काठमाडौं उपत्यकामा धुँवा र धुलोका कारण आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । काठमाडौं उपत्यकामा मात्र होइन देशका मुख्य सहरको हावा स्वास्थ्यका लागि अनुकूल छैन् । त्यसैले धेरै नागरिकले मास्कको प्रयोग गरिरहेका अनुमान लगाउन सकिन्छ । तर एक अध्ययनका अनुसार काठमाडौं उपत्यकामा जम्मा ३० प्रतिशत नागरिकले मात्र मास्कको प्रयोग गरेको पाइएको छ ।

प्रयोगमा रहेका मास्कले साँच्चिकै धुलोरधुँवा छेकेको छ त रु त्यसको जानकारीका लागि त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा।भानु न्यौपाने, काठमाडौं व्यवहारिक विज्ञान प्रतिष्ठानका वैज्ञानिक डा।बसन्त गिरी, अमिता शर्मा , संगीता मैनालीले एक अध्ययन गरेका छन् । अध्ययनको निष्कर्ष प्रतिष्ठित जर्नल पीएरले सार्वजनिक गरेको छ ।

कति मान्छेले प्रयोग गर्छन् मास्क

काठमाडौंका धेरै गाडी गुड्ने प्रमुख स्थानमध्ये एक कलंकीमा सन् २०१६ मा गरिएको सर्वेक्षण अनुसार यो क्षेत्र भएर हिड्ने मान्छेमध्ये ३१ प्रतिशतले मास्क लगाउने रहेछन ।

प्रयोग गरिएका मास्कहरु मुख्यतः दुइ किसिमको देखियो । झण्डै २४ प्रतिशतले सामान्य कपडाको मास्क र झण्डै ७ प्रतिशतले सर्जिकल मास्क लगाएको देखियो । तलको चित्रमा बायाँतिरका मास्क लुगाका हुन् र दायाँ तिरका सर्जिकल मास्क हुन् ।

कति ठूला प्वाल रहेछन त मास्कमा

काठमाडौं धेरै मान्छेले प्रयोग गर्ने लुगाको माक्समा हाम्रो अनुसन्धान केन्द्रित थियो । यी लुगाका टुक्रामा माइक्रोस्कोपले हेर्दा ४६१ माइक्रोनसम्म ठूला प्वाल भेटिए । याद रहोस, यी मास्कले साना धुलोका कण १० माइक्रोनभन्दा साना कण छेक्ने आशाले हामीले लगाउने गर्छौँ ।

तर, मास्कले धुलोका साना कण छेक्ने नछेक्ने कुरा प्वालको साइज मात्रै नभएर तिनको घनत्व र त्यहाँ उपलब्ध फाइबर नेटवर्क अर्थात झिल्लीमा पनि निर्भर गर्दछ । अध्ययनले प्वालको घनत्व ४।५ बर्ग मिलिमिटर पाइएको अध्ययनमा संलग्न डा।गिरीले जानकारी दिए ।

यी मास्कले के धुलोका कण रोक्छन त

यो थाहा पाउनका लागि अध्ययनकर्ताको टोलीले पेट्रि डिस्कलाइ मास्क लगाइ दिएको थियो । खुल्ला ठाउँमा केही समय राखियो । मास्कको अर्कोतर्फ कति धुलोका कण छिरे भनेर नापियो । आँफै खसेका धुलोका कण ९एःज्ञण्० ६३५ देखि ८४५ सम्म मास्कको अर्कोतर्फ नगएको देखियो ।

लुगाको मास्कले भन्दा सर्जिकल मास्कले अझै धेरै ९९४५ सम्म धुलोका कण रोकेको देखियो । याद गर्नुस् कि अध्ययनकर्ताले नापेको दस माइक्रोनभन्दा साना कण हुन् ।

धेरै साना कण अध्ययनकर्ताले प्रयोग गरेको माइक्रोस्कोपले नाप्न नसक्ने हुनाले त्यस्ता कणहरु गणना गरिएको छैन् । अनि स्वास लिँदा ताने जस्तो कणहरु तानिएको पनि होइन । त्यसैले के भन्न सकिन्छ भने खास मान्छेले मास्क लगाउँदा यस्ता मास्कले अत्यन्तै कम कणहरु मात्रै रोक्न सक्ने हुन सक्छ ।

मास्क धोएर वा तानेर लगाउँदा के हुन्छ त

कपडाको मास्क लगाउने धेरैले फोहर भएपछि धोएर फेरि लगाउने चलन पनि छ । तर त्यसरी धुँदा मास्कका प्वालहरु झन् ठूला भएको देखिएको छ । त्यसरी एक पटक धोएको मास्कमा २०५ सम्म धुलो छेक्ने क्षमता कम भएको पाइयो ।

त्यस्तै तानतुन पारेर वा कानमा फिट गराउन तन्काएर लगाउँदा पनि मास्कको प्वालहरु ठूलो भएको पाइएको छ र प्वाल ठूलो हुने भनेको धुलोको कण छेक्ने क्षमता कम हुनु हो ।

मास्क लगाउने कि नलगाउने त

कपडाका मास्कहरु धेरै प्रभावकारी छैनन् । तर पनि लगाउदा केही हदसम्म हानिकारक धुलोका कणबाट हामी जोगिन सक्छौँ । कपडाको मास्क भए धेरै नतन्काइ लगाउने र नधोई लगाउने। सकेसम्म सर्जिकल मास्क लगाउनु पर्छ । बजारमा पाईने गुणस्तरयुक्त मास्क लगाउँदा भने राम्रो हुने डा। न्यौपानेको भनाई छ ।

थप जानकारीः

मास्कले छेक्दैन धुलोधुवाँ

राजधानीमा वायु प्रदूषणबाट बच्न प्रयोग हुने कपडाका मास्कले धुलो र धुवाँको कण छेक्नै नसक्ने तथ्य सार्वजनिक भएको छ । काठमाडौं उपत्यकामा प्रयोग भइसकेका मास्कको प्रयोगशाला परीक्षणसहित गरिएको अध्ययनमा ८० देखि ९० प्रतिशतसम्म प्रदूषणका कण छिर्ने गरेको पत्ता लागेको हो ।

अमेरिकाको मासाचुसेट्स विश्वविद्यालयका प्राध्यापक रिचार्ड पेल्टियर र नेपाली वैज्ञानिक कविन्द्र शाक्यले गरेको अध्ययनअनुसार त्यस्ता मास्कले धुलो र धुवाँका कण पटक्कै छेक्दैनन् । मास्कभित्रै प्रदूषणका कण जम्मा भएर बस्छन् ।

साइन्स एन्ड इन्भाइरोमेन्ट इपिडिमियोलोजीमा प्रकाशित प्रतिवेदनअनुसार कपडाको मास्क प्रयोग गर्दा ८० देखि ९० (सेन्थेटिक पार्टिकल्स) प्रतिशत नाकमुखभित्र छिरेको थियो । ‘डिजेल इन्जिन भएको ट्रकको छेउमा बस्दा त झन् अवस्था भयावह हुन्छ’, प्रतिवेदनमा भनिएको छ, ‘मास्कले छेक्छ भनेर ढुक्क हुनु रोग निम्त्याउनु हो ।’

अस्पतालहरूले प्रयोग गर्ने सर्जिकल मास्कले भने तुलनात्मक रूपमा धुलोका कण बचाएको पाइयो । तर यी पनि परपर्दो र पूर्ण विश्वासिला भने छैनन् । उपत्यकाका अति प्रदूषित क्षेत्रमा विभिन्न प्रकारका मास्क लगाउने सर्वसाधारणबीच अनुसन्धान केन्द्रित गरिएको थियो ।

धोएर पुनः प्रयोग हुने मास्क सबैभन्दा खतरायुक्त भएको निष्कर्ष छ । काठमाडौं उपत्यकामा पीएम १० र पीएम २.५ को अवस्था असाध्यै डरलाग्दो अवस्थामा रहेको उल्लेख गर्दै अनुसन्धानकर्ताहरूले सस्ता मास्कले उल्टै रोग निम्त्याउन सहयोग गर्ने चेतावनी दिएका छन् ।

पीएम २.५ सीधै नाक र मुखबाट फोक्सोमा पुगेर गाडिन्छ । अध्ययनअनुसार लस एन्जलसमा पीएम १० (पार्टिकुलेट्स पर क्युबिक मिटर धुलोका कण) एक सय छ भने काठमाडौंमा आठदेखि नौ सयसम्म हुन्छ । यो विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा सात गुणा बढी हो । यस्तो अवस्थामा नेपालमा कपडाका मास्क प्रयोग गर्नु र नगर्नु उस्तै भएको निष्कर्ष छ ।

काठमाडौं उपत्यकामा भने मास्कको प्रयोगबारे अहिलेसम्म कुनै अनुसन्धानसमेत भएको थिएन । नेपालमा परीक्षण गरिएका र प्रदूषणबाट बचाउने मास्कबारे सर्वसाधारणसँग जानकारी नै नभएको पनि अध्ययनले पुष्टि गरेको छ । उद्योग, कलकारखानामा काम गर्दा प्रयोग गरिने एन ९५ नामको मास्क प्रयोग गरे प्रदूषणबाट बच्न सकिन्छ ।

तर यस्तो मास्कका बारेमा सर्वसाधारणलाई जानकारी नै नभएको प्राध्यापक रिचर्डले बताए । यस्ता मास्क विकासोन्मुख तथा विकासशील देशमा भने सजिलै उपलब्ध हुँदैनन् । यस्ता मास्क महँगोसमेत हुने उनको भनाइ छ ।

सर्वसाधारणले भने मास्क लगाउँदा धुलोधुवाँका कणबाट बच्न सकिने विशेष रासायनिक पदार्थ राखिएकोसमेत विश्वास गरेका हुन्छन् । तर त्यस्ता मास्कमा प्रदूषण छेक्न कुनै पनि रासायनिक पदार्थ तथा अन्य वस्तु प्रयोग गरिएको हुँदैन ।

यसअघि विभिन्न सन्दर्भमा वातावरणविद् तथा चिकित्सकहरूले भने मास्कले धुलो र धुवाँको कण (पीएम १० र पीएम २.५) रोक्न उपयोगी हुने बताउँदै मास्क लगाएर हिँड्न सुझाव दिने गरेका छन् । धोएर पुनः प्रयोग गर्न र लामो समय प्रयोग गर्न सकिने भएकाले कपडाको मास्कको प्रयोग बढी हुने गरेको हो ।

अध्ययनकर्ताले धेरै मास्क प्रयोग हुने चीन र भारतमा पनि यो अध्ययन गरेका थिए । रिपोर्टमा भनिएको छ, ‘त्यहाँ पनि त्यस्तै अवस्था छ । मान्छेहरू धुलो र धुवाँबाट बचिन्छ भनेर कपडाको मास्क प्रयोग गर्छन् तर त्यसले काम गर्दैन ।’

उपत्यकामा वायु प्रदूषणका मुख्य स्रोत गाडी तथा उद्योग, कलकारखानाबाट निस्किने धुवाँ र इँटाभट्टा हुन् । विभिन्न अध्ययनले ६० प्रतिशत प्रदूषण गाडीकै कारण हुने तथ्य सार्वजनिक गरेका छन् । पछिल्ला पाँच वर्षमा प्रदूषणको मात्रा ४० प्रतिशतले बढेको विज्ञहरूले बताएका छन् ।

विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले काठमाडौं वायु प्रदूषणका दृष्टिकोणले एसियामा दोस्रो सहर भएको उल्लेख गरेका छन् । उपत्यकामा पछिल्लो समय प्रदूषणको अवस्था नाप्न प्रयोग गरिएका यन्त्रसमेत छैनन् । पीएम २.५ सीधै नाक र मुखबाट फोक्सोमा पुगेर गाडिन्छ ।

विज्ञहरूका अनुसार यसले फोक्सोमा असर गर्छ र क्यान्सरको खतरा बढाउँछ । वायु प्रदूषणका कारण सबैभन्दा धेरै श्वासप्रश्वासका रोगी बढेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार अति कम विकासशील देशका १३ लाख मानिसले बर्सेनि प्रदूषणकै कारण ज्यान गुमाइरहेका छन् ।

वातावरण मन्त्रालयको एउटा अध्ययनअनुसार नेपालमा बर्सेनि १ हजार ६ सयभन्दा बढीको मृत्यु भइरहेको छ भने १५ लाख मानिसले श्वासप्रश्वाससम्बन्धी समस्या झेलिरहेका छन् । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (युनेप) को एउटा तथ्यांकअनुसार दुई दशकपछि वायु प्रदूषणको यही अवस्था रहे नेपालमा बर्सेनि २५ हजारको मृत्यु हुनेछ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः