मानिसको दैनिक जीवनसंग सबैभन्दा आवश्यक बस्तु बनेको छ मोवाइल । संसारका मात्रै होइन नेपालका पनि करीब करीब ८० प्रतिशत मानिसहरुमा मोवाइलको पहुच छ । यो संख्या आउने बर्षमा अझ बढ्नेमा दुईमत छैन । तर यसको अति प्रयोग वा अव्यवस्थित प्रयोग मानव स्वास्थ्यका लागि हानिकारक भएको अध्ययनहरुले देखाएको छ ।

अनुसन्धानकर्ताहरुले मोवाइलबाट निस्कने इलेक्ट्रोम्याग्नेटिक रेडिएसनले स्वास्थ्यमा नराम्रो प्रभाव पार्ने बताएका छन् । त्यो के हो र यसको असरबाट कसरी जोगिने भन्ने बारेमा हामी यहाँहरुलाई केही जानकारी दिनेछौँ ।

सतर्कताका लागि के गर्ने त ?

१. मोबाइलल फोन कम्तिमा पनि २ देखि ७ इन्च पर राख्नुस् र कुरा गर्दा सकेसम्म लाउड स्पिकर मोडमा राख्नुस् । यसो गर्दा इलेक्ट्रोम्याग्नेटिक रेडियसनहरु मष्तिस्कमा जान पाउदैन ।

२. राती सुत्दा मोबाइललाई स्वीच अफ गरी करिव १.८ मीटर पर राख्नुस् ।

३. मोबाइल खल्तीमा राख्दा कि प्याडलाई आफूतिर फर्काएर राख्नुस् ताकि त्यसको एन्टिना तपाइदेखि पर होस् ।

४. गर्भवती हुँदा मोबाइल फोनको प्रयोग नगर्नुस् । किनकी यसको असर विकसित हुँदै गरेको बच्चामा इलेक्ट्रोम्याग्नेटिक रेडियसनले नराम्रोसंग असर गर्न सक्छ ।

५. धातुका कोठाहरु जस्तो कि गाडी, एलिभेटर, हवाइजहाज, रेल आदिमा मोबाइलबाट निस्कने रेडियसनको परिमाण बढ्ने हुँदा यस्तो स्थानमा मोबाइल प्रयोग नगर्नुस् ।

६. इयरफोन, हेडसेटको प्रयोग नगर्नुस् किनभने यसबाट निस्कने रेडियसनको प्रभाव कान नजिक मोबाइल फोन ल्याँउदा हुने रेडियसनको प्रभाव भन्दा तीन गुणा बढी हुन्छ ।

७. पन्ध्र वर्ष भन्दा कम उमेर समुहका बालबलिकालाई मोबाइलफोन चलाउन नदिनुस् किनभने उनीहरुको बिकसित मस्तिष्कमा रेडियसनको धेरैनै नराम्रो प्रभाव पर्छ । अनुसन्धानकर्ताहरुले यो पनि भनेका छन कि क्यान्सरबाट हुने बालबालिकाको मृत्युको दोस्रो कारण मस्तिष्कको क्यान्सर (ट्यूमर) भइसकेको छ र यसको हुनुको पछाडी मोवाइलको अव्यवस्थित प्रयोग हो ।

८. मोबाइल फोनलाई भर्खर जन्मिएका बच्चादेखि टाढा राख्नुस् बालबालिकाको तालु पातलो हुनेहँुदा रेडियसन उनीहरुको मस्तिष्कबाट छिटो प्रशारण भई मस्तिस्क क्यान्सरको संभावना बढाउछ ।

९. फोनलाइ पाइन्टको खल्तीमा सकेसम्म नराख्नुस यसले तपाईँको प्रजनन् क्षमता घटाउछ । मोबइललाइ मुटु नजिक पनि नराख्नुस् यसले मुटुको धड्कनलाई प्रभाव पर्छ ।

यसबाहेक मोवाइल किन्दा (Specific Absorption Rate) हेर्नुस् । जति कम उतिनै राम्रो हुन्छ । अनुसन्धानकर्ताहरु भन्छन तपाईँ फोनमा दुई मिनेट कुरा गर्दा तपाईँको मस्तिष्कको प्राकृतिक बिद्युतिय गतिबिधि एक घण्टा सम्म प्रभावित हुन्छ ।

थप जानकारीः

एक घण्टाभन्दा बढी मोबाइल र टिभी हेर्नु बालबालिकाका लागि घातक

तपाईंको बच्चाले दिनमा कति सयमसम्म टेलिभिजन हर्ने तथा मोबाइल चलाउने गर्छन् ? सायदै ख्याल गर्नु भएको होला । सूचना प्रविधिको विकाससँगै बालबालिकामा टेलिभिजन र मोबाइलमा रमाउने लत पनि बढ्दै गएको छ ।

तर, यो लतलाई समयमै अभिभावकले छुटाउन नसकेको खण्डमा उनीहरुको शारीरिक विकासमा गम्भीर समस्या देखिने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको छ ।

डब्लुएचओले बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर हालै जारी गरेको चेतावनीमा पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई ग्याजेट स्क्रिनबाट टाढै राख्न सूचित गरिएको छ ।

बालबालिकालाई धेरै समय खेलकुदमा बिताउने र पर्याप्त मात्रामा सुत्ने वातावरण बनाउन आवश्यक रहेको डब्लुएचओले जनाएको छ । बालबालिकाले दिनमा एक घण्टाभन्दा बढी समय टेलिभिजन र मोबाइल हेर्नु उनीहरुको स्वास्थ्यका लागि खतरा हुने डब्लुएचओको अध्ययन रिपोर्टमा उल्लेख छ ।

डब्लुएचओको नयाँ निर्देशिकामा बालबालिकाको शारीरिक गतिविधिमाथि जोड दिइएको छ । शरीरको तीव्र विकास बालापनमै हुने भएकाले यो समय खेलकुद गतिविधिमा ध्यान केन्द्रित गर्ने तथा पर्याप्त रुपमा सुत्ने बानीको विकास गर्न आवश्यक रहेको बताइएको छ । शारीरिक गतिविधिमा कमी आउँदा हरेक वर्ष विश्वमा सबै उमेर वर्गका ५० लाख मानिसको मृत्यु हुने गरेको छ ।

वर्तमान अवस्थामा २३ प्रतिशत बाल–बालिका तथा ८० प्रतिशत किशोर शारीरिक रुपमा तन्दुरुस्त नभएको डब्लुएचओको तथ्यांकले देखाएको छ । सानो उमेरबाटै शरीरलाई सक्रिय राख्ने तथा पर्याप्तमात्रामा सुत्ने बानीको विकास गर्नु पर्ने डब्लुएचओको सुझाव छ ।

बालबालिकालाई धेरैभन्दा धेरै खेल्ने अवसर दिइनुपर्ने र मोबाइल प्रयोगमाथि पूर्ण रुपमा रोक लगाउनुपर्ने उल्लेख गरिएको छ ।

साना बच्चालाई एक घण्टाभन्दा बढी काख र कुर्सीमा राख्न हुँदैन । ३ महिना उमेरको बच्चालाई १४–१७ घण्टा र ४ देखि ११ महिना उमेरकोलाई १२ देखि १६ घण्टा सुत्न आवश्यक रहेको रिपोर्टमा उल्लेख छ ।

दिनमा १८० मिनेट बालबालिकालाई अलग–अलग तरिकाको शारीरिक गतिविधिमा बिताउन प्रेरित गर्नुपर्छ ।

दुई वर्षभन्दा कम उमेरको बच्चालाई एक घण्टाभन्दा बढी समय टेलिभिजन तथा मोबाइल हेर्न दिन हुँदैन । उसलाई ११ देखि १४ घण्टा सुत्न आवश्यक हुन्छ ।

 

यसकाे बारेमा पनी जान्नुहाेस्ः

टाउको दुख्ने समस्या र घरेलु उपचार

मानिसलाई विभिन्न सारीरिक समस्याले बेला बखत सताईरहेको हुन्छ । यस्ता समस्या मध्ये धेरैको साझा समस्या टाउको दुख्नु पनि हो । टाउको दुख्नुलाई प्राय सामान्य रुपमा लिने गरिन्छ । तर कतिपय समयमा यसले गम्भीर समस्या निम्त्याउने सम्भावना पनि रहन्छ ।

टाउको दुख्नु एउटा यस्तो समस्या हो, जुन हरेक उमेर समूहको मानिसमा हुने गर्छ । के बच्चा, के बयस्क त वृद्ध सबै कुनै न कुनै समयमा यो समस्याको सामना गर्न बाध्य हुन्छन् । टाउको दुख्नुलाई हामी अधिकांशले सामान्य समस्याको रुपमा लिन्छौं र एउटा औषधिको चक्की खाएर टार्छौं ।

यसलाई सधैं सामान्य समस्याको रुपमा लिने भयो भने ठूलै प्रभाव पनि पर्न सक्छ । तपाईंलाई बारम्बार टाउको दुख्ने समस्या छ भने यसलाई गम्भीर रुपमा लिनुपर्छ । यस अंकमा हामीले टाउको दुखाईका केही सामान्य कारणहरुको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

यस कारण दुख्छ टाउको

– सामान्यतया तनावको पहिलो लक्षण नै टाउको दुख्नु हो । यसका कैयन कारण छन् । धेरै समयसम्म सुतिरहनु अथवा कम समय सुतेर निद्रा पूरा नहुँदा टाउको दुख्न सक्छ । कहिलेकहिँ सुतिरहेको समयमा बीचमै निद्रा बिथोलियो भने टाउको दुख्छ ।

– अत्याधिक गर्मी र अत्याधिक चिसो पनि टाउको दुखाईको कारण बन्ने गरेको छ । साथै धेरै एक्सरसाइज गर्दा पनि टाउको दुख्न सक्छ । किनकी एक्सरसाइजको समय गुल्कोजलाई मांसपेशीले बढी खर्च गर्छ र मस्तिष्कलाई गुल्कोजको कमी हुँदा टाउको दुख्न सक्छ ।

– केही औषधि पनि टाउको दुखाइको कारण बन्न सक्छन् । जस्तै, दिलसँग सम्बन्धित तथा ब्लडप्रेसर हाई भएको समय प्रयोग गर्ने औषधिले टाउको दुखाउन सक्छ ।

– आँखामा चस्माको पावरमा बदलावका कारण टाउको दुख्छ । यदि कसैले चस्मा लगाएको छैन र उसलाई पनि निरन्तर टाउको दुख्छ भने आँखा चिकित्सकको सल्लाह बमोजिम चस्मा लगाउनु पर्छ ।

– अत्याधिक व्यस्तता, धुम्रपान तथा मौसममा आउने बदलाव पनि टाउको दुखाईको कारण हो । यस कारण मौसम अनुसार आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनु जरुरी छ ।

यी खाने कुरामा ध्यान पुयाउनुस्

अल्कोहल : रक्सी सेवन गरिसकेपछि अधिकांस मानिसमा सिरदर्दले सताउने गर्छ । अल्कोहलमा टायरमाइन भन्ने तत्व अधिक मात्रामा हुन्छ । जसले सिरदर्दको परिस्थिति पैदा गर्ने गर्छ ।

चकलेट : अल्कोहलजस्तै चकलेटमा पनि सेरोटानिनको स्तर बढाउने अमिनो एसिड टायरमाइन नामक तत्वको प्रयोग भएको हुन्छ । चकलेट अध्याधिकमात्रामा खाँदा टाउको दुख्न सक्छ । सोही कारण माईग्रेनको विरामीलाई चकलेट नखान चिकिस्तकहरुले सल्लाह दिने गर्छन ।

कफी : दैनिक कफी पिउने मानिसलाई एक दिनमात्रै कफी पिएन भने टाउका दुख्ने गर्छ । यस्तो अवस्थामा कफी नपिउनु उसको टाउको दुखाईको कारण होइन, उसमा बसेको दैनिक कफी पिउने आदत मुख्य कारण हो ।

चीज : खाजको रुपमा चीजजस्ता डाईट युक्त खाना स्वादिष्ट किन नहोस्, यसबाट पनि टाउको दुख्ने समस्या सिर्जना हुनसक्छ । यसमा अधिक चिल्लो पदार्थका साथै टायरमाइन अधिक मात्रामा हुन्छ । जसले टाउको दुख्ने गर्छ ।

टाउको दुख्न कम गराउने घरेलु उपाय

– टाउको दुखाईबाट छुटकारा पाउने सबैभन्दा प्रभावकारी तरिका मसाज हो । जब टाउको दुख्छ, तब नरिवल अथवा मसलाको वृक्षबाट बनाइएको तेलले १०–१५ मसाज गर्नुहोस् । यसले टाउकोलाई ठण्डा बनाउन मदत गर्छ र टाउको दुखाई कम हुन्छ ।

– ल्वाङ , नुनको पेस्ट टाउको दुखाई कम गर्ने एउटा सजिलो उपाय हो । यसका लागि ल्वाङको पाउडर र नुनको मिश्रण बनाउनु होस् र यसलाई दूधमा मिसाएर पिउनुहोस् । यसले तपाईंलाई केही राहत महसुस गराउँछ ।

– एक गिलाँस तातो पानी लिनुहोस् र त्यसमा कागतीको रस मिलाएर पिउनुहोस् । यसले टाउको दुखाईबाट केही छुटकार मिल्छ । कतिपय समयमा पेटमा ग्याँस भरिनाले पनि टाउको दुख्ने गर्छ । यस्तो अवस्थामा यो उपाय प्रभावकारी हुन्छ । यसले पेटमा ग्याँस भरिने समस्या मात्रै होइन टाउको दुखाईलाई पनि कम गर्छ ।

– लसुनको केही पोटी लिनुहोस् र त्यसलाई निचोरेर अथवा पिसेर कम्तिमा एकचम्चा रस पिउनुहोस् । प्राय लसुनले पेन किलरको रुपमा काम गर्छ । जसका कारण टाउकोको दुखाइ कम हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।