एक शोधका अनुसार, मदिरा पिउने बानीले कलेजका छात्रहरुलाई खराब जीवनशैलीको कुचक्रमा फसाउछ । यसले उनिहरुको पढाईका साथै मानसिक तनाव र कम निन्दाको समस्या बढाउछ ।

यस शोधका लागि अमेरिकाको बिंघमटन यूनिवर्सिटीका शोधकर्ताले देशका विभिन्न विश्वविद्यालयहरुका ५५८ छात्र-छात्राहरु माथि सर्वे गरेका छन्।

सो क्रममा उनिहरुले ज्यादा मात्रामा मदिरा सेवन गर्ने छात्रहरुको शैक्षिक प्रदर्शनमा गिरावट आएको पाए । साथै उनिहरु मानसिक रूपमा तनावग्रस्त रहने र निन्द्रबाट पनि ग्रसित थिए ।

बिंघमटन यूनिवर्सिटीका एसिस्टेन्ट प्रोफेसर लीना भन्छिन्, ‘हामीले रोबस्ट डाटा-मीनिंग प्रविधिको माध्यमबाट कलेजका यस्ता छात्रहरुको पहिचान गर्‍यौ जो मादक पदार्थ सेवन गर्थे ।

निन्द्राको कमि र मानसिक तनावका कारण उनिहरु एक गम्भीर संकटबाट गुजरि रहेका थिए । उनिहरुको व्यवहारमा पनि निकै परिवर्तन देख्न सकिन्छ ।’

ज्‍यादा रक्सि पिउनुको बेफादा

मदिरा सेवनबाट कयौप्रकारका स्‍वास्‍थ्‍य समस्‍या हुन सक्छ । जसमा लिभरको समस्या मुख्य रहेको छ । शोधकर्ताहरुका अनुसार मदिराको अधिक सेवनबाट ६० भन्दा ज्यादा रोगसँग जुधिरहेका हुन्छन् ।

पागलपन

उम्रेर बढेसँगै मानिसहरुमा औसत रूपमा लगभग १.९ प्रतिशतको दरमा मस्तिष्क खुम्चि रहेको हुन्छ । यसलाई सामान्य मानिन्छ तर अधिक मदिरा पिउनाले मस्तिष्कको केहि महत्वपूर्ण हिस्सामा संकुचनको गति बढ्छ र स्मृति हराएर पागलपनको लक्षण देखा पर्दछ ।

एनीमिया

अधिक मात्रामा मदिरा पिउनाले शरिरमा अक्सिजन बोक्ने रातो रक्त कोशिकाहरुको संख्‍या असामान्‍य रूपमा कमि हुन्छ । यो अवस्‍थालाई एनीमिया भनिन्छ , जसकारण थकान, सांस लिन समस्या देखिन्छ ।

क्यान्सर

वैज्ञानिकहरुका अनुसार, शरीरमा मदिरा एसीटेल्डिहाइड, शक्तिशाली केसरजनमा परिवर्तित भएपछि खतरा बढ्छ । मदिराको ज्यादा उपयोगबाट मुख, गला , ग्रासनली, लीभर, स्तन, पेट र मलाशयको क्यान्सर हुने खतरा अधिक हुन्छ । क्यान्सरको खतरा मदिरासँग सुर्तिजन्य पदर्थ गर्नेलाई अझ ज्यादा हुन्छ ।

हृदयघात

अधिक मदिरा पिउने कारण प्लेटलेट्सको ब्‍लड क्लोट्सको रूपमा जम्मा हुने सम्भावना अधिक हुन्छ जसकारण हृदयघात वा स्ट्रोक हुन सक्छ । पहिले हार्ट अट्याक भएका ज्‍यादा मदिरा पिउने व्यक्तिमा मृत्युको सम्भावना ज्यादा रहने शोधकर्ताहरुले निष्कर्ष निकालेका छन् ।

सोरायसिस

लिभर सेल्‍सका लागि मदिरा बिष सामान हो । अधिक मदिरा खानेलाई सिरोसिसको समस्या हुन्छ जुन घातक हो । यस अवस्‍थामा लिभर भारी भएर काम गर्न असमर्थ हुन्छ ।

थप जानकारीः

रक्सी(वाइनसमेत)को थोरै मात्रा पनि खतरनाक !

हरेक दिन थोरै मात्रामा रक्सी सेवन गर्दा स्वास्थ्यलाई फाइदा गर्छ भन्ने आम बुझाइ छ । तर, हालसालै गरिएको एक गहन तथा विशाल अध्ययनले भने यसबाट मानव स्वास्थ्यमा गम्भीर असर पर्ने देखाएको छ ।

रक्सीले मानव–स्वास्थ्यमा पार्ने असरबारे अर्थो न्युरो हेल्थ केयरका प्राकृतिक तथा क्रोनिक ब्याक पेन एक्सपर्ट डा. सुनिल पौडेलसँग प्रशासन डट कमले गरेको कुराकानीको सम्पादित अंश ।

हरेक बेलुकी थोरै थोरै मात्रामा (आधा वा एक पेग) रक्सी सेवन गर्नु राम्रो हुन्छ भन्ने आम बुझाइ छ, वास्तविकता के हो ?
यो त पिउनेहरूको बहाना मात्र हो । रक्सी सेवन गरेर स्वास्थ्यलाई फाइदा हुँदैन ।

डिजेल गाडीमा पेट्रोल हालेर राम्रो हुन्छ र ? यसबारे पहिल्यै पनि अध्ययन/अनुसन्धानहरू भएका नै थिए । तर, अनुसन्धानहरूको निचोडलाई गलत अर्थ लगाएर यसका हानीबारे ढाकछोप गरिएको थियो । वास्तवमा रक्सी सेवन हानिकारक नै हो ।

पछिल्लो अनुसन्धानले पनि रक्सी (तथा वाइन)को कुनै पनि मात्रामा सेवन हानिकारक हो भन्ने प्रमाणित गरेको छ, जुन अहिलेसम्मको सबैभन्दा ठूलो र गहन अनुसन्धान पनि हो ।

कतिपय चिकित्सकहरूले त रेड वाइन सेवन गर्दा स्वास्थ्यलाई फाइदा हुन्छ भन्छन् नि ?

सर्वसाधारणमा मात्रै होइन, चिकित्सकहरूमा समेत यसबारे भ्रम रहेको पाइन्छ । नयाँ रिसर्चहरूमा अपडेट हुन नसक्नेले यसो भनेको हुन सक्छ । कुनै पनि रक्सि होस् यसका बेफाइदा भने खतरनाक नै छन् । कुनै पनि रक्सिले थोरै मात्रामा पनि कलेजो, पेट, मृगौला, दिमागका रोगदेखि क्यान्सरसम्म लगाउन सक्छ ।

भर्खरै विश्वविख्यात ल्यान्सेट जर्नलमा प्रकाशित तथा अहिलेसम्मको लामो तथा ठूलो रिसर्च अनुसार कुनै पनि रक्सी (वाइनसमेत) कुनै पनि मात्रामा सेवन गर्नु खतरनाक हुन्छ । यस अनुसार रक्सीको सुरक्षित मात्रा नै छैन ।

ग्लोबल बर्डेन अफ डिजिज भन्ने यो अध्ययन सन् १९९० देखि सन् २०१६ सम्म १९५ वटा देशहरूमा गरिएको हो । यस अनुसार थोरै रक्सीले मात्र पनि पहिलो वर्षदेखि नै नकारात्मक असर तथा क्यान्सर हुने लक्षण देखाउन सुरु गर्छ ।

त्यसो भए रक्सी पिउनु भएन होइन त ?

स्वस्थ रहन चाहनेले रक्सी पिउनुहुँदैन । किनकि यसको सेवनले रोग मात्रै निम्त्याउने होइन, ज्यानै समेत जाने गरेको छ । १५– ५० वर्ष उमेरसमूहका १० जनामा १ को मृत्यु रक्सी सेवनको कारणबाट हुने गरेको पाइएको छ । त्यसकारण म रक्सी नपिउने सल्लाह दिन्छु ।

रक्सी पिउने लत(बानी) लागि सकेका मानिसहरु कसरी छोड्न सक्छन् त ?

यो छोड्नको निम्ति सबैभन्दा आवश्यक कुरो हो गल्तिको बोध अनि राम्रो आत्मशक्ति । दोश्रो महत्वपूर्ण कुरो भनेको साथीभाई तथा आफ्नो घरपरिवारको साथ । यदि थोरै थोरै खाने बानी छ भने आजै र अहिलै छोड्नुहोस् तर कुलत नै छ भने बिस्तारै घटाउँदै लगेर छोड्नुपर्दछ ।

रक्सिको कुलत लागेका व्यक्तिहरुमा गाह्रो अवस्थाहरु पनि आउन सक्छ तर यसका कुनै पनि समस्या विशेषज्ञको सल्लाह, औषधि तथा उपचारबाट ठिक हुन सक्छ ।

यस बारे पनी जान्नुहाेस्ः

यसकारण हुन्छ हृदयघात, कसरी बच्ने ?

पछिल्लो समय हृदयघात अर्थात् हर्टअट्याकले धेरै मानिसहरुको ज्यान लिन थालेको छ । आइतबार मात्रै पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपुत्रको हृदयघातका कारण मृत्यु भएको छ ।३६ वर्षको युवा उमेरमै प्रकाश दाहालको हृदयघातका कारण मृत्यु भएको हो ।

यसकारण हुन्छ

शहरीया जिबनशैली हृदयघातको एक महत्वपूर्ण कारण हो । खानपानमा ध्यान नदिँदा र आवश्यक शारिरिक व्यायमको अभावमा हृदयघातको खतरा बढी हुने डाक्टरहरुको भनाई छ ।

अर्को कारण भनेको मदिरा तथा सूर्तीजन्य पदार्थको प्रयोग हृदयघातको ठूलो कारण हो । त्यसैगरी, मोटोपना पनि हृदयघातको अर्को कारण हो । मोटोपना भएपछि शरिरमा कोलस्ट्रोलको खतरा बढी हुन्छ । कोलस्ट्रोल भएको व्यक्तिलाई हृदयघात हुने संभाव बढी हुन्छ ।

मानसिक तनाव, चिन्ता, भय र उदाशिनता, उच्चरक्त, कोलेस्टेरोल, ट्राइगिलिस्राइड, एलडिएल र निम्नरक्त एचडिएल, कम एन्टिअसिडेन्ट भएको खाना, उच्चरक्तचाप, मधुमेह, मोटोपन, व्यायम र श्रमको कमी र धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवनले हृदयघात हुनमा मद्दत गर्छन् ।

लक्षण के ?

-हृदयघात हुँदा छातीको बीच भागमा छुरीले रोपेजस्तो, डोरीले कसेजस्तो वा ढुंगाले थिचेजस्तो पीडा हुन्छ ।

-अलिकति हिँड्दा पनि दम बढ्छ भने बुझ्नुहोस तपाईलाई हृदयघातको खतरा छ ।

-मुटु धेरै ढिलो वा धेरै छिटो चल्यो भने मुटुले राम्रोसँग पम्प गर्न सक्दैन । र, हृदयघातको खतरा हुन्छ ।

बच्नलाई के गर्ने ?

-घिउ, तेल, नौनी, छाली, वटर र वोसो चिल्लो पदार्थ पाइने खाद्य पदार्थ खानु हुँदैन ।

-मुटुरोगीले माछामासु नखाँदा राम्रो । माछामासु खाएमो कोलस्ट्रोल बढ्छ । र, त्यसले हृदयघातको खतरा बढाउँछ ।

-बदाम, काजु, मुङ्फली, नरिवल जस्ता तौलिय फलहरु खानु हुदैन ।

-टन्न खाने बानी छ भने त्यो हटाउनुपर्छ ।

-साँझ सकेसम्म खाना नखाने ।

-दाल, तरकारिको सुप, उसिनेको सागसब्जी खाने ।

-चाउचाउ, बिस्कुट, नुडल्स्, कार्बोनिकपेय, अल्कोहलिकपेय र बढी नुन र नुनिलो जिनिस नखाने ।

-नियमित व्यायाम अर्थात् दैनिक आधादेखि १ घन्टा मर्निङ वाक गर्ने ।

-मुटु रोगीका लागी बिश्राम अत्यावश्यक छ । रातीको खाना पचिसकेपछि मात्रै सुत्ने बानी बसाल्नुपर्छ ।

-दिउसो सुत्ने, विहान अबेरसम्म सुत्ने, राति अबेर सुत्नु मुटुरोगीका लागि हितमा हुँदैन ।

-तनावरहित जिन्दगी जिउन सक्नुपर्छ ।

-जिबनमा अति महत्वकांक्षा राख्नु हुँदैन ।

-नाम, दाम, शक्तिका पछाडि मरीहत्ते गर्ने बानी मुटुका लागि राम्रो होइन ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

भिडियाे हेर्नुहाेस्ः