तेल लगाउनाले कपाल चम्किलो र बलियो हुन्छ । तेल नलगाएको कपाल टुक्रिने, झर्ने आदि हुन्छ । – तेलमा पाइने पोषक तत्वले कपाललाई जरैदेखि बलियो बनाउँछ । उदाहरणका लागि अमलाको तेलमा पाइने भिटामिन सीले कपाललाई बलियो बनाउँछ ।

– कपालमा तेल लगाउँदा टाउकोको मसाज पनि हुन्छ । मसाज गर्दा टाउकोमा रहेका छिद्र खुल्ने, टाउकामा रक्तसञ्चार तीव्र हुने गर्छ । रक्तसञ्चार तीव्र हुँदा कपाल बलियो हुने र कपालको जरामा जम्मा भएका टक्सिन, अक्सिडेन्टजस्ता विकार बाहिर निस्कन्छन् । यसले कपाललाई चम्किलो, बलियो र स्वस्थ बनाउँछ ।

– नुहाउनुअघि नरिवल, जैतुन, तोरी, अमला आदिका तेल लगाउने गर्नाले नुहाउँदाखेरि कपाल कम झर्छ । तोरीको तेलमा ताजा अमलाको रस मिसाएर नुहाउनुभन्दा आधा घण्टाजति अघि कपालमा लगाउनाले नुहाएपछि कपाल चम्किलो हुनुका साथै नुहाइञ्जेल कम कपाल झर्छ ।

– कपालमा लगाउने तेल किन्दा बास्नादार तेल भरिसक्के छान्नु हुँदैन । बजारमा पाइने बास्नादार तेलमा अनेक थरी केमिकल मिसाइएका हुन्छन् । तिनले कपाललाई कमजोर बनाउँछन् । नरिवल, जैतुन, बदाम, तोरी, अमला आदिको तेल कपालका लागि उत्तम मानिन्छन् ।

थप जानकारीः

कपालमा नियमित तेल लगाउँदा हुने आठ फाइदा

१. कपालमा नियमित रुपमा तेलले मसाज गर्नाले कपालको जरा बलियो बनाउनुका साथै कपाल लामो र सुन्दर हुन्छ । त्यसैले आजैबाट कपालमा तेल लगाउन सुरु गर्नुहोस् ।

२. दिनहुँ कपालमा तेल लगाउनाले कपालमा आवश्यक पोषण प्राप्त हुन्छ र कपाल झर्ने, टुक्रने सम्भावना कम हुन्छ ।

३. टाउकोमा नियमित तेल लगाउनाले टाउकोको रगत प्रवाह बढ्छ ।

४. सुत्ने बेलामा कपालमा १० मिनेटसम्म तेलले मसाज गर्नाले कपालमा प्रशस्त मात्रामा पोषण मिल्छ ।

५. नियमित रुपमा कपालको जरासम्म तेलले मसाज गरेमा कपालमा धूलो तथा फोहर जम्न पाउँदैन र प्रदूषणबाट रक्षा गर्छ ।

६. दैनिक रुपमा तेलले कपाल मसाज गर्नाले कपाल सील्की हुनुका साथै चमक पैदा हुन्छ ।

७. यसले कपालको चाँया हटाउन मद्दत गर्छ ।

८. सुख्खा कपालका लागि तेल निकै उपयोगी हुन्छ । राती सुत्ने बेलामा हल्का तातो बनाएर कपालमा लगाउने र बिहान धुने गर्नाले पोषण प्राप्त हुनुका साथै कपाल चमकदार र स्वस्थ हुन्छ ।

कपालमा तेल लगाउनुहुन्छ ? नगर्नुहोस् यी गल्ती, नभए फाइदाको सट्टा नोक्सानी

कपालका लागि तेल निकै महत्वपूर्ण मानिन्छ । जसरी स्वस्थ जीवनका लागि हाम्रो शरिरलाई स्वस्थ खानेकुराको आवश्यकता पर्छ, त्यसैगरी बलियो र स्वस्थ कपालको लागि तेल कुनै स्वस्थ खानेकुराभन्दा कम होइन । त्यसकारण हप्तामा दुई पटक कपालमा तेलको प्रयोग अवश्य पनि गर्नुहोस् । तर तपाईंलाई फाइदा पुर्याउने यही तेलले तपाईंको कपाललाई राम्रो फाइदा पुर्याउँदैन ।

तेल लगाउने बेला केही कुरा याद राख्नुपर्छ । यदि यस्तो गर्नुहुन्न भने तेलले त्यो फाइदा पुर्याउँदैन जसको तपाईंलाई आवश्यकता छ । आउनुहोस्, तेल लगाउने बेला ध्यान दिनुपर्ने कुराबारे जानकारी लिऔं ।

नकोर्नेः

तेल लगाउनुभन्दा पहिले के तपाईं पनि कपाल कोर्नुहुन्न ? यस्तो हो भने तेलले तपाईंको कपाललाई फाइदाको साटो नोक्सानी पुर्याउँछ । कपाल नकोरी जब तपाईं तालुमा मसाज गर्नुहुन्छ भने कपाल कमजोर हुन्छ र निक झर्ने गर्दछ । त्यसकारण तेल लगाउनुभन्दा पहिले कपाल राम्रोसँग कोर्नुहोस् ।

कपालको जरामा मात्र तेल लगाउनुः

के तपाईं कपालको जरामा मात्र तेल लगाउनुहुन्छ, यस्तो बिर्सेर पनि नगर्नुहोस् । कपालको जराका साथै अन्त्यसम्म र पूरा कपालभरी तेल लगाउनुहोस् । यसले तपाईंको कपाललाई पूर्ण रुपमा नरम बनाउँछ जसले कपाल बलियो बनाउँछ । तेल लगाएर सधैं मालिस गर्ने कोसिस गर्नुहोस् ।

साधारण तेलको प्रयोगः

के तपाईं सधैं भाँडोबाट तेल खन्याएर सिधै कपालमा लगाउनुहुन्छ । तपाईंको यो बानीले कपाल पूर्ण स्वस्थ हुन पाउँदैन । तेललाई सधैं प्रयोग गर्नुभन्दा पहिले यसलाई हल्का मनतातो गर्नुहोस् । मनतातो तेललाई कपालको जरामा राम्रोसँग सोस्छ जसका कारण कपाल निकै स्वस्थ हुने गर्दछ ।

निकै दह्रोसँग मजाजः

तेल लगाएपछि कपाललाई निकै हल्कासँग मसाज गर्नुहोस् । यसो गर्दा कपाल झर्ने सम्भावना निकै कम हुन्छ । यसका साथै तेल लगाउने बेला औंलाको साटो कपासको सहयोग लिनुहोस् । यसलाई तेलमा डुबाएर जरा र कपालमा लगाउनुहोस् ।

तेल लगाएपछि कस्सिएको जुरोः

तेल लगाएपछि कहिले पनि कस्सिएको जुरो नबनाउनुहोस् । यसले तपाईंको कपालको जरा कमजोर बनाएर कपाल झर्न सहयोग गर्दछ । तेल लगाएर कपाललाई सधैं हल्का तरिकाले बाट्नुहोस् र कम्तीमा पनि ३÷४ घण्टा पछि नै नुहाउनुहोस् । सुत्नुभन्दा पहिले तेल लगाएर सुत्दा रातभरी यसले कपाललाई निकै नरम र स्वस्थ बनाउन सहयोग गर्दछ ।

कस्तो कपालमा कुन तेल लगाउने ! कसरी प्रयोग गर्ने तेल ?

स्वस्थ र सुन्दर कपालका लागि तेल आवश्यक छ । तर, कपालमा तेल लगाउने पनि तरिका हुन्छ । कपालअनुसार फरक–फरक तेल आवश्यक पर्न सक्छ । कसरी प्रयोग गर्ने तेल ?

१, कस्तो कपालमा कुन तेल लगाउने भन्ने पाटो महत्वपूर्ण हुन्छ । सबै कपालमा सबै तेलको प्रयोग फाइदाजनक हुँदैन । तेलका कारण कुनै साइड इफेक्ट नभए पनि नतिजा सकारात्मक नदिएपछि तेल लगाउनुको अर्थ नै रहँदैन । त्यसैले सुरुमा आफ्नो कपालको क्वालिटी बुझ्नुहोस् र तेल रोज्नुहोस् ।

२, ड्राई अर्थात् सुक्खा कपाल छ भने नरिवलको तेल लगाउनु राम्रो हुन्छ । नरिवलको तेलले कपालको सुक्खापन कम गराएर नरम बनाउन भूमिका खेल्छ । मुख्यतः कलरिङ गरिएको कपाललाई नरिवलको तेलले फाइदा गर्छ । किनभने, यो कपाल सुक्खा हुन्छ ।

३,कलरिङ नगरिएको कपाल पनि ड्राई हुन्छ । नर्मल ड्राई कपालमा ओलिभ र तोरीको तेल लगाउनु राम्रो हुन्छ ।

४, ड्राई नभएको नर्मल कपाललाई बिग्रिन नदिन तथा स्वस्थ राख्न पनि तेल लगाउनुपर्ने आवश्यकता हुन्छ । हप्तामा एक–दुईपटक नर्मल कपालमै पनि आयल मसाज गर्नु फलदायी हुन्छ । नर्मल कपालका लागि आलमोन्ड आयल उपयुक्त हुन्छ ।

५,कपालको क्वालिटीअनुसार तेल रोजेर मात्रै पुग्दैन । कपालमा तेल कति समय राख्ने भन्ने कुराले पनि अर्थ राख्छ । स्काल्प बढी ड्राई भएका व्यक्तिले रातभर कपालमा तेल राखेर भोलिपल्ट बिहान नुहाउँदा ठीक हुन्छ ।

६, टाउकाको छालामा कुनै समस्या छ, माइग्रेन छ भने रातभर तेल लगाएर छाड्नुहुँदैन । यसले नकारात्मक असर गर्न सक्छ । खास त टाउको दुख्ने समस्या निम्त्याउन सक्छ ।

७, सामान्यतया तेल लगाएको दुई–तीन घन्टासम्म रहन दिएर टाउको पखाल्दा पर्याप्त नै हुन्छ । यो जुनसुकै प्रकृतिको कपालमा पनि लागू हुन्छ ।

८, धेरै तातो तेलले कपालमा मसाज गर्नुहुँदैन । तेल राम्रोसँग तताउने, तर मनतातो बनाएर लगाउनुपर्छ । तातो तेलले कपालको जरा कमजोर बनाउने तथा कपाल नै फेड गराइदिन्छ ।

९, नुहाउनुअघि टाउकोमा मसाज गर्न बाक्लो खालको तेल लगाउनुपर्छ । कपालको जरैसम्म भिज्ने गरी औँलाले खेलाउँदै तेल लगाउनुपर्छ । तेल लगाइसकेपछि महिलाले लामो कपाललाई हल्का पोको पारेर राख्नुपर्छ ।

१०, नुहाएपछि पनि कपालमा तेल लगाउने हो भने ननस्टिकी आयल रोज्नुपर्छ । नुहाएपछिको कपालमा पातलो खालको तेल आवश्यक पर्छ । यो वेला बाक्लो खालको तेल लगाउनुहुँदैन । बाक्लो तेल लगाउँदा बढी चिपचिप हुने र अनुहारसम्म लतपतिने हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः