पछिल्लो समय युवापुस्तामा चुरोट फेशन जस्तै बनेको छ । सामान्य चियापसल देखी सार्वजनिक स्थलसम्म खुलेआम चुरोट सेवन गर्ने युवापुस्ता अहिले पनि प्रशस्त भेटिन्छ । जो चिन्ताको विषय हो ।

किनभने जो युवा चुरोट सेवन गर्न थाल्छ उसले आफ्नो जीवन त बिगार्छ बिगार्छ साथ साथै परिबार समाज र देशका लागि समेत बोझ बन्न थाल्छ । त्यसैले आज हामी तपाईँलाई आजैबाट चुरोट त्याग्न सल्लाह दिदै १० बर्षसम्म के कस्ता अवस्था फेस गर्नुपर्छ भनेर जानकारी समेत दिनेछौँ ।

चुरोट छाडेको २० मिनेट पछि : चुरोट खाँदा जसरी मुटुको चाल तथा रक्तचाप बढ्ने गर्छ खान छाडेको २० मिनेट पछि नै मुटुको चाल तथा रक्तचाप सामान्य अवस्थामा आउछ । यो संगै शरीरका अन्य सिस्टममा समेत आफसे आफ ठिक भएर जान्छ ।

२ घण्टा पछि : चुरोट खान छाडेको दुई घण्टा पछि शरीरले निकोटिनको खोजी गर्न थाल्छ । यस्तो अवस्थामा आलस्य हुने , तनाव हुने , निन्द्रा लाग्ने तथा के खाउ के खाउ अथवा भोक लाग्ने जस्ता समस्या हुन सक्छ ।

१२ घण्टा पछि : चुरोट छोडेको १२ घण्टा पछि शरीरमा कार्वन मोनोअक्साइडको लेभल विस्तारै कम हुँदै जान्छ । यसले रगतमा अक्सिजनको लेभल सामान्य अवस्थामा ल्याउन मद्धत गर्छ र शरीरको क्रियाकलाप समेत ठिक हुन्छ ।

२४ घण्टा पछि : चुरोट छोडेको २४ घण्टा पछि शरीरमा निकोटिनको मात्रा कम हुन थाल्छ । यसले हृदयघातको सम्भावना केही कम हुन्छ ।

४८ घण्टा पछि : चुरोट छाडेको ४८ घण्टा पछि शरीरको ब्रोन्कियल ट्युवको आमार मिल्न थाल्छ । यसले शरीरमा इनर्जी लेभल बढाउन मद्धत मिल्छ ।

३ दिन पछि : चुरोट छोडेको तीन दिन पछि शरीरबाट निकोटिन पूर्णरुपमा बाहिरिन्छ । यस अवधीमा टाउको दुख्ने, छटपटी लाग्ने, पसिना आउने तथा तनाव हुने जस्ता समस्या हुन्छन् । यो अवधीमा पुर्न चुरोटको लतमा फर्किन समेत मन लाग्छ । त्यसैले एकदमै आत्मबल दह्रो बनाउन जरुरी छ ।

२ हप्ता पछि : चुरोट छाडेको दुई हप्ता पछि शरीरमा रक्तसञ्चार प्रक्रिया समान्य हुन थाल्छ । शरीरबाट ९० प्रतिशतसम्म निकोटिन बाहिर निस्किसकेको हुन्छ । र फोक्सोले समेत सही तरिकाबाट काम गर्न थाल्छ ।

९ महिना पछि : चुरोट छोडेको नौ महिना पछि फोक्सोमा रहेको सारा विकारका बस्तुहरु बाहिर निस्कन्छ । जसले गर्दा स्वासप्रस्वासमा समेत कुनै किसिमको समस्या हुदैन् ।

१ बर्ष पछि : चुरोट छाडेको एक बर्ष पछि मुटुजन्य रोग लाग्ने समस्या ५० प्रतिशतले कमि भएर जान्छ ।

५ बर्ष पछि : चुरोट छाडेको ५ बर्षपछि मुटु र फोक्सो चुरोट नखाने व्यक्तिको जस्तै नर्मल अवस्था आउछ । यसले मुटु तथा क्यान्सर रोगको सम्भावना पनि कम हुन्छ ।

१० बर्ष पछि : चुरोट छाडेको १० बर्ष पछि मुखको क्यान्सर, जिब्रोको क्यान्सर, घाटीको क्यान्सर, फोक्सोको क्यान्सर, मिर्गौला क्यान्सर, पेन्क्रियाटिक क्यान्सर जस्ता गम्भीर रोग लाग्ने सम्भावना एकदमै हटेर जान्छ । जसले गर्दा तपाईँको उमेर थप १० बर्ष बढ्न सक्छ ।

थप जानकारीः

चुरोट छोड्ने एउटा विधि: यसरी छोड्न सकिन्छ चुरोट

चुरोटको लत सबैभन्दा नराम्रो लत हो। बानी लागेको थाहा नहुने अनि छुटाउन समस्या पर्ने यो लतका शतप्रतिशत बेफाइदा मात्र छन्। फोक्सो, घाटाँ, मुख देखि दिमागमा समेत भयानक असर देखाउने चुरोट छुटाउनुपूर्व लतको कारण बुझ्नु पर्दछ।

चुरोटमा हुने निकोटिनले खुसी तथा सन्तुष्ट भएको बेला सक्रिय हुने दिमागको एक विशेष भाग सक्रिय हुन्छ। यसरी खुसी भइँदा दिमागमा डोपामिन नामको एक हर्मोन पैदा हुन्छ।

गुलियो खाँदा, खुसी हुँदा, शारिरीक सम्पर्क गर्दा पनि यहि डोपामिन पैदा हुने गर्छ। नियमित डोपामिन पैदा हुँदा दिमागलाई डोपामिनको बानी पर्दछ। अनि नियमित डोपामिन पैदा गराउँन सोही कार्य दोहोर्याउन दिमागले बाध्य बनाउँछ। अनि लाग्छ लत।

यसरी लागेको लत छुटाउन कठिन हुन्छ तर असम्भव हुँदैन। लत केवल दिमागले नियमित गर्ने कार्य दोहोर्याउन बाध्य बनाएको प्रक्रिया मात्र हो। दिमागमा अन्य तरिकाले डोपामिन पैदा गराइ लागेको लत कम गर्न सकिन्छ।

यसरी छुटाउन सकिन्छ चुरोट:

१. चुरोट छोडेकाको संगत गर्नुहोस्

दैनिक लाखौ मानिले चुरोटको लत छुटाउँछन्, तपाइ पनि तिनै मानिससंग मिसिन सक्नुहुन्छ। चुरोट छोडेका संग लत छुटाउने बारे अनुभव हुन्छ जसले तपाइको लत छुटाउन मद्धत गर्छ।

२. लेख्ने गर्नुस्

किन चुरोट छोड्न चाहनुहुन्छ लेख्ने बानी गर्नुहोस्, चुरोटका वेफाइदा अनि तपाइमा देखिएको असर लेख्ने गर्नुहोस्। यसो गर्दा तपाईको दिमागले लत छुटाउने तर्फ ज्यादा ध्यान दिने गर्छ।

३. छोड्ने मिति तोक्नुहोस्

चुरोट कहिले सम्म छोडिसक्नु हुन्छ? मिति तोक्नुहोस् अनि परिवार वा साथीभाइ लाई पनि भन्ने गर्नुहोस्।

४. हरेस नखआनुस्

लत छोड्न निकै गाह्रो हुन्छ। निकोटिन निकै एडिक्टिभ हुन्छ। लत छोड्ने क्रममा कहिले चुरोट खाउँ खाउँ लाग्न हुन्छ, कहिले तपाइको मुडमा नै नकारात्मक असर पर्न सक्छ। तर ती सबैको लागि तयार रहि हेरस नखाइ छोड्न तिर बल गर्नुपर्छ।

५. कारण पत्ता लगाउनुहोस्

के कारणले, कुन बेला, कस्तो अवस्थामा चुरोट पिउने गर्नुहुन्छ? कापीमा टिप्ने गर्नुहोस्।

६. तरिका परिवर्तन गर्नुहोस्

कारण पत्ता लगाएपछि आफ्नो जीवनशैली वा कार्यशैली परिवर्तन गर्नुहोस्। चुरोट पिउने अवस्था थाहा पाएपछि ती अवस्था आउन नदिन पहिल्यै सजग बन्न सकिन्छ।

७ चुरोट कहिल्यै नखाएकाको संगत गर्नुहोस्

चुरोट नखाने साथी भाइसंग संगत गर्नुहोस् अनि आफुले चुरोट छाड्न लागेको बताउनुहोस्। साथीहरुलाई चुरोट छोडाउन आफुलाई सहयोग गर्न भन्नुहोस्।

८. चुरोट छोड्नुको फाइदा याद गर्नुस्

चुरोट खाइरहँदा यसले पारेको असर सुरुसुरुमा देखिने गर्दैन। तर विस्तारै देखिदैँ जाने असर अन्त्यमा ज्यानमार ठहरिन्छ। प्रत्येक दिन चुरोट खान कम गर्दा स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ। पुरै छोड्दा चुरोटले शरिरमा गरेको भयानक असर विस्तारै कम हुदैँ जाने हुन्छ।

माथीका यी प्रक्रिया निरन्तर गर्नुहोस्, प्रयाग गरे नै सफल हुने हो।चुरोट छोडौं, आफु अनि आफ्ना वरपरकाको स्वास्थ्य बचाऔँ।

यस बारे पनी जान्नुहाेस्ः

कति चुरोट बराबर एक बोतल मदिरा ? कुन बढी खतरनाक ?

जाँड, रक्सी, चुरोटलले रोग निम्त्याउँछ । आयु घटाउँछ । यो त सबैलाई थाहा छ । तर कुनको असर कति पर्छ त ? यो कमैलाई मात्र थाहा हुन सक्छ ।

एक ब्रिटिस अनुसन्धानकर्ताले गरेको अनुसन्धान अनुसार ७५० मिलिलिटिर मदिराको असर र एक हप्तामा महिलाले लिने १० र पुरुषले लिने ५ चुरोटको जति नै हुन्छ ।ब्रिटेनका अनुसन्धानकर्ता भन्छन्, ‘यो कम पिउने मानिसको स्वास्थ्यप्रति जागरुक गर्ने उत्कृष्ट तरिका हो ।’

यद्यपी विशेषज्ञहरु भन्छन्, ‘मदिराको तुलनामा चुरोट (सिगरेट) पिउनु ज्यादा खतरनाक सावित हुन सक्छ । र उनीहरुमा क्यान्सरको खतरा बढ्न सक्छ ।’ उक्त जोखिम कम गर्ने एकमात्र उपाय भनेको चुरोट पिउन छोड्नु हो ।

अनुसन्धानमा यो पनि भनिएको छ कि, जब स्वास्थ्य खतरामा हुन्छ, तब पिउने कुनै सुरक्षित मात्रा हुँदैन । अनुसन्धानका अनुसार कम पिउने मानिस पनि क्यान्सरको खतराबाट बाहिर हुँदैन ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः