अनारले हाम्रो शरीरलाई धेरै फाइदा गर्ने गर्छ । अनार बिरामीलाई समेत खुवाइने गरिन्छ । अनारको नियमित सेवनले हाम्रो शरीरमा शरीरमा रगतको कमी हुन नदिइ रगतको मात्रा बढाउने काम गर्छ ।

अनार मुटुका रोगीहरुका लागि समेत लाभदायी हुन्छ भने यसले हृदयघात र स्ट्रोकको जोखिमलाई समेत कम पार्छ । नियमित अनारको जुस पिउने गर्दा शरीरमा उर्जा प्राप्त हुनुका साथै रक्त सञ्चालन प्रक्रियालाई निकै फाइदा गर्छ ।

प्रत्येक दिन एउटा दाना अनार खाने गर्दा हामीलाई यसले क्यान्सर हुने सम्भावनाबाट समेत जोगाउने गर्छ । यसको सेवनले स्तन र फोक्सोको क्यान्सर र प्रोस्ट्रेट क्यान्सर हुने सम्भावना कम हुन जान्छ ।

अनारमा प्रशस्त मात्रामा आइरन हुने भएकाले यसको सेवनले रक्त अल्पता भएका बिरामीहरुका लागि निकै फाइदाजनक हुन्छ । रगत सफा पर्ने भएकोले अनारको सेवनले छालालाई चम्किलो बनाउनुका साथै छालासम्बन्धी विभिन्न रोगलाई समाधान गर्ने गर्छ ।

अनारको नियमित सेवन गर्ने व्यक्तिहरुलाई दाँत र गिजासम्बन्धी समस्या बाट छुटकारा मिल्दछ । अनारको नियमित सेवनले यौनशक्ति बढाउन मद्दत गर्नुका साथै गर्भावस्थामा गर्भवती महिलालाई अनार खान दिने गर्नाले जन्मिने बच्चाको स्वास्थ्य राम्रो हुन्छ । बुढ्यौलीमा बिर्सिने समस्या भएका ब्यक्तिहरुका लागि समेत अनारको सेवन लाभदायिक हुन्छ ।

तर, कुनै–कुनै अवस्थामा अनारको सेवनले हामीलाई स्वास्थ्यमा असरसमेत गर्न सक्छ । हरेक कुराको फाइदा संगसंगै बेफाइदा पनि हुने गर्छ । शरीरमा विभिन्न रोगले सताईरहेको छ भने हामीले अनार खाने गर्नु हुँदैन ।

अनारमा सुगरको मात्रा धेरै भएको कारणले यसले हाम्रो शरीरको ब्लड सुगर लेवललाई वृद्धि गर्ने काम गर्छ । मधुमेह रोगीले अनारको सेवन गर्नु हुँदैन ।

अनार खादा तौल घट्नुको साटो अझै बढ्ने गर्छ । अनारमा विभिन्न एंटी अक्सीडेन्ट्सहरु धेरै मात्रामा हुने कारण छिट्टै प्रेसर लो हुने भएको कारणले गर्दा प्रेसर लो हुने ब्यक्तिहरुले अनारको सेवन गर्नु हुँदैन ।

हामीहरुले उक्त रक्तचाप कम गर्ने वा कोलेस्ट्रोल कम गर्ने औषधिको सेवन गरिरहेका छौं भने हामीले त्यस्तो बेलामा अनार खाने गर्नु हुँदैन । अनार खाँदा हामीले खाएको औषधिले हाम्रो शरीरमा काम गर्दैन ।

साथै, अनारमा पाइने एन्जाइम्सले हाम्रो कलेजोले उत्पादन गर्ने एन्जाइम्ससंग मिलेर हाम्रो शरीरमा नकारात्मक असर पुर्याउने हुनाले कलेजोमा समस्या देखा परेका व्यक्तिले अनार खानु उचित मानिँदैन ।

अनारमा फाईबर्सको मात्रा अधिक पाइने हुँदा कब्जियत, पेटमा ग्यास तथा पेटसम्बन्धी रोगहरु निम्त्याउने भएकाले कब्जियत भएको मान्छेले अनारको सेवन गर्नु हुँदैन । दम भएका रोगीहरुले अनार खाँदा झन् दम बढ्ने हुँदा दम रोगीले अनारको बिर्सेर पनि सेवन गर्नु हुँदैन ।

थप जानकारीः

अनार खानुको फाइदै फाइदा !

अनारलाई सदियौंदेखि औषधिका रुपमा लिने गरिएको छ । नेपाली समाजमा हेर्ने हो भने, बिरामी भेट्न जाँदा लाने कोसेलीमा अनार पहिलो स्थानमै आउँछ ।

वैज्ञानिक ज्ञानको अभावमै भए पनि नेपालीहरुमाझ चलिआएको यो चलन धेरै हदसम्म सकारात्मक छ । हालै भइरहेका विभिन्न वैज्ञानिक अनुसन्धानले अनारलाई ब्याक्टेरिया विनासक, भाइरस बिनासक र फंगी (ढुसी र त्यस्तै प्रजातिहरू) बिनासकका रुपमा साबित गरिसकेको छ ।

साधारणतया अनारको सबै भाग (फल, जरा, बोक्रा, फूल) औषधिका रुपमा प्रयोग गर्न सकिन्छ। यसमा पाइने अनेक तत्वले विभिन्न प्रकारका रोग निवारणमा मद्दत गर्न सक्छ ।

क्यान्सरः अनारमा प्रचूर मात्रामा विभिन्न थरिका एन्टिअक्सिडेन्ट हुने भएकाले यसले प्रोस्टेट, स्तन क्यान्सर लगायत विभिन्न प्रकारको क्यान्सर हुनबाट बचाउन सक्छ । त्यस्तै, क्यान्सर बन्ने तरिकामा बाधा ल्याउनुका साथै बनिसकेको ट्युमरको बिनास गर्न पनि मद्दत गर्छ ।

मुटु रोग: अनारलाई मुटुको सहयोगीका रुपमा लिन सकिन्छ । यसमा मुटुलाई असर गर्ने कोलेस्टेरोल हुँदैन । साथै शरीरमा रहेको नराम्रो कोलेस्टेरोलाई मुटुमा हानी गर्न नसक्ने बनाउन पनि यसले भूमिका खेल्छ । त्यस्तै, अनारले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै रगत सञ्चालन सहज गराउने भएकाले मुटु रोगको जोखिम घटाउँछ ।

हड्डीको रोगः अनारमा पाइने ‘फ्लाभेनोल’ भन्ने तत्वले हड्डी खिइने समस्या घटाउनुका साथै बाथ रोगबाट बचाउन सक्ने वैज्ञानिकहरुको दाबी छ । यद्दपि यसमा पर्याप्त मात्रामा अध्ययन भने भएको छैन ।

चिनी रोगः अनार भन्ने बित्तिकै चिनी रोगीले खानु हुँदैन भन्ने बुझाइ छ । तर, अनारमा चिनीका साथै फाइबर (रेशा) र एन्टिअक्सिडेन्ट पनि प्रसस्त मात्रामा हुने भएकाले रगतमा चिनीको मात्रा सुस्त मात्रामा बढाउने विश्वास गरिन्छ । अनारले चिनीरोगसँगै देखापर्ने अन्य समस्याको निराकरणमा पनि मद्दत गर्ने भएकाले चिनीरोग हुँदा अनार खानु राम्रो मानिन्छ ।

चिनीरोगीले एकपटक डाक्टर अथवा डाइटिसियनको सल्लाहमा कति मात्रामा अनार खाने भन्ने निर्धारण गर्नु वुद्धिमानी हुन्छ । त्यसैगरी, अनार खाँदा जुसको सट्टा दाना खानु उपयुक्त हुन्छ । यदि जुस खानु पर्ने बिरामी भए घरमै सफासँग बनाएको जुस खानु राम्रो हो । बजारिया जुसमा चिनीको मात्रा अधिक हुन्छ ।

अल्जाइमरः अनारले मस्तिष्कलाई आवश्यक पोषक तत्व प्रदान गर्ने भएकाले अल्जाइमर रोग लाग्नबाट बचाउनुका साथै दिमाग तेजिलो बनाउन मद्दत गर्छ ।

सुन्दर छालाः अनारमा पाइने भिटामिन सी सँगसँगै अन्य एन्टिअक्सिडेन्टले छाला सुन्दर राख्न मद्दत गर्छ।

यसका अलावा अनारको बोक्रामा पाइने तत्वहरुले दाँतको समस्या हटाउन मद्दत गर्छ । साथै, विभिन्न रोगीमा ब्याक्टेरिया र फंगीको विकाश हुन नदिएर थप समस्या बढ्न दिँदैन । यसका लागि अनारको बोक्रालाई सुकाएर धुलो पारेर खान सकिन्छ ।

१०० ग्राम अनारमा पाइने पोषक तत्वहरु

प्रोटिन– १.६ ग्राम

चिल्लो– ०.१ ग्राम

शक्ति– ६५ किलोक्यालोरी

क्याल्सियम– १० मिलिग्राम

फस्फोरस– ७० मिलिग्राम

आइरन– १.७९ मिलिग्राम

भिटामिन सी– १६ मिलिग्राम

यीबाहेक अनारमा फाइबर र भिटामिन बि पनि प्रसस्त मात्रामा पाइन्छ ।

ध्यान दिनुपर्ने कुरा

अनारमा पाइने तत्वहरुले विभिन्न औषधिसँग प्रतिक्रिया गर्ने भएकाले कुनै पनि प्रकारको औषधि प्रयोग गर्दा डाक्टरको सल्लाह लिऊँ ।
साधराणतया कोलेस्टेरोल घटाउने औषधिहरु, रक्तचापको औषधि र मिर्गौला सम्बन्धी रोगमा प्रयोग हुने केही औषधि सेवन गर्नुपर्दा डाक्टरको सल्लाह दिनुपर्छ । त्यसैगरी, रगत पातलो गर्ने औषधि (वार्फारिन) प्रयोग गरेको खण्डमा पनि अनारको प्रयोग चिकित्सकको सल्लाहमा गर्नुपर्छ ।

यस बारे पनी जान्नुहाेस्ः

रुघाखोकी लागेको वा घाँटी दुखेको छ? नखानुस् यी खानेकुरा

कात्तिकको मध्य हुँदै गर्दा विस्तारै चिसो बढ्दैछ। खानपान र जीवनशैली ठीक तरिकाले गर्न नजान्दा चिसोले विभिन्न समस्या निम्त्याउँछ। विशेषगरी रूघाखाेकी, ज्वराे, घाँटी दुख्ने जस्ता समस्याले सताउँछन्। त्यसैले रुघाखोकी लागेको वा घाँटी दुखेको वेला खान नहुने खानेकुराको बारेमा चर्चा गर्दैछौँ।

सुख्खा आँपको धुलो– सुख्खा आँपको धुलो खाना स्वादिष्ट बनाउन प्रयोग गरिन्छ। घाँटी दुखेको बेला खाँदा यसले अझ बढी दुखाउँछ।

चाट मसाला– चाट मसाला फलफूल चाटमा बढी मिसाइन्छ। यस्मा आँपको धुलोको मात्रा हुने भएकोले यो घाँटीको लागि खराब हुन्छ।

दही– फ्लुले संक्रमित भएको बेलामा दही खाँदा बिगार गर्छ। यसले छातीमा जमेको कफलाई बाक्लो बनाउँछ।

दूध र पनिर– दूध र पनिरमा क्याल्सियम र अन्य महत्त्वपूर्ण भिटामिन र मिनेरल भएपनि रुधा खोकी लागेको र घाँटी दुखेको बेला खान हुँदैन। यसले ‘म्युकस मेम्ब्रेन’लाई खराब गर्छ र सुनिन्छ।

अमिलो फलफूल– सुन्तला, कागती, जुनार जस्ता अमिलोयुक्त फलफूलले रुघा खोकी लागेको र घाँटी दुखेको बेला दुखाइ बढाउने भएकोले यस्तो बेलामा अमिलोयुक्त फलफूल खान हुँदैन।

तारेको खाना– तारेको आलु, तातो पुरी र अन्य धेरै तेलमा तारेको खानाले घाँटीमा घर्षण हुन्छ र पच्न पनि गाह्रो हुन्छ जस्ले गर्दा शरीरको रोग प्रतिरोधात्मक शक्ति कम गर्छ। रोगसँग लड्ने शक्ति कम हुदाँ रुघाखोकी निको हुन समय लाग्छ।

इमलीको धुलो– इमलीको धुलो विभिन्न खानामा प्रयोग गरिन्छ र घाँटी दुखेको बेलामा इमलीको धुलो र जुस, दुवै खान हुँदैन।

अनारदानाको धुलो– अनारको दानाबाट बनेको धुलो चकलेट र अन्य खानामा प्रयोग गरिन्छ र जाडोको बेलामा यस्को प्रयोगले घाँटी दुख्ने सम्भावना प्रबल रहन्छ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः