लागेको बताइएको छ । विश्वमा रोगबाट मर्नेहरु मध्ये ५ प्रतिशत मधुहेहका रोगी रहेका छन् । यदि तत्काल कुनै प्रभावकारी कदम नचालिएमा आउदो १० वर्षमा मधुमेहबाट ज्यान गुमाउनेको संख्या ५० प्रतिशतले बढ्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सन् २००५ मा मात्रै करीब ११ लाख मानिसले यो रोगबाट ज्यान गुमाएका थिए र वर्षेनी सो संख्या बढिरहेको छ । मधुमेहका रोगी मध्ये करीब ८० प्रतिशत मध्यम र निम्न आय भएका मुलुकमा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विगत ३० वर्षमा बालबालिकामा हुने मधुमेह तिन गुणाले बढेको बताइएको छ ।

diabetic 4 मधुमेहकाे कारण

सरिरमा प्रयाप्त इन्सुलिनको उत्पादन नहुदा वा सरिरले इन्सुलिनको उपयोग गर्न नसक्दा रगतमा चिनिको मात्रा बढ्न गइ मधुमेह हुनजान्छ । जसका निम्न कारणहरु हुन्छन्ः

१. आनुवांशिक कारण , बाबु आमामा मधुमेह भएको खण्डमा छोराछोरीमा पनि सर्ने सम्भावना २० प्रतिशत रहेको चिकित्सक हरुले जनाएका छन् । तसर्थ अभिभावक बाट सन्तानमा मधुमेह सर्न सक्ने सम्भावना रहेको हुन्छ ।

२. बढि मोटो रहनु र आवश्यक भन्दा बढि तौल्ा हुदा मधुमेह हुने सम्भावना बढि हुन्छ ।

३. भाइरसको संक्रमणः यो मधुमेहको प्रमुख कारक हो । प्यांक्रियाजको विटा कोश (जसले इन्सुलिन उत्पादन गर्छ ) मा भाइरसको संक्रमण हुदा इन्सुलिनको उत्पादन हुन सक्दैन जसको कारण मधुमेह हुन जान्छ ।

४.व्यायामको कमी , अस्वस्थ आहार विहार , उच्च रक्तचाप र रगतमा बढि कोलेस्टेरोल हुनु पनि मधुमेहका कारक हुन्।

 

 

मधुमेहका प्रकार

मधुमेह मुख्यतया तिन प्रकारका हुन्छन् ।

क. टाइप वान

यो सामान्यतया बालबालिकामा हुने गर्छ । जहा इन्सुलिनको उत्पादन सुन्य अर्थात अत्यन्त न्युन हुन्छ । रोगीलाई बचाउन कृत्रिम रुपमा इन्जेक्सनद्धारा इन्सुलिन दिनुपर्ने हुन्छ ।

ख. टाइप टु

यो सामान्यतया प्रौढ अवस्थामा हुने गर्छ र विश्वमा भएका मधुमेही मध्ये धेरै यही प्रकारको मधुमेहका रोगी रहेका छन् । यसमा प्यांक्रियाजले कम इन्सुलिन उत्पादन गर्छ र सरिरले पनि इन्सुलिनको ग्रहण गर्न असक्षम हुन्छ । उमेर बढ्दै जादा यो प्रकारको मधुमेहबाट व्यक्ति ग्रसित बन्ने गर्छन् ।

ग. जेस्टेसनल मधुमेह

गर्भबती महिलाहरुमा जुनैपनि बेला रगतमा चिनिको मात्रा उच्च हुनगइ मधुमेह हुनजान्छ । यस्तो प्रकारको मधुमेहलाई जेस्टेसनल मधुमेह भनिन्छ ।

मधुमेहका लक्षण

१. छिटो छिटो पिसाव लाग्ने र तिर्खालाग्ने

२. बढि भोक लाग्ने , आखा तिरमिराउने

३. शरिरको वजन घट्ने , थकाइ महसुस हुने

४. वाकवाकी लाग्ने

५. लामो समयसम्म चोटपटक निको नहुने

५. हात खुट्टा झमझमाउनु , रिंगटा लाग्नु

मधुमेहका रोगीमा अन्धोपन हुनसक्ने सम्भावना अत्यधिक रहेको हुन्छ । करीब १५ वर्षसम्म मधुमेहबाट ग्रसित बनेको करीब २ प्रतिसत रोगीमा पुर्ण रुपमा दृष्टिविहिन हुने सम्भावना रहेको हुन्छ ।

रगतमा भएको अध्यधिक ग्लुकोजले आखाको रेटिनामा भएको रक्तनलीमा क्षति पुराउने गर्छ । मधुमेहले स्नायु प्रणालीको मुख्य अंग मस्तिष्कमा पनि क्षति पुराउन सक्छ ।

मधुमेहका रोगीमा मृगौलाको रोग हुने सम्भावना पनि अत्यधिक रहेको हुन्छ । मधुमेहका कारण मुटुका विभिन्न रोग देखिने समस्या धेरै रहेको हुन्छ । करीब ५० प्रतिशत मधुमेहका रोगी मुटु तथा नशा सम्बन्धी रोगका कारण मर्ने एक अध्ययनले देखाएको छ ।

मधुमेहको उपचार

मधुमेहको उपचार सम्भव छैन । यो रोग लागिसकेपछि रोगीको आयु बढाउने अर्थात् यो रोगको व्यवस्थापन गर्ने विकल्प मात्र बाकि रहन्छ ।

मधुमेहको व्यवस्थापन भनेकै रगतमा भएको चिनिको मात्रा घटाउनु हो र रक्तकोशमा क्षति पुराउने अन्य तत्वको निवारण गर्नु हो । जसको लागि निम्न उपाय अपनाउन सकिन्छः

१. इन्सुलिनको मात्रा यथावत राखी रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न अस्पतालमा उपचार गरी खोपमार्फत नियमित इन्सुलिन लिने

२. रक्तचाप नियन्त्रण गर्ने

३. खानामा विशेष ध्यान पुराउने , बढि कार्वोहाइड्रेट भएका खानेकुराको सेवन नगर्ने

४. धुम्रपान र मध्यपान त्याग्ने

५. बढि चिल्लो युक्त पदार्थको सेवन नगर्ने

६. सन्तुलित र नियमित भोजन लिने , नियमित व्यायाम गर्ने

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः