जब मानिसलाई अल्छि लाग्छ तब जिउ तनक्क तन्काएर हाई गर्नुको मजा नै बेग्लै हुन्छ । यो हामीमध्ये जो कोहीले पनि महसुस गरेकै कुरा हो । आमबुझाईमा हाई काड्नुको अर्थ निद्रा लाग्न थाल्नु हो भन्ने छ । तर, हाइई आउनु निद्रा लाग्नुअघिको सङ्केत मात्र होइन ।

हाई विशेष गरि मुख्य पाँच कारणले आउने हुन्छ । स्ट्रेस, बोर महसुस हुनु, थकाई, कहिले काहीँ भावनात्मक असन्तुलन र निन्द्रा लाग्यो भने वा निन्द्रा कम भएमा हाई आउने हुन्छ ।

भनिन्छ, मानिसले मात्र हाई गर्छ, तर होइन । मानिसले मात्र नभई जनारवले पनि हाई काड्छन् । मानिस तथा विशेषगरी ढाड भएका पशुहरु राति सुत्नुअघि हाई काड्ने गर्छन् ।

गर्भमा रहेको शिशुले पनि आमाको कोखमा ११ हप्ताको भएपछि हाई काड्न थाल्छ । हाई यो कारणले नै हुन्छ भन्न सक्ने अवस्था नभएपनि हाई गर्दा मुख खुल्ला हुने हुन्छ । जसले धेरै सास लिइन्छ ।

यसले नाकमा रहेको शुक्ष्म रक्तनलीहरुमा बढी अक्सिजन प्रवाह हुनपुग्छ । त्यो मश्तिष्कमा पुगेर मस्तिष्कलाई चिसो बनाउने बनाउने काम गर्छ । त्यसैले मानिसले हाई काड्नु भनेको आफ्नो मस्तिष्कको तापक्रमलाई सन्तुलनमा राख्नु नै हो ।

सुत्ने समयमा हाम्रो मश्तिष्कको तापक्रम सामान्यभन्दा बढी हुन्छ । जुनकुरा हामीलाई थाहा नभए पनि हाम्रो मस्तिष्कले थाहा पाइसकेको हुन्छ । त्यसैले मस्तिष्कको तापक्रम घटाउन समयसमयमा हामीलाई हाई आउने हुन्छ ।

हाई भनेको नराम्रो कुरा होइन तर व्यवहारीक रुपमा यसलाई नराम्रो रुपममा हेर्ने गरिन्छ । शारीरिकरुपमा हाई काड्नु स्वास्थ्यकालागि धेरै फाइदाका रुपमा हेरिन्छ ।

मानौ कसैले तपाईंलाई एउटा राम्रो काहानी सुनाई रहँदा त्यसमा हाई गर्नु भनेको व्यवहारिक रुपमा राम्रो मानिँदैन । यद्दपी हाई गर्नु शारीरिक रुपमा फाइदाजनकै मानिन्छ । हाई काड्दा फोक्सोमा पनि राम्रोसँग अक्सिजन पुग्छ ।

जसले हाम्रो शरीरलाई एक्टिभ बनाइ राख्न सहयोग पुर्याउँछ । हाई काड्नु भनेका राम्रा कुरा बाहिर जाने र नराम्रो कुरा भित्र जाने अन्धविश्वास समेत रहेको पाइन्छ । जसले गर्दा धेरै व्यक्तिले हाई काड्दा हातले मुख छोप्ने गरेको पाइन्छ ।

एक अध्ययन अनुसार हाई काड्ने अवधि प्राय सबैको एउटै हुन्छ । अर्थात एक व्यक्तिले एकपटकमा ८ सेकेन्डसम्म हाई काड्छ । साथै एक व्यक्तिले दैनिक ८ पटकसम्म हाई काड्ने अध्ययनले देखाएको छ ।

जुन व्यक्ति एक्टिभ हुन्छ त्यस्ता व्यक्तिलाई हाई पनि कम आउने हुन्छ । जो व्यक्ति अल्छि छ, स्ट्रेसमा छ, नियमित शारीरिक व्यायाप गर्दै त्यस्ता व्यक्तिले बढी हाई काड्छन् ।

जो मानिस रातीमा घुर्ने हुन्छ, एप्निया(निन्द्रामा सास अड्किने) हुन्छ, त्यस्ता मानिसको निन्द्रा टुक्रियको हुन्छ । जसका कारण त्यस्ता मानिसहरु धेरै थकित हुने, निन्द्रामा हुने हुदा दिउँसको समयमा बढी हाई काड्ने गर्छन् ।

आफुलाई स्फुर्ति बनाई राख्न त्यस्ता मानिसहरुले धेरै हाई काड्ने गर्छन् । हाई कन्टाजियसन् हुन्छन् । अर्थात एक व्यक्तिले हाई गरेमा सँगै रहेका अन्य व्यक्तिमा पनि सर्ने हुन्छ ।

डुक युनिर्भसिटिको एक अध्ययन अनुसार जुन व्यक्तिले अरुको दुख देखेर आत्मियता देखाउने व्यक्तिमा यस्तो समस्या धेरै रहन्छ । जसलाई अयलतबनष्यगक थबधलष्लन भनिन्छ । यस्तो समस्या १० जनामा ६ जनालाई देखिन्छ ।

हाईबाट बच्ने उपाय

तपाईं कुनै सभा समारोह वा कार्यालयको मिटिङ्गमा बस्दा हाई आउने समस्याले सताईरहेको हुन सक्छ । यस्तो समयमा हाई काड्नु व्यवहारिक रुपमा राम्रो मानिदैन ।

त्यसैले कुनै पनि सभा समारोह वा कार्यक्रममा समावेश हुनु भन्दा ५ मिनेट पहिला नाकले लामो लामो सास लिने र मुखबाट फाल्ने गर्नु पर्छ । यसरी नाकबाट सास लिने र मुखबाट फाल्ने कार्य ५ पटक सम्म गर्नाले हाई आउने समस्याबाट बच्न सकिन्छ ।

यसको साथै फ्रिजमा राखेको काक्रो वा गाजर खान सकिन्छ । टाउकोमा चिसो लगाएर राख्न पनि सकिन्छ । यसकौ साथै बिचबिचमा थोरै स्न्याक्स् खाने गर्नाले पनि हाई आउने समस्यालाई कम गराउछ ।

 

थप जानकारीः

किन आउँछ हाइ? यी हुन् ४ कारण

तपाईं रातभरि निदाउनु भएको छैन भने दिनभरि आलस्य हुन्छ। हाइ, हाइ आइरहन्छ। बेलुका अबेर खाना खानुपर्‍यो भने बच्चाहरु हाई काढ्दै बस्छन्।

दिउँसो होस् या बेलुका एकसुरमा टिभी हेर्दै गर्दा हाइ आएर दिक्क लाग्न सक्छ। दिउँसो कार्यालयमा काम गर्दागर्दै हाइ काढेर बाथरुमा मुख धुन जानुपर्दा कति नमजा होला। कहिलेकाहीँ त सबारी साधन चलाउँदा नै हाइ आएर हैरान।

मानिसलाई बारम्बार हाइ आउँछ। अक्सिजनको अभावले हाइ आउने गरेको मानिन्छ। तर, हाइ काढ्नु श्वासप्रश्वासभन्दा बेग्लै कुरा हो। श्वासप्रश्वास र हाई काढ्ने प्रक्रिया शरीर र दिमागका बेग्लाबेग्लै संयन्त्रले नियन्त्रण गरेका हुन्छन्।

दिक्क लागेको अवस्थामा वा निद्रा लाग्दा हाइ आउने गरेको मानिसहरु बताउँछन्। तर हाइ आउनाका कारणहरुबारे धेरै मानिस अनभिज्ञ हुन्छन्। हाइ आउनुका कारण यस्ता छन्ः

१. दिमाग शतिल बनाउन

हाइ काढ्दा दिमागलाई आधारभूत रुपमा स्वस्थ हावा प्रदान हुन्छ र शान्त बनाउँछ। सन् २०११ को एउटा अध्ययन यस तथ्यको नजिक पुगेको थियो। जस अनुसार मानिसले जाडो मौसममा धेरै र बाहिरको तापक्रम बढी हुँदा कम हाइ काढ्ने गर्छन्।

हामीले मुख बाएर जोडले हाइ काढ्दा दिमागलाई थप ऊर्जा मिल्ने वैज्ञानिकहरु बताउँछन्। अनिदो बस्दा दिमागको तापक्रम बढ्छ। सुत्न वा दिमागलाई शितल पार्न हाइ आइरहन्छ।

२. दिमागको आकार ठूलो

‘बायोलोजी लेटर्स’मा प्रकाशित एउटा रिपोर्ट अनुसार जति ठूलो हाइ काढ्नु हुन्छ, त्यति ठूलो दिमाग हुनुपर्छ। लामो र ठूलो हाई काढ्ने स्तनधारी प्राणीको ठूलो दिमाग हुने अनुसन्धानकर्ताले पत्ता लगाएका छन्। उनीहरुको दिमागमा धेरै मात्रामा कोषहरु हुन्छन्।

यदि हाइ काढ्दा दिमाग शान्त हुने हो र दिमागलाई ऊर्जा प्राप्त हुने हो भने स्वभाविक रुपमा ठूलो दिमाग हुनेहरुलाई बढी अक्सिजनको आवश्यकता पर्छ। तसर्थ ठूलो र लामो हाई आउँछ भने दिमाग पनि ठूलो छ भनेर बुझ्न सकिन्छ।

३. स्ट्रोक वा हृदयघातको संकेत

हाइले स्ट्रोक, हृदयघात वा अन्य स्वास्थ्यसँग सम्बन्धित समस्याको पनि संकेत गर्छ। तर, अस्वभाविक रुपमा निरन्तर वा लामो हाइ आएमा मात्र स्वास्थ्य समस्या बिग्रँदैछ वा बिग्रिएछ भनेर बुझ्नु राम्रो हुनेछ। हृदयघातले भेगस नर्भ (जनु दिमागदेखि पेटसम्म फैलिएको हुन्छ) लाई बढी सक्रिय बनाउँछ, जसका कारण अत्याधिक हाइ आउँछ।

मृगी रोगका बिरामी र शरीरको कोष असामान्य भएका मानिसले अत्याधिक हाइ काढ्ने विज्ञहरु बताउँछन्। त्यस्तै, टाउको दुख्ने, एन्जाइटी हुने मानिसको दिमाग तातो हुने भएकाले उनीहरुलाई बढी हाइ आउन सक्छ।स्वास्थ्य खबरपत्रिका

४. सरुवा रोग

हाइ काढ्नु संक्रमणजन्य रोग जस्तै हो। यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ। तसर्थ एक अर्कालाई सहानुभूति देखाउँदा वा नजिक बस्दा हाइ सर्छ। सन् २०११ मा गरिएको एक अध्ययनले हाई काढ्दा परिवारका सदस्य, साथीहरुबीच सर्ने गरेको खुलाएको थियो। नजिकैको मानिसले हाइ काढेको केही मिनेटपछि अर्को मानिसलाई पनि हाइ आउने अध्ययनमा उल्लेख छ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः