हामी बाँच्नका लागि खाना खान्छौ । त्यहि खानाले हामीलाई स्वस्थ बनाएर काम गर्न, हिँडडुल गर्न शक्ति दिन्छ । खाना बिना हामी रहन सक्दैनौ । केहि क्षण खाना नखादा नै हामी कमजोर भएको अनुभव गर्छौं ।

यद्यपि, खाना कति खाने भन्ने बारेमा जानकारी नहुँदा हामीले खाएको खानाले हामीलाई नै हानी पुर्‍याउन सक्छ । त्यसैले खाना खाँदा कति र कसरी खाने भन्ने बारेमा जानकारी हुनु आवश्यक छ ।

आज हामी खानेकुरालाई स्वादिलो बनाउन सहयोग गर्ने र स्वास्थ्यको लागि पनि अति नै आवश्यक पर्ने नूनको बारेमा केही जानकारी प्रस्तुत गर्दैछौं ।

जसरी स्वास्थको लागि नुननभइ नहुने कुरा हो, त्यसरी नै आवश्यकता भन्दा धेरै नूनको प्रयोग स्वास्थको लागि हानिकार पनि हुन्छ । स्वास्थ रहनका लागि नूनको मात्रामा सन्तुलन राख्न आवश्यक छ ।

नूनको आवश्यकता

नुनले हाम्रो शरीरमा पानीको स्तरलाई नियन्त्रण गर्नुको साथै पाचन प्रक्रिया र मिर्गौंलालाई शरीरमा राम्रोसंग काम गर्न सहयोग गर्ने, सुगर कम गर्ने, तनाव र अन्य भावनात्मक समस्याहरुबाट पनि राहत पुर्‍याउने काम गर्छ ।

नुनले हाम्रो शरीरमा मांसपेशीलाई सहि तरीकाले काम गर्न सहयोग गर्छ । हाम्रो शरीरमा नूनको कमि भयो भने विभिन्न समस्याहरु उत्पन्न हुन्छन् । जस्तै- कोलेस्टल बढ्नु, थकाइ लाग्नु, चक्कर लाग्नु, भोक नलाग्नु तथा ब्लड प्रेशर लो हुने जस्ता समस्या उत्पन्न हुन्छन् ।

नुनको बढि मात्रा हानिकारक

नुन शरीरको लागि आवश्यक त हुन्छ नै, तर अधिक मात्रामा नूनको प्रयोगले धेरै रोगहरु उत्पन्न हुन्छन् । नुन धेरै मात्रा सेवन गर्नाले हाइपर टेन्सन, हाई ब्लड प्रेसरको खतरा बढ्छ । जसको कारण हार्ट अट्याकको खतरा बढ्छ ।

नुनको धेरै मात्राको प्रयोगले रगतमा आइरनको मात्रा कम हुन्छ, जसका कारण एसिडिटी बढ्छ । भोक नहुँदा पनि भोक लागेको अनुभव हुन्छ, जसले शरीरमा धेरै क्यालोरी जम्मा हुन्छ र मानिस मोटाउन थाल्छ ।

नुनसन्तुलित गर्न के गर्ने ?

खानामा धेरै नूनको प्रयोग नगर्ने

बढि नुन भएका खानेकुरा खानु हुँदैन

दहीमा नुनहालेर खानु हुँदैन

तारेको खानेकुरा कम खानुहोस्

नुननहालेको सलादको प्रयोग गर्नुपर्छ

पापड, अचार, चिप्स, नुनहालेको बदाम, पपकर्न, सोया सस, केचअप तथा प्रोसेस्ड फुड अत्यन्त कम खानुपर्छ ।

मुटु, मृगौला र फोक्सोको समस्या भएका व्यक्तिले सोडियम कम भएको नुनखानु पर्छ ।

सोडियम क्लोराइडको मात्रा सन्तुलित गर्नका लागि आफ्नो भोजनमा धेरै पोटासियम भएको खाद्यपदार्थ जस्तै- फलफुल र तरकारीको प्रयोग बढि मात्रामा गर्नु पर्छ ।

उमेर अनुसार प्रतिदिन नुनको सेवन

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक व्यक्तिले हरेक दिन उमेर अनुसार नूनको सेवन कम गर्नुपर्छ ।

-शून्य देखि १२ महिना सम्मकाले एक ग्राम भन्दा कम नुनको प्रयोग

-१ देखि ३ वर्षकाले २ ग्राम भन्दा कम नूनको प्रयोग

-४ देखि ६ वर्षकाले ३ ग्राम नूनको प्रयोग

-७ देखि १० वर्षकाले ४ ग्राम नूनको प्रयोग

-११ वर्ष अथवा योभन्दा माथिकाले ५ ग्राम नूनको प्रयोग गर्नु पर्छ ।

हाम्रो शरीरमा भएको कूल नूनको २४ प्रतिशत अंश हड्डीमा हुन्छ । नूनमा ४० प्रतिशत सोडियम तथा ६० प्रतिशत क्लोरीन हुन्छ । आयोडिनको कमिले हुने रोगलाई हटाउनका लागि आयोडिनयुक्त नूनको विश्वब्यापी प्रयोग हुन थालेको पनि वर्षौं भैसकेको छ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै

बिहानै ताताे पानीमा थाेरै नुन राखेर पिउनुका यस्ता छन् फाइदा जान्नुहाेस्

खानामा रिफाइन नुनको बढी प्रयोग गर्दा शरिरमा धेरै हानी हुन्छ । यदि रिफाइन नगरिएको नुन प्रत्येक दिन बिहान तातो पानीमा हल्का नुन राखेर पिउदा शरिरलाई फाइदा हुन्छ । तर नुन धेरै राख्नु हुँदैन । धेरै नुन खाँदा उच्च रक्तचापको खतरा हुन्छ । यदी तपाईलाई कुनै रोग लागेको छ भने चिकित्सकको सल्लाहमा मात्र नुन पानी पिउनुहोला ।

नुन पानीको स्वास्थ्यमा हुने फाइदा यस प्रकार छन्

मजबुत हडडी

यसमा क्यालिसयम पाइने हुनाले हड्डी बलियो हुन्छ ।

व्याक्टेरियाबाट बचाउछ

यसमा एन्टि व्याक्टेरियल तत्व हुन्छ । शरिरमा भएका खतरनाक व्याक्टेरियाको नाश हुन्छ ।

स्वस्थ छाला

यसमा सल्फर वा क्रोमियल हुन्छ जसले छाला सफा र नरम बनाउछ ।

मोटोपन न्यून गर्छ

यसले शरिरको कोषहरुमा आवश्यक पोषण तत्व पर्याउछ र मोटोपन घटाउछ ।

पाचन पक्रियामा सुधार

नुनपानीले शरिरको सेलीवरी ग्लान्डलाई सक्रीय गर्छ । यो ग्लान्डले पाचनमा सुधार ल्याउछ

थाइराइड

यसले थाइराड हर्मनलाई नियन्त्रण गर्छ । थाइराईडाको समस्या न्यून हुन्छ ।स्वास्थ्य खबरपत्रिकामा खबर छ ।

निद्राको समस्या समाधान

यसले शरिरको कार्टिसोल र एड्रोनलाईन जस्तो खतरनाक स्ट्रेस हर्मनलाई घटाउछ जसका कारण राम्रो निन्द्रा लाग्छ ।

एसिडिटी

यसले पेटमा ग्यास जम्मा हुनबाट रोक्छ । नियमित पिउदा एसिडिटिको समस्या घट्छ ।

नुनका पनि यस्ता फाइदा, सुनेर हुनुहुनेछ अचम्मित !

बदलिँदो जीवनशैलीले हाम्रो खानपान पनि बदलिइरहेछ । खानपानसँगै बानी व्यहोरा पनि बदलिएका छन् । हामीलाई थाहा छ, खाना खाने टेबलदेखि फास्टफुडसम्म नुनको उपस्थिति हुन्छ । सेतो दानेदार नुनले केवल तपाईंको खानपीनलाई मात्रै स्वादिलो बनाउँदैन, यसले त तपाईंका विभिन्न स्वास्थ्यसम्बन्धी समस्यालाई पनि समाधान गर्न मद्दत गर्दछ ।

भनिन्छ, चिनी पनि धेरै खायो भने तितो हुन्छ । त्यस्तै, नुन पनि न बढी खानु हुन्छ न कम । सन्तुलित रुपमा नुनको सेवन गर्नाले हामीलाई के कस्तो फाइदा पुर्याइरहेको हुन्छ, यहाँ केही जानकारी प्रस्तुत गरिएको छ ।

नुनले चम्काउँछ नङ

यदि तपाईं आफ्नो नङ चम्किलो तथा मुलायम बनाउन चाहनुहुन्छ भने यसको लागि तपाईंले नुन, बेकिंग सोडा र कागतीको रसको पेस्ट बनाएर त्यसलाई प्रयोग गरेर आफ्नो नङमा मसाज गर्न सक्नुहुन्छ । नङलाई चम्किलो बनाउन यो क्रमलाई हप्तामा एकपटक दोहोर्याउनु उपयुक्त हुन्छ ।

ओठवरिपरिको छाला

यदि तपाईं ओठ वरिपरिको छालाका कारण चिन्तित हुनुहुन्छ भने तपाईंलाई नुनले राहत दिनेछ । यसको लागि बिहानै ब्रस गर्नुभन्दा अगाडि नै अलिकति नमक लिनुहोस् र ओठ वरिपरिको छालामा राखेर थिच्नुहोस् । यसबाट तपाईंलाई धेरै नै जलन हुनसक्छ तर केही समय सहेपछि सादा पानीले कुल्ला गर्नुहोस् ।

ज्वरो

यदि तपाईंलाई ज्वरो आइरहेको छ भने चिसो पानीमा नुन मिसाउनुहोस् र त्यसमा नरम कपडा भिजाउनुहोस् अनि त्यसलाई पट्टीको रुपमा आफ्नो निधारमा राख्नुहोस् । यसबाट छिट्टै ज्वरोले छाड्नेछ ।

पाचन प्रक्रियामा राहत

यदि तपाईंलाई पाचन प्रक्रियासँग जोडिएको केही समस्या छ भने मोहीमा ढिका नुन र पुदिना राख्नुहोस् । यसको प्रयोगले तपाईंलाई काफी मद्दत पुर्याउन सक्छ ।

चायाँ

तपाईंको कपालमा चायाँ छ, यसले पक्कै पनि तपाईंलाई तनाव दिन्छ । यसको समाधानका लागि १–२ चम्मा समुद्री नुन लिनुहोस् र यसलाई आफ्नो औंलाको सहयोग लिएर कपालमा लगाउनुहोस् । यसपछि कपाललाई माइल्ड श्याम्पूले धुनुहोस् । यसबाट तपाईं चायाको समस्याबाट धेरैहदसम्म मुक्त हुनुहुनेछ ।

पोलेमा

यदि तपाईंको शरीरमा कुनै भागमा पोल्यो भने त्यहाँ नुन लगाउनुहोस् । ५ मिनेटपछि त्यसलाई सफा पानीले धुनुहोस् । यसबाट तपाईंको पीडा धेरै हदसम्म कम हुनेछ ।

मांशापेशीको दुखाई

यदि तपाईं मांशापेशीको दुखाइबाट पीडित हुनुहुन्छ भने यो समस्यामा पनि नुनले सघाउन सक्छ । उक लिटर पानीमा दुई तीन चम्मा चिनी र आधा चम्मा नुन अथवा कागतीको रस मिलाउनुहोस् । बिस्तारै बिस्तारै यसलाई त्यतिबेलासम्म पिउनुहोस्, जतिबेला तपाईंको मांशापेशी दुख्न छाड्दैन ।

नुनको मसाज

यसको लागि तपाईंले चार चम्चा नुन र एक चम्चा आँविल तेल र आधा कागती निचोरेर मिसाउनुपर्दछ । यसलाई आफ्नो शरीरमा लगाउनुहोस् र कमसेकम १० मिनेटको लागि छाडिदिनुहोस् । यसपछि नुहाउनुहोस् । छुट्टै आनन्दानुभूति प्राप्त गर्नुहुनेछ ।

खुट्टा सुन्निएमा

यदि तपाईंको खुट्टा सुन्निएको छ भने त्यसको लागि एक ठूलो चम्मा नुनलाई तावामा तताउनुहोस् र तातेपछि कपडामा बाँध्नुहोस् । यसबाट सुन्निएको खुट्टालाई कम्तीमा पनि १० मिनेटसम्म सेक्नुहोस् । यसबाट तपाईंको पीडा तथा सुन्नाईमा पनि कमी आउनेछ । यो प्रक्रियामा नुन सेलाएमा फेरि तताएर प्रयोग गर्न सकिन्छ ।

जोर्नीको दुःखाईमा

यदि तपाईंको शरीरका जोर्नीहरु दुख्ने समस्या छ भने नुनबाटै यस्तो दुखाईको उपचार गर्न सकिन्छ । यसको लागि तातो पानीमा नुन राख्नुहोस् र त्यसमा केही समयको लागि आफ्नो शरीरको दुखेको भागको जोर्नी डुबाउनुहोस् । यसबाट तपाईंले धेरै राहत पाउनुहुनेछ ।

खुट्टाको औंलामा नङ फसेमा

यदि तपाईको खुट्टाको औंलाको नङ छालामा गडेको छ र यसबाट समस्याग्रस्त हुनुहुन्छ भने नुन तपाईंको काम आउन सक्छ । यस्तो नङ काट्न पनि समस्या हुन्छ र दुखाई पनि असाध्यै हुन्छ । यसको लागि आफ्नो खुट्टालाई तातोपानीमा नुन मिसाएर १५ मिनेटसम्म डुबाएर राख्नुपर्दछ । यसपछि खुट्टा सुकेपछि नेलकटरको सहयोगमा नङ काट्दा धेरै दुख्दैन ।

आँखाको परेलीमा इन्फेक्सन

यदि तपाइंको आँखाको किनारा वरिपरि इन्फेक्सन भइरहन्छ भने नुनले सघाउन सक्छ । यस्तो समस्यालाई हाम्रो तिर अन्धो आउने भनिन्छ । दुई चम्चा नुनलाई तावामा तताउनुहोस् । एक नमर कपडामा बाँध्नुहोस् । फेरि यसलाई आफ्नो प्रभावित आँखामा लगाउनुहोस् । तत्काल राहत मिल्नेछ ।

घाँटी दुखेमा

यदि तपाईंलाई घाँटी दुख्ने समस्या छ, गर्दन दुख्ने समस्या छ भने नुनको प्रयोग गनुसक्नुहुन्छ । यसको लागि एक गिलास तातोपानीमा एक चम्चा नुन राख्नुहोस् र कुल्ला गर्नुहोस् ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।