घर बाहिर निस्कनुअघि हामी सबै परफ्युमको प्रयोग गर्छौ । शरीर तथा कपडाबाट आउने दुर्गन्ध कम गर्न अथवा बास्नादार बन्न अनि व्यक्तित्वलाई निखारता प्रदान गर्न परफ्युमको प्रयोग गरिन्छ । प्रायः हामी परफ्युमको प्रयोग नाडी, कान, गला जस्ता शरीरका अंगमा गर्छौ ।

किनकी यी अंंगहरुमा लगाएको परफ्युम धेरैबेर टिकाउ हुने र बास्ना पनि आउने हुन्छ । तर, परफ्युम शरीरको अंगमा लगाउनु सही हो त ? परफ्युमको प्रयोग शरीरको कुन कुन अंगमा प्रयोग गर्दा यसको असर धेरै हुन्छ त ?

शरीरका कतिपय अंगहरु निकै संवेदशील हुन्छन् भने परफ्युम केमिकलयुक्त । बास्नाको नाममा शरीरका जुनै भागमा पनि परफ्युम प्रयोग गर्नु खतरनाक सावित हुनसक्छ ।

हातमा लगाएर रगड्न हुँदैन

धेरैमा परफ्युमको प्रयोग गर्नुअघि हातमा लगाएर दुई हात रगडेर सुँघ्ने बानी छ । तर यसो गर्दा बास्नामा कमि आउने गर्छ र लामो समयसम्म पनि टिक्दैन । त्यसैले नारीमा परफ्युमको प्रयोग गर्न सकिन्छ जसले गर्दा दिनभरी टिकाउ पनि हुन्छ ।

कपालमा प्रयोग गर्नुअघि

कतिपय मानिसहरु कपालमा पनि परफ्युमको प्रयोग गर्ने गर्छन् तर यस्तो बानी तपाईंको कपालको लागि खतरनाक साबित हुनसक्छ । किनकी परफ्युममा अल्कोहलको प्रयोग भएको हुन्छ । जसको प्रयोगले कपाल सुख्खा हुने र टुक्रिने गर्छ ।

कानको पछाडि

सामान्यताः महिलाहरु कानपछाडि परफ्युमको प्रयोग गर्छन् । कानको पछाडिको भाग अति संवेदनशील भाग हो । र, यो भाग सुख्खा पनि हुन्छ । परफ्युम सुख्खाभन्दा चिल्लो छालामा धेरैबेर टिक्छ । परफ्युममा भएको केमिकल र अल्कोहलले छालालाई झनै धेरै सुख्खा बनाइदिन्छ । त्यसैले कान पछाडि परफ्युम लगाउनुअघि मोस्चराइजरको प्रयोग गर्नुपर्छ ।

नुहाउनेवित्तिकै

नुहाउनको लागि शावर जेलको प्रयोग गर्नु फाइदाजनक मानिन्छ । नुहाउँदा बास्नादार साबुन र शरीर पुछेर परफ्युमको प्रयोग गर्नुहोस् । यदि बास्ना लामो समय रहिराखोस् भन्ने चाहानुहुन्छ भने तातो पानीले नुहाउनुहोस् ।

जसले छालाका छिद« खुलाउँछ । त्यसपछि परफ्युम प्रयोग गर्दा लामोसमयसम्म पसिना गन्हाउने समस्याको समाधान हुन्छ । तर, शरीरको छालालाई नरम र स्वस्थ्य राख्नको लागि बडि लोशनको प्रयोग गर्नु उचित हुन्छ ।

प्राइभेट पार्टको आसपास

यदि तपाईं छोटो कपडा लगाउँदै हुनुहुन्छ र जाँघकोबिचमा परफ्युम लगाउँदै हुनुहुन्छ भने सावधान हुनुहोस् । उक्त भागमा परफ्युम लगाएर हिँडडुल गर्दा घर्षण हुने र चिलाउने समस्या हुन्छ ।

कपडा र गहनामा लगाउँदा

महिलाहरु कपडा र गहनामा परप्mयुम लगाउँने गर्छन् । तर, परफ्युमको प्रयोगले कपडा र गहनामा खराबी आउँछ ।

काखीमूनी

कहिल्यैपनि सीधा काखीमूनी परफ्युमको प्रयोग गर्नुहुँदैन । शरीरको संवेदनशील भाग मध्ये काखीमूनीको भाग पनि संवेदनशील हुने भएकाले परफ्युमको प्रयोगले चिलाउने र पोल्ने समस्या उत्पन्न हुनसक्छ ।

थप जानकारीः

किन हुन्छ एलर्जी ?

हाम्रो शरीर भित्र कुनैपनि बाहिरी तत्वकोप्रवेश गर्दा त्यसको विरुद्ध शरीरमा भएको प्रतिरक्षात्मक शक्तिले प्रतिकृया देखाउने गर्दछ । एलर्जी एकप्रकारको असमान्य प्रतिक्रिया हो । जुन प्रतिक्रिया छालामा देखीने गर्दछ, यसलाई एलर्जी भन्छन् ।

अज्ञानतावस वा यस प्रतिको विस्तृत जानकारीको कमिले गर्दा एलर्जी भन्ने बितिकै सरुवारोग, फोहरमैलाले उत्पन्न भएको रोग हो भन्ने गलत धाराणा हाम्रो समाजमा रहेको पाइन्छ । कुनैपनि एलर्जी सर्नेखालको हुँदैन न त यसमा कुनैप्रकारको किटाणु नै हुन्छ ।

यस अर्थमा एलर्जिलाई सरुवारोग भन्न मिल्दैन । सामान्य अर्थमा एलर्जी एउटा असंक्रमित रोग हो । अन्यरोग शरीरमा लागेपछि लामोसमय पछि मात्र त्यसको असरदेखिन्छ भने, एलर्जीमा छालाको माध्यमले तुरुन्तै प्रतिकृया देखाउने रोग हो ।

एलर्जीको प्रकार

सामान्य मानीसहरुको बुझाईमा शरीरको छला चिलाउनु, डाबर हुनुलाई मात्र एलर्जी भन्ने गरिन्छ । एलर्जी मुख्यतया दुईरुपमा हुने गर्दछ ।

(क) भित्रीकारण

(ख) बाहिरीकारण

बाहिरी कारणबाट जे जति एलर्जीका समस्याहरु देखापर्छन् ति सबैलाइ कन्ट्याक्ट एलर्जि भनिन्छ ।

 ईरिटेट कन्ट्याक्ट

यि दुबै प्रकारको एलर्जीमा ईरिटेट कन्ट्याक्ट एलर्जीले चाँडै प्रतिक्रिया देखाउँछ । भने कन्ट्याक्ट एलर्जीले भने अलिक ढिलो प्रतिक्रिया देखाउने गर्छ । कुनैपनि किराले शरीरको कुनै अगंमा बिस्टाउँदा वा नक्कली गरगहनाको प्रयोगबाट भएको होस् हाम्रो शरीरको छलाले छिटै प्रतिक्रिया देखाउने गर्दछ ।

घामको कारणबाट

कस्मेटीक (सौन्दर्यप्रसाधन) सामाग्रीको प्रयोगबाट, विभिन्न प्रकारका खानेकुराहरुको कारण हुने एलर्जी कन्ट्याक्ट एलर्जी भित्र पर्दछ । कसैलाई अन्डा, केक, पाउरोटी, गहूँको रोटी जस्ता खानेकुराले एलर्जी हुने गर्दछ भने त कसै–कसैलाई माछा, मासु, दाल आदी कारणले पनि एलर्जी हुने गर्दछ । यि सबै बाहिरि कारणले देखापर्ने एलर्जीहरु हुन् ।

पारिवारीक ईतिहास अथवा आफूसंग भएका भित्रिरोग जस्तै- अस्थमा (दम) रुघाखोकि आदीको कारणबाट बाहिरी छालामा समेत एलर्जी देखापर्ने गर्दछ । खोकिको समस्या भएको अवस्थामा छातीमा स-साना बिमिराहरु आउने, चिलाउने जस्ता एलर्जीको समस्या देखापर्ने गर्दछ । यि सब भित्रिकारणबाट हुने एलर्जी हो ।

एलर्जीहुने कारणहरु- शरीरमा भएको प्रतिरोधात्मक क्षमता असामान्य भएर एलर्जी हुने गर्दछ । यो जुनसुकै कारणबाट पनि हुन सक्छ । प्रायजसो दैनिकरुपमा प्रयोग भईरहने सामान्य वस्तुहरुबाट पनि एलर्जी हुने गरेको पाईन्छ ।

घाम, पानी, धुलो, धुवाँ, औषधिहरु, नक्कली गरगहना, निकेल, कारपेट, ऊनी कपडाको प्रयोगले, चिसो-तातो आदी । यसबाहेक बोटबिरुवामा भएका कतिपय रसायनहरुको गन्ध वा छोएमा शरीरले सहन सक्दैन, यसकारण पनि एलर्जी हुन्छ ।

यसरी नै राम्रो देखिने चाहाना मा कृतिम सामग्रिहरु र कम गुणस्तरयुक्त कस्मेटीक सौन्दर्य प्रसाधनको प्रयोग पनि एलर्जी हुनुको कारण मध्ये एक हो ।

वंशानुगत

अन्य रोगहरु जस्तै एलर्जी पनि वंशाणुगत हुने गर्दछ । आमाबाबु मध्ये कुनै एकजनामा एलर्जी हुने समस्या छ भने उनीहरुबाट जन्मेका पच्चिस देखि तीसप्रतिशत छोराछोरीमा यो देखा पर्ने संभावना रहन्छ । यदी आमा-बाबु दुबैमा एलर्जीको रोग छ भने ऊपरोक्त ऊल्लेख गरेको प्रतिसत भन्दा ठिक त्यसको दोब्बर हुने संभावना रहन्छ । वंशाणुगत हुने एलर्जीमा भित्री एलर्जी बढी हुने गर्दछ ।

कतिपय अवस्थामा कुनैपनि वस्तु नछोएर पनि परैबाट देख्दा पनि एलर्जी हुनसक्छ । हुनत एलर्जी प्राय सबै वर्गको मानिसलाई हुन्सक्छ । यसमा जात, धर्म, लिगंको भेदभाव छैन । पुरुषभन्दा महिलालाई बढीएलर्जी हुने गर्दछ । पुरुषहरुमा भने रसायनको सम्पर्क जस्तै सिमेन्ट, रगंरोगन, रोडा, बालुबा, दुषित पानी, हवा आदी का कारणले बढि एलर्जि हुने गरेको पाईन्छ ।

एलर्जीबाट कसरी बच्ने- एलर्जी आफैंमा अति नै संवेदनशील रोग हो । एकपटक एलर्जी भएको मान्छेलाई पुन: बल्झिने सम्भावना रहन्छ । आफ्नै लापारवाहीले गर्दा कतिपय एलर्जी पीडितहरु यसैको दिर्घरोगी समेत बन्न पुगेका छन् । मुख्यतया औषधिको कारणलेभन्दा आफूलाई एलर्जी हुने वस्तुबाट सतर्क रहेमा केही हद्दसम्म यसबाट बच्न सकिन्छ ।

कुन कुराले आफूलाई एलर्जी भएको हो सो कुरा पत्ता लगाई त्यस्ता वस्तुबाट समयमै टाढा रहन सके एलर्जीको खतरालाई न्यून गर्न सकिन्छ । नियमित सरसफाई गर्ने, स्वस्थ्यकर, पोषिलो खानपिनबाट शारीरिक क्षमता बढाउनाले पनि वस्तुप्रति छालाले देखाउने प्रतिक्रिया कम हुँदै जान्छ ।

प्राकृतिक वातावरण्संग घुलमिल रहनाले छालालाई स्वस्थ्य राख्न सकिन्छ । हावाको राम्रो प्रवाह भएको ठाउँमा बस्ने, कटन ( सुति) को कपडाहरु प्रयोग गर्ने । कस्मेटिक समानहरुको कम प्रयोग गर्ने, यसरी सतर्कता अपनाउन सकेमा पनि एलर्जीबाट बच्न सकिन्छ ।

उपचार- आधुनिक चिकित्सा एलोप्याथिमा यसरोगको कुने खासै उपचार छैन । कुन कुराले आफूलाई एलर्जी भएको हो, त्यस्ता वस्तुबाट टाढा बस्नेबाहेक अरु कुनै उपाय छैन । एलर्जी पूर्ण निको हुने रोग होइन । पटकपटक दोहोरिरहन सक्छ । तर होसियारी गरेमा रोकथाम गर्न भने सकिन्छ ।

वैकल्पिक चिकित्सा आयुर्वेदिक, होमियोप्याथिक, युनानीमा यसको उपचार सम्भव छ । योग्य तथा अनुभवी चिकित्सकको सल्लाह अनुसार निम्न लिखित औषधिहरुको प्रयोग गरेमा एलर्जीलाई जरैबाट निर्मुल पार्न सकिन्छ ।

औषधीहरुमा जस्तै आर्सेनिक एल्वम, सल्फर, रसटक्स, एन्टिम क्रुड, आर्टिका युरेन्स, हिस्टामिन, नेट्रम म्युर, सिपिया, कार्बोभेज, नक्स वोमिका, एपिस मेलिफिका, एलिएन्थस र पल्साटिला आदी ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।