धेरै जसो महिलाहरुले हरेक दिन सुन्दर देखिनका लागि मेकअप गर्ने गर्छन् । तर, धेरै जसो महिलाहरुलाई मेकअपको राम्रो ज्ञान हुदैन । मेकअपको राम्रो ज्ञान नहुदा हामीले हाम्रो अनुहारलाई सुन्दर बनाउनु भन्दा पनि यसलाई बिगारिरहेका हुन्छौं ।

धेरै जसोलाई थाहा हुदैन कस्तो सामानको प्रयोग कहाँ गर्नु पर्छ । भनेर साथै यसको गुणस्तरको बारेमा थाहा नहुदा राम्रो हुनु भन्दा पनि नराम्रो हुनुका साथै स्वास्थ्यमा समेत हानी पुग्न सक्छ । यस्तै महिलाहरुले प्रयोग गर्ने विभिन्न मेकअप सामानका मध्य मस्कारा एक हो ।

मस्काराले आँखालाई आकार दिएर ठूलो देखाउनुका साथ साथै आँखाको सुन्दरतालाई बढाउँने गर्छ । आँखामा लगाउने हुने भएको करण हामीले मस्कारा लगाउन भन्दा अगाडी मस्काराबारे सबै जानकारी राख्न जरुरी हुन्छ ।

दैनिक प्रयोगका लागि वाटर प्रुफ मस्काराको खरीद गर्नु हुँदैन । मस्कारा खरिद गर्दा हामीले सुख्खा मस्कारा छ कि छैन, त्यसमा रहेको ब्रस कस्तो छ भनेर ख्याल गर्न निकै जरुरी छ । महिनौ अघिदेखि राखिएको मस्कारा जमेमा वा गाढा भएको खण्डमा त्यसलाई पातलो बनाउनका लागि पानीको प्रयोग गर्नु हुँदैन ।

मस्कारा प्रयोग गर्नु अघि आँखामा भ्यासेलिनको प्रयोग गरेमा मस्कारालाई धेर बेर सम्म टिकाउन सकिन्छ । आँखामा इन्फेक्सन भएको बेलामा मस्काराको प्रयोग गर्नु हुदैन । यसले अझ हाम्रो आँखामा इन्फेक्सनको सम्भावना बढाएर आँखा कम्जोर बनाएर हामीलाई अन्धो समेत बनाउन सक्छ ।

मस्कराको प्रयोग गर्दा ध्यान पुर्याउनु पर्ने कुराहरु

१.मस्कारा खरिद गर्दा आफ्नो आवश्यकता अनुसार व्रशको छनौट गर्नुपर्छ । किनकी मस्कारामा दुई तरीकाको ब्रश हुन्छ, एकले फूल भोल्यूम इफेक्ट अर्थात परेलालाई बाक्लो देखाउँछ भने अर्को हाई डेफिनिशन ल्यासेजले परेलालाई आकर्षक देखाउँछ ।

१.मस्कारा खरिद गर्दा बाक्लो छ कि, सुख्खा छ कि भनेर ख्याल गर्न जरुरी छ ।

२.मस्कारा खरीद गर्दा ब्रशलाई खोलेर भित्र बाहिर गर्नुहुन्न । अन्यथा, ब्रशमा हावा भरिएर मस्कारा विग्रन सक्छ ।

३.दैनिक प्रयोगका लागि वाटर प्रुफ मस्कारा खरीद गर्नुहुँदैन ।

४.परेला बाक्लो भएमा क्लियर वा ट्रान्सप्यारेन्ट मस्कारा लगाउनु पर्छ । किनकी परेला बाक्लो भएमा अझै त्यसलाई बाक्लो बनाउनु पर्दैन । सेप मात्र दिए पुग्छ ।

५.कन्ट्याक्ट लेन्सको प्रयोग गर्नेहरुले मस्कारा लगाउनु पूर्व नै लेन्सको प्रयोग गर्नु उचित हुन्छ ।

६.मस्कारा लगाउँदा जरादेखि नै मिलाएर लगाउनु पर्छ ताकी परेला लामो देखियोस् ।

७.मस्कारा लगाउँदा दाँया बायाँ फैलिएमा सुखेपछि मात्र पुछ्नु पर्छ । नसुकिकन पुछ्यो भने मेकअप खराब हुन्छ ।

८.मस्कारा लगाउँदा जहिले वपन माथि फर्काएर मात्र लगाउनु पर्छ ।

९. मस्कारा जमेमा वा गाढा भएमा त्यसलाई पातलो बनाउन पानीको प्रयोग गर्नुहुँदैन ।

१०.आँखामा कुनै प्रकारको एलर्जी भएमा पनि मस्कारा लगाउनु हुँदैन ।

११.आँखा सानो भएमा कालो आइलाइनर वा मस्कारा लगाउनु हुँदैन । अन्यथा, आँखा अझै सानो देखिन्छ । त्यसैले यस्ता आँखामा जहिले पनि व्लु सेडको मस्कारा प्रयोग गर्नु पर्दछ ।

१२.आँखामा डार्क सर्कल भएमा आँखाको तल्लो परेलामा मस्कारा लगाउनु हुँदैन ।

१३.छालाको रङ्ग गोरो भएमा कालो मस्काराको सट्टा डार्क ब्राउन मस्कारा लगाउनु राम्रो हुन्छ ।

थप जानकारीः

यसरी गर्ने सानो आँखाको मेकअप

मानिसको आँखा सुन्दर र संवेदनशील अंगमध्येमा पर्छ । व्यक्तिअनुसार आँखा विभिन्न प्रकारका हुन्छन् । साना, चिम्सा, ठूला, मुन्द्री भएका, मुन्द्री नभएका र सुन्निएको खालका ।

आँखा आफैँमा सुन्दर हुँदाहुँदै पनि आफ्नो बुझाइ वा रुचिअनुसार थोरै मेकअप गरेर फरक देखाउन सकिन्छ । आफूलाई मन परेको लुक्स दिन सकिन्छ । साना र चिम्सा आँखालाई थोरै ठूलो तथा सुन्निएको जस्तो देखिने आँखालाई सामान्य देखाउन सकिन्छ । अब जानौँ केही टिप्स :

सुन्निएको जस्तो आँखा

कसैको आँखा सानो मात्रै नभएर सुन्निएको वा पुक्क परेको हुन्छ । आँखालाई सामान्य देखाउन क्रेजभरी लाइट अथवा न्युड कलरको आइस्याडो लगाएर हल्का स्मोकी बनाउँदा सुन्दर देखिन्छ । साइड गाजल पनि लगाउन सकिन्छ ।

सानो तर मुन्द्री भएको आँखा

आँखा सानो भए पनि मुन्द्री भएको छ भने लाइट अथवा न्युड कलरको आइस्याडो क्रेजमा लगाउनुपर्छ । त्यसपछि ठिक्क (धेरै पातलो पनि होइन, धेरै मोटो पनि होइन)को गाजल र मस्कारा लगाउँदा सुन्दर देखिन्छ ।

अन्य टिप्स

परेला बाक्लो भए आइल्यासेस लगाउन जरुरी छैन । यदि, एकदमै पातलो भए नेचुरल देखिने खालको आइल्यासेस लगाउन सकिन्छ । यदि, त्यो पनि नभए परेलाको भोल्युम उठाउने मस्काराको प्रयोग गर्नु राम्रो हुन्छ । यो पनि नभए लुज पाउडर लगाएर मस्कारा लगाउन सकिन्छ । आँखाको मेकअप गर्दा मस्काराचाहिँ अनिवार्य लगाउनुपर्छ ।

अर्को महत्वपूर्ण कुरा आँखीभौँ हो । यो कस्तो बनाउने भन्नेमा ख्याल गर्नुपर्छ । आँखीभौँ कोर्दा अनुहारको सेपलाई ध्यान दिन जरुरी छ । लाम्चो वा सानो अनुहारका लागि हल्का भी सेपमा हल्का घुमाउरो र मध्यम तरिकाले कोर्नुपर्छ । यदि, ठूलो अथवा गोलो अनुहार भए सीधा र पछाडिको भाग काटिएको जस्तो र हल्का मोटो कोर्नु राम्रो हो ।

घरमै बसेर हामी आँखाको मेकअप गर्न सक्छौँ । यद्यपि, मेकअप गर्दा विशेष सर्तकता भने अपनाउनुपर्ने हुन्छ । विभिन्न उत्पादनको प्रयोगमा विशेष ध्यान पु¥याउन जरुरी छ । सकेसम्म राम्रो ब्रान्डको उत्पादन प्रयोग गर्नुपर्छ । दैनिक मेकअप गर्दा आँखाको बनोटअनुसार गर्नुपर्छ ।

चिम्सा र साना आँखा

चिम्सा र साना आँखा भए फुल कट क्रेज हल्का स्मोकी बनाउँदा आँखा सुन्दर र ठूलो देखिन्छ ।

यस बारे पनी जान्नुहाेस्ः

आँखा चिलाउँछ ? के गर्ने त अब ?

आँखा चिलाउँदा धेरैको बानी हुन्छ हातले मिच्ने । हातले मिच्दा आँखा चिलाउने मात्र हैन, आँखा रातो समेत हुने गर्छ । अझ हात फोहोर छ भने त त्यसले आँखामा विभिन्न किसिमका संक्रमण निम्त्याउन सक्छ ।

त्यसैले त चिकित्सकहरू सकेसम्म आँखा नमिच्न, हात नलगाउन तथा नकन्याउन सुझाव दिने गर्छन् ।

त्यो सुझावलाई हामी मनन पनि गर्छौं । तैपनि कहिलेकाही धुलोधूवाँ, प्रदूषण तथा विभिन्न एलर्जीका कारण आँखा यसरी चिलाउँछ कि हाम्रो हात स्वतः आँखामा पुग्ने गर्छ । परिणामस्वरूप आँखा पोल्ने, आँखा रातो हुने तथा आँखा सुन्निने गर्दछ ।

आँखा बेस्सरी चिलाए के गर्ने ?

-आँखामा वरफ वा चिसो पानीले सेक्दा पनि चिलाउने समस्या कम हुने गर्छ । त्यस्तै, नरम कपडालाई पानीमा भिजाएर करिब २० मिनेटसम्म उक्त कपडालाई आँखामा राख्नाले पनि आँखा पोल्ने, चिलाउने, सुन्निने तथा रातो हुने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

-चिसो दूधको प्रयोग गरेर पनि आँखा चिलाउने समस्याबाट राहत पाउन सकिन्छ । कपासलाई चिसो दूधमा केही समय भिजाएर त्यसलाई बेला बेलामा आँखाको वरिपरि राख्नाले पनि आँखा चिलाउने समस्याबाट राहत पाउन सकिन्छ ।

– घाम, पानी, धुलो, धूवँ लगायतका कारण पनि आखाको एलर्जी हुनसक्छ । आँखाको एलर्जी भएमा आखा पोल्ने, चिलाउने तथा रातो हुने गर्दछ । घरबाहिर निस्कनु परेमा चश्माको प्रयोग गरेर पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ ।

-आँखा बेसरी चिलाएमा तुरुन्तै चिसो पानीको फोहराले आँखालाई पखालेर पनि यो समस्याबाट राहत पाउन सकिन्छ । त्यसको लागि पानीको फोर्स भने धेरै हुनु हुँदैन ।

– गुलाव जलको प्रयोयद्वारा पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ । केही थोपा गुलाव जलको प्रयोगले सुरुमा त आँखामा केही जलन होला तर फेरि आराम पनि तुरुन्तै हुन्छ ।

– चिकित्सकको सल्लाह अनुसार आइड्रपको प्रयोग गरेर पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ । यस्ता आइड्रप जुनसुकै औषधी पसलमा सजिलै किन्न पाइन्छ । किन्नुअघि चिकित्सकको सल्लाह लिन भने निकै आवश्यक मानिन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः